Uncategorized Archives | Page 17 of 55 | Education Patra

Uncategorized

आज थप १०९ जनामा कोरोना सङ्क्रमण पुष्टि, मृतकको संख्या ४५ पुग्यो

आज थप १०९ जनामा कोरोना सङ्क्रमण पुष्टि, मृतकको संख्या ४५ पुग्यो

Uncategorized
जनादेश, काठमाडौँ । आज थप १०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै सङ्क्रमितको सङ्ख्या १८ हजार ४८३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाए । पछिल्लो २४ घण्टामा १०६ जना डिस्चाजै भएसँगै कोरोना मुक्त हुनेको संख्या १३ हजार ५३ पुगेको छ । यस्तै, क्वारेन्टिनमा बस्नेको सङ्ख्या १८ हजार १८३ रहेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको गौतमले जनाएका छन् ।
हस्तान्तरणको समय कुर्दै बसेको दरबार हाई स्कूल

हस्तान्तरणको समय कुर्दै बसेको दरबार हाई स्कूल

Uncategorized
शर्मिला पाठक, काठमाडौँ  । निर्धारित समयमै काम सकिएको रानीपोखरीस्थित ऐतिहासिक दरबार हाई स्कूल (भानु माध्यमिक विद्यालय) को हस्तान्तरण प्रक्रिया अझै अन्योलमै परेको छ । विसं २०७५ साउनबाट निर्माणको काम शुरु गरी गत चैतअघि नै निर्माणको काम सके पनि विश्वभरि फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म स्कूल हस्तान्तरण हुन नसकेको हो । चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको यस भवनको ठेक्का चिनियाँ कम्पनी साङ्घाई कन्सट्रक्शनले लिएको थियो । रु ८५ करोडको लागतमा नौ रोपनी जमीनमा निर्माण गरिएको विद्यालय भवन चारतले र ४० कक्षाकोठा रहेको छ । यस भवनको नमूना ‘चाइना एभिएशन प्लानिङ एन्ड डिजाइनिङ इन्स्टिच्युट’ले गरेको हो । निर्माण व्यवस्थापक राजेन्द्र केसीका अनुसार निर्माण शुरु भएको १९ महिनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम सके पनि कोरोनाकै कारण हस्तान्तरण हुन नसकेको हो । निर्माण सम
माछा सफा गर्दै महिला

माछा सफा गर्दै महिला

Uncategorized
जनादेश कञ्चनपुर । लक्ष्मीपुरका थारु महिला नदीमा जाल थापेर मारेका माछा सफा गर्दै । थारु समुदायले नदी, खोला, तलाउ र धान खेतमा माछा मार्ने गरेका छन् । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु /रासस
सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

Uncategorized
–विक्रम गिरी काठमाडौँ ः नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नेबारे अन्योल भएको छ । सन्दीपले सिपिएल खेल्नका लागि अबको एक साताभित्र ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्ने छ । यसका लागि अहिलेसम्म उहाँको हवाई उडानको कुनै टुङ्गो लाग्न सकेको छैन । हवाई उडानको टुङ्गो लाग्न नसक्दा सन्दीपले सिपिएल खेल्न पाउनेबारे एकिन हुन नसकेको उहाँका व्यवस्थापक रमन सिवाकोटीले बताउनुभयो । “ट्रिनिडाड एण्ड टोबागो कसरी पुग्ने भन्नेबारे सोच्नै सकिएको छैन”, उहाँले भन्नुभयो, “सिपिएल खेल्नका लागि सन्दीप साउन १७ गतेसम्म पुगिसक्नु पर्ने हुन्छ”, सिवाकोटी नेपाली क्रिकेट टोलीको भिडियो एनालिस्ट पनि हुनुहुन्छ । सरकारले गत बुधबार बन्दाबन्दीको अन्त्य गरे पनि अन्तर्राष्ट्रिय हवाई उडान भने कोरोना भाइरसको कारण आगामी भदौ १ गतेदेखि मात्र खोल्ने निर्णय गरेको छ । सरकारको उक्त निर्ण
‘दिल बेचरा’ हेरेर तिम्रो प्रेमको उत्सव मनाउँछु : रिया चक्रवर्ती

‘दिल बेचरा’ हेरेर तिम्रो प्रेमको उत्सव मनाउँछु : रिया चक्रवर्ती

Uncategorized
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम फिल्म 'दिल बेचरा' आज साँझ डिज्नी प्लस हटस्टारबाट प्रदर्शनमा आउँदैछ ।  जुन १४ मा आत्महत्या गरेका अभिनेता सुशान्तका फ्यान, उनका परिवार र बलिउडका लागि यो फिल्म निकै प्रतिक्षित थियो । सुशान्तको आत्महत्यापछि विवादमा तानिएकी उनकी प्रेमिका रिया चक्रवर्तीले फिल्मलाई लिएर भावुक स्टाटस लेखेकी छिन् । सुशान्तको फिल्म हेर्न साहस आवश्यक रहेको उनले स्टाटसमा उल्लेख गरेकी छिन् । 'तिमीलाई हेर्न मलाई साहस चाहिन्छ । तिमी मसँगै छौ भन्ने मलाई थाहा छ । तिम्रो प्रेमको उत्वस मनाउनेछु । तिमी मेरो जीवनको हिरो हौ । मलाई थाहा छ तिमी हामीसँगै हेरिरहेका हुनेछौ,' उनले लेखेकी छिन् । पछिल्लो समय रियालाई सुशान्तको आत्महत्याको दोष लगाउँदै बलात्कारकाे धम्की समेत आएकाे थियाे । यसबारे अनुसन्धानका लागि उनले सिबिआईमा अनुसन्धानका लागि अनुरोध पनि गरेकी थिइन् ।
टुबोर्ग ओपनमा ‘द चेन स्मोकर्स’ र ‘१९७४ एडी’

टुबोर्ग ओपनमा ‘द चेन स्मोकर्स’ र ‘१९७४ एडी’

Uncategorized
काठमाडौँ । डेनिस बियर ब्रान्ड टुबोर्गले यस वर्षका लागि टुबोर्ग ओपन अभियान सुरु भएको घोषणा गरेको छ । यस वर्षको अभियानमा ग्रामी अवार्ड विजेता कलाकार जोडी ‘द चेन स्मोकर्स’ सँग सहकार्य गरी नयाँ संगीत पेस गर्ने जनाइएको छ । द चेन स्मोकर्सले नेपालको फोल्क–रक ब्यान्ड १९७४ एडीसँग सांगीतिक सहकार्य गर्नेछ । द चेन स्मोकर्स एलेक्स पाल र ड्रिउ टग्गार्टले २०१६ मा ‘दया’ सँग तयार गरेको ‘डन्ट लेट मी डाउन’ र ‘हेल्से’ सँगको ‘क्लोजर’ जस्ता गीतहरूबाट विश्वव्यापी ख्याति कमाएका थिए । द चेन स्मोकर्सले डिसेम्बर २०१८ मा रिलिज गरेको ‘सिक बोई’ एल्बमले हालसम्म १ अर्बभन्दा बढी स्ट्रिम प्राप्त गरेको छ । एलेक्स पालले १९७४ एडीसँग सहकार्य गर्न उत्सुक रहेको बताएका छन् । ‘त्यस क्षेत्रको निकै सफल समूहसँग काम गर्ने थाहा पाउँदा हामी साह्रै उत्सुक छौं,’ उनले भने, ‘टुबोर्गले विश्वका दुई कुनामा रहेका कलाकारलाई जोड्
कोमल वली भन्छिन्, ‘युट्युबबाट गीतै हटाउनु त किन पर्थ्यो र ?’

कोमल वली भन्छिन्, ‘युट्युबबाट गीतै हटाउनु त किन पर्थ्यो र ?’

Uncategorized
काठमाडौँ । हरेक तीजमा गीत ल्याउन नछुटाउने गायिका कोमल वलीलाई यसपटक भने सुन्न पाइने छैन । संघीय संसद राष्ट्रिय सभा सदस्यको जिम्मेवारी र कोरोनाको कहरले गर्दा यो वर्ष तीज गीत ल्याउन नपाएको बताउँछिन् उनी । तीज नजिकिँदै छ । तीजलाई लक्षित गरेर धमाधम गीतहरु सार्वजनिक हुन थालेका छन् । तर, गायिका वली यसपालि दर्शकलाई आफ्नो पूरानो गीतमै नाच्न सुझाउँछिन् । 'जम्मा भएर नाच्ने, गाउने गर्नु त भएन । किनभने कोरोना संक्रमण अझै पनि छ,' उनले भनिन्, 'एक दुइजना यस्सो भेटेर नाचेर गाएर सामाजिक सञ्जालमा भिडियो राखे भयो । त्यसैले मेरो सम्पूर्ण सुभचिन्तक, दिदीबहिनीलाई तीजको शुभकामना दिँदै भन्छु कि तपाईंहरूले मेरो पूरानो गीतमै रमाइलो गर्नुस् ।' कोरोना कहरबीच सार्वजनिक भएका केही तीज गीत उनले सुनेकी छिन् । पछिल्लो समय गायिका सोफिया थापाको 'अबको तीज नो व्रत प्लिज' बोलको गीतमा उनले दिएको अभिव्यक्तिलाई
महाभारत फेरि किन लडिदैछ ?

महाभारत फेरि किन लडिदैछ ?

Uncategorized
इन्द्र बस्यालः प्रमुख प्रशासकीय अधिकृत, भक्तपुर नगरपालिका महाभारत पढिसके पछि काे नायक ? काे खलनायक? छुट्याउन खाेज्छु एउटा पक्षकाे समर्थनमा ताली बजाउन खाेज्छु लाक्ष्यागृह, द्रुत क्रीडा, द्राैपदी बस्त्रहरणकाे बेदनाबाट पाण्डव प्रति समर्थन गर्न खाेज्छु युद्ध संग्राममा भीष्म, दाेर्ण र कर्णकाे हत्या दुर्याेधनकाे ताेडिएकाे जङ्घाले धर्म युद्ध ताेडिन्छ काैरवहरू युद्धबाट पराजित हुँदै गर्दा कृष्णकाे छल र कुटनीतिवाट पाण्डव बिजेता हुनै लाग्दा पाण्डु पुत्रहरू अाधा रातमा काटिन्छन् युधिष्ठिर बन्धुबान्धवकाे रगतमा टेकेर राजसिंहासनमा बस्दा सवै अाफन्त गुमाई सकेपछि महाराजकाे पद्वबीले अाफैलाई सन्ताब दिन्छ युधिष्ठिर साेध्छनन् के युद्ध मैले साच्चै नै जितेकाे हुं र ? भीष्म देखि अभिमन्नु सम्मकाे रगतकाे बलिबेदिमा उभिएर प्राप्त हुन अाएकाे युधिष्ठिरकाे राजपाठले स्वयम् पाण्डवलाई जिस्क्य
कंगनालाई पक्राउ गर्ने मुम्बई प्रहरीको चेतावनी

कंगनालाई पक्राउ गर्ने मुम्बई प्रहरीको चेतावनी

Uncategorized
एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री कंगना रौनतलाई मुम्बई प्रहरीले स्पष्टीकरणका लागि पत्र पठाएको छ । स्पष्टीकरणका लागि बोलाइए पनि उनी प्रहरी कार्यालयमा हाजिर नभएका कारण दोस्रो पटक पत्र पठाइएको प्रहरीले जनाएको छ । यस पटक पनि कंगना प्रहरी कार्यालयमा हाजिर नभए पक्राउ गरीने प्रहरी बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याबारे कंगनाले विभिन्न मिडियामा अन्तर्वार्ता दिँदै आएकी छन् । उनका अनुसार बलिउडका केही कलाकारले सुशान्तलाई आत्महत्या गर्न बाध्य बनाएको बताइएको छ । कंगनाले बोलेको कुरा पुष्टि गर्न प्रहरीमा उजुरी परेपछि बयानका लागि उनलाई प्रहरीले बोलाएको हो । कंगनासहित केही कलकारले बलिउउमा नातावाद रहेका जनाएका छन् । अभिनेत्री कंगनाले सुशान्त सिंह आत्महत्याको निष्पक्ष निर्णय नआए सरकारले यसअघि आफूलाई सम्मान गरेको पद्मश्री पुरस्कार सरकारलाई नै फिर्ता गर्ने घो
सिटीइभीटीका प्रयोगात्मक परीक्षा औपचारिकतामा सिमितः गुणस्तरमा प्रश्न

सिटीइभीटीका प्रयोगात्मक परीक्षा औपचारिकतामा सिमितः गुणस्तरमा प्रश्न

Uncategorized
 प्रकाश सिलवाल, काठमाडौँ  । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्द्वारा लिइने विभिन्न तहका प्रयोगात्मक परीक्षा औपचारिकतामा सीमित रहने गरेको एक अध्ययनले देखाएको छ । परिषदद्वारा स्वीकृत पाठ्यक्रमअनुसार प्राविधिक एसएलसी तहमा प्रयोगात्मक अभ्यासलाई ८० प्रतिशत, डिप्लोमा र प्रमाणापत्र तहका लागि करिब ६० प्रतिशत भार प्रदान गरिए पनि परीक्षा सञ्चालन गर्दा सैद्धान्तिक विषयलाई महत्व दिइएको पाइएको हो । परिषद्ले प्रयोगात्मक परीक्षा सम्बन्धित शिक्षण संस्थामार्फत सञ्चालन गर्दै आएकाले उक्त परीक्षा औपचारिकता मात्र हुन पुगेको सरकारी कार्यदलको निष्कर्ष छ । प्राविधिक शिक्षाविज्ञ प्रा डा राजेन्द्रप्रसाद अधिकारी संयोजकत्वको कार्यदलको प्रतिवेदनले आवश्यक न्यूनतम् योग्यता पुगेका सम्पूर्ण परीक्षार्थीलाई योग्यताबापत समान ४० अङ्क प्रदानको व्यवस्थामा पुनरावलोकन गर्नुपर्ने र सो व्यवस्था ह