संघीय शिक्षा ऐनमा माग सम्बोधन नभए नेपाल राहत शिक्षक केन्द्रीय समितिले सशक्त आन्दोलन गर्ने
एजुकेशनपत्र, काठमाण्डौं । नेपाल राहत शिक्षक केन्द्रीय समितिले संघीय शिक्षा ऐनमा आफ्ना माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाईको संयोजकत्वमा गठित समितिले शिक्षकहरुलाई आन्दोलनको तयारीमा रहन आग्रह गर्दै देशव्यापी परिपत्र गर्दै आएको छ ।
समितिले आफ्ना माग ऐनमा समेट्ने सम्भावना न्यून भएकोमा चिन्ता व्यक्त गर्दै सशक्त आन्दोलनको तयारी गर्न आह्वान गरेको छ । देशभरका ४० हजार भन्दा बढीको संख्यामा रहेका राहत शिक्षकहरूले पेशागत स्थायित्वको माग राख्दै आएका छन् ।
विगतमा पटक–पटक आन्दोलन गर्दै आएको स्मरण गराउँदै अब पनि माग पुरा नभएको खण्डमा अन्तिम चरणको आन्दोलनको लागि तयार रहन भनेका हुन् ।
अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाईले जारी गरेको सर्कुलरमा मन्त्रिपरिषद्मार्फत संसद्मा पेश हुन लागेको ऐनमा आफुहरूका माग सम्बोधन हुने सम्भावना