Main News Archives | Page 52 of 81 | Education Patra

Main News

नागरिकको स्वस्थ जीवनका लागि खेल क्षेत्रको विकास गर्नु अनिवार्य: मुख्यमन्त्री शाही

नागरिकको स्वस्थ जीवनका लागि खेल क्षेत्रको विकास गर्नु अनिवार्य: मुख्यमन्त्री शाही

Banner News, Main News
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नागरिकको स्वस्थ जीवनका लागि खेल क्षेत्रको विकासमा जोड दिने बताउनुभएको छ । प्रदेश सरकारको तेस्रो स्थापना दिवसको पूर्वसन्ध्यामा सामाजिक विकास मन्त्रालयको आयोजना तथा कर्णाली प्रदेश खेलकूद परिषद्को संयोजनमा शुक्रबार सञ्चालित प्रदेश सरकार–११ र एन्फा–११ बीच भएको मैत्रीपूर्ण फुटबल खेलकूद कार्यक्रममा मुख्यमन्त्री शाहीले राष्ट्र तथा नागरिकको स्वास्थ्य निर्माणका लागि खेलकूद आवश्यक भएको बताउनुभयो । “खेलाडीमा राष्ट्रिय भावना हुन्छ र त्यही राष्ट्रिय भावना पैदा गर्ने हिसाबले छ वर्षदेखि माथिका बालबालिकाका निम्ति विद्यालयमा खेल शिक्षक भर्ना गरी उनीहरुलाई प्रशिक्षित गर्ने सोच बनाएका छौँ”, मुख्यमन्त्री शाहीले भन्नुभयो, “यसबाट स्वस्थ नागरिक मात्र नभई कर्णालीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने जनशक्ति उत्
चितवनको कुरिनटारमा प्रहरीचौकी स्थापित

चितवनको कुरिनटारमा प्रहरीचौकी स्थापित

Main News
चितवन, मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा प्रहरी चौकी स्थापना गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार कुरिनटारमा प्रहरी चौकी स्थापना गरिएको हो । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले आज प्रहरी चौकी उद्घाटन गर्नुभयो । प्रहरी चौकीको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले स्थानीय सरकारले सबै नागरिकलाई शान्ति सुरक्षाका साथ बाँच्न पाउने अधिकारलाई आत्मसाथ गर्दै हरेक वडामा प्रहरी चौकी स्थापना गर्ने उद्देश्यअनुसार वडा नं ४ कुरिनटारमा प्रहरी चौकी स्थापना गरिएको बताउनुभयो । गाउँपालिकाको केन्द्रसमेत रहेको कुरिनटारमा उद्योग होटल भएको र राजधानी भित्रिने मुख्यराजमार्ग पर्ने भएकाले यहाँ तत्काल आवस्यक रहेको अवस्थामा सफल भएको बताउनुभयो । प्रहरीचौकी स्थापनाका लागि महत्वपू
नागरिकताको अधिकार स्थानीय सरकारलाई दिन माग

नागरिकताको अधिकार स्थानीय सरकारलाई दिन माग

Main News
काठमाडौँ । नेपाली नागरिकले सहजरुमा नागरिकता नपाउने समस्या समाधानका लागि स्थानीय सरकारलाई नै नागरिकता दिने गरी अधिकार दिनुपर्नेमा जोड दिइएको छ । महिला, कानून र विकास मञ्चले आज आयोजना गरेको सन् २०२० मा गरेका वार्षिक कामको सामाजिक परीक्षणका अवसरमा काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकारले वडाले सबै बुझेर गर्ने सिफारिसका आधारमा प्रशासनले नागरिकता नदिने गरिएकाले समस्या समाधान हुन नसकेको बताउनुभयो । नागरिकता समस्या समाधान गर्ने हो भने वडा कार्यालयलाई नै क्षमता विकास गरेर नागरिकता दिन सक्ने गरी सक्षम बनाएर अधिकार दिनुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा महानगरपालिकाका सामाजिक विकास विभाग प्रमुख दीपक अधिकारीले लैङ्गिक हिंसामा संवेदनशील भएर काम गर्ने अवस्था आएको बताउनुभयो । स्थानीय तहका न्यायिक समितिलाई सक्षम बनाउन मञ्चजस्ता संस्थाले काम गर्नुपर्ने उहाँको सुझाव थियो । राष्ट्रि
आन्तरिक पर्यटकले जुरमुराउँदै झापाको किचकबध

आन्तरिक पर्यटकले जुरमुराउँदै झापाको किचकबध

Main News
झापा । कोडिभ–१९ का कारण सुनसान बनेको झापाको किचकबध आन्तरिक पर्यटकका कारण पुनः जुरमुराएको छ । महाभारतकालीन कथासँग जोडिएको नेपालको महत्वपूर्ण पर्यटकीयस्थल किचकबध वनभोज खान आउने र घुम्न आउने आन्तरिक पर्यटकका कारण जुरमुराएको हो । वरिपरि गहिरो खेतीपाती हुने कोसौँ टाढासम्मको उर्वर फाँटको बीचमा अग्लो डाँडामा रहेको किचकबधस्थलमा प्रदेश सरकार र स्थानीय सरकारको पहलमा किचकबध धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थल संरक्षण समितिले वनभोजस्थल, बाल उद्यानसहितको बगैँचा निर्माण गरेको छ । यहाँ आउने पर्यटकको ध्यान बाल उद्यानभित्र राखिएको गैँडा र हात्तीको प्रतिमाले समेत खिच्ने गरेको समितिका अध्यक्ष दिलबहादुर थेबेले बताउनुभयो । दैनिक १०० देखि २०० जनासम्म आन्तरिक पर्यटक आउन थालेको बताउँदै अध्यक्ष थेबेले भन्नुभयो, “अब कोरोनासँग मान्छे डराउन छाडेछन्, चहलपहल बढ्यो । शनिबार त चार/पाँच सयसम्म आन्तरिक पर्यटक वनभोज
सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउँदै सरकार

सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउँदै सरकार

Banner News, Main News, Science and Technology
जनादेश नेपाल, काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउन लागेको बताउनुभएको छ । मन्त्रालयद्वारा आज यहाँ आयोजित दोलखाली पत्रकारसँगको अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “सामाजिक सञ्जालबाट दैनिकजसो विभिन्न किसिमका अपराधजन्य क्रियाकलाप बढ्दै गएको हुँदा उक्त निर्देशिका ल्याउने लागेको हो ।” यसले अभिव्यक्ति स्वतन्त्रतालाई कुनै पनि असर नपर्ने उहाँले स्पष्ट पानुभयो । “सामाजिक सञ्जाललाई व्यवस्थित गर्नका लागि निर्देशिका ल्याउने तयारी मात्र गरेको हो, सरोकारवालापक्षसँग छलफल गरेर मात्र यसलाई अन्तिम रुप दिने हो”, मन्त्री गुरुङले भन्नुभयो, “प्रचलित कानूनअनुसार नेपालमा दर्ता गरेर मात्र सामाजिक सञ्जाल चलाउने व्यवस्था होस भन्ने उद्देश्य हो ।” उहाँले पत्रकारिताको गरिमालाई उठाउनक
गणतन्त्रवादी र लोकतन्त्रवादी फेरि एकताबद्ध हुनु जरुरी छः महासचिव वैद्य

गणतन्त्रवादी र लोकतन्त्रवादी फेरि एकताबद्ध हुनु जरुरी छः महासचिव वैद्य

Banner News, Main News
जनादेश नेपाल, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले गणतन्त्रवादी र लोकतन्त्रवादी फेरि एकताबद्ध हुनुपर्ने बताउनुभएको छ । राजधानीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आज आयोजित चार कम्युनिष्ट पार्टीले आयोजना गरेको रणनैतिक मोर्चा घोषणासभामा बोल्दै उहाँले देशमा जनताको शासन आवश्यक भएको बताउनुभयो । क्रान्तिकारी कम्युनिष्ट घटक पुनः एक ठाउँमा आउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले जनगणतन्त्र र समाजवाद स्थापना अझै बाँकी रहेको उल्लेख गर्नुभयो । स्वाधिनताको रक्षा र जनताको हकका लागि लड्न संयुक्त मोर्चाको आवश्यकता रहेको र त्यसैको प्रयास भइरहेको वैद्यले स्पष्ट पार्नुभयो । धेरैले आफूलाई कम्युनिष्ट भन्दै आए पनि देशमा सच्चा कम्युनिष्ट थोरै रहेको महासचिव वैद्यले बताउनुभयो । उहाँले नेत्रविक्रम चन्द विप्लव समूहका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न सरकारस
कोरोना महामारीः २४ घन्टामा विश्वमा झण्डै १३ हजार जनाको मृत्यु

कोरोना महामारीः २४ घन्टामा विश्वमा झण्डै १३ हजार जनाको मृत्यु

Banner News, International, Main News
जनादेश नेपाल, अन्तर्राष्ट्रिय अपडेट । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा १२ हजार आठ सय १४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये सबैभन्दा बढी संयुक्त राज्य अमेरिकाका रहेका छन् । अमेरिकामा २४ घन्टामा द्ई हजार आठ सय ७५ जनाको मृत्यु भएको छ । यसैगरी ब्राजीलमा एक हजार चार सय २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने मेक्सिकोमा एक हजार तीन सय २८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टाको अवधिमा बेलायतमा छ सय ७५, रुसमा पाँच सय ५३, स्पेनमा पाँच सय १३ जना, जर्मनीमा पाँच सय ३३ जना, इटालीमा तीन सय ९१ जना, फ्रान्समा तीन सय ६०, पोल्यान्डमा चार सय ५६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सँगै विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ लाख ७७ हजार ११ पुगेको छ ।यसैगरी ब्राजीलमा एक हजार चार सय २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने मेक्
प्रधानमन्त्री ओलीका वकिलको तर्क- ‘प्रधानमन्त्री राजा र श्री ३ बराबर हो’

प्रधानमन्त्री ओलीका वकिलको तर्क- ‘प्रधानमन्त्री राजा र श्री ३ बराबर हो’

Banner News, Main News
जनादेश नेपाल, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीले प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई रहेको बताएका छन् । ओलीका निजी वकिल आरसी गौतमले प्रधानमन्त्रीमा राजा र श्री ३ बराबरको अधिकार रहेको दाबी गरेका हुन् । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीको घोषणाविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दामाथिको सुनुवाइका क्रममा बिहीबार अधिवक्ता गौतमले संविधानले प्रधानमन्त्रीलाई राजाको जत्तिकै अधिकार रहेको तर्क गरेका हुन् । 'संसद् विघटन गर्ने अधिकार संसदीय प्रणालीमा हुन्छ । प्रधानमन्त्री राजाबराबर, श्री ३ बराबर हो, त्यसैले संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा हुन्छ,' उनले भने । राजा र श्री ३ (राणाशासकहरू) मा जत्तिकै अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीमा रहेको गौतमले दोहोर्‍याएका थिए । 'पहिलेको संविधानले जत
पोखरा–सिमराबीच सिधा हवाई सम्पर्क हुने

पोखरा–सिमराबीच सिधा हवाई सम्पर्क हुने

Banner News, International, Main News
गण्डकी । पर्यटकीय नगरी पोखरा र जीतपुर सिमराबीच सिधा हवाई सेवा सञ्चालन हुनेभएको छ । यति एयरलाइन्सले आगामी चैत १५ गतेदेखि हवाई सेवा सञ्चालन गर्ने भएको हो । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा आज आयोजित सरोकारवाला निकायको संयुक्त बैठकले आन्तिरक एवं भारतीय पर्यटक प्रवद्र्धन गर्ने लक्ष्यका साथ हवाई सेवा सञ्चालन गर्ने निर्णय गरेको हो । फागु पूर्णिमादेखि सञ्चालन गरिने हवाई सेवाअन्तर्गत प्रत्येक हप्ताको आइबार, बुधबार र शुक्रबार उडान गरिने र शुरुमा प्रति यात्रु रु चार हजार ५०० को टिकट लाग्ने एयलाइन्सले जनाएकोछ । सो रुटको उडान कूल ३० मिनेटको हुनेछ । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पर्यटनको राजधानी पोखरालाई मुलुकका सातवटै प्रदेशसँग सिधा हवाई सेवासँग जोड्ने अभियानअन्तर्गत पोखरा–सिमरा उडान शुरु गर्न लागेको बताउनुभयो । निर्माणाधीन राष्ट्रिय
मेक्सिकोद्वारा कोभिड–१९ विरुद्धका दुई चिनियाँ खोप स्वीकृत

मेक्सिकोद्वारा कोभिड–१९ विरुद्धका दुई चिनियाँ खोप स्वीकृत

Banner News, Health Care, International, Main News
मेक्सिको सिटी । मेक्सिकोको औषधि व्यवस्थापन सम्बन्धी नियामक निकायले कोभिड–१९ विरुद्ध चीनमा विकास गरिएका दुई खोपलाई स्वीकृति प्रदान गरेको छ । मेक्सिकोका स्वास्थ्य अधिकारीहरुका अनुसार स्वीकृत गरिएका खोपहरुमा क्यानसिनो बायोलजिक्स र सिनोभ्याक कम्पनीले विकास गरेको कोरोनाभ्याक रहेका रहेका छन् । मेक्सिकोमा कोरोनाभाइरस संक्रमणसँग जुधिरहेको सरकारका लागि खोपहरु स्वीकृत गर्नुको विकल्प नरहेको स्वास्थ्य उपमन्त्री ह्युगो लोपेज–ग्याटेलले बताउनुभयो । महामारी नियन्त्रण संयोजन समितिका प्रवक्ता समेत रहनु भएका उपमन्त्री ग्याटेलले पत्रकार सम्मेलन गरी दुई चिनियाँ खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको जानकारी दिनुभयो । क्यानसिनो र सिनोभ्याकको कोरोनाभ्याकका अलाबा मेक्सिकोले अरु तीनवटा खोपलाई पनि मान्यता प्रदान गरिसकेको छ । मेक्सिकोको नियामक निकायले हालसम्म फाइजर, अस्ट्राजेनिका र रसियाका स्पुतनिक भीलाई