सांसद भण्डारीको प्रश्न- धनी र गरिबले पाउने शिक्षामा विभेद कहिलेसम्म ?
काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले नेपालमा धनी र गरिबले पाउने शिक्षा अलग–अलग रहेको भन्दै शिक्षा नीतिमा समस्या रहेको औंल्याएका छन् । उनले सरकार निरीह बन्दा शिक्षा, स्वास्थ्य र नागरिकको सरोकारका हरेक क्षेत्रमा माफिया र बिचौलियाको बिगबिगी रहेको बताए ।
काठमाडौँ — नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले नेपालमा धनी र गरिबले पाउने शिक्षा अलग–अलग रहेको भन्दै शिक्षा नीतिमा समस्या रहेको औंल्याएका छन् । उनले सरकार निरीह बन्दा शिक्षा, स्वास्थ्य र नागरिकको सरोकारका हरेक क्षेत्रमा माफिया र बिचौलियाको बिगबिगी रहेको बताए ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद भण्डारीले शिक्षा नीतिमा सुधार गरेर व्यवहारिक र रोजगारमूलक शिक्षाको व्यवस्था गर्नुपर्ने बताए ।
‘हाम्रो देशको शिक्षा नीतिमा समस्या छ । हामीसँग दर्जनौँ विश्वविद्यालय छन् । तर विश्वविद्यालयमा युवाहरू पढ्न चा