कांग्रेसमा तीन नेता पार्टीबाट निष्कासित, पूर्वमन्त्री सुनीलबहादुर थापा सहित राप्रपाका २७ नेताले राजीनामा दिए
जनादेश संवाददाता,
काठमाण्डौ । नेपाली कांग्रेसले पूर्व सहमहामन्त्री गोविन्दराज जोशी सहित तीन नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।
पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै कांग्रेसले पूर्व सहमहामन्त्री गोविन्दराज जोशी, महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई कारबाही गरेको हो ।
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले जोशी र ओझालाई ५/५ वर्ष र विष्टलाई ३ वर्ष पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । २०७६ फागुन १९ गते बसेको बैठकले स्पष्टीकरण सोधेको थियो । अन्तिम स्पष्टीकरण चित्तबुझ्दो नभएको र अनुशासन समितिलाई प्राप्त सबुत प्रमाण अडियो/भिडियो पार्टी विधान विपरीत रहेको भन्दै कारबाही गरिएको नेपाली कांग्रेसले हिजो जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जोशीले प्रतिनिधिसभा सदस्यको चुनावमा तनहुँ क्षेत्र नम्बर १ बाट नेता रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी