Uncategorized Archives | Page 10 of 55 | Education Patra

Uncategorized

गोर्खाको तस्वीरअङ्कित स्टर्लिङ पाउण्ड निकाल्ने तयारी

गोर्खाको तस्वीरअङ्कित स्टर्लिङ पाउण्ड निकाल्ने तयारी

Uncategorized
लण्डन । बेलायती सेनामा गोरखा सैनिकले पुर्‍याएको योगदानको कदर गर्दै बेलायत सरकारले पाउण्डको सिक्कामा गोरखाहरूको तस्विर अङ्कित मुद्रा निकाल्ने तयारी गरिरहेको छ । ट्रेजरी मन्त्री जोन ग्लेनका अनुसार अर्थमन्त्री ऋषि सुनाकले यस किसिमको कदम छिट्टै चाल्न इच्छा व्यक्त गरेका कारण अब तयारीमा रहेको सोमबार लण्डनको एक कार्यक्रममा बताउनुभएको छ । हालसम्म श्वेत बेलायतीबाहेक अन्य कुनै पनि समुदायका मानिसको तस्वीरअङ्कित सिक्का ननिकालिएको जनाइएको छ । सिक्का छाप्नका लागि कस्तो किसिमको बनाउने भन्नेबारे यसको ढाँचाका सन्दर्भमा कुरा भइरहेको र त्यसैका लागि सम्पूर्ण प्रस्ताव रोयल मिन्समा पेश गरिएको ट्रेजरी मिनिस्टरले जनाउनुभयो । रोयल मिन्ट बेलायतमा सिक्का छाप्ने सरकारको स्वामित्व रहेको संस्था हो । यसले प्रत्येक वर्ष ६० भन्दा बढी देशको सिक्का छाप्ने काम गर्दछ ।
फरार अभियुक्त पक्राउ

फरार अभियुक्त पक्राउ

Uncategorized
कर्णाली । प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका विभिन्न जिल्ला प्रहरी कार्यालयले अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा मुद्दाका फरार अभियुक्तको खोजीकार्य तीव्र पारेका छन् । प्रदेश प्रहरीले पछिल्ला चार दिनयता सल्यान जिल्ला प्रहरी कार्यालयबाट मात्रै २७ जनालाई पक्राउ गरेको जनाएको छ । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई कैद सजाय भुक्तान बाँकी रहेका उनीहरुलाई पक्राउ गरी सम्बन्धित अदालतससमक्ष बुझाएको प्रदेश प्रहरी कार्यालयद्वारा जारी पे्रस नोटमा जनाइएको छ । ती अभियुक्तहरुबाट एक वर्ष छ महिना कैद तथा रु २८ हजार ७१३ जरिवाना असुल गरिएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार सल्यान प्रहरीले यही साउन ९ गते कुटपिट मुद्दाका चार, नाताकायम र लुटपाट मुद्दाको एक÷एक गरी छ, साउन १० गते सवारी ज्यान मुद्दाका तीन, करकाप, सम्बन्धविच्छेद र विविध मुद्दाका एक÷एक गरी छ अभियुक्तलाई पक्राउ गरी सल्यान जिल्ला अदालत
नेकपा स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित

नेकपा स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित

Uncategorized
जनादेश, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । दुई अध्यक्षबीच सहमति नजुटेको भन्दै बैठक स्गथित गरिएको हो । अर्को बैठकको मिती नतोेकी स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने दुई अध्यक्षको सहमति बिना नै प्रधामन्त्री ओलीले बैठक स्थगित गरेको बताएका छन् । बैठक एकतर्फी स्थगित गरिएको बताउँदै अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षधर धने बैठकमा सहभागी हुन बालुवाटार पुगिसकेका छन् । लामो समयदेखिको पार्टीभित्र चलेको आन्तिरिक विवादका कारण बैठक स्थगित हुँदै आएको छ ।
मनसुन फेरि सक्रियः तीन दिन वर्षा हुने

मनसुन फेरि सक्रियः तीन दिन वर्षा हुने

Uncategorized
काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशको अधिकांश स्थानमा वर्षा भइरहेको छ । गए रातिदेखि न्यून चापीय रेखा ९वर्षा गराउने प्रणाली० नेपालको तराई भू–भाग नजिक रहेकाले मनसुन थप सक्रिय भई वर्षा भएको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । अबका तीन दिन ९साउन १५ गतेसम्म० देशभर बदली रही मुलुकको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद्का अनुसार यसवर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिरहेकाले जमिन गलिसकेको हुनाले केही समयको हल्कादेखि मध्यम वर्षाले पनि बाढी, डुवान र पहिराको जोखिम बढेको बताइएको छ । मनसुन सक्रिय भएसँगै नदीहरुमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल÷पानीको राम्रो निकास नभएको ठाँउमा डुबानसमेत हुनसक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन सबैमा अनुरोध गर

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : ‘डेडलाइन मिट’ गर्न मुश्किल   

Uncategorized
कृष्ण दवाडी,    कास्की । तोकिएको मितिभन्दा छ महिनाअघि सम्पन्न गर्ने लक्ष्य राखिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कोभिड–१९ का कारणले प्रभावित बनेको छ । सन् २०२१ जुलाई १० को ‘डेडलाइन’ भन्दा अघि नै सम्पन्न गर्ने गरी विगत वर्षमा भौतिक प्रगति भए पनि यस वर्ष कोरोनाका कारणले काम प्रभावित भएपछि निर्धारित मितिभित्रमा सम्पन्न गर्ने नयाँ लक्ष्य राखिएको छ । बन्दाबन्दीमा विमानस्थलको काम नरोकिए पनि पूर्ण जनशक्ति र क्षमताका साथ काम नहुँदा छ महिनाअगावै काम सक्ने लक्ष्य हासिल हुन नसक्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ । विगतमा ५०० हाराहारीमा नेपाली तथा चिनियाँ कामदार विमानस्थल निर्माणमा खटिने गरेकामा हाल चिनियाँ २४४ तथा नेपाली १०० मजदुरले मात्र काम गरिरहेका छन् । आयोजनामा आउनुपर्ने २०० चिनियाँ कामदार हवाई उडान बन्द हुँदा आउन नसकेको र लामो समय निर्माण सामग्री
सिरोको ह्याट्रिकमा लाजियोको सानदार जित

सिरोको ह्याट्रिकमा लाजियोको सानदार जित

Uncategorized
एजेन्सी । युरोपियन गोल्डेन बुटको दौडमा रहेको सिरो इम्मोबिलेले ह्याट्रिक पुरा गरेपछि लाजियोले इटालियन सिरी ‘ए’ मा हेलास भेरोनामाथि सानदार जित हात पारेको छ । लाजियोले हेलास भेरोनालाई उसकै मैदानमा ५–१ को फराकिलो हार चखाएको हो ।  लाजियोको फराकिलो जितमा सिरोले ह्याट्रिक गर्नुका साथै सेर्गेज मिलिन्किोभिक साभिक र जोआक्विन कोरेराले गोल गरे । घरेलु टोलीका सोफ्यान अम्राबाटले एक गोल फर्काए । घरेलु मैदानमा भेरोनाले ३८औं मिनेटमा सोफ्यान अम्राबाटको गोलबाट खेलमा अग्रता बनाएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा सिरो इम्मोबिलेले पेनाल्टीमार्फत गोल गरेपछि लाजियो खेलमा फर्किएको थियो । ५६औं मिनेटमा सेर्गेजले गोल गर्दै लाजियोलाई खेलमा २–१ को अग्रता दिलाए । ६३औं मिनेटमा कोरेलाले गोल थपेपछि लाजियो फराकिलो जिततर्फ अग्रसर बनेको थियो । त्यसपछिको दुई गोल सिरोको नाममा रह्यो ।  ८४औं मिनेटमा सिरोले गोल गर्दै
जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु, चार बिरामी  

जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु, चार बिरामी  

Uncategorized
जनादेश अमरगढी,   डडेल्धुरामा जङ्गली च्याउ खाँदा एक बालकको मृत्यु र चार बिरामी भएका छन् । नवदुर्गा गाउँपालिकामा–३ मा वनजङ्गलबाट टिपेर ल्याइएको च्याउ खाँदा आठ वर्षीय बालक ललित धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । च्याउ खाएपछि बिरामी भएका बालक धामीलाई उपचारका लागि कैलालीको सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु थियो । उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । च्याउ खाँदा विरामी भएकी बालकका आमा बिस्ना धामी र तीन दिदीबहिनीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
युभेन्टस सिरी ‘ए’ च्याम्पियन

युभेन्टस सिरी ‘ए’ च्याम्पियन

Uncategorized
एजेन्सी । इटालियन जाइन्ट युमेन्टस लगातार नवौं सिजन इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । घरेल मैदान एलिएन्ज एरिनामा साम्पडोरियामाथि २–० को जित निकाल्दै युभेन्टस दुई खेल बाँकी छदै सिरी ‘ए’ च्याम्पियन बनेको हो ।  युभेन्टसलाई च्याम्पियन बनाउन क्रिस्टियानो रोनाल्डो र फेडरिको बर्नरडेस्चीले गोल गरे । रोनाल्डोले एक पेनाल्टीमा गोल गर्न सकेनन् । घरेलु मैदानमा आइतबार राति भएको खेलमा पाहुना टोलीलाई दवावमा राखेपनि युभेन्टसले गोलको लागि पहिलो हाफको अन्तिम समय नै कुर्नुपरेको थियो । २०औं मिनेटमा रोनाल्डोले गोल गर्ने अवर चुकाउदा युभेन्टस अग्रता लिनबाट चुकेको थियो । ४४औं मिनेटमा मिरालेम प्यानिचको पासमा फेडरिको बर्नरडेस्चीको साम्पडोरियाका गोलरक्षक इमिल एयुडेरोले बचाए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको सातौ मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई १–० को अग्रता दिलाए । मिरोलम प
झिनो अङ्कले घट्यो नेप्से   

झिनो अङ्कले घट्यो नेप्से   

Uncategorized
जनादेश काठमाडौँ,   धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरोलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक आज २.६२ ले घटेर एक हजार ४६२.४८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.२२ ले घटेर ३०७.३१ मा पुगेको छ । स्टकका अनुसार कूल १८७ कम्पनीको ४२ लाख ५७ हजार १६१ कित्ता सेयर रु एक अर्ब ८१ करोड २५ लाख ५० हजार ३८ मूल्यमा खरिद बिक्री भए । आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरालो लागेको छ । विकास बैंक ४.१८, उत्पादन ५.०३, अन्य ५.७१ र लघुवित्त १२.४६ ले उकालो लागेको छ । यस्तै, बैंकिङ १.२५, व्यापार ७.०७, होटल ३२.९१, जलविद्युत् २.५९, वित्त ०.९४ र निर्जीवन बीमा १५०.४१, जीवन बीमा ८८.७७ र सामूहिक लगानी कोष ०.०१ ले घटेका छन् । कारोबारका आधारमा आज नेपाल लाइफ इन्सोरेन्स शीर्ष स्थानमा रहेको
भार्डीलाई गोल्डेन बुट, सिटीका डे ब्रुएन र एडरसनलाई पनि उपाधि

भार्डीलाई गोल्डेन बुट, सिटीका डे ब्रुएन र एडरसनलाई पनि उपाधि

Uncategorized
एजेन्सी । इंग्ल्यान्डको राष्ट्रिय टोली तथा लेस्टर सिटीका फरवार्ड जेमी भार्डीले इंग्लिस प्रिमियर लिगको गोल्डेन बुट जितेका छन् । यस्तै म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएन र गोलरक्षक एडरसनले पनि व्यक्तिगत उपाधि जितेका छन् । लिग अवधिभर २३ गोल गरेका भार्डीले निकटतम प्रतिद्वन्द्वीलाई १ गोलले पछि पार्दै उपाधि जितेका हुन् । लिगको अन्तिम खेलमा २ गोल गरेका आर्सनल फरवार्ड पिएर एमेरिक औबामेयाङले २२ गोल गरे । अर्का इंग्लिस फरवार्ड ड्यानी इन्ग्सले पनि समान २२ गोल गरेका थिए । सिटीका रहीम स्टरलिङले २० तथा लिभरपुलका मोहमद सलाहले १९ गोल गर्न सफल रहे । म्यानचेस्टर सिटीका बेल्जियन मिडफिल्डर डे ब्रुएनले सिजनभर २० असिस्ट प्रदान गर्दै सर्वाधिक असिस्टको उपाधि जिते । उनले यसक्रममा एकै सिजनमा सर्वाधिक असिस्ट दिने कीर्तिमानको पनि बराबरी गरे । यसअघि आर्सनलका थिएरी हेनरीले पनि २० असिस्ट न