School Education Archives | Page 8 of 12 | Education Patra

School Education

शिक्षा क्षेत्रमा लगानी गरेअनुसार प्रतिफल हासिल गर्न सकिरहेको अवस्था छैन: शिक्षाविद् डा. मनप्रसाद वाग्ले

शिक्षा क्षेत्रमा लगानी गरेअनुसार प्रतिफल हासिल गर्न सकिरहेको अवस्था छैन: शिक्षाविद् डा. मनप्रसाद वाग्ले

From Today's Newspaper, School Education
जनादेश नेपाल संवाददाता, काठमाण्डौं । शिक्षाविद् प्रा. डा. मनप्रसाद वाग्लेले शिक्षा क्षेत्रमा लगानी गरेअनुसार उपलब्धि हासिल गर्न नसकिएको बताएका छन् । प्रत्येक वर्ष शिक्षा क्षेत्रको लगानी बढ्दै गएको तर, त्यही अनुसार प्रतिफल आउन नसकेको बताएका हुन् । नागरिक शिक्षा प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै शिक्षाविद् प्रा.डा. वाग्लेले राज्यलाई तिर्ने कर पनि बढिरहेको र सोही आधारमा लगानी समेत बढिरहेको बताए । ‘हामी ट्याक्स तिर्छौ । झन्डै २ खर्ब रुपैयाँ खर्च गर्छौ । तर, हामीले त्यत्रो लगानी गरेका छौँ, त्यो अनुसार प्रतिफल कहिबाट आएको छैन,’ उनले भने, ‘हामी पैसा खन्याएको खन्याएकै छौँ रिजल्टमा भने तलै छौँ । यसमा सबै गम्भीर भएर लाग्नुपर्ने छ । यसका लागि धेरै काम गर्नुपर्ने हुन्छ ।’ शिक्षा क्षेत्रको अवस्था दिनप्रतिदिन नाजुक हुँदै गएको उनको भनाई छ । प्रत्येक वर्ष १२ लाख मानिसहरू कक्षा १ मा भर
विद्यार्थीहरुमा अंग्रेजी मोह: अङ्ग्रेजीमा पढाइ हुन थालेपछि विद्यार्थी चाप बढ्यो

विद्यार्थीहरुमा अंग्रेजी मोह: अङ्ग्रेजीमा पढाइ हुन थालेपछि विद्यार्थी चाप बढ्यो

Banner News, Main News, School Education
रासस । शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाकी सरस्वती बम बैजनाथ आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत हुनुहुन्छ । सामुदायिक (सरकारी) विद्यालयमा पढ्दै आएकी उनी अङ्ग्रेजी भाषा फरर बोल्नु र लेख्न सक्छन् । विद्यालयमा अभिभावक, शिक्षक, सामुदायिक वनका पदाधिकारी र वडाका जनप्रतिनिधिको प्रयासमा विद्यालयमा अङ्ग्रेजी भाषामा पढाइ हुँदै आएको छ । अङ्गे्रजीको अनिवार्य विषयसँगै अतिरिक्त अंग्रेजीमा पनि पढाइ हुने गरेको छ । गाउँकै विद्यालयमा अङ्ग्रेजीमा पढाइ हुन थालेपछि विद्यार्थी चाप बढ्दो रहेको छ । टाढाको निजी विद्यालयमा चर्को शुल्क तिरेर अङ्ग्रेजीकै लागि पढ्दै आएका बालबालिकालाई अभिभावकले छुटाएर गाउँकै विद्यालयमा भर्ना गरेका छन् । विद्यालयका प्रधानाध्यापक अमरसिंह महराले अङ्ग्रेजीमा पढाइ हुन थालेपछि विगतमा भन्दा विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेको बताए । “अङ्ग्रेजी विषयमा पढाइ सुरु भएपछि विद्यार्थीको च
त्रिवि र लेबोरेटरी स्कूलबीच जग्गा विवाद कहिलेसम्म ?

त्रिवि र लेबोरेटरी स्कूलबीच जग्गा विवाद कहिलेसम्म ?

Banner News, From Today's Newspaper, Main News, School Education
जनादेश नेपाल  । त्रिभुवन विश्वविद्यालयको परिसरमै ठूलो चिटिक्क परेको एक स्कूल छ । त्यहाँ विद्यार्थी संख्या पनि राम्रै छ । धेरैलाई लाग्छ यो बोर्डिङ स्कूल हो ।  तर, यो न पूर्ण रूपमा बोर्डिङ हो, न पूर्ण रूपमा सरकारी । यो सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालन भइरहेको लेबोरेटरी माध्यमिक विद्यालय हो । शिक्षा मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको ११२ रोपनी जग्गा विद्यालय सञ्चालनको लागि दिएको थियो । सोही जग्गा फिर्ताको माग राख्दै त्रिविले पटक पटक ताकेता गर्दै आएको छ । तर, स्कूलले भने उक्त जग्गामा त्रिविको कुनै अधिकार नलाग्ने भन्दै जवाफ दिँदै आएको छ । यसरी हेर्दा लामो समयदेखि त्रिवि र स्कूलबीच जग्गाको विवाद देखिएको छ । विवाद साम्य पार्न बेला बेला विभिन्न खालका सहमति भने भइरहन्छन् । तर, ती सहमति कार्यान्वयनमा नआउँदा विवाद यथावतै रहन्छ । पटक पटक विवाद झिक्दै आएको भन्दै गत वर्ष स्कूलले
विद्यार्थीलाई उत्पादनदेखि बजारीकरण गर्न सिकाउँदै स्कूल

विद्यार्थीलाई उत्पादनदेखि बजारीकरण गर्न सिकाउँदै स्कूल

Main News, School Education, Top Feature News
चितवन ।  चितवनको कालिका नगरपालिका वडा नं ५ पदमपुरकी समीक्षा चौधरी गाउँकै भीमोदय नमुना माध्यमिक विद्यालय कक्षा १२ मा बालीविज्ञान विषय पढ्छिन् । विद्यालयमै उनले केरा, टमाटर र च्याउ उत्पादनको काम पनि गरिरहेका छन्। घरमा खेती किसानी नगरेकी उनी विद्यालयमा सबै साथीभाइसँग मिलेर काम गर्न पाउँदा दङ्ग छिन् । “पहिलो पटक विद्यालयमै मौरीको मह काड्न सिके”, उनी भन्छिन्, “च्याउ उत्पादनको तरिकाबारे पनि राम्रो ज्ञान लिएकी छु ।” परम्परागत खेती गर्ने गाउँघरका अभिभावकलाई नयाँ प्रविधि प्रयोग गरेर आधुनिक खेती गर्न सिकाउन थालेको समीक्षा बताउँछिन् । “घरमा काम गर्नुपरेको थिएन”, कक्षा ११ का छात्र अमितजी गुप्ता भन्छन्, “यहाँ सबैजनासँग काम गर्दा रमाइलो पनि हुन्छ । पैसाभन्दा सिक्न पाइएको छ”, उनको भनाइ छ, “यहाँ उत्पादन भएको वस्तु बेचेर जम्मा भएको पैसा विद्यालयले हामीलाई नै दिने गरेको छ ।” गुप्ता यहाँ कक्षा नौ द
प्राज्ञिक विद्यार्थी परिषद् नेपालको विद्यार्थी सम्मेलन देवघाट धाममा प्रारम्भ

प्राज्ञिक विद्यार्थी परिषद् नेपालको विद्यार्थी सम्मेलन देवघाट धाममा प्रारम्भ

Banner News, Main News, School Education
तनहुँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको प्रथम राष्ट्रिय संस्कृत विद्यार्थी सम्मेलन आध्यात्मिक राजधानी देवघाट धाममा आजबाट प्रारम्भ भएको छ । परिषद्को संस्कृत विद्यार्थी सम्मेलन धार्मिक एवम् आध्यात्मिक  केन्द्र  देवघाटधामस्थित महेश संस्कृत गुरूकुलमा विविध विधाका विशिष्ट व्यक्तित्वको समुपस्थितिमा समुद्घाटन भएको विद्यार्थी परिषद्ले जनाएको छ । सनातन संस्कृतिको जगमा रहेर राष्ट्रव्यापी रूपमा रहेको  क्याम्पस विश्वविद्यालयका विद्यार्थीबिच काम गर्दै आइरहेको विद्यार्थी परिषद्ले गुरुकुल र संस्कृत विश्वविद्यालयमा पढ्दै गरेका विद्यार्थीको सहभागितामा प्रथम राष्ट्रिय संस्कृति विद्यार्थी सम्मेलन गरेको हो । कार्यक्रममा गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरिजी महाराज, महेश सन्यास आश्रमका संरक्षक मधुसुदनानन्द गिरी, नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव माधव अधिकारी, समाजसेवी एवं आध्यात्मिक व्य
नगरभित्र रहेका ५४ विद्यालयमा ८ कक्षासम्म दिवाखाजा र १२ कक्षासम्म शिक्षा निःशुल्क

नगरभित्र रहेका ५४ विद्यालयमा ८ कक्षासम्म दिवाखाजा र १२ कक्षासम्म शिक्षा निःशुल्क

Banner News, Main News, School Education
जनादेश नेपाल, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले कक्षा ६ सम्म दिँदै आएको दिवाखाजालाई बढाएर आठ कक्षासम्म उपलब्ध गराउने भएको छ। साथै  १२ कक्षासम्म कुनै पनि प्रकारको शुल्क नलिने घोषणा गरेको छ। नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले नगरभित्र रहेका ५४ विद्यालयमा दिवाखाजा र निःशुल्क शिक्षाको सुरुवात गरिएको बताए। ‘नगरभित्र यो शैक्षिक सत्रमा भर्ना भएका ६ हजार सात सय विद्यार्थीले कुनै किसिमको शुल्क तिर्नुपर्दैन,’ नगरप्रमुख बस्नेतले भने, ‘कुनै पनि विद्यालयले नगरको परिपत्रविपरीत शुल्क लिए कारबाही गरिनेछ।’ माध्यमिक विद्यालयलाई आवश्यक सबै शैक्षिक सामग्री नगरले उपलब्ध गराएपछि विद्यार्थीसँग शुल्क लिन नपाउने उनले  बताए। दिवाखाजा, परीक्षा शुल्क र विज्ञान संकायको प्रयोगशालालाई लाग्ने अतिरिक्त खर्च नगरपालिकाले व्यहोर्नेछजसका लागि दुई करोड ६० लाख रकम छुट्याइएको छ। शिक्षा शाखा