नेपाल–जापानबीचको राजनीति र विकासबारे विश्लेषण
काठमाडौँ। जापान र नेपालको राजनीति र विकासबारे विश्लेषण गरिएको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) तथा जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका)को संयुक्त आयोजनामा सोमबार आयोजित गोष्ठीमा दुई देशको राजनीतिक परिवर्तन र आर्थिक वृद्धिको प्रवृत्तिगत विश्लेषण विज्ञहरूले गर्नुभयो।
त्रिभुवन विश्वविद्यालयमा उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले जापानले नेपालको विकासका लागि गरेको सहयोग र शिक्षा क्षेत्रमा लामो समयदेखि पु-याएको सहकार्यको सराहना गर्नुभयो। उहाँले जापानको स्थिर विकासको अध्ययन गरेर नेपालको विकास गर्न सकिने औँल्याउनुभयो।
नेपालस्थित जापानको दूतावासका उपप्रमुख तामुरा ताकाहिरोले नेपाल–जापान सम्बन्धमा भएका विभिन्न सहकार्य आगामी दिनमा पनि जारी रहने प्रस्ट पार्नुभयो।
नेपालका लागि जाइकाको प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले जापान–नेपालको आपसी