Main News Archives | Page 77 of 81 | Education Patra

Main News

लघुवित्त वित्तीय संस्थाहरुको इजाजत बन्द

लघुवित्त वित्तीय संस्थाहरुको इजाजत बन्द

Main News
काठमाडौँ (रासस) : नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको इजाजत दिने कार्यमा रोक लगाएको छ । आज सार्वजनिक चालु आर्थिक वर्षको मौद्रिक नीतिमा अनुमतिको प्रक्रियामा रहेका लघुवित्त वित्तीय संस्थाको इजाजत प्रक्रियासमेत खारेज गरिएको छ । लघुवित्त संस्थाको सङ्ख्या बढी भएको ठहर गर्दै तत्कालका लागि रोक लगाइएको केन्द्रीय बैंकले जनाएको छ । प्रदेशस्तरमा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाले तोकिएको प्रदेश बाहेकका क्षेत्रमा सञ्चालनमा रहेका शाखा कार्यालय विक्री, बन्द वा स्थानान्तरण गरी एउटै प्रदेशमा सीमित गर्ने समय २०७८ असार मसान्त कायम गरिएको छ । यस्तै तोकिएका कृषि, लघु उद्यम तथा व्यवसाय गर्ने विपन्न तथा न्यून आय भएका व्यक्ति, फर्म वा समूहलाई प्रदान गरिने कर्जा सीमा रु सात लाखबाट बढाई रु १५ लाख कायम गरिएको छ । लघु वित्त वित्तीय संस्थाले आफ्ना ग्राहकसँग लिने व्याजदर अधिकतम १५ प्रत
मौद्रिक नीति सार्वजनिक

मौद्रिक नीति सार्वजनिक

Main News
काठमाडौँ, (रासस) ः नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ नीति केन्द्रित गरिएको बताउनुभयो । सरकारले चालू आवमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । सोही लक्ष्यलाई पूरा गर्न नीतिमा केही विषय समावेश गरिएको छ । कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभाव न्यून गर्ने लक्ष्यका साथ कृषि, ऊर्जा तथा साना तथा मझौला उद्योगमा लगानी गर्ने गरी नीतिमा विशेष जोड दिइएको छ । कृषि विकास बैंकलाई कृषि क्षेत्रको विकासका लागि अगुवा बैंकका रुपमा अगाडि बढाउने नीतिले लक्ष्य राखेको छ । यस्तै बैंक तथा वित्तीय संस्थालाई कृषि क्षेत्रमा लगानीका लागि थप प्रोत्साहन गर्ने गरी नीति तय गरिएको गभर्नर अधिकारीले जानकारी दिनुभयो । उहाँले यतिबेला मौद्रिक नीति सा
कारवाही सुरु गर्न विप्लवको निर्देशन

कारवाही सुरु गर्न विप्लवको निर्देशन

Main News
जनादेश संवाददाता काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले स्थगित गरिएको ‘कारवाहीका कार्यक्रमहरु’ पुनः सूचारु गर्न निर्देशन दिएका छन्। आवश्यकताअनुसार प्रतिरक्षात्मक एवं प्रतिरोधात्मक कारवाहीहरु संचालन गर्न सबै पाटीपंक्तिलाई विशेष निर्देशन गर्दछौं प्रेस वक्तव्यमा भनिएकोछ । कोरोना संक्रमणका कारण लकडाउन जारी भएपछि विप्लवले यसअघि विज्ञप्ति जारी गर्दै कामकारवाही स्थगित गरिएको जनाएका थिए। तर, लकडाउनकै बीच थुप्रै कार्यकर्तालाई प्रहरीले पक्राउ गरेपछि विप्लवको पछिल्लो विज्ञप्ति आएको हो। बुधबार मात्रै प्रहरीले कैलालीबाट नेकपाका केन्द्रीय सदस्य तथा सेति-महाकाली इन्चार्ज ओम प्रकाश पुन र उनकी पत्नी पूर्णीमा पुनलाई गिरफ्तार गरेको थियो। उक्त पार्टीले भ्रष्टाचारीहरु आफ्नो निशानामा रहने बताउँदै आएको छ।
पोखरा विश्वविद्यालयमा नेतृत्व नहुँदा योजना तर्जुमा र नीति निर्माणमा समस्या

पोखरा विश्वविद्यालयमा नेतृत्व नहुँदा योजना तर्जुमा र नीति निर्माणमा समस्या

Main News
गण्डकी (रासस) : पोखरा विश्वविद्यालयको २४ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमका वक्ताले विश्वविद्यालय नेतृत्वविहीन बन्दा योजना तर्जुमाका साथै नीति निर्माणमा समस्या भइरहेकोमा जोड दिएका छन् । विगत १० महिनायता विश्वविद्यालयको उपकुलपति नियुक्ति नहुँदा नीति निर्माणका साथै हजारौँ विद्यार्थीको भविष्य अन्योलमा परेको छ । उपकुलपति बिना विश्वविद्यालयको कार्यकारी परिषद्, प्राज्ञिक परिषद्, परीक्षा समिति सबै भूमिकाविहीन बनेको छ । उपकुलपतिमार्फत नै नियुक्ति सिफारिस हुने रजिष्ट्रार, स्वास्थ्य विज्ञान तथा प्रविधि र मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीनको पदसमेत रिक्त छ । व्यवस्थापन सङ्कायका डीन प्रा हरिबहादुर खड्काले पूर्णकालीन पदाधिकारी नहुँदा विश्वविद्यालयको महत्वपूर्ण कार्यकारी र प्राज्ञिक परिषद् बस्न नसकेको बताउनुभयो । यसले विश्वविद्यालयको योजना तर्जुमा र नीति निर्माणमा समस्या उ
महाधिवेशन प्रभावित गर्न खोजेको भन्दै कांग्रेसका असन्तुष्टले दर्ता गराए ध्यानाकर्षण पत्र

महाधिवेशन प्रभावित गर्न खोजेको भन्दै कांग्रेसका असन्तुष्टले दर्ता गराए ध्यानाकर्षण पत्र

Main News
स्रोतः आजको नागरिक दैनिक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी  विधान र निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै असन्तुष्ट पक्षले पार्टी केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र दर्ता गराएका छन् । असन्तुष्ट पक्षले पार्टीको १४औं महाधिवेशनको प्रक्रिया सुरु भइसकेपछि पनि विभागहरू गठन र सदस्य मनोनित गर्ने काम जारी राखेको भन्दै त्यसलाई रोक्न माग गर्दै लिखित ध्यानाकर्षण पत्र दर्ता गराएका हुन् । नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले संयुक्तरुपमा हस्ताक्षरसहितको पत्र बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दर्ता गराउँदै उनीहरूले महाधिवेशनलाई अनुचित प्रभाव पार्ने काम बन्द गर्न आग्रह गरेका छन् । विधि र पद्धति मिचेर हाल गठन भएका विभागहरू स्वीकार्य नहुने जनाउँदै उनीहरुले भनेका छन्, ‘आशन्न महाधिवेशनको स्वच्छता एबं निष्पक्षतालाई ध्यानमा राख्दै यस्तो
१५ दिनमा शीर्ष नेताबीच नौपटक संवाद, तर विवाद जहाँकोतहीँ, ओलीको प्रस्ट अडान : जस्तोसुकै स्थिति पनि सामना गर्छु, तर दुवै पद छाड्दिनँ

१५ दिनमा शीर्ष नेताबीच नौपटक संवाद, तर विवाद जहाँकोतहीँ, ओलीको प्रस्ट अडान : जस्तोसुकै स्थिति पनि सामना गर्छु, तर दुवै पद छाड्दिनँ

Main News
शुरोजङ्ग पाण्डे काठमाडौं । नेकपा शक्तिसंघर्ष केन्द्रीय कमिटीमा लग्ने तयारी सहमति गर्ने दुई सातादेखिको प्रयास असफल भएपछि नेकपाको आन्तरिक विवाद फेरि स्थायी कमिटीमै फर्किने भएको छ । स्थायी कमिटीबाट केन्द्रीय कमिटी बैठक बोलाउने तयारी भएको छ । १७ असारयता चारपटकसम्म स्थगित स्थायी कमिटी बैठक शुक्रबार बालुवाटारमा बोलाइएको छ । स्थायी कमिटी बैठकमा पेस भएका एजेन्डा र पार्टी विवादमाथि छलफलका लागि भदौ पहिलो साता केन्द्रीय कमिटी बैठक बोलाउने तयारी छ । योसँगै प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने नेकपाभित्रको माग कम्तीमा एक महिना पछाडि धकेलिनेछ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार भएको अध्यक्ष ओली, पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहितको छलफल निष्कर्षविहीन भएपछि विवाद स्थायी कमिटीमै फर्किने निश्चित भएको हो । सहमतिको कुनै नयाँ निकास नआए प
तातोपानी भन्सारबाट एक अर्ब ६० करोड राजश्व सङ्कलन

तातोपानी भन्सारबाट एक अर्ब ६० करोड राजश्व सङ्कलन

Main News
चौतारा, २ साउन (रासस) : नेपाल–चीनको उत्तरी नाका तातोपानी भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७६/७७ मा रु एक अर्ब ५९ करोड ६५ लाख ५८ हजार ९७९ राजश्व सङ्कलन भएको छ । सो आर्थिक वर्षमा राजश्व सङ्कलन गर्न वार्षिक लक्ष्य नतोकिएको हुँदा उक्त राजश्व भन्सार महशुल, मूल्य अभिवृद्धि कर कृषि सुधार तथा सडक सुधार शुल्कलगायत शीर्षकमा सङ्कलन भएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो । कोरोना भाइरस सङ्क्रमण फैलिएपछि सो नाका पनि २०७६ माघ १६ गतेदेखि बन्द भई चैत २६ गते मात्र पुनः सुचारु भएको थियो । सो नाका भएर चीनबाट औषधि तथा औषधिजन्य सामग्री, फलफूल, विद्युतीय सामान, तयारी पोशाक तथा जुत्तालगायत सामान आयात भएको भन्सार कार्यालयले जनाएको छ ।