Main News Archives | Page 39 of 81 | Education Patra

Main News

दैनिक एकतिहाइ भन्दा धेरै एनओसीका आवेदन ‘रिजेक्ट’

दैनिक एकतिहाइ भन्दा धेरै एनओसीका आवेदन ‘रिजेक्ट’

From Today's Newspaper, Main News, Top Feature News
 काठमाण्डौं । विदेश अध्ययनका लागि जान चाहने एकतिहाइभन्दा धेरै विद्यार्थीको ‘नो अब्जेक्सन लेटर’ (एनओसी) आवेदन नै अस्वीकृत हुने गरेको छ । शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी)को लापरबाही तथा विद्यार्थीको बेवास्ताका कारण दैनिक यति धेरै एनओसी आवेदन रिजेक्ट हुने गरेका हुन् । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमतिपत्र शाखाका प्रमुख वासुदेव वस्तीका अनुसार शैक्षिक परामर्श केन्द्रले एउटा विद्यार्थीको डकुमेन्ट (नागरिकता, सर्टिफिकेटलगायत) अर्कोको आवेदनमा राखिदिने, पूरा कागजात नराख्ने (मेडिकल अध्ययनका लागि आवश्यक अनुमति नै नलिने) तथा कोर्सको अवधि कम हुने गरेका कारण एनओसीको आवेदन रिजेक्ट हुने गरेको बताए । ‘विद्यार्थीले अनलाइनमा पठाएका डकुमेन्ट हेरेपछि कि त भेरिफाइड हुन्छ कि रिजेक्ट हुन्छ,’ प्रमुख वस्तीले भने, ‘किन रिजेक्ट भएको भन्ने कारणसमेत विद्यार्थीलाई लेखेर पठाउँछौँ, यसले उनीहरूलाई सजिलो
सम्बन्धनको दोहोरोपनाले उच्च शिक्षा समस्यामा

सम्बन्धनको दोहोरोपनाले उच्च शिक्षा समस्यामा

From Today's Newspaper, Main News, Special News Highlights
काठमाडौँ  । काठमाडौँमा केन्द्रीय कार्यालय रहेको त्रिभुवन विश्वविद्यालय र चितवनमा केन्द्रीय कार्यालय भएको कृषि तथा वन विज्ञान विश्वविद्यालय दुवै सङ्घीय सरकारको लगानीमा सञ्चालित उच्च शैक्षिक संस्था हुन् तर यी दुवै विश्वविद्यालयको चितवनको खैरहनीमा र रामपुरमा आङ्गिक क्याम्पस सञ्चालनमा छन्। दुई फरक विश्वविद्यालयले एकै प्रकृतिका शैक्षिक कार्यक्रम एकै स्थानमा सञ्चालन गर्दा उच्च शिक्षामा दोहोरोपन देखिएको छ। त्यस्तै कञ्चनपुरमा केन्द्रीय कार्यालय रहेको सुदूरपश्चिम विश्वविद्यालय र चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय दुवैको कृषि क्याम्पस कैलालीको टीकापुरमा एकै ठाउँमा छ। मुलुकमा सञ्चालित विश्वविद्यालयहरूमा सम्बन्धन दिने नीति र मापदण्ड प्रभावकारी नभएको यी दुईवटा उदाहरणबाट स्पष्ट हुन्छ। साथै विश्वविद्यालयको सम्बन्धन प्रक्रिया अव्यवस्थित रहेको पनि यसबाट पुष्टि हुन्छ। उच्च शिक्षाको