School Education Archives | Page 5 of 12 | Education Patra

School Education

सफलता तर्फः पढ्दै कमाउँदै शिक्षा कार्यक्रम

सफलता तर्फः पढ्दै कमाउँदै शिक्षा कार्यक्रम

Main News, School Education, Top Feature News
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी पढाइसँगै कृषि पेसामा आबद्ध भएका छन्। आँबुखैरेनी गाउँपालिकाले विद्यार्थीलाई सीपयुक्त र व्यावहारिक शिक्षा प्रदान गर्न ‘पढ्दै कमाउँदै कार्यक्रम’ कार्यान्वयनमा ल्याए पनि विद्यार्थी आबद्ध भएका हुन्। कार्यक्रमअन्तर्गत पालिकाले वडा नं.–४, आमडाँडावेशीस्थित चण्डेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई नगदे बाली अदुवा र हलेदो(बेसार) खेती गरेर सहभागितामूलक शिक्षा दिन थालिएको छ। कार्यक्रमको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आइतबार विद्यार्थीसँग अदुवा र हलेदोको बिउ रोपण गरी शुभारम्भ गर्नुभयो। अध्यक्ष चुमानसँगै खेतीमा रमाउँदै बालबालिकाहरू सहभागी भएका थिए। उक्त अवसरमा अध्यक्ष चुमानले सीपयुक्त व्यावहारिक शिक्षा प्रदान गरी आत्मनिर्भर बनाउने उद्देश्यले नेपाल सरकारले ल्याएको  यस कार्यक्रम पालिकाले कार्यान्वयनम
सामुदायिक विद्यालयमा विद्यार्थीको चाप धान्न नसक्ने भएपछि भर्ना बन्द

सामुदायिक विद्यालयमा विद्यार्थीको चाप धान्न नसक्ने भएपछि भर्ना बन्द

Banner News, Main News, School Education, Special News Highlights
ताप्लेजुङ । ताप्लेजुङको एक सामुदायिक विद्यालयले चाप धान्न (थेग्न) नसक्ने भएपछि विद्यार्थी भर्ना बन्द गरेको छ । सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयले अत्यधिक चाप बढेपछि विद्यार्थी भर्ना बन्द गरेको हो । सरकारले गत साताको आइतबारदेखि ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ देशभर विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ । सरकारले विद्यार्थी भर्ना वैशाख १५ गते शुक्रवारसम्म सञ्चालन हुने उल्लेख गरेकै दिनदेखि भानुजन माविले भर्ना  बन्द गरेको जनाएको छ । शुक्रवार सम्ममा दुई पटक प्रवेश परीक्षा (इन्ट्रान्स) लिएर विद्यार्थी भर्ना गरिएको र यसपछि भर्ना कार्य बन्द गरिएको विद्यालयका प्रधानाध्यापक किशोरकुमार राईले जानकारी दिनुभयो । अघिल्लो साताको सोमबार र गत सातको शुक्रवार गरी दुई पटकको प्रवेश परीक्षामा चार सय विद्यार्थी सहभागी भएका थिए । प्रवेश परीक्षामा
अभिभावक र शिक्षक दुवै जिम्मेवार नहुँदा सामुदायिक विद्यालय खस्केकोः सुरेश श्रेष्ठ

अभिभावक र शिक्षक दुवै जिम्मेवार नहुँदा सामुदायिक विद्यालय खस्केकोः सुरेश श्रेष्ठ

School Education, Special News Highlights
सन्जिब दुलाल, भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले सामुदायिक विद्यालयका विद्यार्थीमा निजी विद्यालयका विद्यार्थी भन्दा बढी खर्च हुने बताउनुभएको छ । ठुली व्रम्हायणी आधारभूत विद्यालयका प्रधानाध्यापक लाई बिदाइ तथा नयाँ शिक्षकलाई स्वागत कार्यक्रममा बोल्दै उहाँले निजी विद्यालयमा भन्दा पनि सामुदायिक विद्यालयमा पठन पाठन गर्ने विद्यार्थीमा बढी लगानी हुने बताउनुभएको हो । कम सेवा सुविधामा पढाउने निजी विद्यालय भन्दा सामुदायिक विद्यालयमा सरकारको भौतिक देखि शिक्षक शिक्षिकामा भएको लगानी र विद्यार्थी सङ्ख्या तुलना गर्ने हो भने धेरै पैसा लिने निजी विद्यालयमा भन्दा सामुदायिक विद्यालयमा बच्चा पढाउन महँगो पर्ने बताउनुभयो । सरकारी विद्यालयमा सरकारले लगानी गर्छ जुन हाम्रो खल्तीको नै पैसा हो कर आदिका नाममा यो घुमेर शिक्षामा लगानी भएको छ तर हामीले त्यही सरकारी विद्यालयलाई बेवास्ता गर्दा शि