उत्तम आलुखेती गर्ने तरीका र प्रविधि
परिचयः आलुको उत्पत्ति दक्षिण अमेरिकाको एण्डिज पर्वतिय श्रृङ्खलाको पेरु तथा बोलिभिया क्षेत्रमा २०० इशा पूर्वमा आलु खेति शुरु भएको र त्यस ठाउँमा आलुको उत्पत्ति भएको मानिन्छ । नेपालमा आलु कहिले र कहाँबाट भित्रियो भन्ने एकिन नभएता पनि इस्ट इण्डिया कम्पनीको कर्णेल कर्क पेट्रिकले सन् १७९३ मा आफ्नो नेपाल भ्रमण प्रतिवेदनमा भारतको पटनाबाट आलुको बीउ काठमाण्डौंमा ल्याई खेती गरिन्थ्यो भनी उल्लेख गरे अनुसार काठमाण्डौं उपत्यकामा आलु खेति शुरु भएको मानिन्छ । (कर्क पेटिक) १८११ को लेखमा अठारौं शताब्दी मध्य देखि अन्त्यतिर नेपालमा आलुखेती शुरु भइसकेको प्रष्ट पारेका छन् ।
आलु नेपालको एक प्रमुख वाली हो । यसको खेती नेपालमा सबै भागमा गरिन्छ । नेपालमा हाल खेती गरिने प्रमुख वाली, धान, मकै, गहुँ, कोदो पछि पाँचौं र उत्पादन र खपतमा आलुको दोस्रो स्थान छ भने उत्पादकत्वमा प्रथम स्थान ओगटेको छ । हाम्रो देशको उच्च