International Archives | Page 16 of 22 | Education Patra

International

भारतमा एकै दिनमा ३७ हजार भन्दा बढी कोरोना भाइरस संक्रमित

भारतमा एकै दिनमा ३७ हजार भन्दा बढी कोरोना भाइरस संक्रमित

International
रासस/एएनआई०ः भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा एकै दिनमा ३७ हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन् । सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार १४८ जना कोरोना भाइरस संक्रमित थपिएका हुन । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकैदिनमा ५८७ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जनाएको छ । त्यसैसँगै भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या अहिलेसम्म २८ हजार ८४ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या ११ लाख ५५ हजार १९१ पुगेको अधिकारीहरुले जनाएका छन् । भारतमा अहिले पनि ४ लाख २ हजार ५२९ जना संक्रमित अवस्थामै रहेका छन् भने ७ लाख २४ हजार ५७८ जना संक्रमणमुक्त भएका छन् । कोरोनाबाट भारतमा सवैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र प्रद
चीनमा थप ११ जना नयाँ कोरोना संक्रमित भेटिए

चीनमा थप ११ जना नयाँ कोरोना संक्रमित भेटिए

International
एजेन्सी । चीनमा थप ११ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । चीनको स्वास्थ्य आयोगका अनुसार संक्रमितमध्ये ११ जनामध्ये ८ जना सिन्जियाङ प्रान्तका हुन् भने बाँकी तीन संक्रमित बाहिरी मुलुकबाट आएका मानिस रहेका छन् । यस अघि चीनमा २२ जना नयाँ संक्रमित फेला परेका थिए । चीनमा हालसम्म ८५ हजार ३१४ संक्रमित फेला छन् । जसमध्ये चार हजार ६ सय ४४ जनाको मृत्यु भइसकेको छ ।
कोरोनाविरुद्धको खोप सुरुवाती चरणमा प्रभावकारी : डब्ल्यूएचओ

कोरोनाविरुद्धको खोप सुरुवाती चरणमा प्रभावकारी : डब्ल्यूएचओ

International
एजेन्सी । कोरोना भाइरसविरूद्धको खोप निर्माणमा बेलायतले सफल परीक्षण गरेको छ । बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयले मानवमा गरेको परीक्षण सफल भएको हो । उक्त खोपले कोरोना भाइरसविरुद्ध लड्ने प्रतिरोधक क्षमता बढाउने सहयोग गर्ने जनाइएको छ । पहिलो चरणको क्लिनिकल परीक्षणमा बेलायतका १ हजार ७७ जनामा उक्त खोप परीक्षण गरिएको थियो । सो खोप लगाएका व्यक्तिमा कोरोनासँग लड्ने ‘एन्टिबडी’ विकास भएको देखिएको छ । खोपको सफल परीक्षण भएसँगै वैज्ञानिकरुले सार्वजनिक प्रयोगमा ल्याउनुअघि बृहत स्तरको क्लिनिकल परीक्षण गरिने जनाएका छन् । कोरोनाविरुद्ध बनेको खोप परीक्षणको सकारात्मक नतिजा आएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अक्सफोर्ड विश्वविद्यालय बधाई ज्ञापन गरेको छ ।  जेनेभामा आयोजित पत्रकार सम्मेलनमा डब्ल्यूएचओका आपतकालीन कार्यक्रमका निर्देशक डा। माइक रायनले कोरोनाविरुद्ध खोप बनाइरहेको अक्सफोर्ड विश्वविद्याल
महामारीका कारण बन्द रहेको चिनियाँ चलचित्र क्षेत्र पुनः सञ्चालनमा

महामारीका कारण बन्द रहेको चिनियाँ चलचित्र क्षेत्र पुनः सञ्चालनमा

International
कोरोनाको त्रासका कारण महिनौदेखि बन्द रहेका चीनका चलचित्र हलहरु फेरी खुल्न थालेका छन् । सोमबार चलचित्र हेर्नका लागि धेरैले टिकट काटेको चिनियाँ चलचित्र अधिकारीहरुले जानकारी दिएका छन् । हल सञ्चालन गर्न र टिकट काट्न अधिकारीहरुले अघिल्लो हप्ता सूचना जारी गरेका थिए । कोरोनाभाइरसको जोखिम कम भएका ठाउँमा हलहरु खोल्न र सञ्चालन गर्दा उच्च सतर्कता अपनाउन सूचनामा आग्रह गरिएको थियो । सरकारी अधिकारीहरुको आग्रह अनुसार सिन्च्याङ, साङ्घाई, बेइजिङलगायतका ठाउँमा चलचित्र हलहरु सञ्चालनमा आउन थालेका हुन् । देशको पूर्वी सहर साङ्घाईमा त साङ्घाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सव पनि आउदो शनिबारदेखि शुरु हुने भएको छ । त्यसका लागि सोमबार विहान टिकट खुल्ला गरेको दश मिनेटमै एक लाख टिकट विक्री भएको बताइउको छ । अहिले खुल्ला गर्न नसकिएका कतिपय ठाउँमा खुल्ला गराउनका लागि तयारी पनि भइरहेको जनाइएको छ । चीनका अधिकांश स्था
कोरोना भाइरसपछिको सुधार योजनाका लागि सम्झौता हुनेमा नेताहरू आशावादी

कोरोना भाइरसपछिको सुधार योजनाका लागि सम्झौता हुनेमा नेताहरू आशावादी

International
कोरोनाभाइरसका कारण थला परेको अर्थतन्त्रलाई उकास्न कोरोनाभाइरसपछिको आर्थिक पुनःप्राप्ति योजनाका लागि सम्झौता हुनेमा यूरोपेली नेताहरूले विश्वास व्यक्त गर्नुभएको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्राँे र जर्मन चान्सलर एन्जेला मर्केलले ब्रसेल्समा भएको ईयू शिखर सम्मेलनको चौथो दिन सोमबार उक्त धारणा व्यक्त गर्नुभएको हो । म्याक्रोँले भन्नुभयो, “कोरोनाभइरसका कारण तहसनहस बनेको अर्थतन्त्र सुधारका लागि ‘ समझदारी र सम्झौताको सम्भावित आशा’ सम्मेलनबाट पलाएको छ । पीडाहरूबारे छलफल पुनः सुरु भएका छन् । अझै कुनै पनि कुरामा सहमति भएको छैन त्यसैले सहमति निर्माणका लागि म अत्यन्त होशियार रहनेछु । “त्यहाँ सम्झौताको भावना रहेको छ । त्यहाँ धेरै धेरै तनावपूर्ण क्षणहरु रहेका छन् र केहि क्षणहरु छन् जुन पक्कै पनि कठिन हुनेछन्,” उहाँले भन्नुभयो । सम्मेलनका तीन दिनको लामो छलफलपछि पनि ईयू समूहका २७ मुलुकका नेताह
इरान छिमेकी राज्यहरूसँगको मतभेदबारे वार्ता गर्न तयार

इरान छिमेकी राज्यहरूसँगको मतभेदबारे वार्ता गर्न तयार

International
तेहरानले आफ्ना छिमेकी तथा अरब क्षेत्रका मुलुकहरूसँगको मतभिन्नतालाई वार्ताद्वारा समाधान खोज्न तयार रहेको इरानी अधिकारीले बताएका छन् । इरानले मतभिन्नतालाई सुल्झाउन खाडी मुलुकहरूसँगको वार्ताका लागि तयार रहेको इरानको विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसवीलाई उद्धृत गरी तास्निम समाचार संस्थाले सोमबार समाचार सम्प्रेषण गरेको छ । इरान साउदी अरबलगायत सबै क्षेत्रीय देशहरूसँग वार्ता तथा सहयोगका लागि सदैव तयार रहेको प्रवक्ता मौसवीले आइतबार आफ्नो इराक भ्रमणका क्रममा परराष्ट्रमन्त्री मोहम्मद जावेद जरीफसँथ बताउनुभयो । “इरानले सधै अरब क्षेत्रको स्थायित्व, सुरक्षा र शान्ति चाहन्छ र यस क्षेत्रको आर्थिक समृद्धि, सुरक्षा बहाली र राजनीतिक तथा सामाजिक स्थायित्वका लागि वार्ता नै उत्तम विकल्प रहेको छ,” मौसवीले भन्नुभयो । बग्दाद भ्रमणका क्रममा जरीफले इराकी राष्ट्रपति बाहहम सलिह, प्रधानमन्त्री मुस्तफा अल कादिम
साउदी अरबका राजा सलमान अस्पताल भर्ना

साउदी अरबका राजा सलमान अस्पताल भर्ना

International
साउदी अरबका राजा सलमान स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना हुनुभएको छ । उहाँलाई राजधानी रियादस्थित किङ्ग फैसल विशेषज्ञ अस्पताल भर्ना गरिएको साउदी दरबारले सोमबार जनाएको छ । दरबारले जारी गरेको वक्तव्यका आधारमा साउदी प्रेस एजेन्सीद्वारा सम्प्रेषित समाचार अनुसार ८४ बर्षीय राजालाई पित्तासय सुनिएकोले परीक्षणका लागि अस्पताल भर्ना गरिएको उल्लेख गरिएको छ । कोरोनाको त्रासका कारण साउदी राजा सलमान केही समयदेखि सार्वजनिक हुनुभएको थिएन । उहाँ सन् २०१५ को जनवरीदेखि राज्यशक्तिमा हुनुहुन्छ । उहाँ आफ्नो पुस्ताको अन्तिम राजा हुनुहुन्छ । राजा सलमानको ३४ बर्षीय छोरा राजकुमार मोहम्मद बिन सलमान हुनुहुन्छ । उहाँलाई नै भावी राजा मानिएको छ । उहाँमा राम्रो नेतृत्व क्षमता रहेको छ । राजा सलमानकै सहयोग र समर्थनमा उहाँलाई हालै मात्र राजधानीमा सारिएको छ ।
डाकू समूहले गरेको आक्रमणमा २३ नाइजेरियाली सैनिकको मृत्यु

डाकू समूहले गरेको आक्रमणमा २३ नाइजेरियाली सैनिकको मृत्यु

International
कानो, नाइजेरिया कानो, नाइजेरिया, (रासस-एएफपी) – अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपश्चिमस्थित दुर्गम स्थानमा डाकुहरुको समूहले बारुदी सुरुङ बिस्फोट गराएका कारण २३ जना नाइजेरियाली सैनिकको मृत्यु भएको छ । नाइजेरियाको काट्सिना राज्यको जिबिया जिल्लामा पैदल गस्तीमा रहेको सैनिक टोलीमाथि डाकुहरुले घेरा हालेर आक्रमण गरेको सेनाले जनाएको छ । सैनिक स्रोतले अरु केही सैनिक हराइरहेको जनाएको छ । यस क्षेत्रमा डाकाहरुको समूहले स्थानीयबासीका गाईवस्तु र अन्य धनमाल लुट्ने गरेका छन् । केही विज्ञहरुले यी डाकु समूहले इस्लामिक लडाकूसँग पनि साँठगाँठ गर्न थालेको दाबी गरेका छन् । लडाकू समूहका एक व्यक्तिले सेनातर्फ २३ जनाभन्दा बढीको मृत्यु भएको दाबी गरेका छन् । त्यही इलाकामा शनिबार एउटा बेवारिसे बम बिस्फोट हुँदा पाँच बालबालिकाको मृत्यु हुनुका साथै छ जना घाइते भएको काट्सिना राज्यका प्रहरी प्रवक्ताले बताएका
डच हेलिकप्टर दुर्घटना, दुई व्यक्तिको मृत्यु

डच हेलिकप्टर दुर्घटना, दुई व्यक्तिको मृत्यु

International
दी हेग,  (रासस–एएफपी) नेदरल्याण्ड्सको रक्षा मन्त्रालयले क्यारेबियनको आरुबाबाट उडेको एउटा सैनिक हेलिकप्टर समुद्रमा खसेको जनाएको छ । उड्नासाथ भएको उक्त दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मन्त्रालयले उक्त हेलिकप्टर आरुबाबाट आइतबार अपराह्न छिमेकी द्वीप कुराकाओका लागि उडेको जनाएको छ । आरुबा नेदरल्याण्ड्सको स्वामित्वमा रहेको क्यारेबियन द्वीप हो । डच सेनाका प्रमुख रब बाउरले हेलिकप्टरमा सवार चार जनामध्ये दुई जनाको मृत्यु भएको र दुई जना सकुशल रहेको जानकारी दिनुभयो । हेलिकप्टर दुर्घटनाको कारण भने अझै खुलेको छैन । डच सैनिकहरुले हेलिकप्टरको ब्लाक बक्स खोजी कार्य शुरु गरेका छन् । सेना प्रमुख बाउरले दुर्घटनाका सम्बन्धमा छानबिन शुरु भइसकेको जानकारी दिनुभएको छ ।
भारतमा एकै दिनमा ४० हजार भन्दा बढी कोरोना भाइरस संक्रमित

भारतमा एकै दिनमा ४० हजार भन्दा बढी कोरोना भाइरस संक्रमित

International
(रासस /एएनआई)ः भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा एकै दिनमा ४० हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४० हजार ४२५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यो संख्या दैनिक संक्रमित भएकाहरुको संख्या मध्ये सवैभन्दा धेरै पनि हो । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकैदिनमा ६८१ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जनाएको छ । त्यसैसँगै भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या अहिलेसम्म २७ हजार ४९७ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या ११ लाख १८ हजार ४३ पुगेको अधिकारीहरुले जनाएका छन् । भारतमा अहिले पनि ३ लाख ९० हजार ४५९ जना संक्रमित अवस्थामै रहेका छन् भने ७ लाख ८७ जना संक्रमणमुक्त भएका छन् । कोरोनाब