अनलाइन कक्षाले बालबालिकाको आँखामा पार्न सक्ने असर र जोगाउने उपाय
कोरोना महामारीपछि शुरु भएको लामो लकडाउन पछि नेपालमा अधिकांश विद्यालय तथा कलेजहरुले अनलाइन कक्षा सञ्चालन गरेका छन् ।
मोवाइल, ट्याव र ल्यापटप जस्ता डिभाइस प्रयोग गरी सञ्चालित त्यस्ता अनलाइन कक्षाहरुमा लामो समय सहभागी हुँदा त्यसले आँखा अझ् भनौ दृष्टिमा असर गर्न सक्छ ।
तर, यसका लागि केही सजगता अपनाउन सकियो भने त्यसले राहत दिन सक्छ ।
विश्व दृष्टि सप्ताह २०२० को अवसर पारी आज म अनलाईन कक्षाले आँखा स्वास्थ्यमा पार्न सक्ने प्रभाव र यसका न्युनिकरणका उपायहरुबारे जानकारी दिने प्रयास गरेको छु ।
कोभिड – १९ को महामारीले सृजना गरेको विषम् परिस्थितिमा अध्ययन अध्यापन सुचारु गराउनको लागि अपनाइएको अनलाईन कक्षाबाट विद्यार्थीको र Work from home को प्रचलनसंगै अन्य पेशामा आवद्ध व्यक्तिहरुको आँखा स्वास्थ्यमा प्रभावहरु बढ्दै गएको देखिन्छ।
अनलाईन कक्षालाई शिक्षा मन्त्रालयले मान्यता दिईसकेको अवस्थामा