Main News Archives | Page 50 of 81 | Education Patra

Main News

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

Banner News, Main News, Photo News
जनादेश नेपाल, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी आज अपराह्न स्वदेश फिर्ता हुनुभएको छ । राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा एके अब्दुल मोमेन, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायतले बिदाइ गर्नुभएको थियो । राष्ट्रपति भण्डारी बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो
लोकसेवा पदाधिकारीविहीन: बढुवा र नयाँ विज्ञापन पनि रोकिने

लोकसेवा पदाधिकारीविहीन: बढुवा र नयाँ विज्ञापन पनि रोकिने

Banner News, Main News
जनादेश नेपाल, काठमाण्डौ । मंगलबारबाट लोकसेवा आयोगका पदाधिकारीहरूको कार्यकाल सकिएको छ । त्योसँगै सरकारी तथा अर्धसरकारी कार्यालयहरूमा कर्मचारी छनोट प्रक्रियामा प्रत्यक्ष प्रभाव परेको छ । पदाधिकारी नहुँदा पदपूर्तिको नयाँ विज्ञापन, परीक्षा सञ्चालन र नतिजा प्रकाशनको प्रक्रिया रोकिन्छ । विज्ञापन प्रकाशन, कच्चा प्रश्नपत्र तयारी, परिमार्जन, परीक्षा, उत्तरपुस्तिका परीक्षण र अन्तर्वार्ताका लागि विज्ञ छनोट गर्नुपर्ने प्रावधान छ । छनोट गर्ने अधिकार आयोगको पदाधिकारी बैठकलाई मात्रै छ । नयाँ पदाधिकारी नियुक्त नभइन्जेल यी सबै काम ठप्प हुने भएको छ । आयोगमा पदाधिकारी नहुँदा आन्तरिक र खुला प्रतिस्पर्धा, सुरक्षा निकाय तथा संगठित संस्थानतर्फका परीक्षा, उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशन प्रभावित भएको छ । आयोगले यस वर्ष विभिन्न पदका दुई हजार पाँच सय १७ सिटका लागि विज्ञापन आह्वान गरेको थियो । जसमा
चीनबाट फर्केका एमबीबीएस विद्यार्थी आन्दोलित, मेडिकल काउन्सिलमा धर्ना

चीनबाट फर्केका एमबीबीएस विद्यार्थी आन्दोलित, मेडिकल काउन्सिलमा धर्ना

Banner News, Health Care, Main News
जनादेश नेपाल, काठमाण्डौ । कोभिड–१९ का कारण गत वर्ष चीनबाट फर्केका एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै नेपाल मेडिकल काउन्सिलमा धर्ना दिएका छन् । चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५२ जना विद्यार्थीहरुले आफ्नो इन्टर्नसिप पुरा नभएको र तत्काल चीन फर्कन पाउने कुनै सम्भावना नदेखिपछि इन्टर्नसिप सुनिश्चितताको माग गर्दै काउन्सिल अगाडि आन्दोलन धर्ना दिएका हुन् । नेपाल मेडिकल काउन्सिलका सदस्य डा. शिवजी पौडेलले आन्दोलनरत विद्यार्थीहरुसँग कुराकानी गर्दै सन् २०१४को ब्याचका विद्यार्थीहरुको जस्तै सन् २०१५का विद्यार्थीहरुको समेत समस्या हुने देखिएकोले तत्काल प्याकेजमै समस्या समाधान गर्न कठिन रहेको बताए । तर कानून अनुसार सहजिकरण गर्नका लागि छलफल भइरहेको पनि बताए । चिकित्सा शिक्षा आयोगबाट निर्णय भएर आएमा कार्यान्वयन गर्न काउन्सिल सकार
दलित सशक्तीकरणसम्बन्धी विधेयकमाथि छलफल

दलित सशक्तीकरणसम्बन्धी विधेयकमाथि छलफल

Main News
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाका सदस्यले कानून बनाएर मात्र छुवाछूत, विभेद हट्न नसक्ने भन्दै व्यवहारमा पनि छुवाछूत हटाउनेतर्फ सबैको पहल हुनुपर्ने बताउनुभएको छ । प्रदेशसभाको आजको बैठकमा ‘दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७’ विधेयक माथि भएको छलफलमा भाग लिने सदस्यले दलितमाथि छुवाछूत र विभेद गर्ने, राज्यका निकायहरुमा दलितको अस्तित्व अस्वीकार गरी अपमान गर्नेजस्ता सोच र व्यवहार अझै हट्न नसक्दा सुदूरपश्चिम प्रदेश बदनाम भइरहेको बताउनुभयो । उहाँहरुले प्रदेशमा व्याप्त छुवाछूत र विभेदको समस्या समाधानका लागि दलित सशक्तीकरणसम्बन्धी विद्येयक ल्याएर प्रदेश सरकारले महत्वपूर्ण कार्य गरेको बताउनुभयो । छलफलमा प्रदेशसभा सदस्य शान्ति नेपाली, देवराज पाठक, बलदेव रेग्मी, दुर्गाकुमारी कामी, टेकबहादुर रैका र देवकी मल्लले भाग लिनुभएको थियो । सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले
बाँकेमा वन्यजन्तु अङ्ग तस्करी गर्ने पक्राउ

बाँकेमा वन्यजन्तु अङ्ग तस्करी गर्ने पक्राउ

Main News
नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले बैजनाथ गाउँपालिका–१ च्यामास्थित सुर्खेत–कोहलपुर सडकखण्डबाट संरक्षित पाटेबाघको छालासहित आज चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गङ्गबहादुर खत्री, प्रकाश खत्री, चन्द्र अधिकारी र जयलाल नेपाली छन् । सो क्षेत्रमा अवैध पाटेबाघको छाला, हड्डीको कारोबार भइरहेको प्राप्त सूचनाका आधारमा प्रहरी टोलीले चिसापानीबाट कोहलपुरतर्फ पैदल आउँदै गरेका उनीहरलाई चेकजाँच गर्नेक्रममा पाटेबाघको छाला एक थान र साढे दुई किलो बाघको हड्डीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय बाँकेमा वन्यजन्तुको अङ्गसहित यसमा संलग्न व्यक्तिहरु फेला पर्दै जानेको सङ्ख्या बढदै गएको छ । गत महिनायता बाँकेमा प्रहरीले वन्यजन्तु तस्करीका सात वटा घटना फेला पारेको छ । सो अवधिमा प्रहरीले रेडपाण्डा, हात्ती, गँैडाल
कमलविनायकका अधिकांश पसलमा म्याद गुज्रेका सामान

कमलविनायकका अधिकांश पसलमा म्याद गुज्रेका सामान

Main News
भक्तपुर । भक्तपुर नगरपालिकाले कमलविनायक आवास क्षेत्रमा रहेका पसलहरुमा गरेको अनुगमनमा अधिकांश पसलमा अखाद्य र म्याद गुज्रेका सामानहरु बिक्रीका लागि राखेको पाइएको छ । नगरपालिका अनुगमन समितिका संयोजक वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा आज भएको बजार अनुगमनमा कमलविनायक आवास क्षेत्रमा २५ वटा पसल अनुगमन गरी दर्ता नभएका आठ वटालाई दर्ता गरिएको र म्याद गुज्रेका सामानहरु जफत गरी नष्ट गरेको छ । अनुगमनमा ॐ कस्मेटिक सामान सप्लायर्स, राजेन्द्र सितिखुको अन्य पसल, ओम तरकारी तथा किराना पसल दर्ता नगरी सञ्चालन भएको र म्याद नाघेको सामानहरु बिक्रीका लागि राखेको पाइएपछि म्याद नाघेका सामान जफत गरी नष्ट गरिएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो । त्यस्तै सुसख डेरी एन्ड बेकरीमा प्याकेजिङ सामानमा खाद्य अनुज्ञा पत्र नलिई आफँैले लेबल राखेर बिक्री गर्ने गरेको, लक्ष्मी स्टोरमा म्याद नाघेको सामान
चितवनमा नक्कली नोट बनाउने मेसिनसहित चार जना पक्राउ

चितवनमा नक्कली नोट बनाउने मेसिनसहित चार जना पक्राउ

Main News
जनादेश नेपाल, भरतपुर । चितवनमा नक्कली नोट बनाउने मेसिनसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मेलन गर्दै नक्कली नोट बनाउने आरोपमा पक्राउ परेकालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका¬–८ का २९ वर्षीय देवेन्द्र राई र सोही ठाउँका १९ वर्षीय पवन राई रहेका छन् । प्रहरीका अनुसार उनीहरुलाई भरतपुर महानगरपालिका–१ बसपार्क क्षेत्रको पसलमा नक्कली नोट दिई सामान खरिद गरिरहेकाका अवस्थामा पक्राउ गरेका थिए । अनुसन्धान गर्दै जाने क्रममा नोट छाप्ने कार्यमा संलग्न थप दुई जनालाई काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १३ का २८ वर्षीय विश्वराम राई र सोही ठाउँका २४ वर्षीय राजाराम दनुवार रहेका
माधव नेपाल पक्षको छुट्टै बैठक बस्दै

माधव नेपाल पक्षको छुट्टै बैठक बस्दै

Main News
जनादेश नेपाल, काठमाण्डौ । नेकपा (एमाले) को आन्तरिक संघर्ष झनै चुलिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसहित नेताहरु भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेपछि विवाद झनै चुलिएको छ । नेता नेपालसहित चारै जना नेताले कुनैपनि हालतमा ओलीले सोधेको स्पष्टीकरण नदिने अडान लिएका छन् । अब कसरी अघि बढ्ने ? भन्नेबारे रणनीति बनाउनको लागि आज नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठक बस्ने भएको छ । पछिल्लो समय नेपाल समूहका बैठक तथा छलफलहरु बानेश्वरस्थित् अर्याल होटेलमा हुँदै आएका छन् । नेपाल पक्षले कुनैपनि हालतमा अध्यक्ष ओलीसामू नझुक्ने नीति लिएको छ । उनीहरु पार्टीभित्र आन्तरिक संघर्ष गर्ने र देशव्यापी रुपमा समानान्तर कमिटी बनाएर अघि बढ्ने पक्षमा छन् ।
गणतन्त्र कङ्गोमा राष्ट्रपतिको चुनाव, एन्गुसो पुनः राष्ट्रपति उम्मेदवार

गणतन्त्र कङ्गोमा राष्ट्रपतिको चुनाव, एन्गुसो पुनः राष्ट्रपति उम्मेदवार

International, Main News
ब्राजभिल ।  मध्य अफ्रिकी मुलुक गणतन्त्र कङ्गोमा आइतबार राष्ट्रपति पदका लागि चुनाव हुँदैछ । तर यस चुनावमा मुख्य विपक्षीहरुले बहिस्कार गर्ने बताएका छन् । यस चुनावमा ७७ वर्षीय डेनिस सासौ एन्गुसो पुनः निर्वाचित हुने अनुमान गरिएको छ । चुनावमा छ जना प्रतिस्पर्धी छन् । एन्गुसोका मुख्य प्रतिस्पर्धी ठानिएका गुए–ब्राइस पार्फेट कोलेलास गम्भीर स्वास्थ्य समस्या देखाउँदै चुनावी मैदानबाट अलग हुनु भएको छ । पूर्व सैनिक एन्गुसो सन् १९७९ मा पहिलो पटक सत्तामा आउनु भएको थियो, र त्यसयता ३६ वर्ष कङ्गोको शासनमा हुनुहुन्छ । उहाँ विश्वमै सबैभन्दा लामो समय शासन गर्ने एक नेता बन्नु भएको छ । मध्य अफ्रिकाको तेल निर्यातक मुलुक कङ्गोको चौथो कार्यकालका लागि चुनावी मैदानमा उत्रनु भएका एन्गुसोले पहिलो चरणमै आफू विजयी हुने अपेक्षा गर्नु भएको छ । कङ्गोको संविधानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त नगरेको अवस्
देशभर आज आंशिकदेखि सामान्य बदली

देशभर आज आंशिकदेखि सामान्य बदली

Banner News, Main News
काठमाडौँ । देशभर आज आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन र हावाहुरीसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीय वायु र पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । बिहानपख घाम लागे पनि दिउँसोदेखि स्थानीय वायु सक्रिय भई पहाडी भूभागमा पानी पर्ने सम्भावना देखिएको हो । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २७ दशमलव पाँच डिग्री सेल्सिय