राप्ती इञ्जिनियरिङ कलेजमा अध्ययनरत नवआगन्तुक विद्यार्थीहरुको अभिमुखिकरण तालीम सम्पन्न
जनादेश नेपाल संवाददाता, दाङ । दाङ जिल्लाको घोराही—१६ सानीअम्बापुरमा संचालित राप्ती इञ्जिनियरिङ कलेजमा शैक्षिक सत्र २०७९/०८० मा सिटिईभिटी अन्र्तगत डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ, प्रि–डिप्लोमा इन सर्भे इञ्जिनियरिङ, प्रि–डिप्लोमा इन सिभिल इञ्जिनियरिङ र प्रि–डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनियरिङमा भर्ना भएका विद्यार्थीहरुलाई लागि अभिमुखिकरण तालीम सम्पन्न भएको छ ।
अभिमुखीकरण तालीमका मुख्य प्रशिक्षक योग गुरु रविन्द्र बस्नेतले योग, मेडिटेसन, जीवन जगत र जीवनलाई कसरी सार्थक बनाउँने भन्ने विषयमा प्रशिक्षण दिनुभएको थियो ।
राप्ती इन्जिनियरिङ कलेजका कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले कलेजमा रहदा के गर्ने के नगर्ने र अध्ययनलाई कसरी नतिजामुखी बनाउँने भन्ने विषयमा प्रशिक्षण दिनु भएको थियो ।
उक्त तालीम कार्यक्रममा स्वागत मन्तव्य राख्दै राप्ती इञ्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक