जीवन रुपान्तरणका लागि प्राविधिक शिक्षाको आवश्यकता छ : अध्यक्ष ओली
एजुकेशनपत्र, काठमाण्डौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली देशमा रोजगारी सिर्जना गर्नका लागि जीवन रुपान्तरण गर्न सक्ने प्राविधिक शिक्षाको आवश्यकता रहेको बताउनु भएको छ। उहाँले हाम्रो शिक्षा ‘प्रमाणपत्र’का लागि मात्र भएकाले अबको शिक्षा पद्धतिमा आमूल परिवर्तन र व्यवहारिक बनाउन जरुरी रहेको भन्दै यस्तो बताउनुभएको हो।
शुक्रबार झापाको दमक बहुप्राविधिक शिक्षालयको शैक्षिक भवन शिलान्यास कार्यक्रममा बोल्दै उहाँले ७० प्रतिशत प्राविधिक शिक्षा र बाँकी ३० प्रतिशत अन्य शिक्षा बनाउनुपर्ने कुार आफूले बारम्बार बताउँदै आएको उल्लेख गर्नुभयो। उहाँले जीवन उपयोगी शिक्षामा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ।
‘‘दैनिक जीवनसँग, पेशासँग, कामसँग र उत्पादनसँग नजोडिएको ज्ञानमात्र हुन्छ। त्यसैले त्यसको अर्थ छैन’’, ओलीले भन्नुभयो। सैद्धान्तिक ज्ञानभन्दा व्यवहारिक ज्ञानको आ