Uncategorized Archives | Page 11 of 55 | Education Patra

Uncategorized

सीप सिक्ने अवसर देऊः काम हामी खोज्छौ  

सीप सिक्ने अवसर देऊः काम हामी खोज्छौ  

Uncategorized
जनादेश मुग्लिन, इच्छाकामनाका चेपाङ समुदायका महिलाले सीप सिक्ने अवसर जुटाइदिन स्थानीय तहसँग माग गरेका छन् । पैरवी मञ्चद्वारा सोमबार इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा आयोजना गरिएको कार्यक्रममा अगुवा चेपाङ महिलाले आत्मनिर्भर बन्न सीपमूलक तालिमको माग गरेका हुन् । कार्यक्%A
चेल्सी र म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट

चेल्सी र म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट

Uncategorized
एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको अन्तिम चरणको खेलमा जित दर्ता गर्दै चेल्सी र म्यानचेस्टर युनाइटेडले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने भएका छन् । च्याम्पियन्स लिगको दौडमै रहेको लेस्टर सिटीलाई २-० ले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले अंक तालिकाको तेस्रो स्थानमा रहँदै च्याम्पियन्स लिगका लागि छनोट भयो । अर्को खेलमा चेल्सीले वल्भ्समाथि २-० को सहज जित दर्ता गर्दै चौथो स्थान हासिल गर्यो । युनाइटेड र चेल्सीले समान ६६ अंक जोड्दा लेस्टर ६२ अंकसहित पाँचौ स्थानमा रहयो । युनाइटेडको जितमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । ब्रुनो फर्नान्डेसको पेनाल्टी गोलमा अग्रता लिएको युनाइटेडका लागि जेसी लिंगार्डले इन्ज्युरी समयमा गोल गर्दै जित पक्का गरेका थिए । लेस्टरका डिफेन्डर जोनी एभान्सले इन्ज्युरी समयमा रातो कार्ड खाएपछि घरेलु टोली १० खेलाडीमा सिमित भएको थियो । चेल्सीक
घरेलु मैदान स्तरोन्नति गर्दै झापा ११

घरेलु मैदान स्तरोन्नति गर्दै झापा ११

Uncategorized
हिमाल खरेल । बिर्तामोड । केही कृषकले धान रोपिसकेर मैजारो पनि गरिसके । धेरै कृषकलाई धान रोपाइँको चटारै छ । यो मानो खाएर मुरी फलाउने बेला पनि हो । तर, बितामोड–३ का छ जना महिलाको चिन्ता धानबालीमा छैन । उनीहरुका हात मैदानको झार उखेल्न व्यस्त छन् । झापाको बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालाको संरक्षण र स्तरोन्नतिका लागि उनीहरुका हात अबको एक महिनासम्म मैदानको झारमै हुनेछन् । खुला मैदानको झार गोडेर रंगशालालाई पुरानै अवस्थामा पुर्याउन गोडमेलको काम सुरु गरिएको झापा ११ फुटबल क्लबका अध्यक्ष तथा डोमालाल राजवंशी रंगशाला संरक्षण समितिका संयोजक जलकुमार गुरुङले बताए । नेपालकै उत्कृष्ट र आकर्षक मानिएको फुटबल मैदान डोमालाल राजवंशी रंगशालाको संरक्षणका लागि ३ नम्बर वडा कार्यालयले सहयोग गरेको वडा अध्यक्ष भोजराज सिटौलाले जानकारी दिए । वडाले त्यसका लागि पाँच लाख रुपैयाँ छुट्याएको छ । नगरप
नेपाली काँग्रेसका कार्यकर्ताले दिए सामूहिक राजीनामाको चेतावनी

नेपाली काँग्रेसका कार्यकर्ताले दिए सामूहिक राजीनामाको चेतावनी

Uncategorized
जनादेश दमौली, नेपाली काँग्रेसका पूर्वसहमहामन्त्री एवं पूर्वमन्त्री गोविन्दराज जोशी निकट तनहुँका नेता तथा कार्यकर्ताले पार्टीले गरेको निर्णय फिर्ता नभए सामूहिक राजिनामा दिने चेतावनी दिएका छन् । नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिले जोशीलाई कारवाही गरेपछि तनहुँमा हिजो पत्रकार सम्मेलनको आयोजना गरी जोशी निकट नेता तथा कार्यकर्ताले जोशीमाथिको कारवाही पूर्वाग्रही र अधिनायकवादी रहेको बताएका छन् । बिपी विचार समाज गण्डकी प्रदेशका सचिव परशुराम गिरीले जोशीलाई गरिएको कारवाहीले भविष्यमा काँग्रेसलाई ठूलो क्षति पु¥याउने बताउनुभयो । बिपी विचार समाजका अध्यक्ष डिल्लीराम अधिकारीले काँग्रेस बनाउने नेता नै पार्टीमा नरहेपछि कार्यकर्ता पनि त्यो पार्टीमा बस्नुको औचित्य नहुने बताउनुभयो । रासस
आगो लगाइदिने र हात्ती लगाई घर भत्काइदिने कार्य अमानवीय र किसान विरोधीः किसान महासंघ

आगो लगाइदिने र हात्ती लगाई घर भत्काइदिने कार्य अमानवीय र किसान विरोधीः किसान महासंघ

Uncategorized
२४० वर्षे सामन्ती राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरी स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रमा दुई तिहाई जनमत सहित नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा संघीय सरकार रहेको अवस्थामा यस्तो घटना घट्नु ज्यादै दुःखद कुरा - किसान महासंघ काठमाडौँ । चितवनको माडीमा चेपाङ समुदायका सुकुम्बासी बस्तीमा आगो लगाइदिने र हात्ती लगाई घर भत्काइदिने कार्यलाई अमानवीय र किसान विरोधी कार्य भन्दै अखिल नेपाल किसान महासंघले कडा शव्दमा विरोध जनाएको छ । हिजो एक प्रेस विज्ञप्ति जारी सत्तारूढ नेकपा निकट अखिल किसान महासंघले चितवन जिल्लाको माडी नगरपालिका, वडा नं. ९ को कुसुमखोला आसपासमा लामो समयदेखि बसोबास गर्दै आइरहेका आदिवासी चेपाङ समुदायका जनताको घर जलाइदिने, हात्ती लगाई भत्काइदिने र खेतीपाती समेत नष्ट गरी विस्थापित गराउने गरी भएको घटनाप्रति अखिल नेपाल किसान महासंघको गम्भीर ध्यानाकर्षण भएको भएको जनाउँदै उक्त

राखेप सदस्य सचिवमा पुनः सिलवाल नियुक्त   

Uncategorized
जनादेश संवाददाता, काठमाडाँै । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव पदमा पुनः रमेशकुमार सिलवाल नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सिलवाललाई चार वर्षका लागि राखेप सदस्य सचिवमा नियुक्त गरको हो । नयाँ खेलकुद विकास ऐन २०७७ कार्यान्वयनपछि स्वत खारेज भएको सदस्य सचिवको पदमा पहिलो पटक छनोटका आधारमा सिलवाल पुनःनियुक्त हुनुभएको हो । त्यस्तै राखेपमा पहिलो पटक खुला आह्वानद्वारा सदस्य सचिव नियुक्त हुनुभएको हो । नयाँ ऐनअनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको सिफारिस समितिले पठाएको एक महिलासहित तीन जनामध्येबाट सिलवाल सदस्य सचिव नियुक्त हुनुभएको हो । युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपकी पूर्वसदस्य इन्दिरा निरौला र राखेपका पूर्वअधिकृत रिम रानाभाट सदस्य रहेको समितिले सिलवासहित राष्ट्रिय महिला भलिबल टोलीकी पूर्वकप्तान अन्जु श्
काँग्रेसद्वारा प्रदेशसभा अवरुद्ध   

काँग्रेसद्वारा प्रदेशसभा अवरुद्ध   

Uncategorized
जनादेश संवाददाता, गण्डकी । गण्डकी प्रदेशसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरुद्ध गरेको छ । काँग्रेसले प्रदेशसभामा दर्ता गराएको एक घर, एक पिसिआर, पिसिआरको दायरा बढाउनुपर्ने, कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शवको व्यवस्थापन गर्नुपर्नेलगायतका विषय समेटिएको सङ्कल्प प्रस्ताव बैठकको कार्यसूचीमा नराखिएको भन्दै प्रदेशसभा अवरुद्ध गरेको हो । आज दिउँसो १ः०० बजेका लागि बोलाइएको बैठकमा उक्त प्रस्ताव कार्यसूचीमा नसमेटिएपछि काँग्रेसका प्रदेशसभा सदस्यले उठेर अवरुद्ध गर्नुभएको थियो । आजकै लागि पछि पुनः ३ः०० बजेका लागि बोलाइएको बैठक पनि अवरुद्ध भएपछि मङ्गलबार २ः०० बजेसम्मका लागि स्थगन भएको छ ।
घर भत्किए पनि मन भत्किएकोछैन्

घर भत्किए पनि मन भत्किएकोछैन्

Uncategorized
गलेश्वर, म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका खड्गबहादुर थापाको भत्किएको घर । गत आइतबार रातिको वर्षाले घर भत्किएपछि थापा परिवार अरुको घरमा आश्रय लिएर बसेका छन् । तस्वीर ः ध्रुवसागर शर्मा/रासस
जीवनभर जङ्गलकोबासः मरेको छैन आस

जीवनभर जङ्गलकोबासः मरेको छैन आस

Uncategorized
डडेल्धुरा, एघार वर्षदेखि जङ्गलमा बसिरहेका डडेल्धुरा, गन्यापधुरा गाउँपालिका–२ का मुक्त हलिया परिवार । सुदरपश्चिम प्रदेशका सबै जिल्लाका हलियाहरुले फारम भरेको भए पनि आफ्नो नाम छुटेका कारण अहिलेसम्म परिचयपत्र पाउनबाट वञ्चित रहेको मनु कामी बताउँछिन् । तस्बिरः भूपेन्द्रसिंह विष्ट/रास%