Main News Archives | Page 30 of 81 | Education Patra

Main News

सम्बन्धन र पदपूर्ति स्थगन गर्न मध्यपश्चिम विश्वविद्यालयलाई प्रधानमन्त्रीको निर्देशन

सम्बन्धन र पदपूर्ति स्थगन गर्न मध्यपश्चिम विश्वविद्यालयलाई प्रधानमन्त्रीको निर्देशन

Banner News, Higher Education News, Main News, Special News Highlights, Top Feature News
ऐजुकेशनपत्र, वीरेन्द्रनगर । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले अघि बढाएका सम्बन्धन र पदपूर्तिका काम रोक्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयले निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयले विश्वविद्यालयलाई पत्र पठाएर यस्तो निर्देशन दिएको हो । विश्वविद्यालयबाट भएका सम्बन्धन, पदपूर्ति सम्बन्धी विज्ञापन लगायत सांगठनिक सुशासन तथा अनियमितताको विषयमा प्रधानमन्त्री कार्यालयमा उजुरी परेपछि रोक्न निर्देशन आएको हो । प्रधानमन्त्री कार्यालयले विश्वविद्यालयलाई विभिन्न विषयमा प्रतिवेदन तयार गरी १५ दिनभित्र पेश गर्न पनि भनेको छ। मध्यपश्चिम विश्वविद्यालयले २०७९ चैत २९ गतेदेखि सम्बन्धन लिन चाहने सामुदायिक तथा निजी कलेजहरुका लागि दरखास्त माग गरेको थियो। विश्वविद्यालयको उक्त निर्णय अमान्य भएको भन्दै संयुक्त विद्यार्थी संगठनहरुले आन्दोलन पनि गरेका थिए।
वैदेशिक रोजगारीबाट फर्केका युवाका लागि १५ करोड अनुदान

वैदेशिक रोजगारीबाट फर्केका युवाका लागि १५ करोड अनुदान

Banner News, Employment, Main News, Special News Highlights
गोपाल संग्रौला । सरकारले कोभिड महामारीका बेला सञ्चालन गर्ने तयारी गरेको वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको पुनः एकीकरण कार्यक्रम बल्ल कार्यान्वयनमा ल्याएको छ । वैदेशिक रोजगार बोर्डले कार्यक्रम सञ्चालन गर्न प्रस्ताव पठाएका १५६ स्थानीय तहमध्ये ८१ पालिकामा कार्यक्रम सञ्चालनमा ल्याइएको हो । सरकारले लामो समयदेखि वैदेशिक रोजगारीबाट फर्केका युवाका लागि पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको भए पनि निर्देशिका स्वीकृति नहुँदा कार्यक्रम सञ्चालन हुन लामो समय लागेको हो । बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले अन्तिम छनोटमा परेका मध्ये ८१ स्थानीय तहले १५ करोड रुपैयाँबराबरको कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । “हाल वैदेशिक रोजगारीबाट फर्किएका ३ हजार २२० श्रमिकका लागि पुनः एकीकरण कार्यक्रम सञ्चालन भइरहेको छ,” उनले कारोबारसँग भने, “८१ पालिकाले श्रमिकको संख्याका आधारमा ८ द
शिक्षक सरुवा तथा प्रअ नियुक्ति रोक्न उच्च अदालतकोआदेश

शिक्षक सरुवा तथा प्रअ नियुक्ति रोक्न उच्च अदालतकोआदेश

Banner News, Main News, Special News Highlights, Top Feature News
ऐजुकेशनपत्र,  दाङ तुलसीपुर। उच्च अदालतले दाङ तुलसीपुर उपमहानगरपालिकाले गरेको शिक्षक सरुवा तथा प्रधानाध्यापक नियुक्ति कार्य रोक्न आदेश दिएको छ । बिहीबार माध्यमिक तथा आधारभूत तहमा शिक्षक सरुवा तथा प्रधानाध्यापक नियुक्ति गर्ने कार्य यथास्थितिमा राख्न उपमहानगरपालिकालाई अल्पकालीन आदेश दिएको हो। हिमबहादुर डाँगीले दिएको निवेदनमा कायममुकायम मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दको एकल इजलासले यस्तो आदेश दिएको हो। साथै यो विषयमा छलफलका लागि दुवै पक्षलाई जेठ १ गते बोलाइएको छ। तुलसीपुरमा यसअघि प्रधानाध्यापक नियुक्ति तथा शिक्षक सरुवा गरिएकोमा काँग्रेस, माओवादी केन्द्रनिकटका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा शिक्षक सङ्घ-संगठनहरूले विरोध जनाएका थिए।
बलिउड अभिनेता आमिर खान स्वदेश फिर्ता

बलिउड अभिनेता आमिर खान स्वदेश फिर्ता

Entertainment, Main News
काठमाडौं । बलिउड अभिनेता आमिर खान काठमाडौंबाट भारत फर्किएका छन् । उनी आज इन्डिगो एयरलाइन्सबाट भारत फर्किएका हुन् । गत आइतबार आमिर काठमाडौं आएका थिए । पाँच दिनको बसाई पछि उनी स्वदेश फर्किएका हुन् । आमिर बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा पाँच दिन ध्यानमा बिताएको बताइएको छ ।
५ वर्षदेखि नवीकरण नगरी अवैध सञ्चालनमा छन् कन्सल्टेन्सी

५ वर्षदेखि नवीकरण नगरी अवैध सञ्चालनमा छन् कन्सल्टेन्सी

Main News, Special News Highlights
काठमाडौं । २०७४ सालदेखि शैक्षिक परामर्श संस्था नवीकरण नै नगरी सञ्चालनमा रहेका छन् । यसरी नवीकरण नहुनुमा उनीहरूको कमजोरी हैन, राज्यको उदासीनता देखिन्छ । ‘शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका २०७३’ अन्तर्गत दर्ता भएका संस्थाहरू हाल नवीकरण बिनै सञ्चालनमा छन् । संघीयता लागू भएसँगै उनीहरूको नवीकरण तथा स्वीकृतिको काम ठप्प बनेको हो । यो विषयमा प्रदेश सरकार र संघ सरकारबीच मतभेद छ । कन्सल्टेन्सी कुन सरकारको मातहतमा रहने भन्ने टुङ्गो नलाग्दा नयाँ खुलेका शैक्षिक परामर्शसम्बन्धी संस्थाहरू दर्ता भएका छैनन् भने पुरानाको समेत नवीकरण हुन सकेको छैन । २०७२ सालमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उनीहरूको दर्ता गरेको थियो । त्यसपछि २०७३ र २०७४ सालमा नवीकरण गरेको थियो । तर, त्यसपछि भने नवीकरण हुन सकेको छैन । संघीय सरकारले तदारूकता देखाउन नसक्दा बागमती प्रदेश सरकारले भने छु
शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री

शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री

Main News, Special News Highlights
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्। नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले आज प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको ज्ञापनपत्र बुझ्दै उनले विगतदेखि नै थाती रहेका केही विषयमा सरकारले स्पष्ट दृष्टिकोणका साथ निर्णय गर्ने बताए। प्रधानमन्त्री दाहालले शिक्षकका समस्याका बारेमा आफू जानकार रहेकाले सम्बोधनको पहल गर्ने बताएको  एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीले जानकारी दिए । उनका अनुसार महासङ्घले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न, सङ्घीय शिक्षा ऐन तत्काल जारी गर्न र आगामी आर्थिक वर्षको बजेटमा शिक्षक कर्मचारीका माग पूरा गर्न प्रधानमन्त्रीसमक्ष माग गरिएको छ । महासङ्घले विशेष गरी शिक्षा क्षेत्रका लागि कूल बजेटको २० प्रतिशत बराबरको रकम लगानी गर्न म
कक्षा १२ को वार्षिक परीक्षा सुरु, ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धिका लागि परीक्षामा सामेल

कक्षा १२ को वार्षिक परीक्षा सुरु, ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धिका लागि परीक्षामा सामेल

Main News, Special News Highlights
काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षा मंगलबारबाट सुरु भएको छ । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धिका लागि परीक्षामा सामेल भएका छन् । यसका लागि एक हजार चार सय ५३ परीक्षा केन्द्र तोकिएका छन् भने परीक्षा जेठ ५ गतेसम्म सञ्चलन हुनेछ । बिहान ८ बजेबाट सुरु भएको परीक्षा मध्याह्न १२ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार कक्षा १२ को वार्षिक परीक्षाका लागि सुरक्षाकर्मी, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक निरीक्षक, सहयोगी र अन्य कर्मचारीसमेत गरी कुल ५० हजार जनशक्ति परिचालन भएका छन् । आजबाट सुरु भएको परीक्षामा गत वर्ष तीन विषयमा एनजी आएका करिब ५६ हजार विद्यार्थीले परीक्षा दिने भएका छन् । उनीहरूले जति विषयमा कम नम्बर आएका थियो त्यत्तिकै विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ ।
प्रअहरूसँग कार्यसम्पादन सम्झौता : दुई सय २० दिन विद्यालय सञ्चालन गर्नुपर्ने

प्रअहरूसँग कार्यसम्पादन सम्झौता : दुई सय २० दिन विद्यालय सञ्चालन गर्नुपर्ने

Main News, School Education
पोखरा । सामुदायिक विद्यालयमा शिक्षा सुधारका लागि पोखरा महानगरपालिकाले प्रधानाध्यापकहरूसँग कार्यसम्पादन करार सम्झौता गरेको छ । विद्यालयको प्रशासनिक नेतृत्वलाई जवाफदेही बनाई विद्यालयको सुधार, विकास र उन्नयन गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग सम्झौता गरिएको हो । सङ्घीय शिक्षा नीति र विद्यालय क्षेत्र विकास योजनासमेतको मर्मलाई आत्मसात गरी महानगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग २८ बुँदामा सम्झौता गरिएको छ । महानगरपालिकाका प्रमुख धनराज आचार्य र सम्बन्धित विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्षहरूको रोहबरमा महानगरपालिकाको तर्फबाट शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्य र विद्यालयका प्रध्यानाध्यापकले कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर गरे । सम्झौताअनुसार आधारभूत तहमा विद्यार्थीको भर्ना र टिकाउ दरमा वृद्धि, श
पाठ्यक्रम विकास केन्द्रद्धारा आठराई र ओयसिस पब्लिकेसनका ८ पुस्तक पठनपाठन र बिक्रीवितरणमा रोक

पाठ्यक्रम विकास केन्द्रद्धारा आठराई र ओयसिस पब्लिकेसनका ८ पुस्तक पठनपाठन र बिक्रीवितरणमा रोक

From Today's Newspaper, Main News, Special News Highlights
ईश्वरराज ढकाल, काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले आठराई र ओयसिस पब्लिकेसनका ८ वटा पुस्तक पठनपाठन र बिक्रीवितरणमा रोक लगाएको छ । शिक्षक, विद्यार्थी र अभिभावकलाई गुमराहमा राखी विद्यार्थीको भविष्यमा गम्भीर खेलवाड गरेको निष्कर्ष निकाल्दै दुई पब्लिकेसनका ती पाठ्यसामग्रीलाई दुई वर्षसम्म रोक लगाएको हो । केन्द्रको मान्यता, समकक्षता तथा मूल्याङ्कन शाखाका अधिकृत तारा पाण्डेद्वारा हस्ताक्षरित पत्रमा ती पाठ्यसामग्री प्रयोग नगर्न नगराउन र बिक्रीवितरण नगर्न आग्रह गरेको छ । आठराई पब्लिकेसनको कक्षा ५ को रसिलो नेपाली रहेको छ । त्यस्तै, ओयसिस पब्लिकेसनको कक्षा ६, ७, ४ र ५ को वन्डर इङ्लिस, कक्षा ६, ७ र ४ को इङ्लिस स्किल पाठ्यसामग्री रद्ध गरिएको छ । ओयसिसले कक्षा ५ को वन्डर इङ्लिस पाठ्यसामग्री स्वीकृति नलिई छपाइ गरी बिक्री गरेको खुलेको छ । स्रोतका अनुसार ओयसिस र आठराई सहप्रकाशन संस्था हुन् । केन्द