Public Service Preparation Archives | Education Patra

Public Service Preparation

इञ्जिनियर पदको परीक्षा सञ्चालन भएको छैन : आयोग

इञ्जिनियर पदको परीक्षा सञ्चालन भएको छैन : आयोग

Employment, Main News, Public Service Preparation
धनगढी। सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले आयोगबाट यो प्रदेशमा इञ्जिनियर पदको कुनै पनि परीक्षा सञ्चालन नभएको जनाएको छ । आयोगको नाममा नक्कली सूचना जारी भएर परीक्षासमेत सञ्चालन भएको समाचार सञ्चार माध्यममा आएपछि आयोगले इञ्जिनियर पदको कुनै पनि परीक्षा सञ्चालन नभएको स्पष्ट पारेको हो । आयोगका प्रवक्ता हिरालाल चौधरीले अहिलेसम्म आयोगले इन्जिनियर पदको परीक्षा सञ्चालन नगरेको बताउनुभयो । “आयोगले अहिलेसम्म इञ्जिनियर पदको परीक्षा सञ्चालन गरेको छैन”, उहाँले भन्नुभयो,“कर्णाली प्रदेशको विज्ञापन तानेर त्यसमा सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको नाम जोडी भ्रम फैलाइएको छ ।” बाँकेस्थित खजुरा गाउँपालिका–२ का मनिष शर्माले सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगको नाममा जारी नक्कली सूचनाको आधारमा परीक्षा दिएर ठगीमा परेको समाचार गोरखापत्रमा प्रकाशित भएको छ । उहाँले गोदावरी नगरपालिकाको अत्तरियास्थित जेके सेकेण्डरी स्
लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

Public Service Preparation
१. नेपालमा बनेको विद्युतीय मोटरसाइकल कहिलेदेखि दर्ता गर्न थालिएको हो ?   विसं २०८० जेठ १ – यातायात व्यवस्था कार्यालयले यात्री पी–१ मोटरसाइकल दर्ता गरेको । – यात्री मोटरसाइकलका अनुसार यातायात व्यवस्था कार्यालय, गुर्जुधारामा पी–१ को ‘बागमती प्रदेश ०२ बा ४३ प ८६५०’ नम्बरको बाइक पूर्ण रूपमा नेपालमा उत्पादित पहिलो सवारीका रूपमा दर्ता भएको । – विद्युतीय मोटरसाइकल बागमती प्रदेशका विभिन्न जिल्लामा रहेका प्रदेश सरकार मातहतको चार वटा (हेटौँडा, भरतपुर, खुर्कोट एवं गुर्जुधारा) यातायात कार्यालयमा दर्ता गर्न सकिने । २. सरकारले २०६२/६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा कहिले गरेको हो ?  विसं २०८० जेठ २ – मन्त्रीपरिषद्को जेठ २ को बैठकले कायस्थलाई सहिद घोषणा गर्ने निर्णय गरेको । – जनआन्दोलन २०६२/६३ मा प्रहरीको गोली लागेर घाइते भई १७ वर्ष एक महिना अचेत अ
लोकसेवा तयारी सामग्री आजको ताजा (विषयगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री आजको ताजा (विषयगत प्रश्नोत्तर)

Public Service Preparation
सार्वजनिक निकायमा ई–जिपीको प्रयोग  १.  विद्युतीय खरिद प्रणाली (ई–जिपी) भनेको के हो ? सार्वजनिक निकायमा विद्युतीय खरिद प्रणालीको प्रयोग सम्बन्धमा विद्यमान कानुनी व्यवस्थाहरू जानकारी गराउँदै यस प्रणालीको उपयोगबाट हुने फाइदाहरू उल्लेख गर्नुहोस् ।  सार्वजनिक खरिद कार्यलाई विद्युतीय प्रणालीमा आबद्ध गराई खरिद प्रव्रिmयालाई स्वच्छ, प्रतिस्पर्धी, पारदर्शी र विश्वसनीय बनाउन सार्वजनिक खरिद अनुगमन कार्यालयले स्थापना, सञ्चालन र व्यवस्थापन गरेको अनलाइन सफ्टवेयर प्रणालीलाई विद्युतीय खरिद प्रणाली (ई–जिपी) भनिन्छ । सार्वजनिक खरिद ऐन र नियमावलीले गरेको व्यवस्था कार्यान्वयन गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयले साबिकमा रहेका विभिन्न पोर्टलको विस्थापन गरी एकल पोर्टल स्थापना गरेको छ । सार्वजनिक खरिदको योजना निर्माणदेखि खरिद सम्झौता व्यवस्थापन र भुक्तानीसम्मका विभिन्न चरणका कार्य अनलाइन प्रणालीबाटै
लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

Public Service Preparation
१. छैटौँ हिन्द महासागरीय सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?  सन् २०२३ मे १२–१३, बङ्गलादेश नारा : ‘शान्ति, समृद्धि र उत्थानशील भविष्यका लागि साझेदारी।’ नेपालका तर्पmबाट परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले प्रतिनिधित्व गरेका। सम्मेलनमा हिमाल र महासागरबिचको प्राकृतिक सम्बन्ध सुदृढ हुनुपर्ने, हिन्द प्रशान्त क्षेत्रमा वास्तविक, सुदृढ र जिम्मेवार रूपमा सबै मुलुकले आपसी सहकार्य गर्नुपर्ने, हिन्द महासागरको रणनीतिक, आर्थिक र वातावरणीय महìवमा जोड एवं तटीय र दुर्गम क्षेत्रको जनजीवनमा जलवायु परिवर्तनको असरलाई सबैले मिलेर सम्बोधन गर्नुपर्नेमा जोड दिइएको। २. विसं २०८० वैशाख २५ को संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा कसलाई सिफारिस गरेको हो ?  हरिकृष्ण कार्की पद रिक्त भएको पाँच महिनापछि कायममुकायम प्रधान न्यायाधीशको जिम्मेवारीमा रहनुभएका कार्कीको
लोकसेवा तयारी सामग्री आजको ताजा (विषयगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री आजको ताजा (विषयगत प्रश्नोत्तर)

Public Service Preparation
सेवा प्रवाहमा स्थानीय सरकार १. सोझै खरिद सम्बन्धमा प्रचलित कानुनमा भएका व्यवस्था जानकारी गराउँदै सोझै खरिद गर्नुअघि यकिन गर्नुपर्ने विषय उल्लेख गर्नुहोस्।  सार्वजनिक निकायलाई आवश्यक पर्ने मालसामान, सेवा वा निर्माण कार्य छोटो अवधि र छोटो प्रव्रिmया अपनाई प्राप्त गर्ने विधि सोझै खरिद हो। सार्वजनिक खरिद ऐन र नियमावलीमा सोझै खरिदसम्बन्धी नीतिगत र प्रव्रिmयागत व्यवस्था गरिएको छ । निम्न अवस्थामा सोझै खरिद गर्न सकिन्छ : क) देहायको फुटकर खरिद गर्नुपर्ने भएमा, दस लाख रुपियाँसम्मको लागत अनुमान भएको निर्माण कार्य वा मालसामान, पाँच लाख रुपियाँसम्मको लागत अनुमान भएको परामर्श सेवा वा अन्य सेवा, कम्पनीको आधिकारिक मर्मत वा सर्भिस सेन्टरबाट गरिने सवारीसाधन, औजार वा इलेक्ट्रिक डिभाइसको पाँच लाख रुपियाँसम्मको मर्मत। ख) खरिद सर्त पूरा गर्ने प्राविधिक दक्षता वा क्षमता एउटा मात्र आपूर्तिकर
राष्ट्रिय समाचार समितिद्धारा विभिन्न पदका लागि आवेदन आव्हान

राष्ट्रिय समाचार समितिद्धारा विभिन्न पदका लागि आवेदन आव्हान

Banner News, Employment, Main News, Public Service Preparation
ऐजुकेशनपत्र, काठमाण्डौं । राष्ट्रिय समाचार समिति (रासस)ले विभिन्न पदका लागि आवेदन आव्हान गरेको छ । आज एक सूचना जारी गर्दै नवौँदेखि चौथो तहसम्मका लागि आवेदन आह्वान गरेको हो। खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत कर्मचारी परिपूर्ति गर्न  राससले कार्यकारी सम्पादकदेखि समाचार सहायकसम्मका पदमा  आवेदन माग गरेको हो । योग्यता पुगेका नेपाली नागरिकले जेठ ११ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर जेठ १८ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।