Main News Archives | Page 25 of 81 | Education Patra

Main News

बृहत् यौनिकता शिक्षा सम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु

बृहत् यौनिकता शिक्षा सम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु

From Today's Newspaper, Main News, School Education, Special News Highlights
काठमाडौँ। बृहत् यौनिकता शिक्षा सम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन काठमाडौँमा बुधवारदेखि सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले सम्मेलनको उद्घाटन गर्दै सफलताको कामना सहित यो सम्मेलनले नेपालको संविधानमा भएको प्रजनन् स्वास्थ्यमा मदत पु–याउने विश्वास आफूले लिएको बताउनुभयो । उहाँले विद्यालय शिक्षामा  यौनिक शिक्षा समेट्ने कुरामा नेपाल सरकार सजक रहेको र यसका लागि सरोकारवाला निकायको प्रभावकारी समन्वय र सहकार्यको आवश्यकता रहेको बताउनुभयो । उहाँले हाल भइरहेका प्रयासहरूको विस्तृत छलफल गरी सान्दर्भिक सुझाव प्राप्त हुनेछ भन्ने विश्वास लिएको छु भन्नुभयो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, यूएनएफपीए नेपाल लगायतका विभिन्न संघ संस्थाहरुको आयोजनामा सञ्चालित सम्मेलनको महत्त्व र आवश्यकतालाई प्रकाश पार्दे शिक्षा मन्त
संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरण पठाउन महानगरकाे परिपत्र

संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरण पठाउन महानगरकाे परिपत्र

Main News
एजुकेशनपत्र, काठमाण्डौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका सबै संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरणको विवरण पठाउन परिपत्र जारी गरेको छ। महानगरको शिक्षा विभागले आज एक सूचना प्रकाशित गरी संस्थागत विद्यालयले शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्ति यही जेठ १५ गतेसम्म वितरण गरी १६ गते कार्यालय समयभित्र विवरण पठाउन आग्रह गरेको छ। महानगरको शिक्षा ऐन, २०७५ को दफा ५० को उपदफा ३ अनुसार छात्रवृत्ति छनोट समितिबाट निर्णय गराई छात्रवृत्ति वितरण गर्न, विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ अनुसार छात्रवृत्तिको प्रावधानका आधारमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई वितरण गर्न र नियमावलीको नियम ५९ अनुसार छात्रवृत्ति पाउनेको नामावली विद्यालयको वेबसाइटमा प्रकाशन गर्न उक्त सूचनामार्फत सूचित गरिएको छ। यसैगरी, महानगरले कुनै पनि अभिभावक,
गढीमाई बहुमुखी क्याम्पसलाई १४ कठ्ठा जग्गा दान

गढीमाई बहुमुखी क्याम्पसलाई १४ कठ्ठा जग्गा दान

Main News
कलैया । बाराको श्रीगढीमाई बहुमुखी क्याम्पसलाई विभिन्न दाताले रु ५६ लाख बराबरको १४ कठ्ठा जग्गा दान गरेका छन् । केही समयअघि क्याम्पसको आयोजनामा श्रीमद् भागवत तथा गढीमाई महोत्सवका अवसरमा विभिन्न व्यक्तिले क्याम्पसलाई जग्गा दान गर्न प्रतिबद्धता जनाएका थिए । सोही अनुसार उनीहरूले क्याम्पसलाई जग्गा दान गरेका हुन् । महागढीमाई नगरपालिका–१ का नागेन्द्रप्रसाद चौधरीले १० कठ्ठा तथा पन्नालाल प्रसाद, प्रेम प्रसाद, सुमित्रा देवी र नरेशप्रसाद जयसवालले एक–एक कठ्ठा जग्गा दान गरेको क्याम्पस सञ्चालक समितिका सदस्य अमित चौधरीले जानकारी दिए । पाँचै जनाले बुधबार मालपोत कार्यालयमा गई जग्गा क्याम्पसको नाममा पास गरी लालपुर्जा क्याम्पस सञ्चालक समितिका अध्यक्ष विजयकुमार स्वर्णकार र क्याम्पस प्रमुख धर्मेन्द्रप्रसाद यादवलाई हस्तान्तरण गरे ।यसैगरी क्याम्पसले महायज्ञबाट सङ्कलन भएको रकमबाट रु चार लाखका दरले थप
शिक्षा र स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्न सके भ्रष्टाचार कम हुन्छ: महामन्त्री थापा

शिक्षा र स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्न सके भ्रष्टाचार कम हुन्छ: महामन्त्री थापा

Main News
एजुकेशनपत्र, काठमाण्डौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा र स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्न सके भ्रष्टाचार न्यूनीकरण हुने धारणा राखेका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले शिक्षा र स्वास्थ्यको सेवा निःशुल्क प्राप्त गर्न सकेमा भ्रष्टाचारमा कमी आउने धारणा राखेका हुन् । उनले भ्रष्टाचार नियन्त्रणका लागि केवल अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मात्रै बलियो बनाएर नहुने बताए । उनले यसका लागि लोकसेवा आयोगको भूमिका बढाउनेदेखि स्वार्थको द्वन्द्वको कानुन, संवैधानिक निकायको नियुक्ति लगायतको विषयलाई पनि एक ठाउँ जोडेर राख्नुपर्ने बताए ।
ग्यास र बिजुली प्रयोगको शिक्षा विद्यालयकै पाठ्यक्रममा राखौं : चन्द्र भण्डारी

ग्यास र बिजुली प्रयोगको शिक्षा विद्यालयकै पाठ्यक्रममा राखौं : चन्द्र भण्डारी

Banner News, Main News
एजुकेशनपत्र, काठमाण्डौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले ग्यास तथा बिजुली प्रयोगसम्बन्धी शिक्षालाई विद्यालयको पाठ्यक्रममै समावेश गर्न सरकारसँग माग गरेका छन् । गत ३ पुसमा आफ्नै घरमा ग्यास लिक भएर भएको आगलागीमा परी घाइते भएपछि बुधबार पहिलो पटक संसदमा पुगेका उनले सडक लेन क्रस गर्नेदेखि घरमा ग्यास र विलुली कसरी चलाउने भन्ने शिक्षा विद्यालयको पाठ्यक्रममा नै समावेश गर्नुपर्ने बताएका हुन् । जलनमा परेर अघिल्लो वर्ष ११० र यो वर्ष आफ्नो आमासहित १११ जनाको मृत्यु भएको भन्दै उनले यसलाई गम्भीर रुपमा लिनुपर्ने बताएका हुन् ।
राप्ती इञ्जिनियरिङ कलेज -‘लुम्बिनी प्रदेशकै उत्कृष्ट कलेज’ बन्न सफल: बरिष्ट ईन्जिनियर रामधन श्रेष्ठ

राप्ती इञ्जिनियरिङ कलेज -‘लुम्बिनी प्रदेशकै उत्कृष्ट कलेज’ बन्न सफल: बरिष्ट ईन्जिनियर रामधन श्रेष्ठ

Main News, Special News Highlights, Top Feature News
एजुकेशनपत्र, काठमाण्डौं । घोराही उपामहानगरपालिका १६मा संचालित राप्ती इञ्जिनियरिङ कलेजले स्प्रीरिङ सेमेष्टर २०२२ मा अध्ययरत बिई सिभिल र बिसिए कार्यक्रममा अध्ययरत विद्यार्थीहरुको लागि अभिमुखिकरण तालिम सम्मपन्न भएको जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं प्रशिक्षक घोराही उपमहानगरपालिका ईन्जिनियर रामधन श्रेष्ठले राप्ती इञ्जिनियरिङ कलेज लुम्बिनी प्रदेशकै उत्कृष्ट कलेज बन्न सफल भएको बताएका छन् । कलेज स्थापनाको छोटो समयमै कलेजबाट उत्पादीत ८० प्रतिशत शैक्षिक जनशक्तिले रोजगार प्राप्त गर्न सफल हुन चानचुन कुरा नभएको बताए । साथै उनले इञ्जिनियरिङ शिक्षा अन्य शिक्षाको तुलनामा अलि जटिल भएतापनि यसले दिने उत्पादन राम्रो हुने बताएका छन् । कलेजले शुरु गरेको अनुसंधान विधीमा आधारीत शिक्षण सिकाईले गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने हुँदा उक्त विधि कलेजले प्रयोग गरेकोमा कलेजलाई धन्यवाद दिएका छन् ।
असारको पहिलो सातादेखि अष्ट्रेलियाको सिड्नीमा उडान गर्ने नेपाल एयरलाइन्सको तयारी

असारको पहिलो सातादेखि अष्ट्रेलियाको सिड्नीमा उडान गर्ने नेपाल एयरलाइन्सको तयारी

Main News
एजुकेशनपत्र, काठमाण्डौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको छ। सिड्नी विमानस्थलले निगमलाई सातामा दुई उडानका लागि अनुमति र स्लट दिएको हो। विमानस्थलले बिहीबार र शनिबारका लागि स्लट दिएको निगमले उल्लेख गरेको छ। विमानस्थलबाट उडानका लागि अनुमति पाएसँगै निगमले अष्ट्रेलियाली नागरिक उड्डयनसँग उडान अनुमतिका लागि आवश्यक कागजात बुझाएको छ। निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार निगमको जहाज तत्काललाई सिङ्गापुरमा ‘टेक्निकल अवतरण’ गरेर सिड्नी उड्नेछ। “आगामी असार ६ गते (जुन २१ तारिख)लाई लक्षित गरेर उडान स्वीकृतिका लागि स्लट, अवतरण पर्मिटलगायतका लागि आवश्यक प्रक्रिया अगाडि बढिरहेको छ, स्लट पाइएको छ, बाँकी प्रक्रियामै छ”, उहाँले भन्नुभयो। उडानका लागि निगमले हाल जिएसए (जनरल सेल्स एजेन्ट) छनोट लगायत प्रक्र