विश्वकप हेर्न कतार जान मन लाग्यो ? थाहा पाइराख्नुस् त्यहाँ लाग्ने खर्च र सुविधाको विवरण
जनादेश स्पोर्ट्स वाच।
फुटबल विश्वकपको ९२ वर्षको इतिहासमा पहिलोपटक मध्यपूर्वको कुनै देशमा यो प्रतियोगिता हुँदैछ र त्योपनि उत्तरी गोलार्द्धमा जाडो हुने याममा। उपलब्ध सबै ३० लाख टिकट विक्री भइसकेको छ। नोभेम्बर २० देखि डिसेम्बर १८ सम्मको खेल हेर्न १२ लाख दर्शकहरू कतार पुग्दैछन्।
सबभन्दा सानो आयोजक
विश्वकपको इतिहासमा कतार सबभन्दा सानो आयोजक राष्ट्र हो। कतारको जनसङ्ख्या जम्मा ३० लाख मात्र छ। त्यहाँका आठ वटा रङ्गशाला करिब एक घण्टाका दूरीमा छन्। दर्शकहरूलाई ११० मेट्रो ट्रेन तथा चार हजार बसले ओसार्ने छन्। धेरै अर्थमा यो विश्वकप अलि भिन्न हुनेछ।
कति महँगो हुनेछ कतार बसाइ?
ब्रिटेनस्थित दर्शकहरूको सङ्गठन फुटबल सपोर्टर्स एसोसिएसनका सपोर्टर इन्गेजमेन्ट प्रमुख एस्ले ब्राउनका अनुसार विगतका प्रतियोगिताहरूका तुलनामा यसपाली थोरै सङ्ख्यामा मात्र इङल्यान्डका फुटबल प्रेमी कतार पुग्दैछन्। उनले धेर