Interview Archives | Education Patra

Interview

सफ्टवेयरमार्फत डिजिटल प्रणालीको प्रयोगबाट पठनपाठन गर्ने व्यवस्था मिलाईएको छ

सफ्टवेयरमार्फत डिजिटल प्रणालीको प्रयोगबाट पठनपाठन गर्ने व्यवस्था मिलाईएको छ

Interview, Main News, Special News Highlights
गण्डकी प्रदेशको पर्वत जिल्लामा पर्ने जलजला गाउँपालिका पर्यटन, धार्मिक पर्यटन, कृषि तथा लघुउद्यम क्षेत्रका लागि विकासको बलियो सम्भावना बोकेको स्थानीय तह हो । पहाडी भौगोलिक बनावट भएको यो गाउँपालिका प्राकृतिक तथा सामाजिक विविधताले महत्त्वपूर्ण छ । पौराणिक महत्त्वको कालञ्जर हम्पालको लेकदेखि पवित्र कालीगण्डकीको तटसम्म यसको भूभाग फैलिएको छ । गाउँपालिकाका प्रमुख राजु आचार्यसँगको कुराकानी :  तपाईंले गाउँपालिकाको नेतृत्व गरेको एक वर्ष भयो कस्तो अनुभव गर्नुभयो ? पालिकाको बृहत्तर विकासका लागि अध्ययन, अवलोकन र तयारीमा केही समय व्यतित भयो । पहिलो वर्ष गाउँपालिमा सोचे जस्तो आर्थिक विकास गर्न नसके पनि धेरै क्षेत्रमा हामीले प्रव्रिmयागत रूपमा काम गर्न सुरु गरेका छौँ । यसले गर्दा जनतालाई स्थानीय सरकारको अनुभूति भएको छ । पहिलो वर्षको अनुभवबाट आगामी वर्षमा के कस्ता योजना र कार्यव्रmम अगाडि बढाउने भ