Main News Archives | Page 43 of 81 | Education Patra

Main News

विद्यार्थीलाई उत्पादनदेखि बजारीकरण गर्न सिकाउँदै स्कूल

विद्यार्थीलाई उत्पादनदेखि बजारीकरण गर्न सिकाउँदै स्कूल

Main News, School Education, Top Feature News
चितवन ।  चितवनको कालिका नगरपालिका वडा नं ५ पदमपुरकी समीक्षा चौधरी गाउँकै भीमोदय नमुना माध्यमिक विद्यालय कक्षा १२ मा बालीविज्ञान विषय पढ्छिन् । विद्यालयमै उनले केरा, टमाटर र च्याउ उत्पादनको काम पनि गरिरहेका छन्। घरमा खेती किसानी नगरेकी उनी विद्यालयमा सबै साथीभाइसँग मिलेर काम गर्न पाउँदा दङ्ग छिन् । “पहिलो पटक विद्यालयमै मौरीको मह काड्न सिके”, उनी भन्छिन्, “च्याउ उत्पादनको तरिकाबारे पनि राम्रो ज्ञान लिएकी छु ।” परम्परागत खेती गर्ने गाउँघरका अभिभावकलाई नयाँ प्रविधि प्रयोग गरेर आधुनिक खेती गर्न सिकाउन थालेको समीक्षा बताउँछिन् । “घरमा काम गर्नुपरेको थिएन”, कक्षा ११ का छात्र अमितजी गुप्ता भन्छन्, “यहाँ सबैजनासँग काम गर्दा रमाइलो पनि हुन्छ । पैसाभन्दा सिक्न पाइएको छ”, उनको भनाइ छ, “यहाँ उत्पादन भएको वस्तु बेचेर जम्मा भएको पैसा विद्यालयले हामीलाई नै दिने गरेको छ ।” गुप्ता यहाँ कक्षा नौ द
सीटीईभीटीअन्तगर्तका सामुदायिक विद्यालयहरु बन्द हुदै

सीटीईभीटीअन्तगर्तका सामुदायिक विद्यालयहरु बन्द हुदै

Banner News, Higher Education News, Main News, Top Feature News
जनादेश नेपाल संवाददाता । सीटीईभीटीअन्तगर्तका सामुदायिक विद्यालयहरु बन्द हुदै छन् । दाङ जिल्लाका घोराहीमा अवस्थित सामाुदायीक विद्यालयमा विद्यार्थीको चाप निकै घटेको पाइएको छ । स्रोत व्यवस्थापन गर्न नसक्दा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीअन्तगर्तका सामुदायिक विद्यालयमा शिक्षक अभाव हुन थालेको छ । प्राविधिक तथा व्यावसायिक शिक्षा पढाउने यस्ता विद्यालयमा ३२ प्रतिशत शिक्षक खाली छन् । एकातिर आर्थिक अभाव अर्कोतिर कम विद्यार्थीका कारण विद्यालयले शिक्षकको व्यवस्थापन गर्न नसक्दा गुणस्तरमा समेत प्रभाव परेको एक अध्ययनले देखाएको छ । प्युठानको क्षेत्र विकास माध्यमिक विद्यालयमा ५ वर्षदेखि बाली विज्ञान विषयको पढाइ हुन्छ । नियमित विद्यालय आउने १० विद्यार्थीका लागि पूर्णकालीन ४ शिक्षक छन् । विगतमा तीन वर्षे कार्यक्रमका लागि १४ जना शिक्षक थिए । तर आर्थिक अभाव हुँदा विद्यालयले शिक
प्राज्ञिक विद्यार्थी परिषद् नेपालको विद्यार्थी सम्मेलन देवघाट धाममा प्रारम्भ

प्राज्ञिक विद्यार्थी परिषद् नेपालको विद्यार्थी सम्मेलन देवघाट धाममा प्रारम्भ

Banner News, Main News, School Education
तनहुँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको प्रथम राष्ट्रिय संस्कृत विद्यार्थी सम्मेलन आध्यात्मिक राजधानी देवघाट धाममा आजबाट प्रारम्भ भएको छ । परिषद्को संस्कृत विद्यार्थी सम्मेलन धार्मिक एवम् आध्यात्मिक  केन्द्र  देवघाटधामस्थित महेश संस्कृत गुरूकुलमा विविध विधाका विशिष्ट व्यक्तित्वको समुपस्थितिमा समुद्घाटन भएको विद्यार्थी परिषद्ले जनाएको छ । सनातन संस्कृतिको जगमा रहेर राष्ट्रव्यापी रूपमा रहेको  क्याम्पस विश्वविद्यालयका विद्यार्थीबिच काम गर्दै आइरहेको विद्यार्थी परिषद्ले गुरुकुल र संस्कृत विश्वविद्यालयमा पढ्दै गरेका विद्यार्थीको सहभागितामा प्रथम राष्ट्रिय संस्कृति विद्यार्थी सम्मेलन गरेको हो । कार्यक्रममा गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरिजी महाराज, महेश सन्यास आश्रमका संरक्षक मधुसुदनानन्द गिरी, नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव माधव अधिकारी, समाजसेवी एवं आध्यात्मिक व्य
प्याव्सनको आयोजनामा विद्यार्थीले निर्माण गरेका विज्ञान प्रविधिका सामग्री प्रदर्शन

प्याव्सनको आयोजनामा विद्यार्थीले निर्माण गरेका विज्ञान प्रविधिका सामग्री प्रदर्शन

Main News, Special News Highlights, Top Feature News
कपिलवस्तु। कपिलवस्तुको बुद्धभूमि नगरपालिका –२ गोरुसिङ्गेमा विद्यार्थीबाट निर्माण गरिएका शैक्षिक सामग्री प्रदर्शन गरिएको छ । प्याव्सन कपिलवस्तुले आयोजना गरिएको शैक्षिक प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेका विज्ञान तथा प्रविधिका सामग्री प्रदर्शन गरिएको हो । कार्यक्रममा हस्तलेखन र महिला हिंसाको विषयमा वक्तृत्वकला प्रतियोगिता समेत सम्पन्न भएको छ । प्रदर्शनीको अवलोकन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य नवराज लामिछानेले कपिलवस्तुको विद्यार्थी देशकै उत्कृष्ट रहेको प्रमाणित भएको बताउनुभयो । विद्यार्थीले निर्माण गरेका सामग्रीले सिपयुक्त जनशक्ति उत्पादन भएको दाबी गर्नुभयो । प्रदर्शनीको अवलोकन गर्दै प्याव्सन कपिलवस्तुका अध्यक्ष सुन्दर पाण्डेले कपिलवस्तुका विद्यार्थीको प्रतिभा देखाउने अवसर प्रदान गरेको बताउनुभयो । जिल्लाभरीबाट छानिएका विद्यालयले उत्कृष्ट काम गरेको बताउँदै कपिलवस्तु शिक्षाको हबको र
नगरभित्र रहेका ५४ विद्यालयमा ८ कक्षासम्म दिवाखाजा र १२ कक्षासम्म शिक्षा निःशुल्क

नगरभित्र रहेका ५४ विद्यालयमा ८ कक्षासम्म दिवाखाजा र १२ कक्षासम्म शिक्षा निःशुल्क

Banner News, Main News, School Education
जनादेश नेपाल, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले कक्षा ६ सम्म दिँदै आएको दिवाखाजालाई बढाएर आठ कक्षासम्म उपलब्ध गराउने भएको छ। साथै  १२ कक्षासम्म कुनै पनि प्रकारको शुल्क नलिने घोषणा गरेको छ। नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले नगरभित्र रहेका ५४ विद्यालयमा दिवाखाजा र निःशुल्क शिक्षाको सुरुवात गरिएको बताए। ‘नगरभित्र यो शैक्षिक सत्रमा भर्ना भएका ६ हजार सात सय विद्यार्थीले कुनै किसिमको शुल्क तिर्नुपर्दैन,’ नगरप्रमुख बस्नेतले भने, ‘कुनै पनि विद्यालयले नगरको परिपत्रविपरीत शुल्क लिए कारबाही गरिनेछ।’ माध्यमिक विद्यालयलाई आवश्यक सबै शैक्षिक सामग्री नगरले उपलब्ध गराएपछि विद्यार्थीसँग शुल्क लिन नपाउने उनले  बताए। दिवाखाजा, परीक्षा शुल्क र विज्ञान संकायको प्रयोगशालालाई लाग्ने अतिरिक्त खर्च नगरपालिकाले व्यहोर्नेछजसका लागि दुई करोड ६० लाख रकम छुट्याइएको छ। शिक्षा शाखा
८ पीएचडी र ८५ जना एमफिलका विद्यार्थी काठमाडौं विश्वविद्यालयबाट दीक्षित

८ पीएचडी र ८५ जना एमफिलका विद्यार्थी काठमाडौं विश्वविद्यालयबाट दीक्षित

Banner News, Higher Education News, Main News, Photo News, Top Feature News
काभ्रे । काठमाडौं विश्वविद्यालयले ८ जना पीएचडी र ८५ जना एमफिलसहित १ हजार ६ सय ९९ जना विद्यार्थीलाई बिहीबार २८औँ दीक्षान्त समारोहबाट दीक्षित गरेको छ । दीक्षित भएकाहरूमध्ये १०.९५ प्रतिशत विदेशी विद्यार्थी रहेका छन् । विभिन्न सात विधाबाट दीक्षित यी विद्यार्थीलाई काठमाडौं विश्वविद्यालयका कुल पति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ खुवाएर दीक्षित गरेका हुन् । प्रधानमन्त्री देउवाले काठमाडौं विश्वविद्यालयबाट उत्पादित दक्ष जनशक्तिले नेपालको मात्र नभएर विदेशमा समेत गरीमा उँचो राखेको भन्दै प्रशंसा गरेका छन् । उनले दीक्षित विद्यार्थीलाई देश र समाजको भलाइका लागि आफ्नो ज्ञान र सिपलाई इमानदारीताकासाथ सदुपयोग गर्न अनुरोध समेत गरेका छन् । वरिष्ठ फिजिसियन तथा मुटु रोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यमा भएको समारोहमा विभिन्न विधाका डिन र शिक्षा मन्त्री देवेन्द्र राज प
शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागु हुने

शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम लागु हुने

Main News, School Education, Top Feature News
जनादेश नेपाल, काठमाण्डौं । आगामी शैक्षिक सत्र २०८० सालदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुने भएको छ । त्यसका लागि पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रम तयार पारिरहेको छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले तीन वटा कक्षाका नयाँ पाठ्यपुस्तक तयार भइरहेको बताए । नयाँ पाठ्यपुस्तकको प्रिन्ट रेडी कपी (पीआरसी) तयार भएपछि छपाईका लागि जनक शिक्षा सामग्री केन्द्रलाई पठाइने बताए । पाठ्यक्रम विकास केन्द्रले उपलब्ध गराएको पीआरसीका आधारमा जनक शिक्षाले पाठ्यपुस्तक छाप्ने गर्दछ । अहिले कक्षा ५ र १० का अनिवार्य विषयको नयाँ पाठ्यक्रम अनुसारको पीआरसी तयार भइसकेको र ८ को काम भइरहेको महानिर्देशक अर्यालले बताए । कक्षा ५ को पीआरसी भने जनक शिक्षालाई पठाइएसकेको केन्द्रले जनाएको छ । त्यस्तै कक्षा ८ र १० को केही दिन पठाउने तयारी भइरहेको महानिर्देशक अर्यालले
शैक्षिक संस्थाको टाउकोमा सरकारको डण्डा

शैक्षिक संस्थाको टाउकोमा सरकारको डण्डा

Banner News, Main News, School Education, Top Feature News
बिबिसी नेपाली । चुनावलगत्तै बुटवलमा रहेको मुख्यमन्त्री कार्यालय दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती प्राविधिक शिक्षालयका भवनमा स्थानान्तरण गरिएको छ। एसियाली विकास ब्याङ्कको सहयोगमा स्थापना भएको राप्ती प्राविधिक शिक्षालयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतका प्राविधिक कक्षाहरू २०५० साल देखि सञ्चालन हुँदै आएका थिए। अहिले सो शिक्षालयलाई त्यहाँभन्दा करिब ५ किलोमिटर दक्षिणमा गढवा गाउँपालिकामा रहेको सरस्वती मावि रहेको भवनमा स्थानान्तरण गरिएको छ भने सरस्वती माविका विद्दार्थीहरुका लागि त्यहाँ हालै मात्र बनाइएको टिनले छाएको कच्ची संरचनामा कक्षा सञ्चालन गरिएको छ। अस्तव्यस्त शिक्षालय "यहाँ सबै कुरा अस्तव्यस्त छ," सिभिल इन्जिनियरिङ डिप्लोमा तहको अध्ययन गरिरहेका प्युठानका सुनिल विश्वकर्माले भने। "पुरानो शिक्षालयमा प्राविधिक अध्ययनलाई नै लक्षित गरे
लुम्बिनी बौद्ध विश्वविद्यालयको बेथिति छरपस्ट, रजिस्ट्रारकै नियुक्तिमाथि प्रश्न

लुम्बिनी बौद्ध विश्वविद्यालयको बेथिति छरपस्ट, रजिस्ट्रारकै नियुक्तिमाथि प्रश्न

Higher Education News, Main News
जनादेश नेपाल, काठमाण्डौं । लुम्बिनी बौद्ध विश्वविद्यालयको एकपछि अर्को गरेर बेथिति बाहिर आउन थालेको छ । यतिसम्मकी विश्वविद्यालयका रजिस्ट्रारकै नियुक्तिमाथि प्रश्न उठेको छ । यस्तै शैक्षिक योग्यता नै नपुगेका व्यक्तिलाई उपप्राध्यापकमा नियुक्त गरेको समेत पाइएको छ । विश्वविद्यालयभित्र देखिएको बेथितिका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र लगायतका सरोकोरवाला निकायमा उजुरी परेको छ । विद्यार्थीका तर्फबाट परेको उजुरीमा विभिन्न आरोप लगाइएको छ । उजुरीमा लुम्बिनी बौद्ध विश्वविद्यालयका पदाधिकारीले कानुन नमान्ने, विश्वविद्यालयको नियम नमान्ने, आफूखुसी मनपरी गर्ने जस्ता गैरकानूनी कार्य गर्दै आएको दाबीसहित कारबाहीको माग गरिएको छ । विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्य, डिन हरीशरण चखु र सिटी क्याम्पसका क्याम्पस प्रमखु फणिन्द्र कुमार न्यौपाने मिलिभगत गरी अनियमितत
मधेस प्रदेश लोक सेवा आयोगले ठूलो संख्यामा माग्यो कर्मचारी (हेर्नुस् सूचना)

मधेस प्रदेश लोक सेवा आयोगले ठूलो संख्यामा माग्यो कर्मचारी (हेर्नुस् सूचना)

Banner News, Employment, Main News
जनादेश नेपाल, काठमाण्डौं । प्रदेश लोक सेवा आयोग मधेस प्रदेशले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । प्रदेश निजामती सेवाको सहायक पाँचौं तह (अप्राविधिकरप्राविधिक) पदका लागि आवेदन खुलाइएको हो । प्रदेश निजामती सेवाका विभिन्न सेवा, समूह, उपसमूह तथा तहका रिक्त पदको खुला, समावेशी तथा अन्तर सेवा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आह्वान गरिएको आयोगले जनाएको छ । न्यूनतम योग्यता पुगेका उमेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । पुस २० गतेसम्म आवेदन दिनुपर्नेछ । हेर्नुस् सूचना: