Main News Archives | Page 49 of 81 | Education Patra

Main News

इजिप्टमा रेल दुर्घटनामा परी ३२ को मृत्यु, ६६ घाइते

इजिप्टमा रेल दुर्घटनामा परी ३२ को मृत्यु, ६६ घाइते

Banner News, International, Main News
सोहाग । इजिप्टमा शुक्रबार भएको रेल दुर्घटनामा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य ६६ जना घाइते भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । घटनास्थलमा उद्धार गर्नका लागि ३६ एम्बुलेन्स परिचालन गरिएको थियो । घाइतेहरूलाई स्थानीय र नजिकैका विभिन्न अस्पतालमा उपचार गराइएको छ । दुई रेल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । लुक्सोरबाट अलेक्सान्ड्रया तर्फ जाँदै गरेको र कायरोबाट अस्वान तर्फ जादै गरेको रेल एक आपसमा ठोक्किएका हुन् । देशको दक्षिणी क्षेत्रमा पर्ने सोहाग प्रदेशमा दुर्घटना भएको हो । घटनास्थल राजधानी कायरोदेखि ४७६ किलोमिटर टाढा पर्दछ । घटनाका बारेमा अनुसन्धान गर्न सरकारले प्राविधिक समिति बनाएको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । “यो दुर्घटना एकदमै डर लाग्दो दुर्घटना हो, आम मानिसले रेल यात्रा गर्न पनि असुरक्षा महसुस गर्न
मध्यपश्चिमाञ्चल विश्‍वविद्यालयमा अख्तियारको छापा

मध्यपश्चिमाञ्चल विश्‍वविद्यालयमा अख्तियारको छापा

Banner News, Main News, School Education
सुर्खेत । मध्यपश्चिमा विश्वविद्यालय केन्द्रीय क्याम्पस सुर्खेतमा अख्तियारले छापा मारेको छ । नयाँ कर्मचारी भर्नाका सम्बन्धमा उजुरी परेपछि अख्तियारले विश्वविद्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको हो । विश्वविद्यालयका पदाधिकारीहरुले आफन्तलाई जागिर दिएको उजुरीपछि अख्तियारले छापा मारेर कागजात नियन्त्रणमा लिएको अख्तियार सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए ।
कोरोना संक्रमण बढ्यो, शैक्षिक संस्थामा थप सतर्कता अपनाऔं: शिक्षा मन्त्रालय

कोरोना संक्रमण बढ्यो, शैक्षिक संस्थामा थप सतर्कता अपनाऔं: शिक्षा मन्त्रालय

Banner News, Health Care, Main News, School Education
जनादेश नेपाल, काठमाण्डौ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालमा पुनः कोरोनाभाइरसको संक्रमण बढ्दै गएको भन्दै शैक्षिक संस्थामा थप सतर्कता अपनाउन आग्रह गरेको छ । बिहीबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले जनस्वास्थ्य र सुरक्षा सम्वन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डहरूको पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ । वर्तमान परिस्थितिमा सम्वन्धित सवै सरोकारवालाहरूले सजग र सचेत रही सावधानीपूर्वक परिस्थितिको विश्लेषण गरी शिक्षण संस्थाका कृयाकलापहरू सञ्चालन गर्नुपर्ने धारणा मन्त्रालयको रहेको प्रवक्ता दीपक शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘सबै प्रकारका शिक्षण संस्थाहरूले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेका जनस्वास्थ्य र सुरक्षा सम्वन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट स
सीमानाका बन्द गर्ने, लकडाउन गर्नेतर्फ सरकारले सोचेको छैन: अर्थमन्त्री पौडेल

सीमानाका बन्द गर्ने, लकडाउन गर्नेतर्फ सरकारले सोचेको छैन: अर्थमन्त्री पौडेल

Banner News, Main News
जनादेश नेपाल, काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड संक्रमण रोकथामका लागि फेरि लकडाउन नहुने स्पष्ट पारेका छन्। कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने तर लकडाउन र सीमा नाका बन्द नगरिने बताएका हुन्। बिहीबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै अर्थमन्त्री पौडेलले कोभिड रोकथामका लागि सीमानाका बन्द गर्ने अथवा लकडाउन गर्ने सरकारको सोच नभएको बताएका हुन्। उनले भने, ‘हामी आशंकाबाट होइन यथार्थबाट निर्देशित भएर अगाडि बढ्नुपर्छ। कोभिडको दोस्रो लहरको चर्चा चलिरहेको छ त्यसबाट हामी जोगिनुपर्ने छ। अर्कोतर्फ आर्थिक सामाजिक क्रियाकलापलाई नियमित र सूचारु पनि गर्नुपर्ने आवश्यकता छ। त्यसकारणले हामी आर्थिक, सामाजिक क्रियाकलापलाई सूचारु पनि गर्छौं, नियमित पनि गर्छौं र स्वास्थ्
बेपत्ता महोत्तरीका झा दम्पती मृत अवस्थामा फेला

बेपत्ता महोत्तरीका झा दम्पती मृत अवस्थामा फेला

Banner News, Main News
जनादेश नेपाल, काठमाण्डौ । जनकपुरधाम। महोत्तरीमा दुई शव जमिनमा गाडिएको अवस्थामा फेला परेको छ। पिपरा गाउँपिलिका वडा नम्बर २ अतरार जाने बाटोमा जमिनमा पुरिएको अवस्थामा दुई शव फेला परेको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए। उनले एउटा शव महिला र अर्को पुरुषको रहेको बताए। दुई शव एक महिना अघि बेपत्ता भएका झा दम्पतीको रहेको अनुमान गरिएको छ। घटना स्थलमा नेपाल प्रहरी र केन्द्रीय अनुसन्धान व्यूरो दुबैको टोली पुगेका छन्। पिपराबाट अतरार जाने बाटो निर्माण भइरहेको क्रममा डोजरले माटो खन्ने क्रममा बोरामा बाँधिएको अवस्थामा मानव कंकाल सहितको पुरुषको शव निस्केको थियो। वरिपरि गन्ध आएपछि शव हुन आशंकामा बाटो निर्माणमा काम गर्ने मजदूरहरुले प्रहरीलाई खबर गरेका थिए। घटना स्थलमा प्रहरी पुगेर बोरा खोलेर हेर्दा पुरुषको टाउको काटिएको अवस्थामा देखिएपछि पुनः प्रहरी र स्थानीयको सहयोगमा माटो खन्दा
त्रिदेशीय फुटबलका लागि नेपाली टोलीको घोषणा

त्रिदेशीय फुटबलका लागि नेपाली टोलीको घोषणा

Main News
काठमाडौँ । त्रिदेशीय फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले किरण चेम्जोङको कप्तानीमा आज २३ सदस्यीय टोलीको घोषणा गर्नुभएको हो । टोलीमा गोलकिपरका रुपमा विकेश कुथु र दीपक कार्की, डिफेन्डरमा विराज महर्जन, रन्जित धिमाल, रोहित चन्द, निशान लिम्बू, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी र छिरिङ गुरुङ, मिडफिल्डरमा सुजल श्रेष्ठ, तेज तामाङ, त्रिदेभ गुरुङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई, सुनिल वल र रविशङ्कर पासवान तथा फरवार्डमा दर्शन गुरुङ, अञ्जन विष्ट, अविशेक रिजाल र भरत खवास रहनुभएको छ । नेपालले बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा किर्गिस्तानको युथ २३ टोलीविरुद्ध खेल्ने छ । त्रिदेशीय प्रतियोगिताअन्तर्गत यसअघि मङ्गलबार बङ्गलादेश र किर्गिस्तानबीच पहिलो खेल भएको थियो । उक्त खेलमा बङ्गलादेशले किर्गिस्तानको यु–२३ टोलीलाई १
आप्रवासीलाई अमेरिकाको अनुरोधः सीमा बन्द छ, त्यता नजानू

आप्रवासीलाई अमेरिकाको अनुरोधः सीमा बन्द छ, त्यता नजानू

Banner News, International, Main News
मेक्सिको सिटी । संयुक्तराज्य अमेरिकाको दक्षिणी सीमा मामिला सम्बन्धी अमेरिकी संयोजक रोबर्टा ज्याकोब्सनले मेक्सिको हुँदै अमेरिका प्रवेश गर्न चाहिरहेका आप्रवासीलाई अमेरिका–मेक्सिकोको सीमामा नआउन आग्रह गर्नु भएको छ । अमेरिका प्रवेश गर्ने चाहना बोकेका तर प्रवेशाज्ञा अनुमतिको कागजात नभएका हजारौं व्यक्ति मध्य अमेरिकी मुलुकहरुबाट आइरहेका समाचार बाहिरिएसँगै उहाँले अमेरिकी सीमा बन्द गरिएको जानकारी दिनु भएको छ । मेक्सिको सिटीमा रहेको अमेरिकी राजदूताबासबाट सार्वजनिक गरिएको उहाँको एउटा अडियो सन्देशमा भनिएको छ, “सीमामा नआउनु होला । सीमा बन्द गरिएको छ ।” ज्याकोब्सनले अवैधानिक ढङ्गबाट संयुक्तराज्य अमेरिका प्रवेश गर्न चाहने व्यक्तिहरु आपराधिक तत्वहरु र मानव तस्करबाट पीडित हुने जोखिम पनि रहने बताउनु भएको छ । राष्ट्रिय सुरक्षा परिषदमा दक्षिण अमेरिकी प्रमुख हुवाँ गोन्जालेज र ज्याकोब्सनले मेक्सि
बंगलादेशको रोहिङ्ग्या शिविरमा भिषण आगलागी, कम्तीमा १५ शरणार्थीको मृत्यु

बंगलादेशको रोहिङ्ग्या शिविरमा भिषण आगलागी, कम्तीमा १५ शरणार्थीको मृत्यु

Banner News, International, Main News
कक्स बजार, बंगलादेश । दक्षिणी बंगलादेशको रोहिङ्ग्या शरणार्थी शिविरमा सोमबार अपराह्न लागेको भिषण आगलागीमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको बंगलादेशी अधिकारीहरुले बताएका छन् । आगलागी भएको स्थानबाट उद्धारकर्ताहरुले कम्तीमा १५ जनाको जलेका शव निकालेका र अरुको पनि खोजी भइरहेको उद्धार संस्थाहरुले जनाएका छन् । रोहिङ्ग्या शरणार्थीले आश्रय लिएको यस ठाउँका हजारौं बाँसले बनाइएका अस्थायी शिविरहरु आगोले डढेर खरानी भएका थिए । संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (युएनएचसिआर) का प्रवक्ता लुइज डोनोभानले कम्तीमा ४०० जना हराइरहेका र करिब ५६० जना घाइते भएको बताउनुभयो । डोनोभानका अनुसार आगलागीका कारण ४५ हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् । शिविर ध्वस्त भएसँगै शरणार्थीहरु आफ्ना आफन्त र सरसामानको खोजीमा लाग्नुका साथै अरु कैयौं व्यक्तिको रुवाबासी भएको छ । म्यान्मारको सेनाको दमनबाट भागेका १० ल
चैत्र २७ गतेबाट मेलम्चीको पानी घर घरमा

चैत्र २७ गतेबाट मेलम्चीको पानी घर घरमा

Main News
जनादेश नेपाल, काठमाण्डौ । चैत्र २७ गतेबाट मेलम्चीको पानी घर घरमा पुग्ने भएको छ । त्यसका लागि सम्पूर्ण तयारी पूरा गरिदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा विशेष समारोहबीच मेलम्चीको पानी घर घरमा पुर्याउने कार्यक्रमको समुद्घाटन गर्नेछिन् । प्रधानमन्त्री केपी शर्मा ओलीसहित देशका उच्च ओहदाका व्यक्तित्वहरु समारोहमा सहभागी हुनेछन् । आज खानेपानीमन्त्री मणिचन्द्र थापाले भृकुटीमण्डपमा चैत्र २७ को विशेष कार्यक्रमको तयारीबारे नीरिक्षण गरेका छन् । उनले मेलम्चीको पानी घर घरमा पुर्याउने पहिलो कदमलाई भव्य बनाउने समारोहको तयारीबारे मन्त्रालयका कर्मचारीसहित नीरिक्षण गरेका हुन् । मेलम्चीको पानी सुन्दरीजलमा खसालिसकिएको छ । तर, अझै पाइपलाइनबाट घर घरमा पुर्याइएको छैन । चैत्र २७ गतेबाट घर घरमा पुर्याउने तयारी भएको छ ।  
म्यानमारमा सेनाको अत्याचार, सात वर्षे बालिकाको गोली हानी हत्या,अहिलेसम्म १६४ मारिए

म्यानमारमा सेनाको अत्याचार, सात वर्षे बालिकाको गोली हानी हत्या,अहिलेसम्म १६४ मारिए

Banner News, International, Main News
जनादेश नेपाल, काठमाण्डौ । म्यानमारमा सेनाले प्रदर्शन दमन गर्न अत्याचार नै गर्न थालेको छ । त्यहाँ मंगलबार सुरक्षाकर्मीको गोली लागेर सात वर्षकी बालिकाको ज्यान गएको छ । गएको फेब्रुअरी १ मा सेनाले निर्वाचित सत्ता हत्याएपछि हुँदै आएको प्रदर्शनको क्रममा सुरक्षाकर्मीबाट मारिने उनी सबैभन्दा कम उमेरकी हुन् । मान्डली शहरको आफ्नो घरमै रहेका बेला बालिकाको गोली लागेर मृत्यु भएको परिवारका सदस्यले बताएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार सुरक्षाकर्मीले पितालाई लक्षित गरेर प्रहार गरेको गोली नजिकै बसिरहेकी सात वर्षे बालिकालाई लागेको हो । मृत्यु हुने बालिकाको नाम खिन मिओ चित रहेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । गोली लागेर मृत्यु भएकी बालिकाका १९ वर्षे दाइलाई सुरक्षाकर्मीले पक्रेको परिवारका सदस्यले बताएका छन् । अहिलेसम्म यसबारे आर्मीले केही बताएको छै