Main News Archives | Page 68 of 81 | Education Patra

Main News

छ केजी अफिमसहित चार जना पक्राउ

छ केजी अफिमसहित चार जना पक्राउ

Main News
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले छ केजी लागुऔषध अफिमसहित पक्राउ परेका चार जनालाई आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा रोल्पा सुनछहारी गाउँपालिका–२ का २२ वर्षीय लालसिंह विक, ३२ वर्षीय हर्कबहादुर घर्तीमगर, लालमन घर्तीमगर र सोही गाउँपालिका– ५ बस्ने ३५ वर्षीय दुजबहादुर रोका रहेका छन् । साउन ८ गते दाङको राप्ती गाउँपालिका एक रातो डाँडास्थित दक्षिणकाली सोल्टी होटलमा लागुऔषधको कारोवार भइरहेको प्राप्त सूचनाका आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट छ केजी ९६७ ग्राम अफिम, पाँच थान विभिन्न कम्पनीका मोबाइल सेट, लु४०प ९८०६ नम्बरको मोटरसाइकल र लु१च ६१७१ नम्बरको बोलेरो जीप पनि फेला पारेको प्रहरीले जनाएको छ । पछिल्लो समयमा भालुवाङ क्षेत्रमा लागुऔषधको कारोवार बढेको प्रहरीले जनाएको छ । पश्चिम दाङमा प्रहरी क्रियाशील हुँदा लागुऔषध कारोवारीले बाटो परिवर्तन गरे
विष सेवन गरेका बिरामीमा कोरोना पुष्टि, १४ स्वास्थ्यकर्मी क्वारेन्टिनमा   

विष सेवन गरेका बिरामीमा कोरोना पुष्टि, १४ स्वास्थ्यकर्मी क्वारेन्टिनमा   

Main News
सप्तरी ।     सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्ष आजदेखि सञ्चालनमा आएको छ । विष सेवन गरी भर्ना भएका एक बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि शुक्रबार राति ७ बजेदेखि सिल गरिएको अस्पतालको आकस्मिक कक्ष सञ्चालन गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजितकुमार झाले बताउनुभयो । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ का ५० वर्षीय एक बिरामीमा कोरोना सङ्क्रमण देखिएपछि आकस्मिक कक्षका बिरामीलाई अन्य वार्डमा सारी आकस्मिक कक्षलाई निसङ्क्रमण गरिएको छ । आकस्मिक कक्ष निसङ्क्रमण पश्चात बिरामीलाई पुनःअकास्मिक कक्षमा स्थान्तरण गरी सेवा दिन थालिएको डा झाले जानकारी दिनुभयो । बिरामीमा कोरोना पोजेटिभ देखिएपछि नियमित परीक्षण र रेखदेखमा खटिएका चार चिकित्सकसहित १४ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको छ । स्वास्थ्यकर्मीको टोलीलाई राजविराजस्थित दुई ओटा होटेलमा क्
सिकाई कार्यक्रमलाई कसरी प्रभावकारी  बनाउँने ?

सिकाई कार्यक्रमलाई कसरी प्रभावकारी बनाउँने ?

Main News
जनादेश दाङ । दाङको बबई गाउँपालिकामा बस्तीस्तरमा सिकाई कार्यलाई प्रभावकारी गराउनका लागि छलफल गरिएको छ । शिक्षा शाखाको आयोजनामा बस्तीस्तरमा कसरी सिकाई कार्यलाई कसरी प्रभावकारी गराउन सकिन्छ भन्ने बिषयमा छलफल गरिएको हो । करिब चार महिनाको लकडाउनका कारण बबईमा स्थापना गरिएका शिकाई केन्द्रलाई थप प्रभावकारी र बिद्यार्थीलाई बस्तीस्तरमा कसरी सिकाउन सकिन्छ भन्ने बिषयमा छलफल भएको हो । लकडाउनको समयमा बिद्यार्थीलाई बैकल्पिक शिक्षा मार्फत् पठनपाठन गर्नका लागि छलफल गरिएको हो । शिक्षक महासंघ बबईका अध्यक्ष प्रेमबहादुर वलीको अध्यक्षतामा छलफल कार्यक्रम भएको हो । छलफल कार्यक्रममा सहभागी भएका शिक्षकले नयाँ ढंगले सिकाई कार्य भएको भन्दै प्रभावकारी रुपमा पठनपाठन गराउनका लागि बिद्यार्थी, शिक्षक र अभिभावकको जिम्मेवारी महत्वपुर्ण हुने बताएका थिए । छलफल कार्यक्रममा सामुदायिक बिद्यालयका प्रधानाध्यापक
पहिरामा हराएका बालकको खोजी जारी

पहिरामा हराएका बालकको खोजी जारी

Main News
जनादेश दार्चुला । महाकाली नगरपालिका–२ बडालीगाउँँ नजिक शुक्रबार गएको सुक्खा पहिरामा पुरिएका बालकको खोजी जारी राखिएको छ । नौगाड गाउँँपालिका–२ तल्लो सुण्डमुण्डका छ वर्षीय जेनिस ठगुन्ना शुक्रबार घरबाट सदरमुकाम खलंगा आउने क्रममा पहिरामा पुरिएका थिए । शुक्रबार पहिरामा पुरिएका बालकको नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेका छन् । सडकमाथिबाट खसेको पहिरामा परि बेपत्ता बालक फेला नपरेको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक पदमबहादुर विष्टले बताउनुभयो । सदरमुकाम खलंगामा विद्यालय खुलेसँगै गाउँँबाट आउँदै गरेको अवस्थामा एक्कासी बालक पहिरामा पुरिएका हुन् । “पहिरो निकै ठूलो आएको छ । कुन ठाउँमा बालक फसेको भन्ने एकिन भएको छैन्”, उहाँले भन्नुभयो । शुक्रबार अबेरसम्म खोजी कार्य गर्दा फेला नपारेको प्रहरीले जनाएको छ । आज पनि बिहानै सुरक्षाकर्मीले पहिरो पन्छ्याएर बालक
स्विस सरकारद्वारा नेपाललाई ४० हजार थान पिसिआर किटसहित स्वास्थ्य सामाग्री प्रदान

स्विस सरकारद्वारा नेपाललाई ४० हजार थान पिसिआर किटसहित स्वास्थ्य सामाग्री प्रदान

Main News
जनादेश, काठमाडौं ।  नेपालस्थित स्विस राजदूतावासले विश्व प्रशिद्ध स्विस ‘रोश ग्याग्नोस्टिक कम्पनी’ र रोशकै मातहतका कम्पनीबाट निर्मित कोरोना संक्रमण पत्ता लगाउने ४० हजार थान उच्च गुणस्तरको ‘पिसिआर परीक्षण किट’ र ४० हजार थान नै ‘हाई प्योर आरएनए एक्स्ट्राक्सन किट’ दोस्रोपटक नेपाल सरकारलाई उपलव्ध गराएको छ । दोस्रोपटक शुक्रबार सरकारलाई उपलव्ध गराईएको किटको पहिलो लट अर्थात २०र२० हजार थान आज काठमाडौं उत्रिएको हो भने केही दिनभित्रै बाँकी २०र२० हजार थान ९दोस्रो लट० नेपाल आईपुग्ने नेपालका लागि रोश कम्पनीको एकमात्र विक्रेता डाइग्नोटेक सर्पोट प्रालिका कार्यकारी अध्यक्ष सुशील थापाले बताए । यसअघि डाइग्नोटेक सर्पोट प्रालिकै पहलमा स्विस राजदूतावासले नेपाल सरकारलाई गत मे महिनामा ३० हजार थान पिसिआर टेस्टिङ्ग किट र ३० हजार थान नै हाई प्योर आरएनए एक्स्ट्राक्सन किट उपलव्ध गराएको थियो । त्यसैगरी रोश कम्पनीबा
कोरोना सङ्क्रमणको उच्च जोखिममा ‘प्रदेश नं–२’

कोरोना सङ्क्रमणको उच्च जोखिममा ‘प्रदेश नं–२’

Main News
जनादेश जनकपुर । कोरोनाको सङ्क्रमण तीव्रगतिमा फैलिएकाले प्रदेश नं–२ उच्च जोखिममा परेको छ । एक सातामा दुई जनाको मृत्यु भएपछि यस प्रदेशमा झनै सन्त्रास देखिएको छ । सप्तरीको सदरमुकाम राजविराजमा एक र पर्साको सदरमुकाम वीरगञ्जका एक जनाको मृत्यु भएपछि कोरोना समुदायमै फैलियो कि भन्ने भय जनमानसमा परेको छ । यस प्रदेशमा कोरोना सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको छ । अहिलेसम्म चार हजार ३२१ जना सङ्क्रमितमध्ये दुई हजार ८८० जना उपचार गराइ घर फर्किसकेका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराउने क्रममा राजविराजका ७३ वर्षीय वृद्धको यही साउन १ गते मृत्यु भएको थियो । श्वासप्रश्वासमा समस्या आएपछि उहाँलाई धरानस्थित सो अस्पतालमा भर्ना गरिएपछि उपचारको क्रममा मृत्यु भएको थियो । मृतकका परिवारका सदस्यसहित उहाँको सम्पर्कमा आएका मानिस, छरछिमेकमा सङ्क्रमण पुष्टि भएपछि सन्त्रास फैलिएको हो
लकडाउन खुलेसँगै काठमाडौँमा कोरोना संक्रमण बढ्न सक्ने विज्ञको चेतावनी

लकडाउन खुलेसँगै काठमाडौँमा कोरोना संक्रमण बढ्न सक्ने विज्ञको चेतावनी

Main News
काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणको जोखिम कायमै रहेकाले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन विज्ञले सुझाएका छन् । छिमेकीमूलुक भारतमा समुदायस्तरमा सङ्क्रमण फैलिएको र नेपालमा पनि बन्दाबन्दी खुलेकाले सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै विज्ञले सर्वसाधरणलाई घर बाहिर ननिस्कन आग्रह गरेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बन्दाबन्दी खुलेसँगै सङ्क्रमणको जोखिम बढ्काले सतर्कता अपनाउन आग्रह गर्नुभयो । “सङ्क्रमणको जोखिम कायमै रहेकाले अत्यावश्यक काम नभइकन अझै पनि कोही पनि बाहिर हुदैन”, उहाँले भन्नुभयो, “निस्कन परे कोभिड–१९ का लागि तयार पारिएका स्वास्थ्यका मापदण्ड अपनाएर मात्र निस्कनुपर्दछ ।” उहाँले घर बाहिर निस्कदा मास्क, स्यानिटाइजर र सामजिक दूरी कामय राख्नुपर्ने बताउनुभयो । सरकारले कोभिड–१९ को कारणले गरेको बन्दाबन्दी यही साउन ७ गतेदेखि अन्त्य
कोरोना संक्रमणका कारण ८५ वर्षीया वृद्धाको मृत्यु

कोरोना संक्रमणका कारण ८५ वर्षीया वृद्धाको मृत्यु

Main News
जनादेश, वीरगञ्ज । कोरोना संक्रमणका कारण वीरगञ्जमा आज एक वृद्धाको मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचाररत ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान साढे ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । केही दिन अघि निमोनियाका कारण अस्पताल भर्ना भएकी वृद्धा मुटु रागी समेत रहेको खुलेको छ । अस्पताल भर्ना भएलगत्तै साउन ७ गते गरीएको कोरोना परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको थियो ।
मुख्यमन्त्रीको टेबलमा ड्यासबोर्ड

मुख्यमन्त्रीको टेबलमा ड्यासबोर्ड

Main News
 जनादेश विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकारले आफ्ना सम्पूर्ण कार्य चुस्त, पारदर्शी एवं सुशासनका साथ गरिरहेको बताउनुभएको छ । मुख्यमन्त्रीको टेबलमा रहने ड्यासबोर्डको आज शुभारम्भ गर्दै उहाँले प्रदेशलाई प्रविधियुक्त बनाउन लागिपरेको बताउनुभयो । मुख्यमन्त्री राईले आगामी दिनमा बोर्डमार्फत प्रदेशका १३७ पालिका लिङ्क गरी मुख्य योजनाको अनुगमन, सञ्चालन, क्षमता विस्तार एवं छलफल गर्न सकिने धारणा राख्नुभयो । प्रदेशका प्रमुख सचिव दिनेश भट्टराईले सरकारलाई नागरिकप्रति जिम्मेवार बनाउन बोर्ड उपयोगी हुने विचार राख्नुभयो । बोर्डका प्राविधिक प्रमुख सन्तोष भुसालले मन्त्रालयबीच कामका लागि प्रतिस्पर्धा गरिने र महालेखामार्फत खर्चको विवरण राखिने जानकारी दिनुभयो । स्वीस सरकारको सहयोगमा स्थापित ड्यासबोर्डमा प्रदेशका सबै मन्त्रालय, विभाग, निर्देशनालय, कार्यालय आदिका वित्
तातोपानी नाकाबाट आयात ठप्प

तातोपानी नाकाबाट आयात ठप्प

Main News
सिन्धुपाल्चोक । अविरल वर्षापछि आएको बाढी पहिराले अरनिको राजमार्गको जुरेबाट तातोपानीसम्मको सडकखण्ड कटान गरेपछि बल्लबल्ल खुलेको नेपाल–चीन व्यापारिक नाका तातोपानी फेरि बन्द भएको छ । सडक विभागले चासो नदिँदा अरनिको राजमार्गको कटान भएको सडकखण्ड मर्मत हुनसकेको छैन । चीनमा कोरोनाको सङ्क्रमण बढेपछि विसं २०७६ माघ १३ देखि बन्द नाका गत चैत १६ गतेबाट पुनः सञ्चालनमा आएको थियो । नाका भित्रिसकेका करोडौँ मूल्यका सामग्री तातोपानीमै रोकिएका छन् । तातोपानी सुक्खा बन्दरगाह भन्सार प्रमुख लालबहादुर खत्रीले नाकाबाट आयात ठप्प रहेको बताउनुभयो । भन्सार तथ्याङ्कअनुसार नाका चलेको नौ महिनामा तातोपानी भएर रु साढे नौ अर्ब मूल्यको सामग्री आयात भएको थियो । झण्डै रु छ करोडको सामग्री रोकिएको प्रमुख खत्रीले जानकारी दिनुभयो । रोकिएका सामग्रीमा कोरोना नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, तयारी पोशाक र कृषिजन्य सामान छ