Thought/Blog Archives | Education Patra

Thought/Blog

अब एआई चिकित्सक !

अब एआई चिकित्सक !

Banner News, Health Care, Thought/Blog
अहिले परीक्षणकै क्रममा रहे पनि एआईले सुखद भविष्य भने देखाएको छ, पछिल्लो समय विकसित देशहरूमा पनि जटिल शल्यक्रियाका लागि यसको माग बढ्दो छ हाम्रा आँखाले नदेखेको क्यान्सर पनि कतिपय अवस्थामा एआईले पत्ता लगाइदिएको छ, क्यान्सरजस्तो रोग समयमै पत्ता लाग्नु भनेको मान्छेको जीवन जोगिनु हो । -डा. सुमन श्रेष्ठ, डायग्नोस्टिक रेडियोलोजी तथा न्युक्लियर मेडिसिन विशेषज्ञ काठमाडौँ  । अब अस्पतालको कोठामा रोग निदानका लागि जँचाउन पुग्दा त्यहाँ चिकित्सकको साटो आर्टिफिसियल इन्टिलिजेन्स (एआई) द्वारा सञ्चालित रोबोट बसेको पाउनुभयो भने आश्चर्य नमाने हुन्छ । एआई चिकित्सकले प्रारम्भिक सम्पूर्ण जाँच र रोगको निदान गरेपछि मात्रै त्यो सही भए/नभएको ठहर गर्न वास्तविक चिकित्सकले तपाईंको रिपोर्ट हेर्न सघाउने छन् । यो कुनै कल्पना होइन । पछिल्लो समय भइरहेको प्रविधिको विकासले स्वास्थ्योपचारका क्षेत्रमा यस प्रकारको एआई
साइबर अपराध सम्बन्धी जान्नै पर्ने कुरा

साइबर अपराध सम्बन्धी जान्नै पर्ने कुरा

ICT News, Main News, Thought/Blog
डा. शैलेन्द्र गिरी, परिचयः # साइबर अपराधीहरुले कम्प्युटर सम्बन्धी उपकरण, मोवाइल, इन्टरनेटको प्रयोग गरी कुनै व्यक्ति, परिवार, समाज र राष्ट प्रति खलल पुर्याउने कार्यलाई साइबर अपराध भनिन्छ । # व्यक्ति, परिवार, आफन्त, इस्टमित्र, समाजका प्रतिष्ठीत व्यक्ति, व्यापारी, संस्था, राजनीतिक कर्मीहरु साइबर अपराधीहरुको पहिलो निसानामा पर्छन । # आफ्न्तको मानमर्दन गर्न, कुनै व्यक्तिको चरित्र हत्या गर्न, पुरानो रिसीइबी साध्न, आर्थिक लाभ प्राप्त गर्न अपराधीहरुले छदम भेषमा नक्कली फेसबुक आइडी बनाई विभिन्न हर्कत गर्दछन् । # सामाजिक सञ्जालमा प्रविधिको दुरुपयोग गर्दै गरिने मानहानी, ब्लाकमेल लगायतका कुराहरु जताततै देखिन थालेका छन् । # झुटा समाचार प्रेसित गर्ने, वेवसाइट तथा इमेल ह्याकिङ, चरित्रहत्या, डाटा चोरी, इन्टरनेटमार्फत व्ल्याकमेलिङ, इन्टरनेट बैंकिङ जालसाजी, अर्काको पहिचान अनधिकृत रूपमा प्रय
साइबर अपराध न्यूनीकरण

साइबर अपराध न्यूनीकरण

Thought/Blog
आजको डिजिटल युगमा धेरै देश जस्तै नेपाल पनि प्रविधि र कनेक्टिभिटीमा द्रुत रूपमा अघि बढिरहेको छ । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको अतुलनीय विकास, विस्तारले मानव दैनिक जीवनमा धेरै फाइदा पुर्‍याउनुका साथै तिनीहरूले साइबर अपराधको बढ्दो खतरालाई पनि जन्म दिएका छन् । प्रविधिको प्रयोग गरेर साइबर अपराधीहरूले सूचना प्रविधिका उपरकरण (मोबाइल, कम्प्युटर, डाटा सर्भर आदि) र स्वदेशी र अन्तर्राष्ट्रिय, व्यक्तिहरू, व्यवसायहरू र सरकारी संस्थालाई लक्षित गर्दै साइबर हमला गर्नुका साथै विभिन्न महत्वपूर्ण सामाजिक, आर्थिक र सुरक्षा चुनौतीहरू थपेका छन् । सामाजिक प्रभाव साइबर अपराधले नेपाली समाजलाई बहुआयामिक प्रभाव पारेको छ । अहिले विश्वका सबै देशका नागरिक, सरकार र संस्थाहरू अनलाइन ठगीको सिकार भएका छन् । क्रेडिट कार्ड क्लोनिङ, एटिएम कार्ड फ्रड गरेर आफन्त र अन्य चिनजानकालाई फकाइफुलाई पिनकोड ल
डिजिटल प्रविधिले अपराधीहरूलाई नयाँ औजार

डिजिटल प्रविधिले अपराधीहरूलाई नयाँ औजार

Thought/Blog
एजुेकशनपत्र, काठमाण्डौं । डिजिटल अपराधको निरन्तर विस्तार र विकास भएको छ। पछिल्लो समयमा डिजिटल प्रविधिले अपराधीहरूलाई नयाँ औजार प्रदान गरेको छ। विश्वभरीमा नयाँ प्रकृतिका डिजिटल अपराधिक घटनाहरू देखा पर्दैछ। नेपालमा पनि यसको प्रभाव सम्बद्ध विकासशील देशमा अनुसन्धान र विकासको लागि चिन्ताजनक छ। डिजिटल अपराधको साम्राज्ञी वृद्धि गर्ने गरिब गिरोहले यसले डिजिटल प्रविधि प्रयोग गरी परिस्कृत र परिमार्जित गरेका छन्। यसले जनतालाई चुनौती प्रस्तुत गर्छ। पछिल्लो तथ्यांकका अनुसार, हाम्रो देशमा अनलाइन कारोबारसम्बन्धी अपराधहरू २७६ प्रतिशतले वृद्धि गरेको देखिन्छ। यो अधिक र चिन्ताजनक वृद्धि हो। डिजिटल अपराधको अकल्पनीय वृद्धिले यो अपराध नियन्त्रणको लागि सरकारी नीति निर्माता, कानुन प्रवर्तकहरूमात्र होइन बरु उपभोगकर्ता सबैले एकजुट बन्ने संकेत गर्दछ। डिजिटल अपराधले फेसबुक, ह्वाट्सएप, ट्विटर, इन्स्टाग्राम, स्न्याप
आजको समाज कज्याउने बाटोमा

आजको समाज कज्याउने बाटोमा

Thought/Blog
यादव देवकोटा । पहिले उमेरका आधारमा मानिसलाई काममा लगाउने या उसको थान्को कसरी लगाउने भन्ने नियम बनाइयो। त्यसले नथेगेपछि मानिसलाई उसको योग्यताका आधारमा सामाजिक गति थेग्ने थितिमा बाँधियो। कालान्तरमा जनसंख्या वृद्धिका कारण एकले अर्कोको काममा हस्तक्षेप गर्न थालेपछि अरूबाट आफूलाई कुनै प्रकारको हस्तक्षेप नहोस् भनी वर्णहरूको विभाजन गरिएको देखिन्छ। एकलव्य कृष्णका काका देवश्रवाका पुत्र थिए। सानैमा जंगल गएका बेला कारणवश एकलव्य हराए। उनलाई आर्य समाजले जंगली जातिमा गणना गर्ने निषद जनपदका हिरण्यधनुषले पाएर पालेका थिए। उनी शुद्र जातिका मानिन्थे। तिनै एकलव्यलाई ऋषि द्रोणाचार्यले शुद्र जातिको भन्दै आफूले निच जातिको मानिसलाई शिक्षा नदिने बताए। यसले जातीय भेदभावपूर्ण चिन्तनको तस्बिर बाँकी समयका नाममा दर्ता गरायो। यौन उमेरमा पुगेका नवयुवतीको योनी ‘भोग’ गर्न पुरुषहरूबीच द्वन्द्व, सम्पत्ति हस्तान्तरणक
तपाईँलाई आर्टिफिशल इन्टेलिजन्स (एआई) बुझ्न सघाउने सरल गाइड

तपाईँलाई आर्टिफिशल इन्टेलिजन्स (एआई) बुझ्न सघाउने सरल गाइड

ICT News, Main News, Thought/Blog
बिबिसी । तपाईँले आर्टिफिशल इन्टेलिजन्सबारे कति बुझ्नुभएको छ? विगत छ महिनामा च्याटजीपीटीजस्ता च्याटबट र मिड्जर्नीजस्ता इमेज जेनरेटरहरू अत्यन्त लोकप्रिय भएका छन्। तर आर्टिफिशल इन्टेलिजन्स (एआई) वा "मशीन लर्निङ" मोडलहरू विगत केही समयदेखि प्रचलनमै छन्। यो सामग्रीमा हामी च्याटबटबाहेक एआईका अन्य प्रकार र तिनले हाम्रो जीवनमा खेलेका भूमिकाबारे पनि कुरा गर्ने छौँ। एआईले कसरी सिक्छ? मशीन लर्निङको केन्द्रमा प्रशिक्षण को एउटा प्रक्रिया हुन्छ। यसमा कम्प्युटर प्रोग्र्यामलाई ठूलो मात्रामा डेटा र त्यसको प्रयोगसम्बन्धी निर्देशन उपलब्ध गराइन्छ। कहिलेकाहीँ उक्त डेटाको अर्थ के हो भनी अझ विस्तृतमा खुलाउन 'लेबल' गरिन्छ। प्रयोगसम्बन्धी निर्देशन यस्तो हुन सक्छ : "अनुहार भएका सबै तस्बिरहरू पत्ता लगाऊ" अथवा "यी ध्वनिहरूको वर्गीकरण गर।" त्यसपछि उक्त प्रोग्र्यामले तथ्याङ्कभित्र आफूले पूरा गर्नुपर्न
ध्यानको मर्म

ध्यानको मर्म

Spiritual Knowledge, Thought/Blog
बशिरा । ध्यान यस युगमा बहुचर्चित शब्द बनेको छ। यसका विषयमा मानिसका आआफ्ना धारणा छन्। विभिन्न धर्म सम्प्रदायले पनि आआफ्नो मान्यता, सिद्धान्त र विश्वासअनुसार ध्यानको परिभाषा गर्ने गरेका पनि छन्। ल्याटिन शब्द ध्यान बौद्धिक व्यायामभित्र रहेका विधिमध्येको एउटा विधि हो भन्नेहरू पनि छन्। जापानीहरूका ‘झेन’ र चीनको ‘च्यान’ शब्दबाट अपभ्रंश हुँदै आएको शब्द ध्यान हो भन्ने पनि गरिन्छ। यसैगरी, वैदिक युगमा ‘ध्यान’ शब्दले हिन्दु, बौद्ध, र अन्य पूर्वीय धर्महरूको आन्तरिक स्मरणशक्ति वा चिन्तनको विभिन्न अभ्यासलाई बुझाउँथ्यो। मानिस चेतनशील प्राणी हो र यही चेतनशील मनभित्रको कुनै एक विचार वा छविलाई मनभित्र निरन्तर स्थिर गरी सन्तुलनमा राख्ने प्रक्रिया हो ध्यान। मनमा असंख्य कल्पना तथा विचार एकसाथ चल्ने गर्छन्। हामीले सोच्न पनि नचाहेका अनेकौं कुराहरू पनि मन मस्तिष्कमा खेलिरहेका हुन्छन्। ध्यान, जसले अनावश्यक
विद्यालयमा व्यवस्थापन पक्षको ११ महत्व र दायीत्व

विद्यालयमा व्यवस्थापन पक्षको ११ महत्व र दायीत्व

From Today's Newspaper, Thought/Blog
ओमशंकर श्रेष्ठ शिक्षाको महत्व नबुझ्ने अहिले संसारमा सायदै कोहि होलान् । तर समय परिस्थिती अनुसार शिक्षाको स्वरुप , तरिका , श्रोत, साधन , पाठ्क्रम , नीति , लक्ष, योजना , पायपुस्तक र तिनीहरुका विषयवस्तु , कार्यान्वयन विधि तथा जनशक्ति परिचालन जस्ता क्षेत्रहरुमा व्यापक परिमार्जन हुँदै गइरहेका छन् र हुनु आवश्यक पनि । नेपालको वर्तमान अवस्थामा शिक्षालाई सिपमुलक र व्यावहारिक लगायत अन्तर्राष्ट्रिय प्रतिस्पर्धातमक बनाउने भरमग्दुर प्रयास भइरहेको देखिन्छन् । यसमा सरकारी , गैर सरकारी , अन्तर्राष्ट्रिय गैर सरकारी तथा अन्य दातृ निकायहरुको त्यतिकै सक्रियता र संलग्नता पनि रहँदै आएको छ । निजी क्षेत्रको समेत लगानी , चासो र र सरोकार रहेको नेपालको शिक्षा क्षेत्रमा पछिल्ला समयमा सामुदायिक बिद्यालयले पनि शैक्षिक गुणस्तरका लागि गरेका अथक प्रयास र मिहेनतको कारण औसतमा केहि हदसम्म सरकारी शिक्षा बजेट त्यसै खेर ग
आदिकविको २१०औँ जन्मजयन्ती: वर्तमानका लागि भानुभक्तीय साहित्यको सामयिकता

आदिकविको २१०औँ जन्मजयन्ती: वर्तमानका लागि भानुभक्तीय साहित्यको सामयिकता

Thought/Blog
–प्रकाश सिलवाल, काठमाडौँ ।  “बिन्ती डिठ्ठा विचारीसित म कति गरुँ चुप रहन्छन् नबोली बोल्छन् ता स्याल गरे झैँ अति पछि छिनछिन भन्छन् भोलिभोलि कि ता सक्दिन भन्नु कि तब छिनिदिनु क्यान भन्छन् यी भोलि भोलि भोलि हुँदैमा सब घर बिति गो बक्सियोस् आज झोली ।” आदिकवि भानुभक्तलाई सम्झँदा नेपाली जनजीवनका अनेक प्रेरणादायी र लोकप्रिय कविताका पङ्क्तितहरु सहजै स्मरणमा आउँछन् । नेपाली भाषामा कवितामै बोल्न, लेख्न र गाउन सक्ने बहुआयामिक क्षमताका धनी आचार्यलाई स्वदेश र विदेशका अध्येता, समालोचक एवं अनुसन्धाताले निरन्तर पछ्याउँदै आएका छन् । आफ्नै घर–परिवार र समाजका परिवेशलाई काव्यमालामा उनेर त्यसबाट भविष्यको पुस्ताका लागि समेत मर्मस्पर्शी र प्रेरणादायी सन्देश दिन सक्ने आदिकविका कैयन श्लोकहरु सामान्य किसान र अपठित नेपालीका जनजिब्रोमा झुण्डिएकै पाइन्छन् : “भर जन्म घाँसतिर मन् दिई धन कमायो नाम क्यै र