International Archives | Page 17 of 22 | Education Patra

International

अफगानिस्तानमा १२ सुरक्षाकर्मीसहित २४ भन्दा बढीको मृत्यु

अफगानिस्तानमा १२ सुरक्षाकर्मीसहित २४ भन्दा बढीको मृत्यु

International
(रासस/सिन्ह्वा) ः अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा भएको कारबाहीमा परी दुई दर्जनभन्दा बढीको मृत्यु भएको छ । त्यसमा परी तालिबानका लडाकूका साथै १२ जना सुरक्षाकर्मी पनि मारिएको समाचारमा जनाइएको छ । सोमबार सो कारबाही भएको यहाँका उपप्रान्तीय प्रवक्ताले जानकारी दिएका छन् । उनकाअनुसार सो प्रान्तको क्वाजाक क्षेत्रमा रहेको एक सुरक्षा चौकीमा ठूलो संख्याका तालिबानीहरुले सोमबार बिहान आक्रमण गरेका थिए । उक्त आक्रमणपछि भएको दुवै पक्षको दोहोरो गोली हानाहानमा परी १२ जना सुरक्षाकर्मी मारिएका र अरु १० जना नराम्ररी घाइते पनि भएका छन् । त्यसैगरी सो कारबाहीका क्रममा एक दर्जनभन्दा बढी तालिबान लडाकू मारिएका हुन् । सोही प्रान्तमा तीन दिनअघि मात्र अफगान सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा २५ जनाको मृत्यु भएको बताइएको थियो । मृत्यु भएकाहरुमा सबैजना तालिबान लडाकूहरु रहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।
युरोपेली युनियनको शिखर बैठक सोमबार पुनः बस्ने

युरोपेली युनियनको शिखर बैठक सोमबार पुनः बस्ने

International
ब्रसेल्स, (रासस-एएफपी)  कोरोनाभाइरसका कारण संकटमा परेका युरोपेली मुलुकहरुको आर्थिक उत्थानका लागि अघि सारिएको ८ खर्ब ६० अर्ब डलरको एउटा राहत योजनामा सहमति जुटाउन युरोपेली युनियनका नेताहरु पुनः सोमबार वार्तामा बस्न लागेका छन् । यस शिखर बैठकमा युरोपेली युनियनमा आबद्ध २७ मुलुकका सरकार प्रमुखहरु सहभागी हुनुहुन्छ । कोरोनाभाइरसबाट अत्यन्त प्रभावित देशहरुमा स्पेन, इटाली समेतका बहुसंख्यक युरोपेली देशहरु पनि रहेका छन् । युरोपमा मात्र कोरोनाभाइरसका कारण दुई लाखभन्दा बढीको मृत्यु भएको थियो । तर शिखर बैठकमा नेताहरुबीच प्रस्तावित योजना र रकमको बाँडफाँडका विषयमा मतैक्य हुन सकेको छैन । युरोपेली युनियनले तयार पारेको प्रस्तावमा अनुदान र ऋणको भारका विषयमा युरोपेली नेताहरुबीच फरक फरक धारणा छ । नेताहरुबीच मतैक्य हुन नसकेपछि निराश हुनु भएका युरोपेली परिषदका अध्यक्ष चाल्र्स मिचेलले सहभागी नेताहरुलाई युरोप
विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या छ लाख ८ हजार नाघ्यो

विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या छ लाख ८ हजार नाघ्यो

International
जेनेभा, स्वीट्जरल्याण्ड (रासस/एएफपी) ः विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ८ हजार ९७८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ । सो संगठनकाअनुसार सोमबारसम्म विश्वभरीमा १ करोड ४६ लाख ४६ हजार ७०७ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये हालसम्म ८७ लाख ३७ हजार ८३५ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५२ लाख ९९ हजार ८९४ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ५९ हजार ६०६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३८ लाख ९८ हजार ५५० जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख
यूएईद्वारा मंगल ग्रहमा पहिलो ऐतिहासिक यान प्रक्षेपण

यूएईद्वारा मंगल ग्रहमा पहिलो ऐतिहासिक यान प्रक्षेपण

International, Science and Technology
एजेन्सी । संयुक्त अरब इमिरेट्‌सले (यूएई) ले मंगल ग्रहमा पहिलो ऐतिहासिक यान प्रक्षेपण गरेको छ । जापानस्थित तनेगसिमा अन्तरिक्ष केन्द्रबाट एचटू-ए रकेटमार्फत होप नामक उक्त यानले करिब ५० करोड किलोमिटर दूरी तय गरेपछि मंगल ग्रहको मौसम र जलवायुबारे अध्ययन गर्नेछ । सन् २०२१ को फेब्रुअरी अर्थात यूएई स्थापनाको ५० औ वार्षिकोत्सवमा होप यान मंग्रल ग्रह पुग्‍ने जनाइएको छ । यसअघि प्रक्षेपण गरिएकाका दुईवटा प्रयास गत साता खराब मौसमका कारण स्थगित भएका थिए । यो भूउपग्रह मंगल ग्रहमा पुगेपछि ग्रहको वातावरणबारे विवरणहरू खुल्ने जनाइएको छ ।
विश्वभर कोभिड–१९ सङ्क्रमित छ लाखभन्दा बढीको मृत्यु

विश्वभर कोभिड–१९ सङ्क्रमित छ लाखभन्दा बढीको मृत्यु

International
पेरिस,  (रासस/एएफपी) ः विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरसका कारण अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या छ लाख नाघेको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार आइतबारसम्म विश्वभरी कुल मृतकको सङ्ख्या छ लाख ५२३ पुगेको छ । त्यसैगरी विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या एक करोड ४२ लाख ३३ हजार ३५५ रहेको छ । मृतकमध्ये दुई लाख पाँच हजार ६५ जना युरोपेली मुलुकका रहेका छन् । युरोपेली देशहरु कोरोनाभाइरसबाट धेरै प्रभावित भएका देशहरुमा पर्दछन् । त्यसैगरी दोस्रो धेरै प्रभावित क्षेत्र ल्याटिन अमेरिका हो । त्यस क्षेत्रमा पनि कोरोनाका कारण अहिलेसम्म एक लाख ६० हजार ७२६ जनाको मृत्यु भएको छ । देशअनुसार हेर्दा सवैभन्दा धेरै मानवीय क्षति अमेरिकामा भएको छ । पछिल्लो विवरण अनुसार अमेरिकामा मात्रै एक लाख ४० हजार १०३ जनाको मृत्यु भएको छ । त्यसैगरी दोस्रो धेरै मानवीय
बेइजिङमा थपिएनन् नयाँ सङ्क्रमित, देशभरी १६ जना मात्र भेटिए

बेइजिङमा थपिएनन् नयाँ सङ्क्रमित, देशभरी १६ जना मात्र भेटिए

International
जनादेश, काठमाण्डौ । चीनको राजधानी बेइजिङमा शनिबार कोरोनाभाइरसबाट सङ्क्रमणका कुनै पनि विरामी नथपिएको अधिकारीहरुले जनाएका छन् । स्थानीय अधिकारीहरुले आइतबार दिएको जानकारी अन्ुसार निरन्तर पछिल्लो १३ दिनमा कुनै पनि सङ्क्रमित थपिएको छैन । “पछिल्लो १३ दिनसम्ममा बेइजिङ्मा कुनै पनि नयाँ सङ्क्रमित भेटिएका छैनन् भने शनिबार १३ जना सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन्,” एक अधिकारीले भने । यसैबीच चीनमा देशभरी पछिल्लो२४ घण्टामा १६ जना मात्र सङ्क्रमित भेटिएका छन् । तीमध्ये १३ जना आन्तरिकरूपमा सङ्क्रमित हुन् भने अरु अन्य ठाउँबाट आएका सङ्क्रमित हुन् । जोन हकिन्स विश्वविद्यालयले दिएको जानकारी अनुसार विश्वभरी अहिलेसम्म एक करोड ४२ लाख ४१ हजारभन्दाबढी मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । त्यसैगरी कोरोनाभाइरसकै कारण विश्वभरी अहिलेसम्म छ लाख एक हजार ४५५ जनाको मृत्यु भएको पनि विश्वविद्यालयले जनाएको छ
भारतमा २४ घण्टाभित्र करिब ३९ हजार सङ्क्रमित, ५४३ को मृत्यु

भारतमा २४ घण्टाभित्र करिब ३९ हजार सङ्क्रमित, ५४३ को मृत्यु

International
नयाँ दिल्ली, (रासस/एएनआई) ः भारतमा विगत २४ घण्टामा अहिलेसम्मकै धेरै ३८ हजार ९०२ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको संघीय स्वास्थ्य मन्त्रालय तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी गराएको छ । योसँगै भारतमा कोभिड–१९ सङ्क्रमितको कूल सङ्ख्या १० लाख ७७ हजार ६१८ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमित ५४३ विरामीको मृत्यु भएसँगै यो महामारीका कारण भारतमा मृत्यु हुनेको सङ्ख्या २६ हजार ८१६ पुगेको मन्त्रालयले पुष्टि गरेको छ । भारतमा आइतबारसम्म निकोभई घर फर्किने कोभिड–१९ सङ्क्रमित विरामीको सङ्ख्या छ लाख ७७ हजार ४२३ पुगेको छ भने अझै तीन लाख ७३ हजार ३७९ व्यक्ति सङ्क्रमित रहेका छन् । सबैभन्दा बढी प्रभावित भारतीय राज्य महाराष्ट्रमा शनिबारसम्म तीन लाख ९३७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) क
बनारसको भाइरल भिडिओमा देखिएका व्यक्ति ‘भारतीय मतदाता, पैसा लिएर अभिनय गरेको स्वीकार’

बनारसको भाइरल भिडिओमा देखिएका व्यक्ति ‘भारतीय मतदाता, पैसा लिएर अभिनय गरेको स्वीकार’

International
केशव कोइराला बीबीसी न्यूज नेपाली तस्बिर स्रोत,SOCIAL MEDIA SCREENGRAB नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि रामको जन्म र जन्मभूमि अयोध्याबारे दिएको विवादास्पद अभिव्यक्तिको विरोधमा भारतको बनारसमा एउटा धार्मिक समूहले गराएको घटनामा पीडितका रूपमा चित्रित "नेपाली युवक" वास्तवमा भारतीय मतदाता भएको र उनले पैसा लिएर भिडिओ बनाउन सहमति दिएको भारतीय प्रहरीले बताएको छ। नेपालमा पनि निकै भाइरल भएको एउटा भिडिओ फुटेजमा विश्व हिन्दू सेना नामक सङ्गठनका कार्यकर्ताहरूले नेपालीका रूपमा प्रस्तुत गरिएका ती व्यक्तिको कपाल खौरिएर नेपाल र प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्न लगाएको देखिन्छ। उक्त घटनाको भिडिओ खिची बिहीवार सामाजिक सञ्जालमा प्रसार गरेको आरोपमा प्रहरीले शुक्रवार चार जनालाई पक्राउ गरेको थियो। उनीहरूलाई शनिवार अदालतमा पेस गरिएको छ भने शन
विश्वमा कोरोना भाइरस संक्रमितबाट छ लाख भन्दा बढीको मृत्यु

विश्वमा कोरोना भाइरस संक्रमितबाट छ लाख भन्दा बढीको मृत्यु

International, Main News
जेनेभा, स्वीट्जरल्याण्ड रासस/एएफपी० ः विश्वमा कोरोना भाइरस संक्रमणका कारण ६ लाख भन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले शनिबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शनिबार साँझसम्म विश्वभरीमा १ करोड ४२ लाख २८ हजार १८५ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये हालसम्म ८४ लाख ९५ हजार १२२ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५१ लाख ३२ हजार ८२५ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ५९ हजार ८०१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३७ लाख ७१ हजार १०१ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण
इद पर्व मनाउने क्रममा सरलता अपनाउन पाकिस्तानी प्रधानमन्त्रीको आग्रह

इद पर्व मनाउने क्रममा सरलता अपनाउन पाकिस्तानी प्रधानमन्त्रीको आग्रह

International
इस्लामावाद (रासस/एएफपी) ः पाकिस्तानी प्रधानमन्त्री इमरान खानले इदमा कोरोना भाइरसबाट बच्न सरलता अपनाउन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री खानले शुक्रबार सो आग्रह गर्नुभएको हो । मुस्लिम समुदायको महान पर्व इदको समयमा हुने भीडभाडका साथै अरु पनि सम्भावित जोखिमबाट बच्नका लागि उहाँले पाकिस्तानका सबै देशबासीलाई आग्रह गर्नुभएको हो । उहाँले इदको समयमा यो भाइरसबाट बच्नका लागि यहाँका नागरिकले सरलता अपनाउनुपर्ने, बढी भीडभाड र तडक भडक गर्न नहुने भन्दै सबै पाकिस्तानी जनतालाई यसका लागि आग्रह गर्नुभएको हो । उहाँले गत मे महिनामा मनाइएको रामजानका बेलामा धेरै नागरिकले मुखमा मास्क पनि नलगाएका र निकै ठूलो संख्यामा भीडभाडका साथ उपस्थिति हुने गरेका भन्दै यसका कारण संक्रमण बढेको तर्फ सबैले सोच्नुपर्ने बताउनुभयो । त्यसैले आगामी इद पर्वका बेलामा पनि सबै नागरिकले सामान्य जीवन शैली र सरलताका माध्यमबाट