बृहत् यौनिकता शिक्षा सम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु
काठमाडौँ। बृहत् यौनिकता शिक्षा सम्बन्धी दुईदिने राष्ट्रिय सम्मेलन काठमाडौँमा बुधवारदेखि सुरु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले सम्मेलनको उद्घाटन गर्दै सफलताको कामना सहित यो सम्मेलनले नेपालको संविधानमा भएको प्रजनन् स्वास्थ्यमा मदत पु–याउने विश्वास आफूले लिएको बताउनुभयो । उहाँले विद्यालय शिक्षामा यौनिक शिक्षा समेट्ने कुरामा नेपाल सरकार सजक रहेको र यसका लागि सरोकारवाला निकायको प्रभावकारी समन्वय र सहकार्यको आवश्यकता रहेको बताउनुभयो । उहाँले हाल भइरहेका प्रयासहरूको विस्तृत छलफल गरी सान्दर्भिक सुझाव प्राप्त हुनेछ भन्ने विश्वास लिएको छु भन्नुभयो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, यूएनएफपीए नेपाल लगायतका विभिन्न संघ संस्थाहरुको आयोजनामा सञ्चालित सम्मेलनको महत्त्व र आवश्यकतालाई प्रकाश पार्दे शिक्षा मन्त