Main News Archives | Page 74 of 81 | Education Patra

Main News

प्यूठानमाः शव परीक्षणपछि परिवारको जिम्मा

प्यूठानमाः शव परीक्षणपछि परिवारको जिम्मा

Main News
झिमरुक, (रासस) ः प्यूठानमा शनिबार राति ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको शव परिवारको जिम्मा लगाइएको छ । प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा शव परीक्षणपछि आज बिहान परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताउनुभयो । रोल्पा रुन्टिगढी गाउँपालिका– ५ वाइजाका अन्दाजी २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १९ वर्षीय वीरेन्द्र बाठामगर, १९ वर्षीय थमन बाठामगर, कविराम बस्नेत, गोवर्धन बुढामगर र ट्र्याक्टर चालक रोल्पाको त्रिवेणी गाउँपालिकाका २५ वर्षीय कमल कुँवरको शव परिवारको जिम्मा लगाइएको उहाँले बताउनुभयो । स्वर्गवारी नगरपालिका–३ रुमालेमा शनिबार राति लु२त ४२३४ नं को ट्र्याक्टर दुर्घटना हँुदा भिङ्ग्री –स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको थियो । ट्र्याक्टरमा सवारमध्ये रोल्
सिद्धार्थ बैङ्कका पूर्व सञ्चालक सिलवाल पक्राउ

सिद्धार्थ बैङ्कका पूर्व सञ्चालक सिलवाल पक्राउ

Main News
जनादेश, काठमाण्डौ ।  सिद्धार्थ बैङ्कका पूर्व सञ्चालक मधुसूदन सिलवाल पक्राउ परेको कुरा अनुसन्धान ब्युरो(सिआइबी)ले जनाएकोछ। बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी सिलवाललाई केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) को टोलीले आइतबार पक्राउ गरेको हो । उनलाई एउटा मुद्दामा दुई वर्ष कैद र ३० लाख धरौटी जफत र अर्कोमा तीन वर्ष कैद र एक करोड रुपैयाँ जरिवाना सजाय तोकिएको थियो । सिलवालमाथि दुई ओटा बैङ्किङ कसुरका मुद्दा दायर भएको ब्युरो स्रोतले जानकारी दिएको छ । सिलवालमाथि कमसल धितो कर्जा लिएको अभियोग लागेको थियो ।
‘किसानसँग गाउँ सरकार कार्यक्रम’

‘किसानसँग गाउँ सरकार कार्यक्रम’

Main News
झिमरुक, (रासस) ः सरुमारानी गाउँपालिकाले चालू आर्थिक वर्ष ०७७/७८ का लागि रु ४१ करोड ३५ लाख ६८ हजार ६०० बराबरको बजेट विनियोजन गरेको छ । गाउँपालिकाले ‘किसानसँग गाउँसरकार कार्यक्रम’ लाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिने भएको छ । आव ०७५/७६ बाट सञ्चालन गरिएको यो कार्यक्रम निरन्तररुपमा चलिरहेको छ । कार्यक्रम अन्र्तगत अघिल्ला आर्थिक वर्षहरुमा बाख्रापालन, मौरीपालन, केराखेती, धानखेती र अदुवाखेतीका लागि किसानलाई अनुदानका कार्यक्रम सञ्चालन भएका थिए । चालू आवमा भने यस कार्यक्रममार्फत कोभिड–१९ का कारण सिर्जित प्रतिकूल अवस्थालाई अवसरका रुपमा लिइ रोजगारी गुमाएका नागरिकको जीविकोपार्जनका लागि कार्यक्रम सञ्चालन गरिने गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले बताउनुभयो । कोरोना सङ्क्रमणका समयमा भारत तथा तेस्रो मुलुकबाट पालिका क्षेत्रभित्र आएका व्यक्तिको तथ्याङ्क सङ्कलन गर्ने,
पहिरोले घर बगाउँदा आमाछोरी बेपत्ता

पहिरोले घर बगाउँदा आमाछोरी बेपत्ता

Main News
न्युज अफ नेपाल, दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा पहिरोले घर बगाउँदा आमाछोरी बेपत्ता भएका छन् । आइतबार बेलुका आएको पहिरोमा परी नौगाड ६ की ३५ वर्षीया मानमती ठगुन्ना र उनकी ६ वर्षीया छोरी रेवती ठगुन्ना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बेपत्ता उनीहरुको खोजी भइरहेको छ । सो पहिराले एक विद्यालय भवन, कुखुरा फर्म, पानी घट्ट र स्थानीयको गोठमा रहेका गाईबाख्रा बगाएको छ भने तीनवटा घर क्षतिग्रस्त भएका छन् ।
मोटरसाईकल चोरी गर्ने १४ पक्राउ, कर्मचारी पनि नियन्त्रणमा

मोटरसाईकल चोरी गर्ने १४ पक्राउ, कर्मचारी पनि नियन्त्रणमा

Main News
चन्द्रप्रकाश नेपाली घोराही । दाङमा प्रहरीले चोरीका मोटरसाईकल सहित १४ जनालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले आज पत्रकार सम्मेलन गरी विभिन्न स्थानबाट मोटरसाईकल सहित पक्राउ परेका १४ जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा घोराही १३ का सञ्जय परियार, घोराही १४ का समिर सुनार, सुबास सार्की, केन्द्रबहादुर डाँगी, घोराही १६ का सागर हमाल र घोराही १७ का निरज योगी रहेका छन् । त्यसैगरी, लमही ७ का धनीराम चौधरी, हेमन्त गिरी, पाल्टुराम चौधरी, प्रकाश चौधरी, राजपुर २ का रविप्रताब बुढा, राजकुमार यादब, प्रियतम चौधरी र आयोज चौधरी चोरी गरेको मोटरसाईकल सहित पक्राउ परेका हुन् । उनिहरुले विभिन्न स्थानबाट मोटरसाईकल चोरी गर्ने, नम्बर प्लेट परिबर्तन गर्ने र बेच्ने समेत गर्दै आएको खुलेको प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिनुभयो । साथै प्रहरीले यातायात व्यवस्था कार्यालय राप्ती तुलस
सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णय भएको छैन : महासङ्घ

सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णय भएको छैन : महासङ्घ

Main News
काठमाडौँ,  (रासस) : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सोमबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने विषयमा कुनै निर्णय भइनसकेको जनाएको छ । महासङ्घले यातायात व्यवस्था विभागसँग नियमित वार्ता र छलफल भइरहे पनि अहिलेसम्म निर्णयमा नपुगिएको जनाएको हो । सरकारले गत असार २३ मा छोटो दूरीमा सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णयपछि व्यवसायी र मजदूर सङ्गठन नियमित विभागसँग छलफल गरिरहेका छन् । मजदूरको कोरोना बीमा र चालक, सहचालक र यात्रुको स्वास्थ्य सुरक्षाका विषयमा अहिले विभागमा सरोकार राख्ने निकायका प्रतिनिधि बोलाएर छलफल भइरहेको महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो । केही दिन पहिले मात्रै काठमाडौँ उपत्यकाका केही स्थानीय तहका प्रमुखसँग सवारीसाधन चढ्नु पहिले हात धुनका लागि साबुनपानीको व्यवस्था कसले गर्ने भनी छलफल भएको थियो । उहाँले भन्नुभयो, “सार्वजनिक सवारीसाधनबाट सङ्क्रमण नफैलियोस
अर्ली महाधिवेशन अल्झाउने प्रस्ताव

अर्ली महाधिवेशन अल्झाउने प्रस्ताव

Main News
जनादेश, काठमाण्डौ । साउन नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहालले मंसीरमा महाधिवेशन गर्ने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा आफूले समर्थन नगरेको प्रष्टीकरण दिनुभएको छ । आज आफ्नै निवास खुमलटारमा सचिवालयका सदस्य रस्थायी कमिटीका सदस्यसमेत राखेर दाहालले अस्तीको राजनीतिक घटनाक्रम र मंसीरको महाधिवेशनबारे प्रस्टीकरण दिनुभएको हो । अस्तीकोसचिवालय बैठकमा मंसीरमा महाधिवेशन गर्ने ओलीको प्रस्तावमा दाहालले समर्थन जनाएपछि वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाउनुभएको थियो । अप्रत्याशित रुपमा बोलाएर आफु गएको र पार्टी कमिटीले जे भन्छ त्यही अनुसार अगाडि बढ्ने प्रचण्डको भनाई छ । पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने अडानका कारण असार १० देखि सुरु ने
चौविस घण्टामा देशभर थपिए १५६ जना कोरोना संक्रमित, संक्रमितको संख्या १७ हजार ६५८

चौविस घण्टामा देशभर थपिए १५६ जना कोरोना संक्रमित, संक्रमितको संख्या १७ हजार ६५८

Main News
थप ५८ जना डिस्चार्ज, डिस्चार्ज हुनेको कुल संख्या ११ हजार ६९५ जनादेश, काठमाण्डौ । काठमाडौँ, ४ साउन । पछिल्लो चौविस घण्टामा देशभर थप १५६ जनामा कोरोना भाइरस(कोभिड-१९) संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा ३ हजार ७४१ वटा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा १५६ जनामा संक्रमण देखिएको बताए । यो संगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ। हाल ८ वटा जिल्ला संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप ५८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ११ हजार ६९५ पुगेको छ । देशभरका बिभिन्न क्वारेनटिनमा २२ हजार ६६२ जना रहेका छन् ।
सम्बन्ध विच्छेद र जबर्जस्ती करणीका मुद्दामा वृद्धि

सम्बन्ध विच्छेद र जबर्जस्ती करणीका मुद्दामा वृद्धि

Main News
गाईघाट, (रासस)ः दयपुर जिल्लामा बर्सेनी सम्बन्ध विच्छेद र जबर्जस्ती करणीका मुद्दा बढ्दै गएको छ । आर्थिक वर्ष २०७६/७७ को असार मसान्त सम्ममा जिल्लामा दुई सय १८ मुद्दा सम्बन्ध विच्छेद सम्बन्धी रहेको जिल्ला अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताउनुभयो । यस्तै सोही आवमा ८३ वटा मुद्दा जबर्जस्ती करणी सम्बन्धी रहेका छन् । तीन वर्षदेखि निरन्तर रुपमा सबैभन्दा बढी अदालतमा सम्बन्ध विच्छेद र त्यसपछि जबर्जस्ती करणीका मुद्दा वृद्धि हुँदै गएको अदालतले जनाएको छ । जिल्ला अदालतले हालै न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक कार्यक्रमअन्तर्गत कार्य सम्पादन समीक्षा सार्वजानिक कार्यक्रममा सो जानकारी दिइएको हो । लागुऔषध सम्बन्धीका मुद्दाहरु पनि बढ्दै गएको छ । जिल्ला न्यायाधीश दीपक खनालका अनुसार यस्ता घटनामा वृद्धि हुनुमा समाजमा संस्कार चेतना र कानूनी ज्ञानको अभाव रहेको छ । जिल्ला न्यायाधीश तीर्थ केसी भन्न
आफ्नै भान्जालाई अपहरण गरी हत्या गर्ने मामा १३ वर्षपछि पक्राउ

आफ्नै भान्जालाई अपहरण गरी हत्या गर्ने मामा १३ वर्षपछि पक्राउ

Main News
जनादेश, काठमाडौँ । १३ वर्षअघि आफ्नै ११ वर्षीया भाञ्जाको अपहरणपछि हत्या गरेर फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मुजफ्फरपुरका ४५ वर्षीय राजेशकुमार गुप्ता रहेको प्रहरीले जनाएको छ । फरार रहेका राजेशलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सर्लाही मलंगवा–८ बाट शनिबार पक्राउ गरेको हो । राजेशले २०६४ असोज २४ गते भारत सितामणि घर भई काठमाडौं–२२ खिचापोखरी बस्ने बासुदेव गुप्ताका छोरा रोहित गुप्ताको अपहरण गरी हत्या गरेका थिए । अपहरणमा परेका बालकका बुबाले फिरौती बापत दुई लाख रुपैया समेत बुझाएका थिए । घटनाको अनुसन्धान गर्दै जादा उक्त अपहरणकारी ती बालकका आफ्नै मामा रहेको खुलेको थियो । बालकको शव पुस २७ गते काठमाडौं–३२ कमलादीस्थित गणेश मन्दिर नजिक सडक पेटीमा प्लास्टिकको बोरामा फालेको अवस्थामा भेटिएको थियो। गुप्ताले आफ्नै पसलमा काम गर्ने धादिङका विष्णु सुनारको सं