Special News Highlights Archives | Page 13 of 24 | Education Patra

Special News Highlights

उच्च स्तरीय शिक्षा आयोग गठन गर्ने सरकारको घोषणा

उच्च स्तरीय शिक्षा आयोग गठन गर्ने सरकारको घोषणा

Banner News, Higher Education News, Main News, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं । सरकारले उच्च शिक्षामा देखिएको समस्यालाई समाधान गरी ठोस सुझाव दिन उच्च स्तरीय शिक्षा आयोग गठन गर्ने घोषणा गरेको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ का लागि सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उच्च शिक्षाको समस्या समाधानका लागि उच्च स्तरीय शिक्षा आयोग गठन गर्ने घोषणा गरेका हुन् । साथै हरेक प्रदेशभित्रका विशिष्टीकृत विषय बाहेकका उच्च शिक्षा प्रदान गर्ने संस्थाहरूलाई एकै विश्वविद्यालयको छाता अन्तर्गत रहने गरी पुनर्संरचना गरिने भएको छ ।
सामुदायिक विद्यालयमा मेयर बालेन्द्र शाहको छड्के

सामुदायिक विद्यालयमा मेयर बालेन्द्र शाहको छड्के

Main News, School Education, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सामुदायिक विद्यालयमा सञ्चालन गरिएको शिक्षण विधि, सिकाइ पद्धति र शिक्षामा सीप कार्यक्रमको निरीक्षण गरेका छन् । सामुदायिक विद्यालयमा शिक्षण विधि र सिकाइ पद्धतिको जानकारी लिन प्रमुख साहले सामुदायिक विद्यालयको निरीक्षण गरेका हुन् । सोही अवसरमा उनी शुक्रबार शिवपुरी माध्यमिक विद्यालय महाराजगञ्ज र पद्मकन्या माध्यमिक विद्यालय डिल्लीबजार पुगे। उनले गत हप्ता दरबार हाइ स्कूलको अवलोकन गरेका थिए । साहले प्रमुखमा निर्वाचित भएदेखि नै शिक्षा क्षेत्रको विकास र सुधारका कार्यक्रमलाई प्राथमिकतामा राखेका थिए । साहले पछिल्लो समय हरेक शुक्रबार विद्यालयमा विद्यार्थीसँगै बस्ने र सँगै बसेर सिक्ने गरेका छन् । अवलोकनका विषयमा प्रमुख साह भन्छन्, ‘हिजो शुक्रबार बिहान काठमाडौंको शिवपुरी माध्यमिक विद्यालयको निरीक्षण गरियो, शिक्षामा सीप
आर्थिक वर्ष २०७९/८० को पहिलो ९ महिनामा ६७ अर्ब १९ करोड रकम पढाइका लागि विदेसियो : प्रधानमन्त्री

आर्थिक वर्ष २०७९/८० को पहिलो ९ महिनामा ६७ अर्ब १९ करोड रकम पढाइका लागि विदेसियो : प्रधानमन्त्री

Banner News, Main News, Special News Highlights, Top Feature News
एजुकेशनपत्र, काठमाण्डौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले विदेश पढ्न जाने विद्यार्थीमार्फत् चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ६७ अर्ब १९ करोड रकम बाहिरिएको बताएका छन् । प्रतिनिधिसभामा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका क्रममा कांग्रेस सांसद ईश्वरी न्यौपानेले सोधेको प्रश्नको जवाफमा उनले पढाइका लागि नेपालीले विदेश जाँदा उक्त रकम बाहिरिएको जानकारी दिएका हुन् । सरकारी स्कुलमा अभिभावकको विश्वास घट्दै जाँदा निजी विद्यालयको व्यापार बढ्दै गएको तथा स्वदेशमा रोजगारमूलक शिक्षा नहुँदा विद्यार्थी विदेसिँदा कति रकम बाहिरियो भनेर सांसद न्यौपानेले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले भने, 'आर्थिक वर्ष २०७९/८० को पहिलो ९ महिनामा रु. ९०३ अर्ब ३९ करोड रेमिट्यान्स प्राप्त भएको छ । जुन गत आर्थिक वर्षको तुलनामा २४.२ प्रतिशत वृद्धि हो । यहि अवधिमा नेपाली विद्यार्थी विदशेमा पढ्न जाँदा र
सार्वजनिक शिक्षाको सुधार सरकारले उच्च प्राथमिकता: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

सार्वजनिक शिक्षाको सुधार सरकारले उच्च प्राथमिकता: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

Banner News, Main News, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी विद्यालयलाई गुणस्तरीय बनाउन शिक्षानीतिमा गुणात्मक सुधार गरिने बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रतिनिधिसभा सदस्य ईश्वरीदेवी न्यौपानेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सरकारी तथा सार्वजनिक शिक्षालाई सुधार गर्न सरकारले उच्च प्राथमिकता दिएको बताए। उनले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। उनले गुणस्तरीय र रोजगारमूलक शिक्षा प्रदान गर्न शिक्षानीतिमा गुणात्मक सुधार गर्ने सरकारको धारणा रहेको बताए। उनले स्थानीय तह र प्रदेश सरकारसँग प्रभावकारी समन्वय गरी विद्यालयको अनुगमन र मूल्यांकन गर्ने कामलाई निरन्तरता दिइने बताए। प्रधानमन्त्री प्रचण्डले नेपालमा रासायनिक मल उत्पादन गर्ने सम्बन्धमा नेपाल लगानी बोर्डमा प्राप्त प्रस्तावहरूको सम्भाव्यता अध्ययन
काठमाडौं विश्वविद्यालमा अस्ट्रेलियाली सहायक विदेशमन्त्रीको भ्रमण

काठमाडौं विश्वविद्यालमा अस्ट्रेलियाली सहायक विदेशमन्त्रीको भ्रमण

Banner News, From Today's Newspaper, Higher Education News, Main News, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं ।  नेपाल भ्रमणमा रहेका अस्ट्रेलियाली सहायक विदेशमन्त्री टिम वाट्सले धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको बुधबार भ्रमण गरेका छन् । भ्रमणको क्रममा अस्ट्रेलियाली सरकार र केयूबीचको शैक्षिक गतिविधिका बारेमा जानकारी आदानप्रदान गरिएको उपकुलपति भोला थापाले जनाए । ‘घुम्न आएको बेला नेपालको विश्वविद्यालय पनि हेरौं भन्ने दूतावासले हामीसँग आग्रह गरेको थियो,’ उनले भने, ‘यो हाम्रो लागि खुसीको कुरा थियो, घुमेर प्राध्यापक, विद्यार्थीसँग अन्तरक्रिया गर्नुभयो ।’ अस्ट्रेलियाका विभिन्न विश्वविद्यालयसँग केयूले विगतदेखि नै सहकार्य गर्दै आएको छ । ती सहकार्य र भविष्यमा थप गर्न सकिने सहयोग आदानप्रदानको विषयमा चर्चा गरिएको विश्वविद्यालयले जनाएको छ । केयूको स्कुल अफ आट्स, स्कुल अफ इन्जिनियरिङले अस्ट्रेलियाको विश्वविद्यालयसँग सहकार्य गरेर पीएचडी कार्यक्रम संचालन गर्दै आएका छन् । क
जेठ ३२ गते बिहीबारदेखि असार ३ गते आइतबारसम्म शैक्षिक मेला हुने

जेठ ३२ गते बिहीबारदेखि असार ३ गते आइतबारसम्म शैक्षिक मेला हुने

Banner News, From Today's Newspaper, Main News, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं । एसईई परीक्षा दिएर कक्षा ११ मा भर्नाको तयारीमा रहेका र कक्षा १२ को परीक्षा दिएर उच्च शिक्षाको पखाईमा रहेका विद्यार्थीलाई लक्षित गरी जेठ ३२ गते बिहीबारदेखि असार ३ गते आइतबारसम्म शैक्षिक मेला हुने भएको छ । मेलामा विद्यार्थीलाई पढ्ने विषय/संकाय, पाठ्यक्रम, शैक्षिक संस्था, भर्ना, शुल्क, छात्रवृत्तिलगायत विविध जानकारी दिइने आयोजक उच्च शिक्षा तथा माध्यमिक विद्यालय संघ (हिसान)ले जनाएको छ । शैक्षिक मेलाको आठौं संस्करण ‘कान्तिपुर हिसान एडुफेयर’ काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । बुधबार कान्तिपुर पब्लिकेसन्सका सिइओ महेश स्वाँर र हिसान अध्यक्ष रमेश सिलवालले एडुफेयर सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ४ दिन चल्ने मेलामा धेरैभन्दा धेरै विद्यार्थी जुटाएर उनीहरुले चाहेको शैक्षिक जानकारी उपलब्ध गराउन मेला आयोजना गरिएको सिईओ स्वाँरले बताए । अध्यक्ष सिलवालले
नेपाल विश्वविद्यालय आवश्यक छ : मन्त्री राई

नेपाल विश्वविद्यालय आवश्यक छ : मन्त्री राई

Banner News, Main News, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय आवश्यक भएकाले नै नेपाल विश्वविद्यालय विधेयक ल्याइएको बताएका छन् । बुधवार राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री राईले नेपाल विश्वविद्यालय आवश्यक भएकाले नै सरकारले नेपाल विश्वविद्यालय विधेयक, २०७९ अगाडी सारेको बताए । उनले सो विधेयक फिर्ता नहुने स्पष्ट पार्दै कसरी राम्रो विश्वविद्यालय सञ्चालन गर्न सकिन्छ भन्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए । उनले भने– ‘आवश्यकता भएरै सरकारले यो विधेयकलाई अगाडि सारेको हो । यसलाई फिर्ता गर्नेतर्फ होइन । यसलाई परिमार्जन गरेर एउटा राम्रो विश्वविद्यालय कसरी निर्माण गर्न सकिन्छ, सञ्चालन गर्न सकिन्छ त्यो दिशामा हामी अग्रसर हौँ । औचित्यको हिसावले पनि यसलाई परिमार्जन गरेर राम्रो विश्वविद्यालय बनोस् भन्ने हो ।’ मन्त्री र
विद्यालय हाताबाट शैक्षिक सामग्री नबेच्न केन्द्रको निर्देशन

विद्यालय हाताबाट शैक्षिक सामग्री नबेच्न केन्द्रको निर्देशन

Banner News, Main News, Special News Highlights
एजुकेशनपत्र, काठमाण्डौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय हाताबाट शैक्षिक सामग्री नबेच्न निर्देशन जारी गरेको छ । देशभरका सबै विद्यालयलाई निर्देशन दिँदै विद्यालय हाताबाट व्यावसायिक रूपमा कुनै पनि शैक्षिक सामाग्री बिक्री वितरण नगर्न भनेको हो । शिक्षा नियमावली २०५९ को नियम ३७ मा विद्यालय हाताबाट शैक्षिक सामाग्री विक्री वितरण गर्न निषेध गरेको छ । शिक्षा नियमावलीको ३७ मा स्वीकृत पाठ्यक्रम तथा पाठ्यपुस्तक लागू नगरेमा वा पाठ्यपुस्तक खरिद गर्न लगाएमा सजाय गर्न सकिने व्यवस्था छ । त्यसरी विद्यालयबाटै पाठ्यपुस्तक खरिद गर्न विद्यार्थीलाई बाध्य गराएमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुखले त्यस्तो प्रधानाध्यापकलाई ऐन बमोजिम सजाय गर्नसक्ने व्यवस्था छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडद्धारा १ अर्ब ७० करोड रुपियाँको पाठ्यपुस्तक बिक्री

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडद्धारा १ अर्ब ७० करोड रुपियाँको पाठ्यपुस्तक बिक्री

Banner News, From Today's Newspaper, Main News, Special News Highlights, Top Feature News
ईश्वरराज ढकाल, काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले १ अर्ब ७० करोड रुपियाँको पाठ्यपुस्तक बिक्री गरेको छ । केन्द्रले सानोठिमी मुख्यालयसहित ९ वटा कार्यालयबाट उक्त रकम बराबरको पाठ्यपुस्तक बिक्री गरेको हो । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले उक्त रकम कक्षा ६ देखि १० सम्मका २० लाख ४६ हजार ४ सय ५० विद्यार्थीका लागि आवश्यक पाठ्यपुस्तक बिक्री गरेबापत प्राप्त भएको जानकारी दिनुभयो । गत वर्ष १ अर्ब ७७ करोड रुपियाँको ४ देखि १० कक्षासम्मकोे पाठ्यपुस्तक बिक्री भएको थियो । चालु आर्थिक वर्षमा करिब १ अर्ब ९० करोड बराबरको पाठ्यपुस्तक बिक्री गर्ने लक्ष्य राखेको केन्द्रले जनाएको छ । केन्द्रले चालु शैक्षिकसत्रमा कक्षा ६ देखि १० सम्मको लागि १ करोड ५५ लाख पाठ्यपुस्तक छपाइ गरेको थियो । १ हजार २ सय ६७ स्थानीय बिक्रेतामार्फत पाठ्यपुस्तक बिक्री गरेको प्रबन्ध सञ्चालक झाले जानकारी दिनुभयो ।
शुल्क तिर्न नसकेर विद्यार्थीले मर्नुपर्ने अवस्थाको अन्त्य गरिने छः स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत

शुल्क तिर्न नसकेर विद्यार्थीले मर्नुपर्ने अवस्थाको अन्त्य गरिने छः स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत