Main News Archives | Page 70 of 81 | Education Patra

Main News

कमल गाउँलेको के के हुने हो सार्वजनिक

कमल गाउँलेको के के हुने हो सार्वजनिक

Main News
चन्द्रप्रकाश नेपाली घोराही। हास्य कलाकार कमल गाउँलेले यस बर्ष गाईजात्रे ‘के के हुने हो’ नामक गित सार्वजनिक गर्नुभएको छ । कलाकार गाउँलेले २० औँ कोशेलीका?पमा तयार पार्नुभएको के के हुने हो भन्ने गाईजात्रे गितको आज घोराहीमा बिमोचन समेत गरिएको छ । उक्त गितको बरिष्ठ पत्रकार नारायणप्रसाद शर्माले विमोचन गर्नुभएको हो । उक्त गाईजात्रे गितमा भ्रष्टाचार, अनियमितता, रोग, भोक, राजनिति, नेताको प्रबृत्ती, आन्दोलन, सत्ता लगाएतका बिषयलाई व्यंग मार्फत चित्रित गरिएको छ । कार्यक्रममा बोल्दै कमल गाउँलेले २०५७ साल देखी आफुले निरन्तरत गाईजात्रे गितहरु बजारमा ल्याएको बताउनुभयो । गित, कला र व्यंग्य मार्फत समसामयी विषयलाई उजागर गर्दै सुशासन कायम गर्ने आफ्नो उदेश्य रहेको बताउनुभयो । देशमा असल मान्छे, असल प्रबृत्ती र सुशासन कायम होस भन्ने उदेश्यका साथ व्यंग्यात्मक ढंगबाट गाईजात्रालाई आफुले गितमा जोडेक
जापानबाट तेत्तीस करोड ५० लाख अनुदान प्राप्त हुँदै

जापानबाट तेत्तीस करोड ५० लाख अनुदान प्राप्त हुँदै

International, Main News
जनादेश काठमाण्डौ । जापानले विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ३३ करोड ५० लाख अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित एक सङ््क्षिप्त कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सोही अवसरमा जापानी अन्तरराष्ट्रिय सहयोग निकाय (जाइका)का प्रमुख प्रतिनिधि युमिको आसाकुमा र अर्थ मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालले उक्त कार्यक्रम कार्यान्वयन गर्नेसम्बन्धी अर्को सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सन् २०२२ सम्ममा अल्पविकसित राष्ट्रबाट नेपाललाई स्तरोन्नति गर्न तथा २०३० सम्ममा दिगो विकासका लक्ष्यहरू हासिल गरी मध्यम आययुक्त देशमा स्तरोन्नति हुने नेपाल सरकारको लक्ष्यप्राप्तिमा सघाउने दिशामा विद्यालय क्
त्रिविका सबै परीक्षा दशैँ अघि

त्रिविका सबै परीक्षा दशैँ अघि

Main News
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा सञ्चालन गर्ने तयारी गरिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका ९पनिका० परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताउनुभयो । “हामीले सेमेष्टरको परीक्षाका बारेमा खुला पुस्तक हेरेर लेख्न सकिने, अनलाइन परीक्षा लिनेबारे सोच बनाएका थियौँ”, उहाँले भन्नुभयो, “तर त्यो सम्भव नहुने भएपछि परीक्षा नै लिने निर्णयमा पुगेका छौँ ।” यसअघि सेमेष्टर प्रणालीअन्तर्गतका परीक्षा बारेमा निर्णय गर्न त्रिविका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालको संयोजकत्वमा कार्यदल गठन गरेर परीक्षा नलिने तयारी गरेको बनाएपनि सेमेष्टरको परीक्षा लिने भएको हो । उहाँले दशैँ अगाडि रोकिएका नै सेमेष्टर र वार्षिक परीक्षा गर्ने तयारी गरिएको जानकारी दिनुभयो । त्रिविले चाँडै नै प
‘तत्कालै तुइन काटिन्छ’ : मुख्यमन्त्री पौडेल

‘तत्कालै तुइन काटिन्छ’ : मुख्यमन्त्री पौडेल

Main News
हेटौँडा । वाग्मती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाको बजारक्षेत्र नजिक रहेको तुइन तत्कालै काटिने प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभएको छ । उहाँका अनुसार दुई दिनभित्र नै तुइन काट्न कर्मचारी खटाइएको हो । झोलुङ्गे पुलबाट नजिकै रहेको उक्त तुइन हटाउने प्रयास सरकारले यसअघि पनि गरेको तर स्थानीयवासी र जनप्रतिनिधिको अवरोधका कारण नहटाइएको मुख्यमन्त्री पौडेको भनाइ थियो । भौतिक पूर्वाधार तथा विकास मन्त्रालयबाट यसअघि पनि उक्त तुइन काट्न कर्मचारी खटाइएको भए पनि स्थानीयवासीको अवरोधका कारण कर्मचारी फर्किएको र उक्त गलत कार्यको नतिजास्वरुप तुइनबाट एकजना वृद्धाले ज्यान गुमाउन परेको भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले राससलाई बताउनुभयो । तर अब तत्कालै उक्त तुइन काटिने उहाँको भनाइ छ । उक्त तुइनबाट खसेर मङ्गलबार एक वृद्धाको मृत्यु भएको थियो । बाटो बनाउन बजेट विनियोजन म
एकै पोखरीमा डुबेर तीन बालकको मृत्यु

एकै पोखरीमा डुबेर तीन बालकको मृत्यु

Main News
झापा । झापाको भद्रपुर नगरपालिका–२ स्थित कमलधापमा निर्माणाधीन पोखरीमा डुबेर तीन बालकको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । मृत्यु हुनेमा भद्रपुर–२ का अनिल तामाङका १० वर्षीय छोरा अङ्कुश, सोही स्थानका कमला थामीका दुई छोरा १५ वर्षीय करण र १२ वर्षीय अर्जुन रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो । बुधबार दिउँसो घरबाट खेल्न निस्किएका अंकुश अबेरसम्म घर नआएपछि खोजतलास गर्ने क्रममा राति ७ बजे पोखरीमा डुबेर मृतावस्थामा फेला परेका थिए । उनीसँगै बेपत्ता भएका करण र अर्जुनको खोजतलास गर्ने क्रममा आज सोही पोखरीभित्र गाडिएको अवस्थामा भेटिएका थिए । दुवै बालकको शव निकालिएको प्रवक्ता थापाले बताउनुभयो । उक्त पोखरीमा माछा मार्न र पौडी खेल्न तीनै जना बालकसँगै गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पोखरीमा डुबेर एकै गाउँका तीन बालकले ज्यान गुमेपछि सो क्षेत्र तनावग्रस्त
लकडाउनमा साढे ३४ हजार नेपाली स्वदेश फर्किए

लकडाउनमा साढे ३४ हजार नेपाली स्वदेश फर्किए

Main News
काठमाडौँ । कोभिड–१९ का कारण विभिन्न मुलुकमा अलपत्र परेका साढे ३४ हजारभन्दा बढी नेपाली नागरिक स्वदेश फर्केका छन् । गत जेठ २३ गतेदेखि बुधबारसम्म विभिन्न मुलुकबाट उद्धार उडानमार्फत ३४ हजार ६४७ नेपाली स्वदेश फर्किएको कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्रले जनाएको छ । गत जेठ २३ गते पहिलोपटक उद्धार उडानमार्फत म्यान्माबाट २६ नेपाली स्वदेश फर्किएका थिए । उनीहरुलाई म्यान्माको एयरफोर्स विमानबाट नेपाल फर्काइएको थियो । यस अवधिमा खाडी र मलेशियाबाट सबैभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । सो अवधिमा संयुक्त अरब इमिरेट्स ९युएइ० बाट सबैभन्दा बढी सात हजार ६१७ नेपाली स्वदेश फिरेका केन्द्रको तथ्याङ्कमा उल्लेख छ । यस्तै साउदी अरेबियाबाट पाँच हजार ६११, कुवेतबाट पाँच हजार ५४९, मलेशियाबाट पाँच हजार ३३३ र कतारबाट तीन हजार ९४१ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ का कारण नेपालीका प्रमुख श्रम गन्तव्य मुलुक ब
पूर्व डीआईजी कोइरालाको रिहाइबारे महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन गर्ने

पूर्व डीआईजी कोइरालाको रिहाइबारे महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन गर्ने

Main News
जनादेश, काठमाडौँ । पूर्व डीआईजी रन्जन कोइरालाको रिहाइलाई लिएर महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकन गर्ने जनाएको छ । श्रीमती हत्यामा जेल सजाए भोगिरहेका कोइराला सर्वोच्चको फैसला अनुसार आज रिहा भएका छन् । सर्वोच्चले जन्म कैद सजाय भोगरहेका कोइरालाको आधाभन्दा बढी सजाय घटाइदिएपछि सशस्त्र प्रहरीका पूर्व डीआईजी कोइराला जेलमुक्त भएका हुन् । श्रीमती गीता ढकालको हत्या गरेका काइरालालाई जिल्ला अदालत र पुनरावेदन अदालतले सर्वस्वसहित जन्म कैदको फैसला गरेको थियो । तर, असार १५ मा प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबरा र तेजबहादुर केसीको इजलासले हत्या हुनुमा मृतको गल्ति देखाउदै कोइरालाविरुद्धको सजाय घटाएको थियो । कोइरालाले ८ वर्ष अघि श्रीमतीको हत्या गरी मकवानपुरको जंगलमा लगेर शव जलाएका थिए ।
नारायणी अस्पतालमा मृत्यु भएका वृृद्धमा कोरोना संक्रमण पुष्टि

नारायणी अस्पतालमा मृत्यु भएका वृृद्धमा कोरोना संक्रमण पुष्टि

Main News
जनादेश, काठमाडौं । नारायणी अस्पतालमा मृत्यु भएका वीरगञ्जका ७० वर्षका एक जना वृृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि साउन ६ गते नारयणी अस्पतालमा भर्ना भएका उनको मृत्यु भएको हो । उनको मृत्यु लगत्तै अस्पतालले नमूना संकलन गरी परीक्षणका लागि kठाएको थियो । सो परीक्षणमा उनी कोरोना संक्रमित भएको पुष्टि भएको छ । संक्रकणका कारण मृत्यु भएका उनको शव सेनाले व्यवस्थापन गरिरहेको अस्पतालले जनाएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।
प्रदेश १ का थप चार प्रहरीमा कोरोना संक्रमण पुष्टि

प्रदेश १ का थप चार प्रहरीमा कोरोना संक्रमण पुष्टि

Main News
जनादेश, काठमाडौं । प्रदेश १ का चार प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । यस अघि बुधबार एक जना प्रहरी अधिकृतमा कोरोना पुष्टि भएको थियो । प्रदेश प्रहरी कार्यालयका ११ जना अधिकारीमा गरिएको परीक्षणमा पाँच जनामा संक्रमण पुष्टि भएको प्रहरी कार्यालयले जनाएको छ । यस्तै, आज थप १५० जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाएको जनायउको छ । संक्रमित पाँच जनालाई क्वारेन्टिनमा राखिएको छ ।
स्याङ्जाका एक पुरुषले आफ्नै अण्डकोष काटे

स्याङ्जाका एक पुरुषले आफ्नै अण्डकोष काटे

Main News
जनादेश, काठमाडौँ । स्याङ्जाका एक पुरुषले आफ्नै अण्डकोष काटेका छन् । पुतलीबजार नगरपालिका २ काभ्रे बस्ने ४५ वर्षीय सुक बहादुर गुरुङले घाँस काट्ने हसियाले आफ्ना दुईवटै अण्डकोष काटेका छन् । अण्डकोष चुँडिएका गुरुङलाई जिल्ला अस्पताल स्याङ्जा पुर्‍याइएको थियो । त्यहाँ उपचार हुन नसकेपछि गुरुङलाई गण्डकी अस्पताल पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।