Main News Archives | Page 72 of 81 | Education Patra

Main News

राहत र पुनस्र्थापनाबारे सभामुख सापकोटाको चासो

राहत र पुनस्र्थापनाबारे सभामुख सापकोटाको चासो

Main News
जनादेश, काठमाण्डौ । सभामुख अग्निप्रसाद सापकोटाले भोटेकोशी बाढी, पहिरो र लगातारको वर्षाले निम्त्याएको विपत्ति, सो क्षेत्रका सम्भावित जोखिम र राट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले व्यवस्थापनका लागि गरिरहेको कार्यबारे जानकारी लिनुभएको छ । सभामुख सापकोटाले प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलसँग सो क्षेत्रको जोखिम र नियन्त्रणका लागि भइरहेको पछिल्ला प्रयासबारे जानकारी लिनुभएको हो । सो अवसरमा सभामुख सापकोटाले विपद् भएलगत्तै गरिने राहत, उद्धार र पुनस्र्थापनाको तयारीबारे पनि चासो राख्नुभएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ को भूकम्पबाट धेरै क्षति भएका १४ जिल्लामा गरेको पहिरोसम्बन्धी तथ्याङ्कका आधारमा सिन्धुपाल्चोक पहिराका दृष्टिकोणले सबैभन्दा जोखिममा रहेको प्रमुख पोखरेलले बताउनुभयो । तिब्बतको ‘केरुङ च्छो’ तालमा पानीको मात्रा घटेको सूचना आएकाले तत्क
आमसञ्चारमाध्यमका लगानी पारदर्शी गरिने ः सञ्चारमन्त्री

आमसञ्चारमाध्यमका लगानी पारदर्शी गरिने ः सञ्चारमन्त्री

Main News
जनादेश, काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि एवम् अर्थमन्त्री डा युवराज खतिवडाले आमसञ्चारमाध्यमका लगानी पारदर्शी गर्न सरकार लागिरहेको बताउनु भएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा ‘कोभिड–१९ को सङ्क्रमणले श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रमा पारेको प्रभावका सम्बन्ध’मा भएको छलफलमा उहाँले सबैभन्दा बढी सरोकार भएको क्षेत्र सञ्चार भएकाले यसलाई व्यावसायिक बनाउनका लागि लगानीलाई पारदर्शी बनाउन थालिएको बताउनुभयो । उहाँले कोभिड–१९ का कारणले सञ्चारमाध्यम ‘मध्यम’ रुपमा प्रभावित भएको भन्दै सहुलियतपूर्ण कर्जा, ब्याज तिर्ने अवधि बढाउने जस्तो राहत मौद्रिक नीतिबाट ल्याइएको बताउनुभयो । ‘‘कोभिड–१९ का कारणले सञ्चारमाध्यम मध्यम रुपमा प्रभावित भएको छ’’, उहाँले भन्नुभयो, ‘‘कोभिड–१९ का कारण देखाउँदै सञ्चारमाध्यमले श्रमजीवी पत्रकारलाई कामविहिन बनाउन हँुदैन । रोजगारदाता र श्रमिक मिल
सार्वजनिक यातायात सञ्चालन गर्ने यातायात व्यवसायीको घोषणा

सार्वजनिक यातायात सञ्चालन गर्ने यातायात व्यवसायीको घोषणा

Main News
जनादेश, काठमाण्डौ । आउँदो बिहिवार देखि सार्वजनिक यातायात सञ्चालन गर्ने यातायात व्यवसायीको घोषणा गरेकाछन् । छोटो दुरीको यातायात सञ्चालन गर्न तयार भएका व्यवसायीले पत्रकार सम्मेलनमा लामो दूरीको सवारीसाधन समेत संचालन गर्न सरकारसँग माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा तीन वटै यातायात मजदुर संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले मंगलबार संयुक्त रुपमा  पत्रकार सम्मेलन गरी बिहीबारदेखि यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् । अहिले यातायात व्यवसायीको माग केही हदसम्म सम्बोधन भएपनि उनीहरु गाडी चलाउन तयार भएका हुन् ।
मेलमिलापको नीति काँग्रेसले बिर्सन थाल्यो ः नेता भण्डारी

मेलमिलापको नीति काँग्रेसले बिर्सन थाल्यो ः नेता भण्डारी

Main News
दमौली,  (रासस) ः नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले राष्ट्रिय मेलमिलापको नीति काँग्रेसकै नेता तथा कार्यकर्ताले बिर्सन थालेको बताउनुभएको छ । अठतीसौँ बिपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस व्यास नगर समितिले व्यास नगरपालिका–५ पाटनमा आज आयोजना गरेको वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले वर्षको एकदिन मात्रै कार्यक्रम गरेर बिपीको सम्मान नहुने बताउनुभयो । नेता भण्डारीले भन्नुभयो, “बिपी कोइरालालाई जति मुखले सम्मान गर्छौं, व्यवहारमा त्यो देखिएको छैन, राष्ट्रिय मेलमिलापको नीति पार्टीकै नेता तथा कार्यकर्ताले बिर्सन थालेको आभाष भइरहेको छ ।” बिपीले सधँै आफूभन्दा माथि देश र जनतालाई राखेको स्मरण गराउँदै नेता भण्डारीले बिपीलाई सम्झनेले त्यो कुरालाई सधैँ अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो । नेताहरुको कोठे बैठकले पार्टीलाई नोक्सानी पु¥याउने भन्दै भण्डारीले
मन्त्रिपरिषद् बैठकले ३ सचिवको सरुवा, नयाँ २ सचिवको पदस्थापन

मन्त्रिपरिषद् बैठकले ३ सचिवको सरुवा, नयाँ २ सचिवको पदस्थापन

Main News
जनादेश, काठमाण्डौ । सरकारले ३ सचिवको सरुवा र नयाँ २ सचिवको पदस्थापन गरेको गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ३ सचिवको सरुवा र नयाँ २ सचिवको पदस्थापन गरेको हो । प्रशासन श्रोतलाई प्राप्त प्रारम्भिक सूची अनुसार बैठकले गण्डकी प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, बाग्मती प्रदेशका प्रमुख सचिव तोयम रायलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको छ । त्यसै गरी युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई शिक्षा मन्त्रालयको सचिवमा सरुवा गरेको छ । त्यस्तै केही दिन अघि बढुवा गरेका विष्णु नेपाललाई गण्डकी प्रदेशको प्रमुख सचिव र मान बहादुर विकलाई बाग्मती प्रदेशको प्रमुख सचिवमा सरुवा गर्ने निर्णय गरेको छ
नारायणीको बहाव ४४ वर्षको उच्च

नारायणीको बहाव ४४ वर्षको उच्च

Main News
नारायण अधिकारी चितवन, (रासस) ः नारायणी नदीको बहाव आज बिहान ४४ वर्षयताको सबैभन्दा उच्च भएको छ । बिहान ९ बजे नदीको बहाव ९ दशमलव ९१ मिटर पुगेको थियो । देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख जलविज्ञ रामविकेश रायका अनुसार त्यतिबेला नदीमा पानीको बहाव १४ हजार ७७९ घरमिटर प्रतिसेकेण्ड रहेको थियो । यसअघि सन् १९७४ अगष्ट ५ मा १० दशमलव १ मिटर पानीको तह र १५ हजार ३०० घनमिटर प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो । यसबीचको अवधिमा सन् २०१८ को वर्षात्मा १४ हजार घनमिटर प्रतिसेकेण्ड बहाव र तह ९ दशमलव ६ मिटर रहेको उहाँले जानकारी दिनुभयो । त्यतिबेला पानीको बहाव २७ वर्षयताको सबैभन्दा बढी थियो । सन् १९६३ देखि हालसम्मको तथ्याङ्कलाई हेर्दा नारायणीको शिरतर्फका क्षेत्रमा सन् १९७४ यताको सबैभन्दा बढी पानी परेको देखिन्छ । सन् २०१३ मा १३ हजार घनमिटर प्रतिसेकेण्ड नारायणीको बहा
बाढीले पोल बगाएसँगै विद्युत उत्पादन र वितरण ठप्प

बाढीले पोल बगाएसँगै विद्युत उत्पादन र वितरण ठप्प

Main News
जनादेश, काठमाडौँ । लगातार परेको अविरल वर्षाका कारण कालीगण्डकीको बहाव परिवर्तन हुँदा तातोपानी को टेलरेस लगायत १०० केभीको ट्रान्सर्फमर बगाएको छ । बिजुली वितरणको पोल बगाएसँगै विद्युत उत्पादन र वितरण सबै सेवा बन्द भएको छ । पानी बस्तीमा समेत पस्न थालेपछि स्थानीयहरु घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छनु । निरन्तर वर्षाका काराण सबैविजुली वितरणको काम ठप्प भएको तातोपानी वितरण केन्द्रले जनाएको छ । यसका साथै सबै स्थानीयलाई सुरक्षित रहन आग्रह गरीएको छ ।
घरमाथि पहिरो, तीनको जीवितै उद्दार, दुई बेपत्ता

घरमाथि पहिरो, तीनको जीवितै उद्दार, दुई बेपत्ता

Main News
जनादेश, दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका-८ पस्तीस्थित पहिरो जादाँ एक घर पुरिएको छ । लक्ष्मी ढोलीको घरमाथी खसेका पहिरोमा परी लेकम गाउँपालिका घरभई दिदि भेट्न पस्ती पुगेका अर्जुन दर्जी र मिलन दर्जी बेपत्ता भएको प्रहरीले जनाएको छ । पहिरोमा परी घाइते भएकी ३५ वर्षिय लक्ष्मी ढोली, उनका छोरा वर्ष ९ का शुभम परियार, वर्ष १२ की छोरी सोनिया परियारको भने उद्दार गरिएको छ । घाइतेलाई उपचारका लागि पस्ती स्वास्थ्य चौकी पठाइएको छ भने बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । उ
प्रदेश नं २ : लगातारको वर्षाले जताततै जलाम्य, पशुवस्तुको बिजोग

प्रदेश नं २ : लगातारको वर्षाले जताततै जलाम्य, पशुवस्तुको बिजोग

Main News
महोत्तरी, ६ साउन (रासस) : असार सकिँदै गर्दाको वर्षापछि मौसम उघ्रँदा छाएको खुशी महोत्तरीमा धेरै टिक्न सकेन । गत असार २४ गतेदेखि २९ गतेसम्मको लगातारको वर्षापछि मौसम सफा हुँदा छाएको खुशी एक साता नबित्दै आइतबारदेखि लगातार मुसलधारे पानी परिरहँदा यहाँका सर्वसाधारण कटान र डुबानको चिन्ताले पिरोलिएका छन् । असार अन्तिम साता परेको पानी सुक्न नपाउँदै आइतबारदेखि फेरि पर्न थालेको मुसलधारे पानीले महोत्तरीका मध्य र दक्षिणी क्षेत्रका गाउँ/नगर बस्ती जलमग्न छन् । धानको रोपो नदेखिने गरी पानीले गह्रा टन्न भरिएपछि किसानलाई रोपो गल्ने पिरोलो बढेको छ । पानीको उपयुक्त निकास नहुँदा सडक बाटाघाटा हिलाम्मे छन् । आइतबार बिहानदेखि पर्न थालेको पानी नरोकिँदा सबभन्दा बढी सकस पशुवस्तु चरनमा परेको छ । चरनक्षेत्र पानीले डुबेको र लगातारको वर्षाले वैकल्पिक आहार जुटाउन नसकिँदा गाईवस्तु गोठमा कराइरहेका सुन
रम्भादेवी मन्दिरको मूर्ति र दानपत्र चोरी

रम्भादेवी मन्दिरको मूर्ति र दानपत्र चोरी

Main News
जनादेश, पाल्पा । पाल्पाको रम्भादेवी मन्दिरको मूर्ति चोरी भएको छ । रम्भा गाउँपालिकाको वडा नं. १ स्थित तीनधारे सामुदायिक जंगलभित्र रहेको रम्भादेवी मन्दिरभित्र रहेको दुर्गाको र गणेशको मूर्तिसहित दानपात्र चोरिएको हो । मन्दिरको मूलढोकाको ताला फोडेर मूर्ति र दानपात्र चोरी भएको प्रहरीले जनाएको छ । चोरी भएका सुचना पाएगत्तै घटनास्थल पुगेको प्रहरीले मूर्ति र दानपत्र फेला पारेको छ । मन्दिर चोरी गर्ने चोर भने फरार भएकाले घटनाका थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।