Uncategorized Archives | Page 12 of 55 | Education Patra

Uncategorized

प्याज मुठ्ठा पार्दै किसान

प्याज मुठ्ठा पार्दै किसान

Uncategorized
काठमाडौँ, मध्यपुर थिमि नगरपालिका– ७ नगदेशमा बिक्रीका लागि प्याज मुठ्ठा पार्दै किसान परिवार । स्थानीय बासिन्दा अधिकाशं कृषि पेशामा संलग्न छन् । तस्वीर ः रत्न श्रेष्ठ/रासस
नेकपा नेता चापागाईँको निधन   

नेकपा नेता चापागाईँको निधन   

Uncategorized
जनादेश संवाददाता, पाँचथर । राजनीतिक एवम् सामाजिक व्यक्तित्व थुमनाथ चापागाइँको ६९ वर्षका उमेरमा आज बिहान निधन भएको छ । आफन्तका अनुसार उहाँको फिदिम नगरपालिका वडा नं १२ स्थित निवासमा निधन भएको हो । अर्बुद रोगबाट पीडित भई लामो समय काठमाडौँका विभिन्न अस्पतालमा उपचार गरिए पनि रोग निको नहुने भएपछि केही दिनअघि मात्रै उहाँलाई निजी निवास ल्याइएको थियो । उहाँको मङ्गलबार अन्त्येष्टि गरिने उहाँका भतिजा मनरथले जानकारी दिएकाछन् ।  दिवङ्गत चापागार्इँका दुई श्रीमती, सात छोरा र पाँच छोरी हुनुहुन्छ ।   विसं २००८ जेठ १६ गते जन्मनुभएका चापागाईँ पञ्चायतकालमा जनपक्षीय उम्मेदवार भई एक पटक नांगीन गाउँ पञ्चायतको प्रधानपञ्चमा चुनिनुभएको थियो । यस्तै २०५४ को स्थानीय निर्वाचनमा उहाँ नांगीन गाविस अध्यक्ष निर्वाचित हुनुभएको थियो । कम्युनिष्ट पार्टीका कुशल सङ्गठक चापागाईँको हक्की र स्पष्टवक्ता स्वभावलाई धेरैल
बर्दियाको क्वारेन्टाइनमै एक युवकले गरे आत्महत्या

बर्दियाको क्वारेन्टाइनमै एक युवकले गरे आत्महत्या

Uncategorized
जनादेश, बर्दिया । बर्दियास्थित ठाकुरबाबा नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका एक युवकले आइतबार राति आत्महत्या गरेका छन् । अछाम बन्निगढी गाउँपालिका घर भई बर्दिया ठाकुरबाबा नगरपालिका ४ सैनवार आफन्त कहाँ आएका राम बहादुर सावदले क्वारेन्टाइन पछाडिको रूखमा झुण्डिएर आत्महत्या गरेका हुन् । सावदको शव तन्नाको पासोमा झुण्डिएको अवस्थामा भेटिएको हो । करिब दश दिन अघि भारतको राजस्थानबाटआएका थिए । उनको आइतबार दिउँसो पीसीआर परिक्षणका लागि स्वाब संकलन गरी पठाइएको थियो । पीसीआर रिपोर्ट भने आउँन बाँकी नै छ । रिपोर्ट आएपछि मात्र उनको शव घटनास्थलबाट निकालिने प्रहरीले जनाएको छ ।
एकै वर्ष ५७ अर्ब रुपैयाँको खाद्यान्न आयात, चामल मात्रै साढे ३३ अर्बको

एकै वर्ष ५७ अर्ब रुपैयाँको खाद्यान्न आयात, चामल मात्रै साढे ३३ अर्बको

Uncategorized
जनादेश संवाददाता, काठमाडौ । वितेको आर्थिक वर्षमा विदेशबाट आउने वस्तुको आयात १५ प्रतिशतभन्दा धेरैले घटेको छ । भन्सार विभागका अनुसार गएको आर्थिक वर्षमा वस्तुको आयात १५ दशमलव १५ दशमलव ६३ अंले घटेको छ । आयात घटे पनि निर्यात भने बढ्न सकेको छैन । गएको वर्ष ११ खर्ब ९६ अर्ब ७९ करोड रुपैयाँको वस्तु आयात भएकोमा ९६ अर्ब १५ करोड रुपैयाँको वस्तु मात्रै निर्यात भएको छ । अघिल्लो आर्थिक बर्षमा १५ खर्ब १५ अर्ब ६४ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो । यसैविच नेपाललाई कृषिप्रधान देश भनिए पनि गएको आर्थिक वर्षमा झण्डै ५७ अर्ब रुपैयाँको खाद्यान्न मात्रै भित्रिएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ५६ अर्ब ८८ करोड ४३ लाख रुपैयाँ बराबरको खाद्यान्न भित्रिएको छ । आर्थिक वर्ष २०७५र०७६ मा भन्दा गएको आर्थिक वर्षमा धान, चामल, मकै, कोदो,जौँ गहुँलगायतका खाद्यान्न आयातमा पाँच अर्ब रु
वरिष्ठ सङ्गीतकार जोशीको निधन   

वरिष्ठ सङ्गीतकार जोशीको निधन   

Uncategorized
जनादेश संवाददाता, हेटौँडा । वरिष्ठ सङ्गीत उस्ताद भोला जोशीको आज निधन भएको छ । रेडियो नेपालका सङ्गीतकार तथा नेपाल प्रज्ञा प्रतिष्ठान, सङ्गीत विभागको नेतृत्व गरिसक्नुभएका जोशीको ८० वर्षका उमेरमा आज हेटौँडास्थित आफ्नै निवासमा निधन भएको रङ्गकर्मी उज्ज्वल शर्मा भण्डारीले जानकारी दिनुभयो । दम, मधुमेह तथा उच्च रक्तचापले ग्रसित जोशी लामो समयदेखि गृहनगर हेटौँडामा थलिएर बस्नुभएको थियो । विसं २०२२ देखि रेडियो नेपालमा सङ्गीत सिर्जनामा लाग्नुभएका जोशीलाई रेडियो नेपालले ‘उस्ताद’ उपाधि दिएको सङ्गीतकर्मी बताउँछन् । हालका चर्चित सङ्गीतकार चेतन सापकोटा, शिखर सन्तोषलगायत थुप्रै गायकगायिकालाई सङ्गीत प्रशिक्षण दिनुभएका जोशी शिक्षण पेशामा आबद्ध हुनुहुन्थ्यो । नातिकाजी, शिवशङ्कर, नरराज ढकालजस्ता सङ्गीत साधकसँग रहेर सङ्गीत सिर्जना, वाद्यवादन तथा गायनमा लामो समयसम्म योगदान दिनुभएका जोशीको निधनले देश