Main News Archives | Page 21 of 81 | Education Patra

Main News

१२ वर्षपछि दीक्षान्त समारोह आयोजना गर्दै नेपाल संस्कृत विश्वविद्यालय

१२ वर्षपछि दीक्षान्त समारोह आयोजना गर्दै नेपाल संस्कृत विश्वविद्यालय

Higher Education News, Main News, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं । नेपाल संस्कृत विश्वविद्यालयको स्थापना योगी नरहरिनाथले चिम्टा गाडेर सुरुवात गर्नुभएको थियो । हिउँदमा धुलाम्य र वर्षायाममा हिलाम्मे हुन्थ्यो संस्कृत विश्वविद्यालय परिसर, केही महिनाअघि मात्रै राष्ट्रपति आउँदा विश्वविद्यालयको केन्द्रीय कार्यालयभित्र पुग्ने सडकका खाल्डाखुल्डी सम्म्याउने काम भएको थियो । यसपटक दीक्षान्त समारोह आयोजना हुने भएपछि उक्त क्षेत्रको सडक नै कालोपत्रे गरिएको छ । घोराही तुलसीपुर सडकखण्डदेखिको विश्वविद्यालयको मूल गेटदेखि केन्द्रीय कार्यालयसम्मका साथै सहायक गेटसम्म पुग्ने सडक कालोपत्रे गरिएको छ । लुम्बिनी प्रदेश सरकारले उक्त क्षेत्रको सडक कालोपत्रे गर्नका लागि बजेटको व्यवस्था गरेको थियो । विश्वविद्यालयले २०६८ सालयता १२ वर्षपछि पाँचाै दीक्षान्त समारोह आयोजना गर्न लागेको छ । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर यादवप्रकाश लामिछानेले २०
रैथाने शिल्पकला विश्वविद्यालयसम्बन्धी अध्ययन कार्यदलले प्रतिवेदन बुझायो

रैथाने शिल्पकला विश्वविद्यालयसम्बन्धी अध्ययन कार्यदलले प्रतिवेदन बुझायो

Banner News, Main News, Special News Highlights, Top Feature News
एजुकेशनपत्र, काठमाण्डौं । रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय स्थापनासम्बन्धी अध्ययन कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएको छ। पूर्वसचिव मानबहादुर विके संयोजकत्वको चार सदस्यीय कार्यदलले त्यसबारे विस्तृत अध्ययनपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदर किरातीलाई सुझाव र सिफारिससहितको प्रतिवेदन बुझाएको हो। सरकारले गत चैत २० मा गठन गरेको कार्यदलमा राजन मुकारुङ, भोगीराज चाम्लिङ र गीता चौधरी सदस्य छन्। कार्यदलले प्रस्तावित रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय स्थापनाको अवधारणा, आधार, आवश्यकता र सम्भावनाका विषयमा विस्तृत प्रतिवेदन तयार गरी सरकारलाई बुझाएको कार्यदलका संयोजक विकेले जानकारी दिए। कार्यदलले प्रस्तावित विश्वविद्यालय स्थापनाका लागि आवश्यक नीतिगत तथा संरचनागत पूर्वाधार तैयार गर्न विकास समिति गठनको माग समेत गरेको छ। त्यसकालागि हालकै कार्यदलमा शिक्षा, श्रम र उद

साउदी जान कामदारलाई शैक्षिक प्रमाणपत्र अनिवार्य

Main News, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं । नेपाली कामदारका लागि वैदेशिक रोजगारीको प्रमुख गन्तव्य साउदी अरबले साधारण काम (अदक्ष) मा जाने कामदारसँग पनि शैक्षिक योग्यताको प्रमाणपत्र मागेको छ । साउदीको पछिल्लो निर्णयअनुसार नेपालको परराष्ट्र मन्त्रालय र काठमाडौंस्थित साउदी दूतावासबाट प्रमाणित भएको शैक्षिक प्रमाणपत्र पेस गरेमा मात्रै भिसा जारी हुनेछ । प्रमाणित शैक्षिक योग्यता नभएमा सोमबारदेखि भिसा नदिने साउदी दूतावासले सूचना जारी गरेको छ । साउदीको यो नीतिले कामदारमाथि शैक्षिक प्रमाणपत्र जुटाउनुपर्ने झन्झट थपिएको छ । शैक्षिक प्रमाणपत्र प्रमाणित गर्न नसक्ने कामदारले अब लेबर काम गर्न पनि साउदी जान पाउने छैनन् । गत आर्थिक वर्षमा खाडी मुलुकमा २ लाख ९० हजार ३९ गएकामध्ये साउदी अरब जाने मात्रै १ लाख २५ हजार २ सय ३७ जना थिए । वैदेशिक रोजगार विभागका अनुसार साउदीसहित खाडी देशमा अदक्ष काममा जाने कामदारको बाहुल्यता
स्थानीय सरकारको चरम लाप्रवाहीका कारण विद्यार्थी धुलोमा बस्न बाध्य

स्थानीय सरकारको चरम लाप्रवाहीका कारण विद्यार्थी धुलोमा बस्न बाध्य

Main News, Special News Highlights
हुम्ला । दक्षिणी क्षेत्रको एक विद्यालयमा विद्यार्थी कक्षा कोठाको धुलाम्मे भुईँमा बसेर अध्ययन गर्न बाध्य भएका छन् । विद्यालयले कक्षा कोठामा डेक्स–बेन्चको व्यवस्था गर्न नसकेपछि विद्यार्थीलाई भुईँमा बसेर अध्ययन गर्नुपरेको हो । सर्केगार्ड गाउँपालिका –१ को तुम्च गाउँको देवल आधारभूत विद्यालयका विद्यार्थी चार वर्ष अघिदेखि यसरी भुईँमा बसेर अध्ययन गर्दै आएका छन् । विद्यालयका प्रधानाध्यापक कालीबहादुर रावतले आठ कक्षासम्म पठनपाठन हुने विद्यालयमा कक्षा ७ र ८ का विद्यार्थी जीर्ण डेक्सबेन्चमा बसेर अध्ययन गर्दै आएको भए पनि बाँकी बालविकासदेखि कक्षा ६ सम्मका सबै विद्यार्थी भुईँमा बसेर अध्ययन गर्ने गरेका छन् । बेन्च–डेक्स भएका कक्षाका लागि अभिभावक मिलेर २० हजार रुपियाँ उठाएर निर्माण गरिएका हुन् । भवन निर्माण गर्ने कार्य भए पनि कोठामा डेक्सबेन्चको व्यवस्था नहुँदा चार वर्षदेखि विद्यार्थी भुईँमा बस्दै
बाह्र वर्षपछि संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह हुँदै

बाह्र वर्षपछि संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह हुँदै

Banner News, Main News, Special News Highlights
एजुकेशनपत्र । बाह्र वर्षपछि नेपाल संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह हुन लागेको छ । विसं २०६८ मा विश्वविद्यालयको समारोह भएको थियो । त्यसपछि दीक्षान्त समारोह हुन सकेको थिएन । प्रत्येक वर्ष हुनुपर्ने दीक्षान्त समारोह हुन सकेको छैन । यसपटक प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनुमति दिएपछि दीक्षान्त समारोह हुन लागेको विश्वविद्यालयका शिक्षाध्यक्ष भीमप्रसाद खतिवडाले बताउनुभयो । “विश्वविद्यालयको दीक्षान्त समारोह प्रत्येक वर्ष हुनुपर्ने हो”, उहाँले भन्नुभयो, “तर, कुलपतिले अनुमति नदिँदा लामो समयदेखि दीक्षान्त समारोह हुन सकेका थिएन, यस पटक कुलपतिले अनुमति दिएपछि समारोह गर्न लागेका छौँ ।” विश्वविद्यालयको केन्द्रीय कार्यालय बेलझुण्डीमै उक्त समारोह हुन लागेको हो । यो पाँचौँ दीक्षान्त समारोह रहेको उहाँले बताउनुभयो । यसअघि विसं २०६८ मा पनि १० वर्षपछि मात्रै दीक्षान्त समार
एसईईको नतिजा आएपछिमात्र कक्षा ११ को भर्ना गर्न काठमाडौँ महानगरको निर्देशन

एसईईको नतिजा आएपछिमात्र कक्षा ११ को भर्ना गर्न काठमाडौँ महानगरको निर्देशन

Main News, School Education
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा नआई कक्षा ११ को भर्नासम्बन्धी प्रक्रिया अगाडि नबढाउन विद्यालयहरूलाई निर्देशन दिएको छ । केही शैक्षिक संस्थाले कक्षा ११ मा भर्नाका लागि सूचना प्रकाशन गरेको भन्ने उजुरी आएको भन्दै महानगरले त्यस्तो नगर्न भनेको हो । एसईईको नतिजा नआएसम्म कक्षा ११ को भर्नासम्बन्धी कुनै पनि प्रक्रिया नगर्न महानगरभित्रका सबै विद्यालयलाई परिपत्र गरेको हो । महानरगभित्र सञ्चालित केही विद्यालयले शैक्षिक सत्र २०८० का लागि कक्षा ११ मा भर्ना गर्न सूचना प्रकाशन गरेको पाइएको थियो ।
विद्यार्थीमा ठेउला सङ्क्रमण देखिएपछि विद्यालय बन्द

विद्यार्थीमा ठेउला सङ्क्रमण देखिएपछि विद्यालय बन्द

Main News, School Education
स्याङ्जा । स्याङ्जाको वालिङ–१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ । सुरुका दिनमा केही बालबालिकामा देखिएको सङ्क्रमण फैलँदै जाँदा २३ जना तथा घरका अन्य सदस्यलाई पनि सर्न थालेपछि आउँदो शुक्रबारसम्म विद्यालय बन्द गरिएको छ । बालबालिकाको शरीरमा एकै प्रकारका पानीका फोका आउने, चिलाउने, दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिएको छ । विश्व स्वास्थ्य सङ्गठन, गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य कार्यालय स्याङ्जा र गह्रौँ प्राथमिक अस्पताल वालिङबाट चिकित्सकको टोली पुगेर औषधि उपचार गरेको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए । पहिलो पटक परीक्षण गर्दा २३ जनामा देखिएको सङ्क्रमण दर बढ्दै गएपछि गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि कोखे पुगेर नमूना सङ्कलन गरेका हुन् ।
नेपालका घर विश्वविद्यालय, टुँडाल पाठ्यक्रम हुन् : मन्त्री किराती

नेपालका घर विश्वविद्यालय, टुँडाल पाठ्यक्रम हुन् : मन्त्री किराती

Main News
एजुकेशनपत्र, काठमाण्डौं  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्राकृतिक र मानव निर्मित नेपालीपन बोकेको पर्यटन प्रवर्द्धन आज (मङ्गलबार) को आवश्यकता भएको बताउनुभएको छ । ओखलढुङ्गाको खिजीदेम्बा क्षेत्रको नयाँ पर्यटन पदमार्गको आज यहाँ सुरु भएको घोषणा कार्यक्रममा मन्त्री किरातीले संस्कृति, शिक्षा र ज्ञानका हिसाबले नेपालका हरेक घर विश्वविद्यालय र प्रत्येक गुम्बा एवम् मठमन्दिरका टुँडाल पाठ्यक्रमका रूपमा रहेका उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाली पहिचान बोकेका गाउँघरका उत्पादन र स्वादलाई पर्यटनको विकास र प्रवर्द्धनमा जोड्नुपर्छ । मुलुक र जनताको हितमा काम गर्नुपर्छ भन्ने हुटहुटी र सहासले पर्यटन क्षेत्रमा देखिएको विकृतिलाई अन्त्य गर्दै प्रवर्द्धनका कार्यक्रम गर्न कोसिस गरिरहेको छु ।” यस्तै, प्रतिनिधि सभाका सांसद रामहरि खतिवडाले राष्ट्रियता र विकासका मुद्दामा सब
तोकिएको समयमा संसद् बैठक सञ्चालन नभएपछि निराश हुँदै फर्किए विद्यार्थी

तोकिएको समयमा संसद् बैठक सञ्चालन नभएपछि निराश हुँदै फर्किए विद्यार्थी

Main News
एजुकेशनपत्र, काठमाण्डौं । “लाष्टै दुःख लाइराछ...’’ तोकिएको समयमा संसद्को बैठक सञ्चालन नभएपछि निराश भएर विद्यालय फर्कँदै गरेका विद्यार्थी समृद्धि तिमिल्सिनाको दुःखेसो हो यो । राष्ट्रियसभाको आजको बैठक सुरुमै सूचना टाँसेर स्थगन भयो । प्रतिनिधिसभाको बैठक दुई घण्टा कुर्दा पनि सुरु हुन सकेन । भक्तपुरको सल्लाघारीस्थित मोडर्न इङ्लिस स्कुलका ७५ जना विद्यार्थी आज बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठक हेर्न समय अगावै दर्शकदीर्घामा पुगिसकेका थिए । उनीहरु कौतुहुलताका साथ बैठक सुरु हुनेमा प्रतीक्षारत थिए तर दिउँसो १ बजे बैठक आजै १ः३० बजे बस्ने गरी स्थगनको सूचना आएपछि निराश हुन पुगे । सङ्घीय संसदमा माध्यमिक तहका विद्यार्थी सामाजिक अध्ययन विषयअन्तर्गत संसदीय गतिविधिलाई प्रत्यक्ष अवलोकन गर्न बेलाबखत आउने गर्दछन् । संसद् सचिवालयले ती विद्यार्थीका लागि प्रवेश अनुमति मिलाउने गर्दछ । य
काठमाडौं महानगरपालिकाद्धारा छात्रवृत्तिको विवरण नबुझाउने ३४२ निजी विद्यालयको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं महानगरपालिकाद्धारा छात्रवृत्तिको विवरण नबुझाउने ३४२ निजी विद्यालयको नाम सार्वजनिक (सूचीसहित)

Main News, Top Feature News
एजुकेशनपत्र, काठमाण्डौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्तिको विवरण नबुझाएको ३४२ वटा निजी विद्यालयको नाम मङ्गलबार प्रकाशित गरेको छ । महानगरको शिक्षा विभाग प्रमुख सीतराम कोइरालाले पुरानो सङ्घीय शिक्षा नियमावली र काठमाडौं महानगरको नियमावली र ऐनमा छात्रवृत्ति वितरण एवम् यसको विवरण बुझाउनुपर्ने व्यवस्था रहेको बताउनुभयो । विभाग प्रमुख कोइरालाले भन्नुभयो, “छात्रवृत्ति वितरण गरेर त्यसको जानकारी दिनुपर्ने भन्ने थियो । कतिपय विद्यालयले छात्रवृत्ति वितरण गरेर पनि त्यसको विवरण उपलब्ध भएन । उहाँहरूलाई हामीले पटक–पटक पत्राचार गरेको हो । सूचना पनि सार्वजनिक गरेका हौँ । त्यसपछि पनि वितरण प्राप्त नभएपछि यो सूची सार्वजनिक गरेका हौँ ।” उहाँले मङ्गलबार पछिल्लो समयसम्म प्राप्त सम्पूर्ण जानकारी केहीबेरमा पुनः सार्वजनिक हुने जानकारी पनि दिनुभयो । विद्यालयले अनिवार्य विवरण बुझाउनै पर्ने भन्ने ज