Main News Archives | Page 48 of 81 | Education Patra

Main News

एमसीसी अगाडि बढाउन सरकारले थाल्यो पहल

एमसीसी अगाडि बढाउन सरकारले थाल्यो पहल

Main News
जनादेश नेपाल, काठमाण्डौं । झन्डै दुई वर्षदेखि प्रतिनिधि सभामा दर्ता भई प्रक्रिया अगाडि नबढेको एमसीसी सम्झौता अगाडि बढाउन सरकारले पहल थालेको छ । सरकार र सदनको समेत टकरावको अवस्था बन्दै आएको सम्झौता कार्यसूचीमा अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले चासो दिएका हुन् । प्रधानमन्त्री ओलीले कार्यव्यवस्था परामर्श समितिमा सरकार प्रतिनिधि कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीलाई कार्यसूचीमा अगाडि बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशनअनुसार कार्यसूचीबारे सभामुखसँग परामर्श गर्ने कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए। पछिल्ला केही दिनयता प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपा (एमाले)का सांसद खगराज अधिकारीले समेत एमसीसी अगाडि नबढाइएको भन्दै असन्तुष्टि जनाएका थिए । सार्वजनिक मञ्चमा प्रधानमन्त्री तथा सदनमा परराष्ट्रमन्त्री
पाँच कर्मचारीको दुर्घटनामा निधन भएपछि प्रशासन पाँच दिनका लागि बन्द

पाँच कर्मचारीको दुर्घटनामा निधन भएपछि प्रशासन पाँच दिनका लागि बन्द

Banner News, Main News
जनादेश नेपाल, गुल्मी । प्युठानमा जीप दुर्घटनामा परी कर्मचारीको निधन भएपछि गुल्मीको जिल्ला प्रशासन कार्यालय पाचँ दिनका लागि बन्द हुने भएको छ । बुधबार जीप दुर्घटना भएपछि बिहिबारका सबै सेवा बन्द गरिएको थियो । त्यस्तै वैशाख ३ गते शुक्रबारदेखि ६ गते सोमबारसम्म कार्यालयका मुद्धा र शान्ति सुरक्षाबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको कार्यालयका प्रशासकीय अधिकृत एवम् सुचना अधिकारी उद्धव पन्थीले जानकारी दिए । बिहीबार नयाँ बर्षको दिन पारेर जिल्ला प्रशासन कार्यालयका कर्मचारीसहित १७ जना लु १ ज १६६५ नम्बरको जीपमा प्युठानको स्वर्गद्धारी भ्रमणमा गएका थिए । तर जीप प्युठानको स्वर्गद्धारी नगरपालिका –३ रुमालेमा दुर्घटना हुँदा पाचँ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी कार्यालयका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्युटर अपरेटर सुर्य पन्थी, खरिदार इश्वरी भण्डारी, यमलाल पन्थी र सवारी चालक केशव का
यूके भेरियन्टले नेपालमा कोरोना संक्रमण तीव्र रुपमा फैलदै

यूके भेरियन्टले नेपालमा कोरोना संक्रमण तीव्र रुपमा फैलदै

Health Care, Main News
जनादेश नेपाल, काठमाण्डौं ।  नेपालमा कोरोना संक्रमण उकालो लाग्दै गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकले देखाएको छ । गत शुक्रबारदेखि बिहीबार २ गतेसम्मको तथ्यांक हेर्ने हो भने २९ हजार ९ सय २८ पीसीआर परीक्षणमा २ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अवधिमा ९९६ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै यस अवधिमा २१ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या देशभर ४ हजार ३ सय ८४ रहेको छ भने ६८ जना क्वारेन्टाइनमा रहेका छन् । हालसम्म नेपालमा २ लाख ८२ हजार ५४ जना कोरोना संक्रमित भएकोमा ३ हजार ६६ जनाको ज्यान गएको छ भने २ लाख ७४ हजार ६ सय ४ जना निको भएका छन् । चैत २७ गते २८८ ,२८ गते ३३७, २९ गते ३०३, ३० गते ४९६ र ३१ गते ४६० जना संक्रमित देखिएका छन् । वैशाख १ गतेको तथ्यांक हेर्दा संक्रमितको संख्या एकैदिन ५८० पुगेको देखिन्छ । बिहीबार
१४ जिल्ला कोरोनाबाट अति प्रभावित, विद्यालय पनि नजान अपील

१४ जिल्ला कोरोनाबाट अति प्रभावित, विद्यालय पनि नजान अपील

Banner News, Health Care, Main News
जनादेश नेपाल, काठमाण्डौं । काठमाडौं उपत्यकाका तीनसहित १४ जिल्ला कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट अति प्रभावितमा क्षेत्रमा परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको हो । कोरोना संक्रमण तीव्र गतिमा बढेका कारण १४ जिल्लालाई अति प्रभावित क्षेत्रमा राखिएको मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले  जानकारी दिए । मन्त्रालयले यस क्षेत्रमा बालबालिकालाई विद्यालय नपठाउन समेत अपील गरेको छ । ‘अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने भएपनि विद्यालय, रात्री व्यवसाय, ७ बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा सम्मेलन, बैठक त
फागुन शुक्ल पूर्णिमा: होली घरमै मनाउन प्रशासनको आग्रह

फागुन शुक्ल पूर्णिमा: होली घरमै मनाउन प्रशासनको आग्रह

Main News
जनादेश नेपाल, काठमाण्डौ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ। केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ। सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिँदैन। विगत वर्ष जस्तै यस वर्ष पनि कोरोनाको प्रभाव विश्वव्यापीरुपमा बढ्दै गएकाले फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ  साथै घर परिवारमै फागु पूर्णिमा मनाउन पनि प्रशासनले अनुरोध गरेको छ।
एक्कासि प्रदूषणले ढाक्यो काठमाण्डौ सहर, जनजीवन प्रभावित

एक्कासि प्रदूषणले ढाक्यो काठमाण्डौ सहर, जनजीवन प्रभावित

Banner News, Main News
जनादेश नेपाल, काठमाण्डौ । वायु प्रदूषणको मात्रा शुक्रबार दिउँसो एक्कासि चढेपछि मुलुकका मुख्य सहरमा जनजीवन प्रभावित बन्न पुगेको छ । मुलुकभर वन डढेलोका कारण वायु प्रदूषण बढेपछि जनजीवन प्रभावित भएको हो । शुक्रबार दिउँसो एक्कासि वायु प्रदूषणका कारण आँखा पोलेको सबैले महसुस गरेका थिए । उपत्यकावासीले धुवाँ र धुलो मिसिएको हावाले भिजिबिलिटी कम भयो । धुवाँ र धुलो मिसिएको हावाले वायुमण्डल ढपक्कै भएको थियो । दिउँसो ३ बजेपछि त काठमाडौंको भिजिबिलिटी यति कम भयो कि त्रिभुवन विमानस्थलमा जहाज अवतरण र उडान हुनै नसक्ने भयो । साढे १२ बजेसम्म काठमाडौं एयरपोर्टमा भिजिबिलिटी ३ हजार ५ सय मिटर थियो तर ३ बज्दा त्यो १ हजार मिटरमा झरिसकेको थियो । स्विट्जरल्यान्डको आईक्यूएआइआरका अनुसार शुक्रबार अपराह्न काठमाडौंको एयर क्वालिटी इन्डेक्स १९८ थियो । जसका अनुसार शुक्रबार काठमाडौं संसारका प्रदूषित हावा भएका सहरमध्य
सचिन तेन्दुलकरलाई कोरोना पुष्टि

सचिन तेन्दुलकरलाई कोरोना पुष्टि

Health Care, International, Main News, Top Feature News
जनादेश नेपाल, काठमाण्डौ । भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकरलाई कोरोना संक्रमण पुष्टि भएको छ । तेन्दुलकरले आफूलाई शनिबार कोभिड–१९ संक्रमण पुष्टि भएको ट्वीटमार्फत बताएका छन् । कोरोना संक्रमण हुनुअघि सामान्य लक्षणहरु देखा परेको उनले बताएका छन् । आफूलाई संक्रमण पोजिटिभ भए पनि परिवारका अन्य सदस्यहरुको रिपोर्ट नेगेटिभ आएको उनले उल्लेख गरेका छन् । उनले आवश्यक स्वास्थ्य सतर्कता अपनाएको पनि बताएका छन् । उनी घरमै होम क्वारेन्टाइनमै रहेर डाक्टरले दिएका सुझावहरु अनुसरण गरिरहेको बताएका छन् ।
भारतबाट फर्केका दुई जनामा कोरोना संक्रमण

भारतबाट फर्केका दुई जनामा कोरोना संक्रमण

Banner News, Health Care, Main News
जनादेश नेपाल, बर्दिया । बाँकेको जमुनाह नाका हुँदै घर फर्किएका बर्दिया र रोल्पाका दुई पुरुषमा कोरोना संक्रमण देखिएको छ । शनिबार एन्टिजेन विधिबाट गरिएको परीक्षणमा उनीहरूमा कोरोना पोजिटिभ देखिएको हो । स्वास्थ्य कार्यालय बर्दियाका सूचना अधिकारी नरेश श्रेष्ठले भारतको गुजरातमा काम गर्दै आएका बढैयाताल गाउँपालिका–१ डाँफेका ४१ वर्षीय पुरुष र महाराष्ट्रबाट फर्किएका रोल्पाका ४८ वर्षीय पुरुषमा संक्रमण देखिएको बताए । दुवैको जमुनाह नाकामा स्वास्थ्य परीक्षण गरिएको थियो । उनीहरूलाई आ–आफ्नै घरमा आइसोलेसनमा राखिने सूचना अधिकारी श्रेष्ठले बताए । दुवैलाई शनिबार नै एम्बुलेन्समार्फत घर पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।  
मुलुकको शैक्षिक अवस्था राम्रो हुन सकेन : पूर्वराष्ट्रपति यादव

मुलुकको शैक्षिक अवस्था राम्रो हुन सकेन : पूर्वराष्ट्रपति यादव

Banner News, Main News, School Education
जनादेश नेपाल, काठमाण्डौ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले देशको शैक्षिक अवस्था अझै राम्रो हुन नसकेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले देशको अहिलेको शिक्षा राम्रो नभएको र त्यसमा पनि प्रदेश नम्बर २ को शैक्षिक अवस्था झनै खस्किएको बताए । पहाडी क्षेत्र र पश्चिम मधेसमा शिक्षाको अवस्था राम्रो भएपनि पूर्वी मधेसका बारादेखि सप्तरीसम्मका जिल्लामा शिक्षाको अवस्था खस्कँदो रहेको उनले बताए । राष्ट्र र समाज निर्माणका लागि शिक्षा नै महत्वपूर्ण हुने भन्दै पूर्वराष्ट्रपति यादवले शिक्षित जनशक्ति निर्माण गर्न सकेमात्रै देशको विकास हुने पनि धारणा राखे ।
बेइजिङमा विदेशीका लागि कोभिड–१९ विरूद्धको खोप अभियान सुरू

बेइजिङमा विदेशीका लागि कोभिड–१९ विरूद्धको खोप अभियान सुरू

Banner News, International, Main News, Top Feature News
बेइजिङ । बेइजिङमा रहेका विदेशी नागरिकहरूका लागि कोभिड–१९ विरूद्धको खोप सुरू गरिएको महानगरीय विदेश मामिला कार्यालयले शुक्रबार जनाएको छ । कार्यालयले बेइजिङमा रहेका १८ वर्ष माथिका विदेशी नागरिकका लागि खोप उपलब्ध गराइने जनाएको छ । कार्यालयले शुक्रबार जारी विज्ञप्तिमा भनेको छ, “महानगरमा रहेका विदेशीहरूका लागि कोभिड–१९ विरूद्धको खोप सेवा सुरू गरिने तर खोप लगाउनका लागि सेवाग्राही स्वयम्ले चासो देखाउनु पर्ने र खोपबाट कुनै जोखिम आएमा खोप लिने व्यक्ति स्वयम् जिम्मेवार रहने शर्तमा खोप दिइनेछ ।” “विदेशीहरूका लागि चीनमा निर्माण भएको सार्स–कोभ–२ नामक खोप प्रयोग गरिने र खोपले पूर्णतया काम गर्नका लागि दुई मात्रा खोप लगाउनै पर्ने छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ । “खोप लगाउन इच्छुक विदेशीले आफ्नो रोजगारदाता, विद्यालय वा आवासीय सामुदायिक कार्यालयहरू वा संघसंस्थामार्फत खोप सेवा लिने तिथि, समय र स