Special News Highlights Archives | Page 15 of 24 | Education Patra

Special News Highlights

शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री

शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री

Main News, Special News Highlights
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्। नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले आज प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको ज्ञापनपत्र बुझ्दै उनले विगतदेखि नै थाती रहेका केही विषयमा सरकारले स्पष्ट दृष्टिकोणका साथ निर्णय गर्ने बताए। प्रधानमन्त्री दाहालले शिक्षकका समस्याका बारेमा आफू जानकार रहेकाले सम्बोधनको पहल गर्ने बताएको  एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीले जानकारी दिए । उनका अनुसार महासङ्घले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न, सङ्घीय शिक्षा ऐन तत्काल जारी गर्न र आगामी आर्थिक वर्षको बजेटमा शिक्षक कर्मचारीका माग पूरा गर्न प्रधानमन्त्रीसमक्ष माग गरिएको छ । महासङ्घले विशेष गरी शिक्षा क्षेत्रका लागि कूल बजेटको २० प्रतिशत बराबरको रकम लगानी गर्न म
कक्षा १२ को वार्षिक परीक्षा सुरु, ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धिका लागि परीक्षामा सामेल

कक्षा १२ को वार्षिक परीक्षा सुरु, ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धिका लागि परीक्षामा सामेल

Main News, Special News Highlights
काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षा मंगलबारबाट सुरु भएको छ । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धिका लागि परीक्षामा सामेल भएका छन् । यसका लागि एक हजार चार सय ५३ परीक्षा केन्द्र तोकिएका छन् भने परीक्षा जेठ ५ गतेसम्म सञ्चलन हुनेछ । बिहान ८ बजेबाट सुरु भएको परीक्षा मध्याह्न १२ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार कक्षा १२ को वार्षिक परीक्षाका लागि सुरक्षाकर्मी, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक निरीक्षक, सहयोगी र अन्य कर्मचारीसमेत गरी कुल ५० हजार जनशक्ति परिचालन भएका छन् । आजबाट सुरु भएको परीक्षामा गत वर्ष तीन विषयमा एनजी आएका करिब ५६ हजार विद्यार्थीले परीक्षा दिने भएका छन् । उनीहरूले जति विषयमा कम नम्बर आएका थियो त्यत्तिकै विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ ।
पाठ्यक्रम विकास केन्द्रद्धारा आठराई र ओयसिस पब्लिकेसनका ८ पुस्तक पठनपाठन र बिक्रीवितरणमा रोक

पाठ्यक्रम विकास केन्द्रद्धारा आठराई र ओयसिस पब्लिकेसनका ८ पुस्तक पठनपाठन र बिक्रीवितरणमा रोक

From Today's Newspaper, Main News, Special News Highlights
ईश्वरराज ढकाल, काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले आठराई र ओयसिस पब्लिकेसनका ८ वटा पुस्तक पठनपाठन र बिक्रीवितरणमा रोक लगाएको छ । शिक्षक, विद्यार्थी र अभिभावकलाई गुमराहमा राखी विद्यार्थीको भविष्यमा गम्भीर खेलवाड गरेको निष्कर्ष निकाल्दै दुई पब्लिकेसनका ती पाठ्यसामग्रीलाई दुई वर्षसम्म रोक लगाएको हो । केन्द्रको मान्यता, समकक्षता तथा मूल्याङ्कन शाखाका अधिकृत तारा पाण्डेद्वारा हस्ताक्षरित पत्रमा ती पाठ्यसामग्री प्रयोग नगर्न नगराउन र बिक्रीवितरण नगर्न आग्रह गरेको छ । आठराई पब्लिकेसनको कक्षा ५ को रसिलो नेपाली रहेको छ । त्यस्तै, ओयसिस पब्लिकेसनको कक्षा ६, ७, ४ र ५ को वन्डर इङ्लिस, कक्षा ६, ७ र ४ को इङ्लिस स्किल पाठ्यसामग्री रद्ध गरिएको छ । ओयसिसले कक्षा ५ को वन्डर इङ्लिस पाठ्यसामग्री स्वीकृति नलिई छपाइ गरी बिक्री गरेको खुलेको छ । स्रोतका अनुसार ओयसिस र आठराई सहप्रकाशन संस्था हुन् । केन्द