विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट पूर्णरूपमा मुक्त राख्नु पर्छ: गगन थापा
एजुकेशनपत्र काठमाण्डौं । नेपाली काङ्ग्रेसका महासचिव गगनकुमार थापाले विश्वविद्यालयमाथि राजनीतिक गर्ने आफ्नो इच्छा नरहेको बताएका छन् । स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट पूर्णरूपमा मुक्त राख्नुपर्नेमा जोड दिएका छन ।
उनले दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्नेकुरालाई अन्त्य नगरेसम्म विश्वविद्यालय माथि उठ्न नसक्ने बताए । कुनै पनि दलको झोला बोक्ने प्राध्यापक, विद्यार्थी, कर्मचारी कसैलाई पनि विश्वविद्यालयले चिन्दैन भन्नेकुरा स्थापित गर्नुपर्नेमा महामन्त्री थापाले जोड दिए । उनले विश्वविद्यालयको अवस्था झनै कहालीलाग्दो भएको र यसको दोष राजनीतिक दल र सरकारको नेतृत्व गर्नेहरूले लिनुपर्ने बताए ।
ूहामीले विश्वविद्यालय ऐन जस्तै संघीय शिक्षा कानून लागू गर्न आवश्यक छ, जसले विश्वविद्या