International Archives | Page 21 of 22 | Education Patra

International

कोरोना अपडेटः विश्वभर ६० लाख मानिस निको भए

कोरोना अपडेटः विश्वभर ६० लाख मानिस निको भए

International
न्यूयोर्क, २२ असार । महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरसबाट संक्रमितमध्ये ६० लाख मानिस निको भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । विश्वभर कोरोनाभाइरसको अवस्था विश्लेषण गरिरहेको अमेरिकाको उक्त विश्वविद्यालयले आइतबारसम्ममा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ३० हजार ८९८ पुगेको जनाएको छ । विश्वमा हाल करिब १ करोड १२ लाख ७२ हजारभन्दा बढी मानिस कोरोना संक्रमित भइसकेका छन् । संयुक्तराज्य अमेरिका र ब्राजिलमा कोरोनाभाइरसबाट सबैभन्दा बढी मानिस संक्रमित भएको पाइएको छ ।   एएनआई
कोरोना भाइरस: विश्वमा तेस्रो धेरै सङ्क्रमितको सङ्ख्या अब भारतमा

कोरोना भाइरस: विश्वमा तेस्रो धेरै सङ्क्रमितको सङ्ख्या अब भारतमा

International
तेज गतिमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि अब भारत विश्वकै तेस्रो धेरै सङ्क्रमित भएको मुलुक बनेको छ। भारतमा गत तीन दिनमा कीर्तिमानस्तरमा नयाँ सङ्क्रमितको सङ्ख्या लगातार बढेको थियो। हाल सबभन्दा धेरै सङ्क्रमितको सङ्ख्या अमेरिकामा र त्यसपछि ब्राजिलमा पाइएको छ। दिल्लीमा खुल्यो 'विश्वकै ठूलो' सङ्क्रमितका लागि स्याहार गृह भारतमा कोरोनाभाइरसको खोप डेढ महिनामा उपलब्ध 'हुन सक्ने' भारतले कोरोनाभाइरस खोपको मानवमा परीक्षण गर्ने कति सङ्ख्या? भारतको स्वास्थ्य मन्त्रालयले दिएको आँकडा अनुसार त्यहाँ कुल सङ्क्रमितको सङ्ख्या करिब ६ लाख ९० हजार पुगेको छ। आइतबारमात्रै भारतमा झन्डै २५ हजार नयाँ सङ्क्रमित थपिएका थिए। भारतभरिमा कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १९ हजार पुगेको छ। विज्ञहरूले भारतमा सङ्क्रमणको यथार्थ चित्र अझै थाहा नभएको बताएका छन्।
बहुराष्ट्रिय कम्पनीहरु फेसबुकसँग सम्बन्ध तोड्दै

बहुराष्ट्रिय कम्पनीहरु फेसबुकसँग सम्बन्ध तोड्दै

International, Science and Technology
काठमाडौँ — यति बेला संसारभरका ठूला ब्रान्ड र कम्पनीले फेसबुकलाई विज्ञापन नदिने घोषणा गरेका छन् । कसैले एक महिना त कसैले अनिश्चितकालका लागि विज्ञापन नदिने भनिरहेका छन् । स्टप हेट फर प्रफिट (नाफाका लागि घृणा नफैलाऊ) नामक अभियानप्रति ऐक्याबद्धता जनाउँदै संसारभरका तीन सयभन्दा बढी ब्रान्ड र कम्पनीले फेसबुकलाई विज्ञापन नदिने घोषणा गरिसकेका छन् । विभिन्न नागरिक अधिकारसम्बन्धी संघसंस्थाहरूले संयुक्त रूपमा स्टप हेट फर प्रफिट नामक अभियानको सुरुवात गरेका छन् । जति माग गर्दा पनि आफ्नो प्लेटफर्ममार्फत फैलिने घृणात्मक अभिव्यक्ति रोक्न ठोस काम नगरेको भन्दै फेसबुकलाई दबाब दिन यो अभियान सुरु भएको हो । फेसबुकसँग सम्बन्ध तोड्ने सूचीमा स्टारबक्स, कोकाकोला, युनिलिभर, भाइबरजस्ता संसार प्रसिद्ध ब्रान्ड पनि छन् । यी कम्पनीले विज्ञापन नदिँदा फेसबुकको आम्दानीमा गम्भीर धक्का पुग्न सक्छ । स्टारबक्सले मात्र सन्
कोरोना भाइरस भारत: अगस्ट १५ सम्ममा कोभिड-१९ विरुद्धको खोप तयार ‘हुन सक्ने’

कोरोना भाइरस भारत: अगस्ट १५ सम्ममा कोभिड-१९ विरुद्धको खोप तयार ‘हुन सक्ने’

International
एजेन्सी । भारतीय चिकित्सा अनुसन्धान परिषद् आईसीएमआरले कोरोनाभाइरसविरुद्धको खोप अगस्ट महिनाको १५ तारिखसम्म सर्वसाधारणका लागि उपलब्ध हुन सक्ने बताएको छ। परिषद्ले खोपको परीक्षणमा संलग्न संस्थाहरूलाई पत्र लेखेर यस्तो जानकारी गराएको हो। भारतमा विकास भइरहेको उक्त खोप आईसीएमआर र हैदराबादस्थित भारत बायोटेक कम्पनी मिलेर बनाइरहेका छन्। क्लीनीकल परीक्षण पूरा भएमा अगस्ट १५ अर्थात् भारतको स्वतन्त्रता दिवसको अवसर पारेर यो खोप सर्वसाधारणहरूका लागि उपलब्ध गराउन सकिने आईसीएमआरको भनाइ छ। भारतले कोरोनाभाइरस खोपको मानवमा परीक्षण गर्ने कोरोनाभाइरसविरुद्ध एउटा अर्को खोपको मानव परीक्षण सुरु खोपको क्लीनीकल परीक्षणका लागि भारतका १२ संस्थालाई चुनिएको छ। आईसीएमआरका निर्देशक डा. बलराम भार्गवले जुलाई २ मा ती १२ संस्थालाई आगामी जुलाई ७ सम्ममा परीक्षणको स्वीकृति लिइसक्नुपर्ने बताएका छन्। पत्