Main News Archives | Page 5 of 81 | Education Patra

Main News

कक्षा १२ मा ५०.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ मा ५०.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

Main News
एजुेकशनपत्र, भक्तपुर। गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ । मङ्गलबार अपराह्न बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गरेको जानकारी बोर्डका सहसचिव एवम् प्रवक्ता जङ्गबहादुर अर्यालले दिनुभयो । बैठकपछि पत्रकार सम्मेलन गरी बोर्डले नतिजा सार्वजनिक गरेको हो । कक्षा १२ मा ५०.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डका अनुसार नियमिततर्फ कुल तीन लाख ७२ हजार ६३७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । ५१ जनाको परीक्षा रद्द गरिएको जानकारी बोर्डका प्रवक्ता अर्यालले दिनुभयो । कुल एक लाख ८९ हजार ७१ विद्यार्थी उत्तीर्ण भएका छन् । जिपिए ३.६१ देखि ४ ल्याउने विद्यार्थीको सङ्ख्या छ हजार ९७६ छन् । त्यसैगरी, ३.२१ देखि ३.६० सम्म ल्याउने विद्यार्थीको सङ्ख्या ३८ हजार ९९९ छन् । त्यस्तै, २.८१ देखि ३.२० ल्या
त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा प्राडा घनश्याम भट्टराई नियुक्त

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा प्राडा घनश्याम भट्टराई नियुक्त

Main News
एजुेकशनपत्र, काठमाण्डौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा प्राडा घनश्याम भट्टराई नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मङ्गलबार उहाँलाई नियुक्त गर्नुभएको हो। शिक्षामन्त्री तथा त्रिविका सहकुलपति अशोककुमार राईको अध्यक्षतामा रहेको सिफारिस समितिले प्राडा भट्टराईसहित अन्य दुई जनाको नाम सिफारिस गरेको थियो। सेवा आयोगका नवनियुक्त अध्यक्ष प्राडा भट्टराईले त्रिविबाट हालै अवकाश पाउनुभएको हो। उहाँ २०७९ सालमा त्रिवि इतिहास केन्द्रीय विभागको प्रमुख बन्नुभएको थियो। २०४४ सालमा त्रिवि सेवामा प्रवेश गर्नुभएका ६३ वर्षीय उहाँ झापा निवासी हुनुहुन्छ। उहाँ नेत्रज्योति सङ्घका प्रवक्ता पनि हुनुहुन्छ। आयोगको अध्यक्षको पदावधि चार वर्षको हुने प्रावधान छ। २०७९ साल साउन १८ देखि आयोगको अध्यक्ष पद रिक्त हुँदै आएको थियो। गत वर्ष भदौ २८ गते आयोगको अध्यक्
२२८ प्राविधिक शिक्षालय बन्द

२२८ प्राविधिक शिक्षालय बन्द

From Today's Newspaper, Main News
सूर्यप्रसाद पाण्डे, काठमाडौँ। विद्यार्थी भर्नामा देखिएको कानुनी उल्झनका कारण दुई वर्षमा मुलुकभरका २२८ वटा प्राविधिक शिक्षालय बन्द भएका छन् । विगतमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत सञ्चालनमा रहेका ती संस्था चिकित्सा शिक्षा आयोगले तय गरेको नयाँ व्यवस्थाका कारण बन्द भएका हुन् । आयोगमार्फत निकै अव्यावहारिक व्यवस्था लागु गरेर आफूहरूको अर्बौं रुपियाँ बराबरको लगानी जोखिममा पर्दा पनि सहजीकरणका लागि सरकारले असहयोग गरेको भन्दै शिक्षालय सञ्चालकले आपत्ति जनाएका छन् । राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को प्रावधान अनुसार गठन भएको चिकित्सा शिक्षा आयोगले काम सुरु गरेपछि ती संस्था बन्द भएका हुन् । चिकित्सा शिक्षा ऐन २०७५ मा स्नातक तहको नर्सिङ कार्यक्रम सञ्चालन गर्ने शिक्षालयको दुई वर्षभित्र एक सय शय्याको आफ्नै अस्पताल हुनुपर्ने व्यवस्था गरिएको छ । उक्त ऐन आउनुअघि न
निजी विद्यालय सञ्चालकको आन्दोलन स्थगन

निजी विद्यालय सञ्चालकको आन्दोलन स्थगन

Main News
एजुेकशनपत्र, काठमाण्डौं । प्रस्तावित विद्यालय शिक्षासम्बन्धी विधेयकमा असन्तुष्ट निजी क्षेत्रका शैक्षिक संस्थाका सञ्चालकले पूर्वघोषित आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । आफूहरुसँगको परामर्शबिना गुठीमा रुपान्तरणको विषय आएकोमा आन्दोलनको घोषणा भएकोमा सरकारका उच्चपदस्थ पदाधिकारीसँगको मौखिक सहमतिमा उहाँहरुले आन्दोलन फिर्ता लिनुभएको हो । उपप्रधानमन्त्री एवं रक्षमन्त्री पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, नेपाल सरकारका मुख्यसचिव डा वैकुण्ड अर्याल, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटासहितको उपस्थितिमा आफूहरुसँग भएको वार्तामा सो सहमति भएको जनाइएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)का अध्यक्ष डिके ढुङ्गाना, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोशिएसन (एन प्याब्सन)का अध
शिक्षा ऐन सच्याएर सदनमा पेश गर्दैछौँ : प्रधानमन्त्री

शिक्षा ऐन सच्याएर सदनमा पेश गर्दैछौँ : प्रधानमन्त्री

Main News
एजुेकशनपत्र, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदबाट शिक्षा ऐन पारित गर्ने क्रममा केही दोहोरोपन पाएपछि सच्याउन लागेको बताउनुभएको छ । शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्री पद सम्हालेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले शिक्षा ऐन दोहोरोपन देखिएपछि मन्त्रिपरिषदमा यसलाई सच्याएर मात्रै संसदमा पेश गर्ने तयारी भइरहेको बताउनुभयो । केही नीतिगत सुधार गरेर नर्सिङ सेवामा देखापरेका चुनौती सामना गर्न सरकार लागिपरेको उहाँको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘केही नीतिगत सुधार गरेर नर्सिङ सेवामा देखापरेका चुनौती सामना गर्ने म आफैँले एउटा नयाँ सङ्कल्प लिएको विश्वास दिलाउन चाहन्छु । हाम्रो सीमावर्ती क्षेत्रमा नेपालका नर्सहरु अर्को देशमा गएर ताल
सरकारको नीतिगत त्रुटिका कारण नर्सिङ कार्यक्रमअन्तर्गतका २२८ वटा शिक्षण संस्था बन्द

सरकारको नीतिगत त्रुटिका कारण नर्सिङ कार्यक्रमअन्तर्गतका २२८ वटा शिक्षण संस्था बन्द

From Today's Newspaper, Main News
शिवहरि घिमिरे, काठमाण्डौं ।  सरकारको नीतिगत त्रुटिका कारण नर्सिङ कार्यक्रमअन्तर्गतका दुई सय २८ वटा शिक्षण संस्था बन्द भएका छन् । चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)अन्तर्गत स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्न खोलिएका संस्था सरकारको ऐनभित्र रहन नसक्ने भएपछि बन्द हुन पुगेका हुन् । सरकारले चिकित्सा शिक्षा सुधारका लागि राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ जारी गरेको थियो । त्यसै ऐनअनुसार ०७५ मै विश्वविद्यालय र सिटिइभिटीसमेतको निगरानी गर्ने गरी चिकित्सा शिक्षा आयोग गठन भयो । ऐनले चिकित्सा शिक्षाको नर्सिङ कार्यक्रमलाई उच्च मापदण्ड तोकेपछि आयोगले सोही मापदण्ड पालना गराउन थाल्यो । तर, मापदण्डमा आउन नसकेका शिक्षण संस्था बन्द हुन पुगे । ऐनमा स्नातक तहको नर्सिङ कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्थाले दुई वर्षभित्र सय शय्याको आफ्नै अस्पताल सञ्चाल
विरोध चर्केपछि शिक्षा विधेयक सच्याउने तयारीमा प्रधानमन्त्री दाहाल

विरोध चर्केपछि शिक्षा विधेयक सच्याउने तयारीमा प्रधानमन्त्री दाहाल

From Today's Newspaper, Main News, Special News Highlights
एजुेकशनपत्र, काठमाण्डौं । विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० माथि चर्को विरोध हुन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल त्यसलाई सच्याउने तयारीमा देखिएका छन् । उनले विधेयकलाई सुधार गरेर मात्रै संसद्मा पेस गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्रिपरिषद्बाट पारित भई संसद्मा दर्ता नहुँदै विधेयकमाथि सरोकारवालाले विरोध जनाएपछि सच्याएर मात्रै अघि बढाउने तयारी प्रधानमन्त्रीले गरेका हुन् । बिहीबार मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्दै उनले विधेयकको कतिपय व्यवस्था प्रारम्भिक मस्यौदामा भन्दा उल्टो भएको गुनासो नै गरे । ‘संघीय शिक्षा ऐन सुरुमा जस्तो थियो, बनेर फर्केर आउँदा कतिपय विषय बिल्कुल उल्टो भएर आएको देखियो । हामीले संसद्मा पठाइहाल्न खोजेको विधेयक रोक्यौं । सुधार नगरी पठाउन नहुने भयौं,’ प्रधानमन्त्री दाहालले भने, ‘हामी त्यसको खोजीमा छौं । कसले कहाँबाट
आफ्नै एआई च्याटबट बनाउँदै साइबर अपराधी

आफ्नै एआई च्याटबट बनाउँदै साइबर अपराधी

From Today's Newspaper, ICT News, Main News
एजुेकशनपत्र, काठमाण्डौं । च्याटजीपीटी र बार्डले ल्याएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबट बनाउने र आफ्ना विभिन्न प्लाटफर्ममा त्यसलाई प्रयोग गर्ने दौड सिलिकन भ्याली र विश्वका अन्य प्रविधि क्षेत्रमा मात्रै सीमित छैन, ह्याकर र साइबर अपराधीहरूले पनि आफ्नै च्याटबट बनाएर त्यसको प्रयोग गर्न सुरू गरेका छन् । अमेरिकी प्रविधि पत्रिका 'वायर्ड'ले प्रकासित गरेको एक समाचार अनुसार यस्ता च्याटबटहरूले साइबर अपराधमा संलग्नलाई आफ्ना मालवेयर र जालसाजीवाला ईमेलहरू द्रुत गतिमा लेख्न मात्रै सघाएको छैन, सर्वसाधारणले सजिलै आफ्ना पासवर्ड, ईमेल, फोन नम्बरलगायत जानकारीहरू उपलब्ध गराइदिने साधन पनि बन्ने गरेका छन् । वायर्डका अनुसार जुलाई महिनायता डार्कवेब र अन्य अनलाइन बजारहरूमा विशेषगरी दुई लार्ज ल्याङ्वेज मोडल (एलएलएम)मा आधारित च्याटबट चर्चित छन् । ओपनएआईको च्याटजीपीटी र गुगलको बार्डजस्तै काम गर्ने यी
‘विश्वस्तरीय शिक्षणमा मदन भण्डारी विश्वविद्यालय सफल हुन्छ’

‘विश्वस्तरीय शिक्षणमा मदन भण्डारी विश्वविद्यालय सफल हुन्छ’

Main News
पाटन। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले नवस्थापित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विश्वस्तरीय शिक्षणमा सफल हुँदै अध्ययन र अनुसन्धानमा केन्द्रित हुने विश्वास व्यक्त गर्नुभएको छ । ललितपुरमा आज आयोजित सो विश्वविद्यालय उद्घाटन सम्मेलनमा उहाँले विश्वविद्यालयले विज्ञान तथा प्रविधिसम्बन्धी उच्चशिक्षाका लागि सफलता प्राप्त गर्ने र विश्वस्तरीय शिक्षणमा सफल हुँदै अध्ययन तथा अनुसन्धानमा केन्द्रित हुने विश्वास व्यक्त गर्नुभएको हो । “सक्षम प्राविधिक र वैज्ञानिक जनशक्ति उत्पादन गरी नेपाली अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न विश्वविद्यालय सफल हुनेछ”, मन्त्री राईले भन्नुभयो, “धेरै चुनौतीलाई पार गर्दै विज्ञान तथा प्रविधिसम्बन्धी उच्चशिक्षाका लागि मदन भण्डारी विश्वविद्यालयले सफलता प्राप्त गर्नेछ ।” सम्मेलनमा विज्ञान तथा प्रविधिको क्षेत्रमा संयुक्तरुपमा अ
इञ्जिनियर पदको परीक्षा सञ्चालन भएको छैन : आयोग

इञ्जिनियर पदको परीक्षा सञ्चालन भएको छैन : आयोग

Employment, Main News, Public Service Preparation
धनगढी। सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले आयोगबाट यो प्रदेशमा इञ्जिनियर पदको कुनै पनि परीक्षा सञ्चालन नभएको जनाएको छ । आयोगको नाममा नक्कली सूचना जारी भएर परीक्षासमेत सञ्चालन भएको समाचार सञ्चार माध्यममा आएपछि आयोगले इञ्जिनियर पदको कुनै पनि परीक्षा सञ्चालन नभएको स्पष्ट पारेको हो । आयोगका प्रवक्ता हिरालाल चौधरीले अहिलेसम्म आयोगले इन्जिनियर पदको परीक्षा सञ्चालन नगरेको बताउनुभयो । “आयोगले अहिलेसम्म इञ्जिनियर पदको परीक्षा सञ्चालन गरेको छैन”, उहाँले भन्नुभयो,“कर्णाली प्रदेशको विज्ञापन तानेर त्यसमा सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको नाम जोडी भ्रम फैलाइएको छ ।” बाँकेस्थित खजुरा गाउँपालिका–२ का मनिष शर्माले सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको नाममा जारी नक्कली सूचनाको आधारमा परीक्षा दिएर ठगीमा परेको समाचार गोरखापत्रमा प्रकाशित भएको छ । उहाँले गोदावरी नगरपालिकाको अत्तरियास्थित जेके सेकेण्डरी स्