Main News Archives | Page 33 of 81 | Education Patra

Main News

सञ्चार क्षेत्रको पुनर्संरचना आवश्यक छ:प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

सञ्चार क्षेत्रको पुनर्संरचना आवश्यक छ:प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

ICT News, Main News, Special News Highlights
ऐजुेकशनपत्र, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको मूल मर्म, भावना र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उद्देश्यअनुरूप नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना गर्नुपर्ने बताउनुभएको छ। विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्नका लागि आवश्यक कानुन र संरचना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले संवैधानिक दृष्टिले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गरिएको स्मरण गर्दै यसलाई कार्यान्वयनमा ल्याउन सरकारले सञ्चार क्षेत्रको संरक्षण, संवद्र्धन एवं विकासका निम्ति यसको पुनर्संरचना, नीतिगत र कानुनी सुधारका क्षेत्रमा जोड दिएको बताउनुभएको छ। उहाँले सञ्चार क्षेत्रले पनि आफूलाई मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री प्रचण्डले श्र
सूचना, सञ्चार प्रविधिको विकासलाई उच्च प्राथमिकतामा राखेका छौँ : मन्त्री शर्मा

सूचना, सञ्चार प्रविधिको विकासलाई उच्च प्राथमिकतामा राखेका छौँ : मन्त्री शर्मा

ICT News, Interview, Main News
काठमाडौं । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसिटी डे) मनाइँदैछ । हरेक वर्षको मे २ मा आइसिटी डे मनाइँदै आएकामा नेपालमा निजी र सरकारी तवरबाट यो दिवस मनाइँदै आएको छ । २०७४ जेठ १९ गते बसेको मन्त्रिपरिषद्बाट निर्णय भएअनुसार प्रत्येक वर्ष मे २ मा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाउन थालिएको हो । सुशासन, दिगो विकास एवं गरिबी न्यूनीकरणका लक्ष्य हासिल गर्ने उद्देश्य प्राप्तिका लागि यस दिवसको सान्दर्भिकता अझ बढिरहेको छ । सञ्चार तथा सूचना प्रविधिले विश्वलाई नै एउटा गाउँका रूपमा परिणत मात्र गरिदिएको छैन, मानव जीवनलाई सहज, सरल र समृद्ध बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । प्रविधिको उपयोगलाई बढी विश्वसनीय, सुरक्षित र पहुँचयोग्य बनाएर आम नागरिकलाई विद्युतीय माध्यमबाट सरल, सहज, सुलभ तथा विश्वसनीयरूपमा सेवा उपलब्ध
डिप्लोमा, एड्भान्स डिप्लोमालाई एनओसी नदिने सरकारको निर्णय फिर्ता

डिप्लोमा, एड्भान्स डिप्लोमालाई एनओसी नदिने सरकारको निर्णय फिर्ता

Main News, Special News Highlights
काठमाडौं । सरकारले कक्षा १२ पछिको डिप्लोमा, एड्भान्स डिप्लोमा (स्नातक गर्नुभन्दा अघि, ब्रिजकोर्ष) गर्न जानेलाई एनओसी नदिने निर्णय फिर्ता लिएको छ । वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ सार्वजनिक गर्दै कक्षा १२ पछिका डिप्लोमा, एड्भान्स डिप्लोमा (स्नातक गर्नुभन्दा अघि, ब्रिजकोर्ष) गर्न जाने विद्यार्थीलाई एनओसी नदिने फिर्ता लिएको हो । गत चैत १९ गतेदेखि नेपालको संविधान र शिक्षा ऐनको संशोधनले विद्यालय शिक्षा भनेर कक्षा १२ सम्मलाई परिभाषित गरेको र त्यहि आधारमा निर्देशिका तयार गरेको भन्दै स्नातक अघिको कुनै पनि कार्यक्रमको लागि एनओसी दिन रोकेको थियो । तर चौतर्फी विरोध तथा दबावको कारण सरकारले निर्देशिका संशोधन गरी कक्षा १२ पछि र स्नातकअघिका शैक्षिक कार्यक्रमको लागि पनि एनओसी दिने निर्णय गरेको छ । कतिपय कलेजहरुले सोझै स्नातक भर्ना हुन नदिने, डिप्लोमा, एडभान्स डिप्लोमा, एक वर
विद्यार्थी नभएपछि विद्यालय समायोजन

विद्यार्थी नभएपछि विद्यालय समायोजन

Main News, Special News Highlights, Top Feature News
ऐजुकेशनपत्र, मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले विद्यार्थी सङ्ख्या कम भएको विद्यालयको समायोजन गरेको छ ।  वडा नं १८ स्थित मङ्गलादेवी आधारभूत विद्यालयमा विद्यार्थी सङ्ख्या एकजना पनि नभएपछि अर्को विद्यालयमा समायोजन गरिएको छ । यहाँ विगत वर्षदेखि नै विद्यार्थी न्यून रहेको गैँडाकोट–१८ का वडाध्यक्ष तिलबहादुर चितौरेले बताए । “गाउँमा विद्यार्थी पाउनै छाड्यो यहाँ भौगोलिक अवस्थाका कारण विद्यालय सञ्चालन गर्न पनि कठिन छ”, उनले भने । यहाँ बालविकास सहजकर्ता धनमाया डिस्वा र कार्यालय सहयोगी बमबहादुर रिलामी मगर कार्यरत रहेका थिए । विद्यालयमा विद्यार्थी सङ्ख्या एकजना पनि नभएकाले विद्यालय सञ्चालन गर्न उपयुक्त नभएको नगरपालिकाले ठहर गरेको छ । विद्यार्थी नभएपछि विद्यालयलाई अर्को विद्यालयमा समायोजन गरिएको नगर शिक्षा समितिका अध्यक्षसमेत रहनुभएका नगर प्रमुख मदनभक्त
शिक्षा क्षेत्रका समस्याबारे सरकारलाई अभिभावक संघको ध्यानाकर्षण

शिक्षा क्षेत्रका समस्याबारे सरकारलाई अभिभावक संघको ध्यानाकर्षण

Main News, Special News Highlights
ऐजुकेशनपत्र, काठमाण्डौं ।  नेपाल राष्ट्रिय अभिभावक संघले शिक्षा क्षेत्रका विद्यमान समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ । संघको छैठौं राष्ट्रिय अधिवेशनले शिक्षा क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको हो । अधिवेशनबाट विजभिन्न १३ वटा विषयहरू पारित गरेको छ । संघीय शिक्षा ऐन यथाशीघ्र जारी गर्नुपर्नेदेखि लिएर विश्वविद्यालयको शिक्षालाई कार्यतालिका अनुसार नियमित र परिणाममुखी बनाउन सम्मका माघ राखिएको छ । वैशाख २ गते काठमाडौंमा सम्पन्न अधिवेशनले अध्यक्षमा कोषबहादुर जिसीलाई निर्वाचित गरेको थियो । अधिवेशनपछि बसेको कार्यसमिति बैठकले सरोकारवालाहरूको ध्यानार्कषण गराउने निर्णय गरेको थियो । बैठकले अधिवेशनबाट पारित गरिएका समसामयिक प्रस्तावहरूलाई कार्यान्वयनका लागि सबैमा अपिल गर्ने निर्णय गरेको थियो ।  
शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाको क्षेत्रमा उपलब्धि भएको छ : प्रधानमन्त्री प्रचण्ड

शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाको क्षेत्रमा उपलब्धि भएको छ : प्रधानमन्त्री प्रचण्ड

Main News, Special News Highlights, Top Feature News
ऐजुकेशनपत्र, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकासका सूचकाङ्कमध्ये खासगरी शिक्षा, स्वास्थ्य, खानेपानी, समावेशीकरण, वातावरण संरक्षण र सामाजिक सुरक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभएको छ। ‘कान्तिपुर इकोनोमिक समिट–२०२३’ लाई बुधबार सम्बोधन गर्नुहुँदै उहाँले केही क्षेत्रमा गुणात्मक परिवर्तन भए पनि उत्पादन र उत्पादकत्व वृद्धि, औद्योगिकीकरण र रोजगारी सिर्जनाका क्षेत्रमा चुनौतीको सामना गर्नु परिरहेको बताउनुभयो। “आन्तरिक उत्पादन न्यून भएकाले ठूलो मात्रामा वस्तु आयातका कारण व्यापारघाटा चुनौतीकै रूपमा रहेको छ। अर्कोतर्फ मुलुकभित्रै पर्याप्त रोजगारी सिर्जना हुन नसक्दा युवा पलायन बढ्दो छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो। प्रधानमन्त्रीले पूँजीगत खर्च बढ्न नसकेको र महत्वपूर्ण आयोजनाको कार्यान्वयन सुस्त रहेका बारे हालै आफ्नो अध्यक्षतामा राष्ट्रिय विका
काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा हरेक शुक्रवार विद्यार्थीले पाठ्यपुस्तक नलिई विद्यालय जान पाउने

काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा हरेक शुक्रवार विद्यार्थीले पाठ्यपुस्तक नलिई विद्यालय जान पाउने

Main News, School Education
काठमाडौँ । शुक्रबारदेखि काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीले पाठ्यपुस्तक नलिई विद्यालय जान पाउने भएका छन्। हरेक शुक्रबार विद्यार्थीले पाठ्यपुस्तकमा समेटिएकोभन्दा फरक विषय अध्ययन गर्न पाउनेछन्। नयाँ विषयको सिकाइले विद्यार्थीलाई दैनिक जीवनमा आइपर्ने घरायसी समस्या समाधान गर्न सक्षम बनाउनेछ। महानगरपालिकाले यसलाई ‘पढाइमा सीप’ कार्यक्रम नामाकरण गरेको छ। यस कार्यक्रमअन्तर्गत कक्षा ९–१२ मा अध्ययनरत विद्यार्थीलाई विभिन्न १० वटा विषयमा आधारित रहेर सीपमूलक शिक्षा प्रदान गरिनेछ। पहिलो वर्ष कक्षा ९ मा यस्तो तालिम सञ्चालन गरिनेछ। यस दिन अन्य कक्षाका विद्यार्थीलाई भने शिक्षकले पढाइको सट्टा विषयगत रूपमा रचनात्मक क्रियाकलापमा सहभागी गराउनुपर्नेछ। कक्षा ९ का विद्यार्थीलाई लक्षित गरेर ल्याइएको पढाइमा सीप कार्यक्रमअन्तर्गत ९० घण्टाको तालिम प्रदान गरिनेछ। कृषि, ह
राप्ती इन्जिनियरीङ कलेजले निःशुल्क बेसिक कम्प्युटर तालीम प्रदान गर्ने

राप्ती इन्जिनियरीङ कलेजले निःशुल्क बेसिक कम्प्युटर तालीम प्रदान गर्ने

ICT News, Main News, Special News Highlights, Top Feature News
ऐजुकेशनपत्र, घोराही दाङ । घोराहीमा रहेको राप्ती इन्जिनियरीङ कलेजले घोराही उप—महानगरपालिका १६ नं. वडा कार्यालयको सहकार्यमा एसइई दिएर बसेका विद्यार्थीहरुको लागि निःशुल्क कम्प्युटर तालिम दिन थालेको छ । राप्ती इञ्जिनियरीङ कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. भीमसेन गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन पोखरा विश्व विद्यालयका उप—प्राध्यापक निम बहादुर डाँगीले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालयका उपप्राध्यापक निम बहादुर डाँगीले कम्प्युटर शिक्षाले विश्वलाई दोरयाउने भएको हुँदा विभिन्न किसिमका कोर्षहरु मध्य कम्प्युटर बेसिक कोर्ष पनि अति आवश्यक र अनिवार्य रहने भएकोले सबै जना अनुशासित भई राम्रोसंग तालिम लिन आग्रह गर्नुभयो । कुनै पनि कोर्ष सिक्नको लागि सबै भन्दा पहिले सासाना कुराहरुको बारेमा जान्न जरुरी हुने भएकोले यस तालिमबाट प्रदान
शिक्षामा दर्जनौं बेथिति- १ करोड बजेट, १ लाख मात्र सकियो

शिक्षामा दर्जनौं बेथिति- १ करोड बजेट, १ लाख मात्र सकियो

From Today's Newspaper, Main News, School Education
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हिमाली क्षेत्रमा आवासीय विद्यालय सञ्चालन गर्न १ करोड ११ लाख रुपियाँ विनीयोजन गरेको थियो । तर १ लाख ४० हजार रुपियाँ मात्र खर्च देखिएको छ । सरकारले १३ हिमाली जिल्लामा आवासीय विद्यालय सञ्चालन गरिरहेको छ । महालेखा परीक्षकको ६०औं प्रतिवेदनमा जोखिममा परेका, अल्पसंख्यक, लोपोन्मुख, सीमान्तकृत समुदाय र विपन्न वर्गका बालबालिकाका लागि आवासीय विद्यालय सञ्चालन गर्न बजेट विनियोजन गरिएको उल्लेख छ । सरकारले आर्थिक वर्ष २०७८/०७९ मा मनाङ, मुस्ताङ, कालीकोट, जुम्ला, हुम्ला, ताप्लेजुङ, मुगु, रसुवा, डोल्पा, बझाङ, दार्चुलालगायत १३ हिमाली जिल्लामा आवासीय विद्यालय सञ्चालन गर्न बजेट विनियोजन गरेको थियो । त्यसै गरी गत वर्ष साक्षर हुन बाँकी २४ जिल्लामा अभियानकै रूपमा साक्षर कार्यक्रम सञ्चालन गरी पूर्ण साक्षर बनाउने नीति कार्यान्वयन हुन सकेन । २०६५ सालबाट
परीक्षा अनुगमनको थोत्रो अभ्यास: अनुगमनको नाममा हुल

परीक्षा अनुगमनको थोत्रो अभ्यास: अनुगमनको नाममा हुल

Main News, Special News Highlights, Top Feature News
काठमाडौं ।  २०७५ सालमा मुगुमा माध्यमिक शिक्षा परीक्षा (एसईई) चलिरहेको थियो । १३ चैतमा तेस्रो दिन गणित विषयको परीक्षा चलिरहेको बेला एक अनुगमन टोली विभिन्न विद्यालयमा पुग्यो । यही क्रममा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकाको विजय माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रको अनुगमन गर्न जिल्लाको टोली पुगेको थियो । अनुगमनका लागि जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिपकुमार ढकाल, प्रहरी प्रमुख राजेन्द्रबावु रेग्मी, जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख सूर्यबहादुर खत्री, शिक्षक महासंघका अध्यक्ष जंगबहादुर शाही लगायतको टोली पुगेको थियो । उक्त टोलीलाई स्थानीयवासी, शिक्षक, अभिभावकहरूले अबिर, फुलमाला मात्र लगाईदिएनन्, बाजागाजासहित भव्य स्वागत गरे । परीक्षा केन्द्र पुग्नुअगावै बीच बाटोमा गएर सम्मान गरिएको थियो । बाजागाजासहित स्वागत गर्नुको भित्री उद्दे