कक्षा १२ मा ननग्रेड आएका सबै विषयमा ग्रेडवृद्धि परीक्षा दिन पाइनेमा विद्यार्थी खुशी
ऐजुकेशनपत्र, काठमाण्डौं । कक्षा १२ मा ननग्रेड (एनजी) आएका सबै विषयमा विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउने भएका छन् । यो नियम लागू भएसँगै दुईभन्दा बढी विषयमा अनुत्तीर्ण वा ननग्रेड आएमा विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउने भएका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ०७८ को लेटर ग्रेडिङ निर्देशिका संशोधन गर्दैै यो व्यवस्था लागू गर्ने निर्णय गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संशोधन भएको निर्देशिका लागू गर्ने निर्णय गरेको थियो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार यो नियम यसै वर्षदेखि लागू हुनेछ ।
यसअघि कक्षा १२ मा दुईवटा विषय लागेमा ग्रेडवृद्धि परीक्षा दिन पाइन्थ्यो । त्यसभन्दा बढी विषय लागेमा अर्को वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने बाध्यतात्मक अवस्था थियो । अब भने जतिवटा विषय अनुत्तीर्ण छन् त्यतिवटा विषयमा मात्रै परीक्षा दिए पुग्