Uncategorized Archives | Page 16 of 55 | Education Patra

Uncategorized

राप्रपाबाट थापासहित ३१ जनाको राजीनामा

राप्रपाबाट थापासहित ३१ जनाको राजीनामा

Uncategorized
जनादेश काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री एवं उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य सुनिलबहादुर थापासहित ३१ जनाले पार्टीबाट संयुक्त राजीनामा दिएका छन् । राजीनामा दिनुहुनेमा केन्द्रीय सदस्यमा विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलीप राई, आशाराम चौधरी, चन्द्रकुमार गुरुङ, श्रीमती राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा र राम पदारथ शाह हुनुहुन्छ । राष्ट्रियता, प्रजातन्त्र र उदारवादको सैद्धान्तिक जगमा वैकल्पिक प्रजातान्त्रिक पार्टी बनाउने उद्देश्यले गठन भए पनि पछिल्लो समय पार्टीको सैद्धान्तिक र वैचारिक मान्यतामा विचलन देखा परेकाले राप्रपाबाट अलग हुनुपरेको उहाँहरुले संयुक्त राजीनामा उल्लेख गर्नुभएको छ । राजीनामा पत्रमा भनिएको छ, नेतृत्वको ढुलमुले नीतिका कारण जनमत गुमाएपछि संविधानप्रति असहमति जनाउने कार्य अहिले
नेकपा विभाजन हुँदैन ः प्रमुख सचेतक गुरुङ

नेकपा विभाजन हुँदैन ः प्रमुख सचेतक गुरुङ

Uncategorized
जनादेश काठमाण्डौ । विभिन्न राजनीतिक दलका नेताहरुले वर्तमान अवस्थामा राष्ट्रिय सहमतिकोे आवश्यकता औँल्याएका छन् । आज यहाँ आयोजित साक्षात्कारमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरूङले राष्ट्रिय सहमतिका साथ अघि बढ्नुको अर्काे विकल्प नरहेको बताउनुभयो । उहाँले नेकपा फुट्दा नेपालको राष्ट्रियता नै सङ्कटमा पर्ने खतरा रहेको र बहस तथा छलफल भएपनि पार्टीभित्र नफुट्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “पार्टी विभाजन हुनुहुँदैन, पार्टी विभाजनको बाटोबाट जानुहुँदैन, विभाजनको बाटोबाट जानु भनेको के हो प्रजातन्त्र सिद्धिने बाटोमा जानु हो ।” प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले देशका विभिन्न स्थानमा भएको बाढीपहिरो, कोरोनाको महामारी, हत्या, हिंसा, बलात्कार, एसिड आक्रमणजस्ता घटना नियन्त्रणमा लाग्न सरकारलाई
सडकमा सुतेर विरोध

सडकमा सुतेर विरोध

Uncategorized
जनादेश काठमाण्डौ । साझा पार्टीले सर्वाेच्च अदालतबाट गीता ढकालको हत्याका सम्बन्धका आरोपीलाई उन्मुक्ति दिने ढङ्गबाट त्रुटिपूर्ण फैसला भएको भनी आरोप लगाउँदै त्यसलाई तत्काल सच्याउन माग गरेको छ । सर्वाेच्च अदालतको पछिल्लो फैसलाले कानूनी राज्यको उपहास भएको सो पार्टीले जनाएको छ । फैसलाको विरुद्धमा साझा पार्टीका पदाधिकारीले न्यायको प्रतीक तराजुसहित माइतीघर नजिक सडकमा लम्पसार सुतेर आज विरोध जनाए । कार्यक्रममा प्रदेश नं ३ का सदस्य शोभा शाक्य र संयोजक रवीन्द्र मिश्र, नेतृ समीक्षा सापकोटालगायतका वक्ताले आम नागरिकको आशा र भरोसा गरेको न्यायलयबाट भएको पछिल्लो फैसला त्रुटिपूर्ण रहेकाले सच्याउन सुझाव दिनुभयो । सशस्त्र प्रहरी बलका पूर्वनायब महानिरीक्षक रञ्जन कोइरालाले पत्नी गीता ढकालको हत्या गरेको ठहर गर्दै जिल्ला अदालत र उच्च अदालतको जन्मकैद गर्ने फैसला सर्वाेच्च अदालतले उल्टाएर दण्ड सज
हेन्डरसन फुटबलर अफ दि एयर

हेन्डरसन फुटबलर अफ दि एयर

Uncategorized
एजेन्सी । लिभरपुलका कप्तान जोर्डन हेन्डरसन फुटबल राइटर्सस एसोसिएसन (एफडब्लूए) फुटबलर अफ दि एयर अवार्ड जितेका छन् । उनको कप्तानीमा लिभपुरलले गत साता प्रिमियर लिग उपाधि जितेको हो । तीन दशक यता लिभरपुलले प्रिमियर लिग जितेको यो पहिलो पटक हो । टोलीले पछिल्लो पटक सन् १९९० मा लिग उपाधि जितेको थियो । १९ एसिस्ट गरेका म्यानचेस्टर सिटीका केभिन डी ब्रुएने र म्यानचेस्टर युनाइटेडका मार्कुस रासफोर्डले पनि एफडब्लूए अवार्डको दाबेदार मध्येका थिए । लिभरपुलकै भर्जील भान डाइक, साडियो माने, ट्रेन्ट एलेक्जेन्डर अर्नोल्ड र अलिसन बेेेकरले पनि मत प्राप्त गरेका थिए । लिभरपुलले लिगका ७ खेल बाँकी रहँदै लिग उपाधि पक्का गरेको थियो । लिभरपुलले झन्डै ३० वर्षपछि लिग उपाधि जित्न सफल भएको हो । अघिल्लो सिजन च्याम्पियन्स लिग उपाधि जित्दै टोलीले लिगमा उपविजेता बनेको थियो । हालसम्म १९ पटक लिग उपाधि जितेको लि
पीएसजी कोपा डि फ्रान्स च्याम्पियन

पीएसजी कोपा डि फ्रान्स च्याम्पियन

Uncategorized
एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) कोपा डि फ्रान्सको च्याम्पियन बनेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा सेन्ट इटिनेलाई १–० ले पराजित गर्दै पीएसजीले कोपा डि फ्रान्सको च्याम्पियन बन्न सफल भएको हो । स्टेट डि फ्रान्स पेरिसमा शुक्रबार राति भएको खेलमा पीएसजीलाई च्याम्पियन बनाउन ब्राजिली स्टार फरवार्ड नेयमारले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको १४औं मिनेटमा गोल गर्न सफल भएका थिए । सेन्ट इटिनेका डिफेन्डर म्याथिउ डिबुचीको गल्तीमा फ्रेन्च फरवार्ड केलियन एमबाप्पेले नेयमारसँग वान टु वान मुभमा गरेकोे प्रहारलाई सेन्ट इटिनेका गोलरक्षक जेसे मौलिनले बचाएपनि रिवाउन्डमा नेयमारले गोल गर्न सफल भएका थिए । त्यसअघि खेलको पाँचौ मिनेटमा डेनिस बोउआंगाको प्रहार पोस्टमा लागेर बाहिरिदा सेन्ट इटिने अग्रता लिनबाट चुकेको थियो । २१औं मिनेटमा माकोनको क्रसमा बोउआंगाको हेडरलाई पीएसज
प्रिमियर लिगको नयाँ सिजन सेप्टेम्बर दोस्रो साता सुरु हुने

प्रिमियर लिगको नयाँ सिजन सेप्टेम्बर दोस्रो साता सुरु हुने

Uncategorized
एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण यस सिजनमा असर पर्दा प्रिमियर लिगको नयाँ सिजन २०२०/२१ सेप्टेम्बर १२ मा सुरु हुने भएको छ । सिजनको अन्तिम खेल भने मे २३ मा हुनेछ । जारी सिजनको अन्त्य भने आइतबार हुँदैछ । लिभरपुलले ३० वर्षपछि लिग उपाधि जित्दा अन्य स्थानको टुंगो लाग्न भने बाँकी रहेको छ । उपविजेता म्यानचेस्टर सिटी अर्को सिजन च्याम्पियन्स लिग खेल्ने पक्का हुँदा चेल्सी, म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीमध्य दुई टोलीले शीर्ष ४ मा स्थान पक्का गर्नेछन् । अंक तालिकाको पुछारमा रहेको नर्विच रेलिगेसनमा पर्ने पक्का भइसकेको छ । बर्नमाउथको पनि गणितीय सम्भावना मात्र बाँकी रहँदा एस्टन भिल्ला र वाटफर्डमध्य एक टोली दोस्रो श्रेणीमा घटुवा हुनेछ । कोरोना भाइरस कोभिड १९ का कारण प्रिमियर लिगसहित युरोपका सबै फुटबल गतिविधि स्थगित भएका थिए । लिग वान बाहेक युरोपका शीर्ष ४ लिग भने कोभिग १९ को संक्रमण फै
फुटबल टोली क्वारेन्टिनमा बस्ने

फुटबल टोली क्वारेन्टिनमा बस्ने

Uncategorized
काठमाडौं । कतारमा सन् २०२२ मा हुने विश्वकपको छनोट चरण खेलको लागि प्रशिक्षण सुरु गर्नुअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीलाई क्वारेन्टिनमा राख्ने भएको छ । भदौ १ गतेबाट प्रशिक्षण थाल्ने तयारीमा रहेका एन्फाले साउन १६ गते रिपोर्टिङका लागि खेलाडीहरुलाई सम्बन्धित क्लबमार्फत पत्रचार गरेको छ । फागुनको पहिलो साता सम्पन्न सहिद स्मारक ए डिभिजन लिगको प्रदर्शनका आधारमा प्रशिक्षणलाई बोलाइएका ३५ जना खेलाडीलाई रिपोर्टिङका लागि बोलाइएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । प्रशिक्षणमा समावेश हुने खेलाडीले १४ दिन क्वारेन्टिनमा बस्ने र पिसिआर अनिवार्य रुपमा परिक्षण गर्नुपर्ने छ । त्यसै अनुसार एन्फाले आवश्यक तयारी गरिरहेको तुलाधरले बताए । एन्फामा अहिले ललितपुर महानगरपालिकाले क्वारेन्टिनको रुपमा प्रयोग गरिरहेको छ । त्यो खाली गराएपछि प्रशिक्षणमा समावेश हुने खेलाडीलाई एन्फाकै होस्
कक्षा ११ को परीक्षा अब विद्यालयले नै सञ्चालन गर्ने

कक्षा ११ को परीक्षा अब विद्यालयले नै सञ्चालन गर्ने

Uncategorized
जनादेश काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले लिँदै आएको कक्षा ११ को परीक्षा अब विद्यालयले नै सञ्चालन गर्ने भएका छन् । परीक्षा सञ्चालन गरेर विद्यालयले नै प्रमाणपत्र जारी गर्ने व्यवस्था गरिएको हो । यो वर्ष बोर्ड परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई भने आन्तरिक मूल्याङ्कनकै आधारमा प्रमाणपत्र दिने निर्णय भएको राष्ट्रिय परिक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताउनुभयो । उहाँले कक्षा ११ को परीक्षा सञ्चालनको मूल्याङ्कनको जिम्मा विद्यालयलाई दिएको बताउनुभयो । परिक्षा बोर्डले कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन र नतिजा प्रकाशनका लागि कार्यविधि जारी गरेको छ । राष्ट्रिय पाठ्यक्रम तथा मूल्याङ्कन परिषद्ले असार १९ गते परीक्षा सञ्चालन र प्रमाणीकरणको जिम्मा विद्यालयलाई दिने निर्णय गरेको थियो ।।
कविता-कसरी आऊ आमा  घर ?

कविता-कसरी आऊ आमा घर ?

Uncategorized
डा. शैलेन्द्रविक्रम गिरी टुटेको दलिन फुटेको एैना भाँचीएको खम्बा चुहिने छानो ल्याउ जमेका घरका भित्ता खाली गोठ खाली उरीम खाली डालो खाली थुन्से खाली धन्सार अनि आटी नभरी कसरी आउनु आमा घर ? घर यो प्रदेशी मुख देखाउन । किलामा झुण्डिएका बा का एक थान पुराना जड्यौरी फाटेका च्यातिएका थौत्रा कपडा शरीरमा झुण्डिएका आमाका नुहाएर सुकाई फेर्ने त्यो सायाँ गुन्यु चोलो अनि पछ््यौरी नफेरी कसरी आउनु आमा घर ? घर यो प्रदेशी मुख देखाउन । किलामा झुण्डिएका बा का एक थान पुराना जड्यौरी फाटेका च्यातिएका थौत्रा कपडा शरीरमा झुण्डिएका आमाका नुहाएर सुकाई फेर्ने त्यो सायाँ गुन्यु चोलो अनि पछ््यौरी नफेरी कसरी आउनु आमा घर ? घर यो प्रदेशी मुख देखाउन । नानीबाबुको स्कूलको शुल्क बिउँ मलखात मजदुरको ज्याला विदेश आउँदा धरौटीमा राखेको श्रीमतिको मंगलशुत्र अनि झुम्का ससुरालीले दिएको मेरो औठी अनि
अस्थायी जिन्दगीकोः अस्थायी मार्ग

अस्थायी जिन्दगीकोः अस्थायी मार्ग

Uncategorized
तनहुँ, तनहुँको प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराही मन्दिर जाने मार्ग अन्र्तगत व्यास नगरपालिका–१ स्थित खकौलीमा बाढीले कल्भर्ड बगाई दिएपछि स्थानीयवासीले निर्माण गरेको अस्थायी मार्ग । तस्वीर ः सानेबहादुर नेपाली