School Education Archives | Education Patra

School Education

समाज सुधारक शिक्षा अभियन्ता बेघाको सालिक अनावरण

समाज सुधारक शिक्षा अभियन्ता बेघाको सालिक अनावरण

Banner News, Main News, School Education
फिदिम। समाज सुधारक भनेर चिनिनुहुने शिक्षा अभियान्ता स्वर्गीय कुमार हाङ बेघाको पूर्णकदको शालिक अनावरण गरिएको छ। पाँचथरको याङवरक गाउँपालिकामा रहेको विष्णु माध्यमिक विद्यालय, च्याङथापुमा बेघाको १० औं स्मृती दिवसको सन्दर्भ पारेर उहाँको शालिक अनावरण गरिएको हो। शालिक उहाँको १० औं स्मृति दिवस समारोहका प्रमुख अतिथि प्राध्यापक डा. गोविन्दराज भट्टराईले अनावरण गर्नुभयो। कुमार हाङ बेघा स्मृति प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रममा बेघाको शालिक अनावरण गर्दै प्रमुख अतिथी भट्राईले बेघाले शिक्षा क्षेत्रमा पुर्याएको योगदान अतुलनीय रहेको र उहाँले देखाएको बाटोमा नयाँ पुस्ता हिँडिरहेको टिप्पणी गर्नुभयो। बेघाले २००८ साल देखि २०२५ सालसम्म पाँचथर, ताप्लेजुङका विभिन्न स्थानमा विद्यालय खोल्दै शैक्षिक जागरणमा योगदान गरेको कुमार हाङ बेघा स्मृति प्रतिष्ठानका महासचिव शरद अधिकारीले जानकारी दिनुभयो। बे
शिक्षाको बेथिति अन्त्यको माग गर्दै ज्ञापन पत्र

शिक्षाको बेथिति अन्त्यको माग गर्दै ज्ञापन पत्र

Educational Administration, Main News, School Education
इनरुवा । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको शिक्षा क्षेत्र दिनप्रतिदिन खस्कँदै गएको र विद्यार्थीमाथि खेलबाड भइरहेको भन्दै सरोकारवालाहरूले सुधारको माग गरेका छन् । विद्यालय शिक्षा नाजुक भएको भन्दै विद्यालयमा निगरानी आवश्यक रहेको भन्दै इनरुवा नगर शैक्षिक सुधार अभियानले ज्ञापन पत्र बुझाएको छ । अभियानद्वारा बुझाएको पत्रमा शिक्षाको बेथिति अन्त्यको माग गरिएको छ । अभियानका संयोजक दिलिपचन्द साहु र सचिव जयकृष्ण यादवले बुधबार प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै इनरुवा नगरपालिका क्षेत्रका ३० वटै सामुदायिक विद्यालयमा शैक्षिक सुधार तथा अवस्थाको आवश्यक छानबिन गरी दण्ड तथा पुरस्कारका नीति अनुसार काम गर्नुपर्ने माग गरेका छन् । ज्ञापन पत्रमा भनिएको छ, “इनरुवा नगर क्षेत्रको शैक्षिक सुधारका लागि अभियानले क्याम्पसदेखि विद्यालयसम्ममा रचनात्मक कार्य गर्दै आएक
उपत्यकामा आँखा पाक्ने रोगको संक्रमण : आँखा पाकेका शिक्षक-विद्यार्थीलाई बिदा, विद्यालय सञ्चालनमा

उपत्यकामा आँखा पाक्ने रोगको संक्रमण : आँखा पाकेका शिक्षक-विद्यार्थीलाई बिदा, विद्यालय सञ्चालनमा

From Today's Newspaper, Main News, School Education
काठमाडौं । आँखा पाक्ने रोग (आईफ्ल्यु) को संक्रमण बढ्दै गएपछि केही दिनयता उपत्यकाका विद्यालय धमाधम बन्द हुन थालेका छन् । केही विद्यालयले केही दिनका लागि बन्द गरेका छन् । अधिकांश विद्यालयका विद्यार्थीलाई आँखा पाक्ने रोगको संक्रमणले छोएको छ । ती विद्यालयले संक्रमण भएका विद्यार्थीलाई घरमै बस्न सल्लाह दिएको छ । अधिकांश विद्यालयमा केही न केही मात्रामा संक्रमण देखिएको छ । विद्यार्थीमा संक्रमण बढेपछि अभिभावकसँग सल्लाह गरी घर फर्काउने गरेको विद्यालयको भनाइ छ । प्याब्सनका अध्यक्ष डीके ढुंगानाले केही विद्यालयमा संक्रमण देखिएको बताउनुभयो । ‘संक्रमण देखिएका विद्यार्थीलाई छुट्टी दिएर नियमित कक्षा सञ्चालन गरिरहेका छांै, आवश्यकताको आधारमा बन्द गर्ने वा नगर्ने अधिकार विद्यालयकै हुन्छ’ –उहाँको भनाइ थियो । संक्रमण बढेपछि ललितपुरको अरनिको स्कुल बन्द गरिएको छ भने अन्य केही विद्यालयले बन्द गर्ने सोचाइमा
विद्यालय शिक्षा ऐनको मस्यौदाका मुख्य विषय, जसले ल्याएको छ तरङ्ग

विद्यालय शिक्षा ऐनको मस्यौदाका मुख्य विषय, जसले ल्याएको छ तरङ्ग

Main News, School Education, Uncategorized
काठमाडौँ । लामो समयपछि शिक्षा ऐन ल्याउन सरकार तत्पर देखिएको छ । २०२८ सालकै ऐनको भरमा चलिरहेको शिक्षा संरचना अबको केही समयपछि नयाँ ऐन अनुसार जानेछ । त्यसका लागि मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले ऐनको मस्यौदालाई सङ्घीय संसदमा पेस गर्ने निर्णय गरेको थियो । केही दिनभित्र सरकारले उक्त मस्यौदा संसद्मा पेस गर्नेछ । शिक्षा मन्त्रालयले उक्त ऐनको मस्यौदा निकै गोप्य तरिकाले बनाएको थियो । यद्यपि अनौपचारिक माध्यमबाट मस्यौदा सार्वजनिक भइसकेको छ । मस्यौदा सार्वजनिक भएसँगै शिक्षा क्षेत्रका सरोकारवाला निकायले यसको समर्थन र आलोचना दुवै गर्दै आएका छन् । अस्थायी, राहत तथा करार शिक्षक कर्मचारीले मस्यौदा आफ्नो पक्षमा नरहेको भन्दै आन्दोलनको घोषणा नै गरेका छन् । उनीहरूले देशभरबाट शिक्षक कर्मचारीहरूलाई काठमाडौँ बोलाउन थालेका छन् भने सडक आन्दोलनको चेतावनी दिइरहेका छन् । अर्कोतिर मस्यौदामा थुप्रै