एसइईको नतिजा प्रकाशन गर्न १९ संस्थालाई अनुमति प्राप्त
एजुकेशनपत्र, काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन गर्न १९ संस्थालाई अनुमति दिएको छ। यी संस्थाहरूले वेबसाइट, एसएमएस र आईभीआर जस्ता विभिन्न प्लेटफर्महरू मार्फत नतिजा उपलब्ध गराउनेछन्। १९ संस्थामध्ये १४ संस्थाले आफ्नो वेबसाइटबाट नतिजा दिनेछन् भने ५ संस्थाले एसएमएस र आइभिआरमार्फत नतिजा दिनेछन् ।
यस वर्ष बोर्डसँगको सहकार्यमा नेपाल टेलिकम, एनआईसी एशिया बैंक, आइडियु सञ्जल, कान्तिपुर पब्लिकेशन्स, द कनेक्ट प्लस प्रालि, खल्ती प्रालिलगायत विभिन्न संस्थाले आफ्नो वेबसाइटमार्फत नतिजा उपलब्ध गराउनेछन् । साथै, नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालि र अन्य पाँच संस्थाले MMS र IVR मार्फत नतिजामा पहुँच उपलब्ध गराउनेछन्।
बोर्डका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको र शुक्रबारसम्ममा नतिजा सार्