Spiritual Knowledge Archives | Education Patra

Spiritual Knowledge

ध्यानको मर्म

ध्यानको मर्म

Spiritual Knowledge, Thought/Blog
बशिरा । ध्यान यस युगमा बहुचर्चित शब्द बनेको छ। यसका विषयमा मानिसका आआफ्ना धारणा छन्। विभिन्न धर्म सम्प्रदायले पनि आआफ्नो मान्यता, सिद्धान्त र विश्वासअनुसार ध्यानको परिभाषा गर्ने गरेका पनि छन्। ल्याटिन शब्द ध्यान बौद्धिक व्यायामभित्र रहेका विधिमध्येको एउटा विधि हो भन्नेहरू पनि छन्। जापानीहरूका ‘झेन’ र चीनको ‘च्यान’ शब्दबाट अपभ्रंश हुँदै आएको शब्द ध्यान हो भन्ने पनि गरिन्छ। यसैगरी, वैदिक युगमा ‘ध्यान’ शब्दले हिन्दु, बौद्ध, र अन्य पूर्वीय धर्महरूको आन्तरिक स्मरणशक्ति वा चिन्तनको विभिन्न अभ्यासलाई बुझाउँथ्यो। मानिस चेतनशील प्राणी हो र यही चेतनशील मनभित्रको कुनै एक विचार वा छविलाई मनभित्र निरन्तर स्थिर गरी सन्तुलनमा राख्ने प्रक्रिया हो ध्यान। मनमा असंख्य कल्पना तथा विचार एकसाथ चल्ने गर्छन्। हामीले सोच्न पनि नचाहेका अनेकौं कुराहरू पनि मन मस्तिष्कमा खेलिरहेका हुन्छन्। ध्यान, जसले अनावश्यक
प्रसिद्ध बौद्ध दार्शनिक ग्रन्थ “त्रिपिटक” – एक संक्षीप्त अध्ययन

प्रसिद्ध बौद्ध दार्शनिक ग्रन्थ “त्रिपिटक” – एक संक्षीप्त अध्ययन

Spiritual Knowledge, Thought/Blog
✍नारायण गिरी, त्रिपिटकले बौद्ध आदर्श, सिद्धान्त र नियमहरूलाई दर्शाउनुको साथसाथै दार्शनिक समस्याहरूलाई खोतलेर त्यसको समाधान गर्ने मार्गप्रशस्त गर्दछ। पाली भाषामा यसलाई तिपिटक भनिन्छ।त्रिपिटकको शाब्दिक अर्थ – त्रि + पिटक, त्रि भनेको तीन र पिटकको अर्थ बक्स वा टोकरी हो। यसरी त्रिपिटकको अर्थ तीनवटा बाकस हो। यो एक महामानवको शिक्षा र दर्शनको संग्रह हो, जसमा बुद्धबचनहरू, बुद्धका शिक्षाहरू, मार्गदर्शन, व्याख्या, सल्लाह, स्पष्टीकरण, प्रेरणाहरू र दर्शन संग्रहित छन्। यो ग्रन्थ पाली भाषामा लेखिएको छ र अहिलेसम्म आउँदा विभिन्न भाषाहरूमा अनुवाद भइसकेको छ। यस ग्रन्थमा बुद्धले बुद्धत्व प्राप्त गरेदेखि महापरिनिर्वाणसम्मका वचनहरू संग्रहित गरिएको देखिन्छ । बुद्धले आफ्नो समयमा सबै शिक्षा मौखिक रूपमा दिएका थिए। भिक्षु आनन्दले आफ्नै मस्तिष्कमा सम्झना भई बसेको आधारमा सुत्त पिटक र भिक्षु उपालिले
जनकपुरधाममा मनाइने विवाहपञ्चमी महोत्सव आजदेखि

जनकपुरधाममा मनाइने विवाहपञ्चमी महोत्सव आजदेखि

Spiritual Knowledge
जनकपुरधाम । जनकपुरधाममा मनाइने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव बुधबार प्रारम्भ हुँदै छ । त्यसका लागि जानकी मन्दिर सजाउने कार्य तीव्र रूपले अघि बढेको छ । प्रत्येक वर्षझैँ सप्ताहव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सव बुधबारदेखि विधिवत् प्रारम्भ हुने भएपछि मन्दिरलगायतका स्थान रङ्गीचङ्गी फूलले सजाउन थालिएको छ । महोत्सवका लागि आवश्यक सबै तयारी पूरा भएको जानकी मन्दिरका सहायक महन्थ रोशन दासले बताउनुभयो । त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच भएको विवाह स्मरण गर्दै प्रत्येक वर्ष जनकपुरधाममा सप्ताहव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सव बुधबार नगरदर्शन गरी प्रारम्भ हुनेछ । सात दिनसम्म विधिवत् रूपमा मनाइने विवाहपञ्चमीमा प्रत्येक दिन विवाहका विधिहरू गर्ने गरिन्छ । विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन मङ्सिर ७ गते बुधबार नगरदर्शन, दोस्रो दिन मङ्सिर ८ गते बिहीबार फूलबारी लीला, मङ्सि
सीता र राम विवाह पञ्चमीको तयारी सुरु

सीता र राम विवाह पञ्चमीको तयारी सुरु

Spiritual Knowledge
जनकपुरधाम। त्रेता युगमा सीता र रामबिच भएको विवाहको स्मरण गर्दै प्रत्येक वर्ष मनाइने विवाह पञ्चमी महोत्सवको तयारी तीव्र रूपले भइरहेको छ । त्रेता युगमा भगवान् राम र आदर्श नारी सिताबिच भएको विवाहको स्मरण गर्दै प्रत्येक वर्ष जनकपुरधाममा सप्ताहव्यापी रूपमा मनाइने विवाह पञ्चमी महोत्सवको तयारी सुरु भएको हो । यही मङ्सिर ७ गतेदेखि १३ गतेसम्म सप्ताहव्यापी विधिवत् धूमधामका साथ मनाइने विवाह पञ्चमी महोत्सवको तयारी भव्य रुपमा मनाउने उदेश्यका साथ तीव्र रूपले तयारी भइरहेको जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास वैष्णवले बताउनुभयो । विवाह पञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन मङ्सिर ७ गते नगर दर्शन, दोस्रो दिन मङ्सिर ८ गते फूलबारी लीला, मङ्सिर ९ गते धनुष यज्ञ, चौथो दिन मङ्सिर १० गते तीलकोत्सव, मङ्सिर ११ गते मटकोर र मङ्सिर १२ गते राम सीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ र सप्ताहव्यापी विवाह महोत्सवक
धर्म, संस्कृति, बोली र व्यवहार

धर्म, संस्कृति, बोली र व्यवहार

Ethical Education, Spiritual Knowledge
डा. रामचन्द्र अधिकारी । धर्म–संस्कृति–धर्म प्रत्यक्ष देख्न र छुन नसकिने अभौतिक भावना, संस्कृति प्रत्यक्ष देख्न, सुन्न र छुन सकिने भौतिक विषयवस्तु। यद्यपि संस्कृतिभित्र पनि अभौतिक भावना लुकेको पाइन्छ। धर्म मानिसको मन चित्तसँग अन्तर्सम्बन्धित विषय हो। संस्कृति रंगीचंगी रूप र शब्दतरंगसँग जोडिएको गहना। धर्मले मानिसको मलीन मन र अशुद्ध चित्तको शोधन गर्छ। संस्कृतिबाट मानिसले प्रत्यक्ष मनोरञ्जन प्राप्त गर्छ। सांसारिक प्रपञ्चबाट दुःखी भएको मानिस जब ऊ कुनै सांस्कृतिक कार्यक्रममा पुग्छ, त्यहाँको मनोरम दृश्य देखेर ऊ एकाएक रमाउँछ। दुःख पीडा भुलेर खुसी हुन्छ। धर्मको गहिराइ जोकोहीले अनुभव गर्न सक्दैनन्। सतहमा देखिने संस्कृति भने सबैले देख्न, सुन्न र मनोरञ्जन लिन सक्ने सरल प्रकृतिको हुन्छ। धर्मले सकारात्मक सोच, दयादृष्टि, परोपकार, सेवाभाव, त्याग र बलिदानका निम्ति प्रेरणा दिन्छ। व्रत, अनुष्ठान, तप,