Main News Archives | Page 66 of 81 | Education Patra

Main News

बाजुरामा हवाई सेवा पुनः सञ्चालन

बाजुरामा हवाई सेवा पुनः सञ्चालन

Main News
जनादेश  बाजुरा । बाजुरामा हवाई सेवा पुनःसञ्चालनमा आएको छ । वर्षाका कारण साँफे मार्तडी सडकदेखि जिल्लाका अन्य ग्रामीण सडक पूर्णरुपमा बन्द भएका छन् । गत चैत ११ गतेदेखि आन्तरिक उडान बन्द गरेका हवाई सेवा कम्पनीले जिल्लामा उडान पुनःसञ्चालन गरेका छन् । सरकारको मापदण्ड पूरा गरी केही दिनदेखि उडान शुरु भएको नागरिक उड्डयन कार्यालय कोल्टीले जनाएको छ । कार्यालयका प्रमुख श्रीकृष्ण रिजालले आरडिटी अनिवार्य गरेर मास्क, पञ्जालगायत स्वास्थ्य सुरक्षाका प्रयोग गरी उडान शुरु गरिएको बताउनुभयो । आगामी दिनमा पनि सम्पूर्ण सुरक्षा प्रक्रिया पूरा गरेर बाजुराबाट यात्रुलाई नेपालगञ्ज र सुर्खेत पठाइने बडिमालिका एयर कार्गो सेवा राजा एयरपोट प्रतिनिधि ज्ञानु बमले जानकारी दिनुभयो । बाढीपहिरोका कारण सडक मार्ग अवरुद्ध भइरहेका बेला हवाई सेवा पुनः सञ्चालन हुने देखिएपछि नागरिक खुशी भएका छन् । कोरोना सङ्क्रमणबाट ब
अवैध युरिया मलसहित एक पक्राउ   

अवैध युरिया मलसहित एक पक्राउ   

Main News
जनादेश संवाददाता, राजविराज । जिल्ला प्रहरी कार्यालय सप्तरीले करिब ७४ बोरा युरिया मलसहित एक जनालाई नियन्त्रणमा लिएको छ । राजविराज नगरपालिका–६ स्थित न्यू सगरमाथा एग्रोभेट सेन्टरमा आइतबार प्रहरीले छापा मारेर अवैधरुपमा भण्डार गरी राखेको ती मलसहित सेन्टरका सञ्चालक स्थानीय सूर्यनारायण यादव र स १ ज ४६४ नम्बरको सवारी साधनका चालक महेन्द्रप्रसाद यादवलाई समेत नियन्त्रणमा लिएको जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक सन्तोष खड्काले युरिया मल र गाडीका चालकलाई भन्सार कार्यालय तिलाठीस्थित बेल्हीमा बुझाइएको जानकारी दिनुभयो ।  रासस
     धनुषामा कोरोना सङ्क्रमणबाट एकको मृत्यु   

     धनुषामा कोरोना सङ्क्रमणबाट एकको मृत्यु   

Main News
जनादेश संवाददाता, जनकपुर ।  धनुषामा कोरोनाको सङ्क्रमणबाट आइतबार ३८ वर्षीय एक युवकको मृत्यु भएको छ । शहीदनगर–८ डुमरिया बस्ने तीे युवक रुघाखोकी र ज्वरोबाट पीडित भएपछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए । उनको अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइरा%B
गिरीलाई निष्कासन गर्ने निर्णय रोक्न अस्वीकार   

गिरीलाई निष्कासन गर्ने निर्णय रोक्न अस्वीकार   

Main News
जनादेश काठमाडौ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीको सदस्यता र संसद्बाट सरिता गिरीलाई निष्कासन गर्ने निर्णय रोक्न अस्वीकार गरेको छ । न्यायाधीशहरु ईश्वर खतिवडा र डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले आज गिरीलाई निष्कासन गर्ने पार्टीको केन्द्रीय कार्यकारिणी समितिको निर्णयानुसार पदबाट हटाइएको हुँदा पार्टीको निर्णय रोक्न नसक्ने आदेश जारी गरेको हो । गिरीले आफूलाई पार्टीको सदस्यताबाट र सांसद पदबाट निष्कासन गर्ने निर्णय रोक्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । आदेशमा राजनीतिक दलको निर्णय र पत्रका आधारमा नेपालको संविधान धारा, ८९ तथा राजनीतिक दलसम्बन्धी ऐनको दफा, ३२ बमोजिम पदमुक्त गर्ने गरी निर्णय भएको देखिएको उल्लेख छ । आदेशमा भनिएको छ, “यसरी भएको निर्णय तथा काम कारवाही रोक्ने गरी राजनीतिक दलको तथा संसद्को काम कारवाहीको विषयलाई लिएर अन्त
हामी पार्टी फुट्न दिँदैनौँः पौडेल

हामी पार्टी फुट्न दिँदैनौँः पौडेल

Main News
जनादेश ,काठमाडौ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले पार्टी विभाजन हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । संवाद क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा नेकपाका स्थायी समिति सदस्यसमेत रहनुभएका पौडेलले पार्टीभित्र पर्याप्त मात्रामा वैचारिक बहस भए पनि पार्टी विभाजन नहुने दाबी गर्नुभयो । नेता पौडेलले नेकपा पार्टी कुनै हालतमा नफुट्ने दाबी गर्दै आजको आवश्यकता पार्टीलाई जनताले दिएको विश्वास गुमाउन दिन नहुने बताउनुभयो । युवा पुस्ताले पार्टीलाई अझ बलियो बनाउन लागिपरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मलगायत धेरै नेता कार्यकर्ता यो पार्टी एक ढिक्का बनाउन लागेका छौँ । दुई अध्यक्ष केपी र प्रचण्ड पनि पार्टीलाई मजबुद बनाउन छलफलमा निरन्तर लागिपरेका छौँ ।”   रासस
तेजाब प्रहारबाट घाइते युवतीको उपचार खर्च सरकारले बेहोर्ने

तेजाब प्रहारबाट घाइते युवतीको उपचार खर्च सरकारले बेहोर्ने

Main News
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले तेजाब प्रहारबाट घाइते युवतीको स्वास्थ्यावस्थाका बारेमा जानकारी लिनुभएको छ । मन्त्री ढकालले आज कीर्तिपुर अस्पताल पुगी उपचाररत पीडित युवतीलाई भेटेर उनको उपचारमा सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो । “तपाईँको उपचारमा सरकारका तर्फबाट सक्दो सहयोग हुन्छ”, पीडितसित कुरा गर्दै उहाँले भन्नुभयो,” “घटनामा संलग्नलाई हदैसम्मको कारवाही हुन्छ ।” सो अवसरमा मन्त्री ढकालले पीडितका आफन्त तथा चिकित्सकसित उपचारबारे जानकारी लिनुभएको थियो । उहाँसँगै सांसद यज्ञराज सुनुवार पनि पीडितलाई भेट्न अस्पताल पुग्नुभएको थियो । सो अवसरमा मन्त्री ढकालले कीर्तिपुर अस्पतालको अवस्थाबारे त्यहाँका पदाधिकारी तथा चिकित्सकसित जानकारी लिनुभएको थियो । स्थानीय सीतापाइलामा बस्दै आएकी ओखलढुङ्गाकी २२ वर्षीया युवतीलाई बिहीबार साँझ भारतको विहार घर भई डल्लु बस्दै आएका फैयाज आलमले त
अबण्डामा राख्दा ५३ प्रतिशत बजेट फ्रिज

अबण्डामा राख्दा ५३ प्रतिशत बजेट फ्रिज

Main News
वीरगञ्ज । प्रदेश नं २ मा आर्थिक वर्ष २०७६/७७ मा विनियोजित गरेको बजेटमध्ये ५३ प्रतिशत बजेट फ्रिज भएको छ । सो आर्थिक वर्षमा प्रदेश २ सरकारले ल्याएको कूल बजेट रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारमध्ये ४७ प्रतिशत अर्थाक रु १८ अर्ब दुई करोड ३० लाख ५० हजार खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साले जनाएको छ । गत आर्थिक वर्षको अन्तिम असार मसान्तसम्ममा प्रदेश २ को आठ जिल्लामा पुल ४७ प्रतिशत बजेट मात्र खर्च हुन सकेको छ । खासगरी स्थानीय निकायले असारे विकासलाई निरन्तरता दिँदा एकातिर गुणस्तरहीन काम भएको छ भने अर्कोतिर लक्ष्यअनुसारको बजेट खर्च गर्न नसक्दा प्रदेश २ मा ५३ प्रतिशत बजेट फ्रिज हुनुलाई जनप्रतिनिधिको विकास विरोधी मनसाय रहेको आरोप लाग्दै आएको छ । प्रदेश २ सरकारले ल्याएको बजेटमध्ये पर्सा जिल्लामा पूँजीगततर्फ रु एक अर्ब ९९ करोड छुट्याइएकामा रु एक अर्ब २० करोड अर्थात् ५९ दशमलव ४९ प्रतिशत
     निर्मला हत्या प्रकरणका दुई वर्ष ः नतिजा शून्य   

     निर्मला हत्या प्रकरणका दुई वर्ष ः नतिजा शून्य   

Main News
शेरबहादुर सिंह    महेन्द्रनगर, (कञ्चनपुरको भीमदत्तनगरपालिका– उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको बताइएको दुई वर्ष बितिसक्दा पनि प्रहरी अपराधी नजिक पुग्न सकेको छैन । दुई वर्षअघि साउन १० गते साथीको घरमा स्कूलको गृहकार्य गर्न आएकी बालिका पन्तको शव साउन ११ गते नजिकैको उखुबारीमा भेटिएको थियो । घटनापछि मुलुभर दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन आन्दोलन हुनुका साथै उक्त मुद्दा अन्तर्राष्ट्रियस्तरमा पनि चर्चाको विषय बने पनि पछिल्लो समय प्रहरी अनुसन्धान सुस्ताएको देखिन्छ । यसअघि प्रहरी प्रमुख रहिसक्नुभएका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र त्यसपछिका प्रमुख ठाकुरप्रसाद ज्ञवालीले घटनास्थलसमम्म पुगेर चासोका साथै अनुसन्धानमा जोडबल गरे पनि अपराधी भने पत्ता लगाउन सकेनन् । सरकारले उच्चस्तरीय छानबिन समितिका साथै राष्ट्रिय मानवअधिकार आयोग र प्रहरीले विभिन्न छुट्टाछ
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग आइतबार सिंहदरबारमा नेपालका लागि अमेरिकाका राजदूत ¥यान्डी बेरी शिष्टाचार भेट

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग आइतबार सिंहदरबारमा नेपालका लागि अमेरिकाका राजदूत ¥यान्डी बेरी शिष्टाचार भेट

Main News
काठमाडौँ   उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग आइतबार सिंहदरबारमा नेपालका लागि अमेरिकाका राजदूत ¥यान्डी बेरी शिष्टाचार भेट गर्दै । तस्वीर ः चन्द्रकला क्षेत्री/रासस
रौतहटको राजदेवी नगरपालिकाका वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि

रौतहटको राजदेवी नगरपालिकाका वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि

Main News
जनादेश, रौतहट । काठमाडौं जानका लागि पीसीआर परीक्षण गराएका रौतहटको राजदेवी नगरपालिकाका वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ । वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएलगत्तै उनको सम्पर्कमा आएका एक सय बढी मानिसको पीसीआर टेस्ट गर्नुपर्ने र्भको छ । श्रीमती करेन्ट लागेपछि वडाध्यक्ष जिल्ला अस्पताल गौर पगेका थिए । करेन्ट लागेकी उनकी श्रीमतीको भने मृत्यु भएको थियो । उनको अन्तिम संस्कारमा एक सय भन्दा बढी मानिसहरु उपस्थित भएका थिए । कोरोना संक्रमित वडाअध्यक्षको सम्पर्कमा आउका मानिसको पहिचान गरी पीसीआर परीक्षण भइरहेको छ ।