Main News Archives | Page 73 of 81 | Education Patra

Main News

पृथ्वी राजमार्ग खोल्न अझै दुई दिन लाग्ने

पृथ्वी राजमार्ग खोल्न अझै दुई दिन लाग्ने

Main News
चितवन । पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ । सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने गर्दछ । कार्यालयका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार आज पनि ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी छ । बिहान मात्र जोगिमारामा ठूलो पहिरो खसेको छ । उहाँले भन्नुभयो, “मुग्लिन–नौबिसे सडकखण्डमा मात्र साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । सबैभन्दा बढी समस्या मौवाखोलामा रहेको छ ।” मौवाखोलामा पानीको बहाव घटेमा ग्याविन जालीमा ढुङ्गा भर्ने तयारीमा रहेको उहाँले बताउनुभयो । यसका लागि नुवाकोटबाट जाली मगाइएको छ । बाटो अवरोध भएकाले आइपुग्न समय लाग्ने छ । बेलिब्रिजभन्दा यो सहज र छिटो हुने उहाँले बताउनुभयो । स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतसँग आज बिहान छलफल गरी काम अघि
शिक्षक तालिम केन्द्रमा सशस्त्र प्रहरी बस्यो

शिक्षक तालिम केन्द्रमा सशस्त्र प्रहरी बस्यो

Main News
जनादेश,रासस: डोटी । सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलको जोगीडाब्रेमा स्थापना गरिएको सशस्त्र प्रहरीको ३६ नं गण अहिलेसम्म आफ्नो भवन नहुँदा शिक्षक तालिम केन्द्रमा बस्दै आएको छ । स्थापना भएको तीन वर्ष बितिसक्दासमेत आफ्नो भवन नहुँदा निकै समस्या हुँदै आएको गणले जनाएको छ । भवन त परै जाओस् गण निर्माणका लागि जग्गासमेत खरिद नगरिएका कारण समस्या उत्पन्न हुन थालेको छ । उक्त गण स्थापनाका लागि तीन वर्ष पहिले दिपायल सिलगढी नगरपालिका–४ जोगीडाब्रेमा रहेको शिक्षक तालिम केन्द्रका भवनहरु दिइएपछि अहिले सुदूरपश्चिम प्रदेशबाट तालिमका लागि आउने शिक्षकलाई बास बस्नका लागि समेत समस्या हुँदै आएको शिक्षक तालिम केन्द्र जोगीडाब्रेले जनाएको छ । स्थापना गरिएको तीन वर्ष बितिसक्दा समेत आफूहरुका आफ्नो भवन नभएका कारण शिक्षक तालिम केन्द्रले अस्थायीरूपमा प्रदान गरेको आवासगृहमा बस्दै आएको सशस्त्र प्रहरी बल
पानीको बहाव बढेपछि कोसी ब्यारेजको ४८ ढोका खुल्ला गरियो

पानीको बहाव बढेपछि कोसी ब्यारेजको ४८ ढोका खुल्ला गरियो

Main News
जनादेश, काठमाडौं । सप्तकोसी नदीमा पानीको बहाव यसै वर्षकै उच्च भएको छ । मंगलबार बिहानको मापन अनुसार कोसी ब्यारेज भएर ३ लाख २९ हजार ३ सय ८० क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको ब्यारेज नियन्त्रण कक्षले जनाएको छ । पानीको बहाब उच्च भएपछि ब्यारेजका ५६ मध्ये ४८ वटा ढोका खोलिएको छ । बहावले खतराको सतह पार गरेपछि तटीय क्षेत्रमा रहेका बस्तीमा सर्तक रहन आग्रह गरिएको छ ।
गण्डकी प्रदेश बाढी अपडेट : सडक, पुल र मन्दिर बगायो, एक बेपत्ता

गण्डकी प्रदेश बाढी अपडेट : सडक, पुल र मन्दिर बगायो, एक बेपत्ता

Main News
म्याग्दी । निरन्तरको भीषण वर्षापछि कालीगण्डकी, म्याग्दी र रघुगङ्गा नदीमा सोमबार आएको बाढीले म्याग्दीको विभिन्न ठाउँमा सडक, तीन मोटरेबल, दुई झोलुङ्गे पुल तथा दुई ठाउँमा मन्दिर बगाएको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाको रुप्सेखोलामा आएको बाढीले निर्माणाधीन र पुरानो मोटरेबल पुल पुरेको छ । अन्नपूर्ण–३ काभ्रेको भजेनीखोलामा आएको बाढीले स्थानीय ६५ वर्षीय बलबहादुर गर्बुजालाई बेपत्ता बनाएको वडा सदस्य हस्तबहादुर पुनले बताउनुभयो । बेनी–जोमसोम सडकअन्तर्गत घाँसखोलामा आएको बाढीले निर्माणाधीन मोटरेबल पुल पनि पुरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो । बाढीले घोप्टेभिर, घाँसाखोला, भुरुङ–तातोपानी र रुप्से झरना आसपासका क्षेत्रमा सडक बगाएको छ । रुप्सेखोलाको मोटरेबल पुलको दुईतर्फ पिलर ठड्याइएको थियो । घाँसाखोलाको पुल ढलान गर्न सेटिङ गरिएको थियो । रुप्से झरनाको परिसरमा र
रुङ छ्यो ताल फुट्ने खतरा, भोटेकोशीका तटीय क्षेत्रमा सतर्क रहन आग्रह

रुङ छ्यो ताल फुट्ने खतरा, भोटेकोशीका तटीय क्षेत्रमा सतर्क रहन आग्रह

Main News
देवराज सुवेदी सिन्धुपाल्चोक, (रासस) ः तिब्बतको खासास्थित केरुङ छ्यो ताल फुट्ने खतरा रहेको भन्दै स्थानीय प्रशासनले सुरक्षित रहन प्रभावित क्षेत्रका नागरिकलाई आग्रह गरेको छ । सो ताल फुट्दा भोटेकोशी नदीमा बाढी आउने सम्भावना रहेकाले नेपालतर्फको तातोपानी क्षेत्रदेखि बाह्रबिसे, खाडीचौरलगायतका भोटेकोशी नदीतटीय सबै क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले अनुरोध गरेको हो । जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ सूचना जारी गर्दै सुरक्षा सतर्कता उपनाउन तल्लोतटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । ‘‘खासा क्षेत्रमा रहेको केरुङ छ्यो ताल फुट्ने खतरा बढेको छ,’’ चिनियाँ समकक्षीलाई उद्धृत गर्दै प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सोही सूचनाका आधारमा तल्लोतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल गरिएको बताउनुभयो । चिनियाँ समकक्षीले सोमबार साँझपख मात्रै ता
कानून कार्यान्वयनमा नचुक्नुस् ः प्रहरी महानिरीक्षक

कानून कार्यान्वयनमा नचुक्नुस् ः प्रहरी महानिरीक्षक

Main News
  काठमाडौँ, ५ साउन (रासस) ः प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कानूनको कार्यान्वयनमा नझुक्न र नचुक्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ । नेपाल पुलिस क्लबमा आज आयोजित महानगरीय प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई उच्च नैतिक आचरण र व्यवहार प्रदर्शन गरी आफ्नो पेशागत कर्तव्य पूरा गर्न प्रहरी महानिरीक्षक थापा क्षेत्रीले निर्देशन दिनुभएको हो । प्रहरी कार्यालयमा आउने हरेक सेवाग्राहीसमक्ष प्रहरीले उच्च आचरण र व्यवहारसहित प्रस्तुत भएमा प्रहरीप्रति आम नागरिकको दृष्टिकोण सकारात्मक रुपमा परिवर्तन हुने उहाँले बताउनुभयो । अपराध अनुसन्धान तथा नियन्त्रणलाई थप प्रभावकारी, मजबुद तथा परिणाममुखी बनाउनुपर्नेमा जोड दिँदै उहाँले प्रहरी सङ्गठनले समेत समयानुसार आफूलाई परिवर्तन गर्दै पुलिसिङका नयाँ तरिका र पेशासम्बन्धी अध्ययन गरी अगाडि बढ्नुपर्ने बताउनुभयो । कोरोना
टेलिकमको सङ्घीय संरचना परिवर्तन गर्ने कार्य शुरु

टेलिकमको सङ्घीय संरचना परिवर्तन गर्ने कार्य शुरु

Main News
काठमाडौँ,(रासस) ः नेपाल टेलिकमले मुलुकको सङ्घीय संरचनानुसार कम्पनीको संरचना परिवर्तन गर्ने कार्य शुरु गरेको छ । टेलिकमको सञ्चालक समितिको २०७६ फागुन १९ को निर्णयबमोजिम काम शुरु गरिएको प्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो । निर्णयानुसार टेलिकमले मुलुकको सङ्घीय संरचनाबमोजिम कामकाज गर्न सहज हुनेगरी नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, विराटनगर प्रदेश नं. १, प्रादेशिक निर्देशनालय, वीरगञ्ज प्रदेश नं. २, प्रादेशिक निर्देशनालय, काठमाडौँ बागमती प्रदेश, प्रादेशिक निर्देशनालय, पोखरा गण्डकी प्रदेश, प्रादेशिक निर्देशनालय, भैरहवा प्रदेश नं. ५, प्रादेशिक निर्देशनालय, सुर्खेत कर्णाली प्रदेश र प्रादेशिक निर्देशनालय अत्तरिया, सुदूरपश्चिम प्रदेशको स्थापना गर्ने भएको छ । टेलिकमले आइतबार साविक पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयअन्तर्गत रहेको नेपाल टेलिकमको पोखरास्थित कार्यालयलाई सङ्घीय संरचनानुसार नेपाल ट
पृथ्वी राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्ग अवरुद्ध

Main News
जनादेश, काठमाण्डौ । आइतबार रातिदेखि परेको अबिरल वर्षाले चितवन र धादिङको सिमानामा पर्ने पृथ्वी राजमार्गको मौवा खोला पुलको एप्रोच सडक बगाएको छ । खोलाले सडक बगाएपछि राजमार्ग पूर्ण रुपमा ठप्प छ । मौवा खोलाले सडक कटान गरेपछि पुलसमेत जोखिममा छ । बाह्र मिटर पुलको एप्रोच सडकको भाग बाढीले बगाएको सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनीयर शिव खनालले जानकारी दिनुभयो । उहाँले जति सक्दो छिटो सडक मर्मत गरी यातायात सञ्चालनको प्रयास गरिने बताउनुभयो । जोगिमारा प्रहरी कार्यालयका हवल्दार उपेन्द्र श्रेष्ठले दिउँसो पुल भासिएर मानिससमेत हिँड्न नसक्ने भएको जानकारी दिनुभयो । उहाँले वैकल्पिक उपाय नखोजेसम्म तत्काल सडक सञ्चालनको सम्भावना नरहेको बताउनुभयो ।
लकडाउनमा बढ्यो महिला बेचबिखन, ४२ जनाको उद्दार

लकडाउनमा बढ्यो महिला बेचबिखन, ४२ जनाको उद्दार

Main News
जनादेश, काठमाडौँ । नेपालमा कोरोना महामारी शुरु भएपछि सरकारले लागू गरेको लकडाउनका बेला नेपाल तथा भारतको बिभिन्न स्थानबाट मानव बेचबिखन गर्न लगेका नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले ४२ जनालाई नियन्त्रणमा लिएको छ । ब्युरोले गत चैत २६ गते शिवरात्रीका दिन काभ्रे पनौतीकी १३ बर्षीया बालिकालाई जन्मदिन मनाइदिने भन्दै भारतको ओसानमा लगेर बिक्रि गर्ने इशा श्रेष्ठ लगायत दुई जनालाई पक्राउ गरी कारवाही अगाडि बढाएको छ । त्यस्तै लकडाउनकै बेला असार १७ गते भारतबाट तेस्रो मुलुक कुवेत, इराक र साउदीमा काम लगाईदिने भन्दै काठमाडौ, पोखरा, बुटवल, दाङ हुंदै नेपालगन्ज नाकाबाट भारतको नयादिल्लीस्थित बुरारी जोरदामा एउटा घरमा बन्धक बनाई राखेको अवस्थामा ब्युरोको समन्वयमा नेपाली देशभक्त आवाज र शान्ति पुनस्थापन केन्द्रको सहयोगमा ६ जना महिलालाई उछार गरेको थियो । त्यसैगरी भारतको मनिपुरबाट २१ जना नेपाली य
गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डेढ लाख घुससहित पक्राउ

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डेढ लाख घुससहित पक्राउ

Main News
जनादेश, काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद जैसी डेढ लाख घुससहित रङ्गेहात पक्राउ परेका छन् । आफ्नै कार्यकक्षमा सेवाग्राहीबाट घुस रकम लिइरहेको अवस्थामा जैसीलाई अख्तियार दूरुपयोग अनुसन्धानको टोलीले पक्राउ गरेको हो ।