Main News Archives | Page 69 of 81 | Education Patra

Main News

एकैदिन १३ सयले बढ्यो सुनको भाउ

एकैदिन १३ सयले बढ्यो सुनको भाउ

Main News
जनादेश, काठमाडौँ । शुक्रबार सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले बढेर नयाँ रेकर्ड राखेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९५ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९५ हजार ३६५ रुपैयाँ निर्धारण भएको छ । यो अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो । चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च ११ सय ५० रुपैयाँ पुगेको छ ।
२२ वर्षीया युवतीमाथि एसिड प्रहार गर्ने २ पक्राउ

२२ वर्षीया युवतीमाथि एसिड प्रहार गर्ने २ पक्राउ

Main News
जनादेश, काठमाडौँ । सीतापाइलामा २२ वर्षीया युवतीमाथि एसिड प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट लक्ष्मीपुर घर भइ हाल काठमाडौंस्थित डल्लु बस्दै आएका मोहम्मद आलाम र भारतीय नागरिक मुन्ना मोहम्मद रहेको प्रहरीले जनाएको छ । बिहीबार साँझ पौने आठ बजे नागरजुन नगरपालिका-४ सृजनशील टोलमा ओखलढुङ्गाकी पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो । घटना लगत्तै महानगरीय प्रहरी कार्यालय रानीपोखरी र अपराध महाशाखाकोको टोलीले सिसिटीभी फुटेजको आधारमा उनीहरूलाई पक्राउ गरेका हो । पक्राउ परेका उनीहरुले पवित्राले आफूलाई नभइ अर्कै केटालाई मनपराएका कारण एसिड प्रहार गरेको बयान दिएको प्रहरीले बताएको छ । कार्किमाथि शौचालय सफा गर्न प्रयोग हुने एसिड प्रहार गरिएको हो । पक्राउ परेका भारतीय नागरिक मोहम्मद आलमका कामदार रहेको छन् । आलमले मोहम्मदलाई एसिड प्रहार गर्न लगाएका थिए जसमा मोहम्मदको स
गण्डकी प्रदेशमा थपिए १० कोरोना संक्रमित

गण्डकी प्रदेशमा थपिए १० कोरोना संक्रमित

Main News
जनादेश, काठमाडौँ । गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ । कास्कीका ५ जना, लमजुङका ३ जना तथा बाग्लुङ र तनहुँका १/१ जना गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या एक हजार ३६० पुगेको छ । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीको अन्‍नपूर्ण गाउँपालिकाका १ पुरुष, १ महिला, पोखरा महानगरपालिकाका २ जना पुरुष, लमजुङको क्‍वालासोथर, बेशीसहर र मध्यनेपालका एक/एकजना पुरुष, तनहुँको शुक्लागण्डकी नगरपालिकाका एक पुरुष र बाग्लुङको तमानखोला गाउँपालिकाका एकजना पुरुषमा सैक्रमण देअिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका एकजना पुरुषमा पनि संक्रमण देखिएको छ ।
सार्वजनिक सवारी त चले, यात्रु भएनन्

सार्वजनिक सवारी त चले, यात्रु भएनन्

Main News
सञ्चिता घिमिरे, काठमाडौँ । यातायात व्यवसायी र मजदूर सङ्गठनले निर्णय गरेर सार्वजनिक सवारी साधन सञ्चालन गरे पनि काठमाडौँ उपत्यकामा न्यून सङ्ख्यामा मात्रै सवारी साधन सञ्चालन भएका छन् । यस्ता सवारी साधनमा यात्रु भने कमै मात्रमा चढ्ने गरेका छन् । केही व्यवसायीले गत सातादेखि नै सवारी साधन सञ्चालन गरिरहेकामा बुधबारदेखि बन्दाबन्दी अन्त्य गर्ने सरकारको निर्णयसँगै सडकमा चाप केही बढेको थियो । त्यसमा व्यवसायी र मजदूर सङ्गठनले बिहीबारदेखि सवारी साधन सञ्चालन गर्न थाले पनि त्यो चाप थोरै बढेको छ । आमनागरिकले सोचेजस्तै ह्वात्तै सडक व्यस्त भने भइसकेको छैन । बिहीबार उपत्यकाका विभिन्न स्थानमा पुग्दा सवारी साधन सडकमा सवारी साधनको सङ्ख्या पनि कम देखिन्थ्यो । त्यसो त सामान्य अवस्थामा खचाखच देखिने सुन्धारा, शहीदगेट, बबरमहल, नयाँबानेश्वर, कोटेश्वरलगायतका प्रतीक्षालयमा कार्यालय समयमा पनि थोरै
सैनिकले पिटेका युवकको मृत्यु

सैनिकले पिटेका युवकको मृत्यु

Main News
जनादेश चितवन । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बसेका सैनिकले नियन्त्रणमा लिई पिटेका एक युवकको बुधबार मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–२ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको हो । सेनाको कुटपिटबाट मृत्यु भएको भन्दै उनका बुबा विष्णुलाल चेपाङले घटनाको छानबिन गर्न र दोषीलाई सजाय दिन माग गरेका छन् । मृतकका परिवारले बिहीबार चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसमक्ष घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । जिल्ला प्रशासन कार्यालयले पीडितको मागअनुसार शवको पोस्टमार्टम गर्ने जनाएको छ ।
मृतक बालकको परिवारलाई दश-दश लाख दिइने

मृतक बालकको परिवारलाई दश-दश लाख दिइने

Main News
जनादेश काठमाण्डौ । भद्रपुर नगरपालिका–२ पृथ्वीनगरस्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्रको निर्माणाधीन पोखरीमा डुबेर मृत्यु भएका तीन जना बालकको परिवारलाई रु दश÷दश लाख प्रदान गरिने भएको छ । निर्माण कम्पनीले खनेर छाडेका पोखरीमा डुबेर गत बुधबार बालकको मृत्यु भएको थियो । बिहीबार उचित क्षतिपूर्तिको माग राख्दै परिवारले शव बुझेका थिएनन् । भद्रपुर नगरपालिका, कमलधाप पर्यटन क्षेत्र विकास समिति र पीडित पक्षसँग भएको छलफलपश्चात् पाँचबुँदे लिखित सम्झौतापछि परिवारले दश घण्टापछि मृतक तीनै जना बालकको शव बुझेका थिए । कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणस्थलमा खनिएको पोखरीमा डुबेर भद्रपुर–२ डिगाउँ बस्ने अनिल तामाङका १० वर्षीय छोरा अङ्कुस तामाङ, बिर्तामोड नगरपालिका–९ हाल मावाला बस्दै आएका दीपक थामीका दुई छोरा १४ वर्षीय करण र ११ वर्षीय अर्जुन थामीको मृत्यु भएको थियो । मृत्यु हुनेमा अनिलको शव बुधबार
सामाजिक संस्थाका एम्बुलेन्स व्यक्तिलाई ठेक्का

सामाजिक संस्थाका एम्बुलेन्स व्यक्तिलाई ठेक्का

Main News
उमा केसी, रोल्पा विभिन्न सामाजिक संस्थाले सञ्चालन गर्ने भनेर खरिद गरिएका अधिकांश एम्बुलेन्स व्यक्तिले ठेक्कामा लिएर सञ्चालन गरेका छन् । सामाजिक सेवाका लागि बिरामी बोक्ने भनेर सङ्घसंस्थाले सञ्चालन गर्न खरिद गरिएका एम्बुलेन्सको भन्सार शुल्क पूर्णरुपमा छुटमा आयात गरिएको हुन्छ । न्यून शुल्कमा स्वास्थ्य सेवा दिनका लागि ल्याइएका एम्बुलेन्स विभिन्न बहानामा व्यक्तिलाई ठेक्कामा दिएर सञ्चालकले मनपरी भाडा असुल्दा सेवाग्राही मर्कामा परेका राष्ट्रिय युवा सङ्घका जिल्ला अध्यक्ष कृष्णकुमार नेपालीले बताउनुभयो । “युवा सङ्घले एम्बुलेन्सको सेवा सुधारका विषयमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाएको छ, तर कार्यान्वयन भएन”, उहाँले गुनासो गर्नुभयो । बिरामीका आफन्तले एम्बुलेन्सलाई फोन गर्दा ठेक्कामा लिएका सञ्चालहरुले टाढा, नजिकको दूरी, बिग्रिएको लगायत विभिन्न बहाना गरी सेवा नदिएको समेत अध्यक्ष नेपालीले
फरार तीन अभियुक्त पक्राउ

फरार तीन अभियुक्त पक्राउ

Main News
जनादेश सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले विभिन्न मुद्दामा संलग्न रही फरार रहेका तीन अभियुक्तलाई पक्राउ गरेको छ । प्रदेश प्रहरीको विशेष टोलीले कर्तव्य ज्यान, जबर्जस्ती करणी र अनादर चेक मुद्दामा संलग्न रहेको ठहर गरी जिल्ला अदालतबाट फैसला भई कैद र जरिवाना भुक्तानी नगरेका अभियुक्तलाई यही साउन ५, ६ र ७ गते पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद तोकिएका दुल्लु नगरपालिका–१० दैलेखका विष्णुबहादुर थापालाई वीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमल, जबर्जस्ती मुद्दामा तीन वर्ष कैद तोकिएका डुङ्गेश्वर गाउँपालिका–३ दैलेखका टोपबहादुर खत्रीलाई वीरेन्द्रनगर १२ चनौटे र चेक अनदार मुद्दामा दुई वर्ष जेल सजाय तोकिएका वीरेन्द्रनगर–१ सुर्खेतका नवराज शर्मालाई सोही स्थानबाट पक्
चितवन निकुञ्जका राम–लक्ष्मण एक हजारको नोटमा

चितवन निकुञ्जका राम–लक्ष्मण एक हजारको नोटमा

Main News
जनादेश चितवन । नेपाली नोटमा विदेशी हात्ती प्रयोग भएको गुनासो आएपछि नेपाल राष्ट्र बैंकले नेपालमा पाइने हात्तीको तस्बीर प्रकाशन गरेको छ । नोटमा प्रयोग भएका हात्ती चितवन राष्ट्रिय निकुञ्जमा जन्मिएका जुम्ल्याहा राम–लक्ष्मण हुन् । यस अघिका एक हजारको नोटमा एउटा हात्तीको चित्र अङ्कित थियो भने अहिलेको नोटमा दुई हात्ती रहेका छन् । ती हात्ती अहिले चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिइरहेका छन् । यस अघिको नोटमा अफ्रिकन हात्ती रहेको थियो । अहिलेका राम–लक्ष्मण चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् केन्द्र सौराहामा जन्मिएका हुन । केन्द्रका निमित्त प्रमुख जलेन्द्र चौधरीका अनुसार देवीकलीले जुम्ल्याहा जोडी जन्माएको थियो । आमा देवीकली हुन् भने यिनीहरुका बाबु रोमियो नामको जङ्गली हात्ती हो । रोमियोले समय समयमा मानव बस्तीमा गएर वितन्डा पनि मच्चाउने गर्दछ । विगत लामो समयदेखि प्रजनन् केन्
प्रशिक्षणको तयारीमा जुट्यो एन्फा

प्रशिक्षणको तयारीमा जुट्यो एन्फा

Main News
विक्रम गिरी– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) खेलाडी प्रशिक्षणको तयारीमा जुटेको छ । कोरोना भाइरस सङ्क्रमण महामारीका कारण फुटबल प्रशिक्षण गत चैत महिनादेखि रोकिएको थियो । एन्फाले राजधानीमा तथा बाहिर रहेका राष्ट्रिय फुटबल टोलीका सबै पुरुष खेलाडीलाई प्रशिक्षणका लागि तयार रहन निर्देशन दिएको छ । राष्ट्रिय फुटबल टोलीका सबै पुरुष खेलाडीलाई यही साउन १७ गतेसम्म काठमाडौँ बोलाइएको एन्फा प्रवक्ता किरण राईले बताउनुभयो । साउन १७ गतेदेखि ३० गतेसम्म प्रशिक्षणका लागि आउनै सबै खेलाडीलाई क्वारेन्टीनमा राखिने उहाँले बताउनुभयो । राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आगामी भदौ १ गतेदेखि प्रारम्भ हुनेछ । उक्त प्रशिक्षण एन्फा कम्पलेक्स सातदोबाटोमा गरिने प्रवक्ता राईले उल्लेख गर्नुभयो । खेलाडीलाई क्वारेन्टीनमा राखी उनीहरुको पिसिआर परिक्षण गरिने छ । त्यसकै नतिजा अनुसार खेलाडीलाई प्रशिक्षणमा सहभागी गराइनेछ । सरकारले २