Uncategorized Archives | Page 18 of 55 | Education Patra

Uncategorized

दिपिका र प्रियंकाको फेक अकाउन्ट, सोधपुछमा जुट्यो मुम्बई पुलिस

दिपिका र प्रियंकाको फेक अकाउन्ट, सोधपुछमा जुट्यो मुम्बई पुलिस

Uncategorized
एजेन्सी । मुम्बई पुुलिसले बलिउडका चर्चित अभिनेत्री प्रियंका चोपडा र दीपिका पादुकोणलाई नक्कली सोशल मिडिया अनुयायीहरूको मुद्दामा प्रश्न गर्ने भएको छ । विभिन्न संगठनहरूले गरेको अनसन्धानमा नक्कली फलोअर्स भएका सेलिब्रेटीमा पादुकोण र चोपड़ा शीर्ष १० स्थानमा रहेका छन् । यसै सम्बन्धी मुम्बई पुुलिसले उनीहरुलाई प्रश्न गर्ने भएको हो । गत हप्ता मुम्बई पुलिसले एक जना मानिसलाई पक्राउ गर्‍यो जसले बॉलिवुड प्लेब्याक गायक भूमि त्रिवेदीको नक्कली प्रोफाइल बनाएका थिए । पक्राउ परेका व्यक्तिले आफूले बलिउडका ठूला सेलिबे्रटीको सोशल मिडिया खातामा फलोअर्स बढाउने गरेको जनाएका छन् । एक कोरियोग्राफर यस पासोमा परे र सो फेक अकाउन्टका मानिसलाई पैसा दिए । तर केही समय पछि उसले केही गलत भएको महसुस गर्यो । ती कोरियोग्राफरले भूमीलाई सम्पर्क गरेपछि मात्र फेक अकाउन्ट भएको पत्ता लागेको थियो । यसपछि भूमीले मुम्बई पुलिस
‘नेकपा एमाले दर्तामा ओली नै सक्रिय’ : प्रचण्ड

‘नेकपा एमाले दर्तामा ओली नै सक्रिय’ : प्रचण्ड

Uncategorized
जनादेश, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रधानमन्त्री केपी शर्मा ओलीकै पहलमा नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन गरेको जनाएका छन् । पुष्पलाल श्रेष्ठ स्मृति दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित उक कार्यक्रममा बोल्दै प्रचण्डले सो कुरा जनाएका हुन् । पार्टीले लिएका निर्णय नै कार्यान्वयन नभएको जनाउँदै प्रचण्डले भने ,' कम्युनिस्ट पार्टी भनेको सामूहिक नेतृत्वमा चल्ने र व्यक्तिगत जिम्मेवारी लिएर हिँड्नुपर्ने भन्दै उनले भने, ‘हामी सामूहिक नेतृत्वमा चल्न सक्यौं कि सकेनौं भनेर हेर्ने हो, दुई वर्षसम्म केन्द्रीय कमिटीको बैठक बस्न सकिएन । जबकि ६/ ६ महिनामा केन्द्रीय कमिटी बैठक बस्ने विधानको व्यवस्था छ, हामी त्यहाँ चुक्यौं ।’ बैठक नै बस्न नसकेका कारण सामूहिक छलफल समेत हुन नसकेको उनले बताए । ‘हामीले मान्ने के हो भने विवेकले सत्ताको ने
सर्वाेच्चको फैसला ‘प्रथम दृष्टिमै त्रुटिपूर्ण’

सर्वाेच्चको फैसला ‘प्रथम दृष्टिमै त्रुटिपूर्ण’

Uncategorized
जनादेश काठमाण्डौ । महान्यायाधिवक्ताको कार्यालयलेसर्वोच्च अदालतको फैसलापछि रिहा भएका हत्यारा पूर्वडीआईजी रन्जन कोइरालालाई हदैसम्म सजाय हुनुपर्ने माग गरेको छ । सरकारका तर्फबाट फैसला पुनरावलोकनका लागि दर्ता गरिएको निवेदनमा कोइरालाकी प्रेमिका तारा रेग्मीलाई पनि हदैसम्मको सजायँ हुनुपर्ने माग गरिएको छ । महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चको फैसला ‘प्रथम दृष्टिमै त्रूटीपूर्ण’ भनेको छ ।सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण रहेको भन्दै पुनरावलोकनमा गएका सरकारी वकिलले पेस गरेको ८ पेज लामो निवेदनमा रन्जन कोइरालाको सजाय घटाउने फैसला सर्वोच्चको आफ्नै नजिर, कानुनी सिद्धान्तको मर्म प्रतिकुल भएकाले बदर हुनुपर्ने माग गरिएको छ । त्यस्तै रन्जनकी प्रेमिका तारा रेग्मीले गीता ढकालको हत्या गर्न मतियारको भूमिका निर्वाह गरेको तथ्यलाई फैसलाले समेत स्वीकार गरिसकेको अवस्थामा उनको सजाय घटाउने फैसलासमेत त
आज नाग पञ्चमी

आज नाग पञ्चमी

Uncategorized
जनादेश, काठमाडौं । आज साउन शुक्ल पञ्चमीका दिन नाग पञ्चमी पर्व मनाइँदैछ । बिहानेदेखि देशभरका नाग मन्दिमा भक्तजनको निकै घुइचो रहेको छ । नाग पञ्चमीका दिन नागको तस्बिरलाई घरको मूल प्रवेशद्वारमा टाँसेर पूजा गर्दै, नाग मन्दिरमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नागप्रति श्रद्धा व्यक्त गर्ने प्रचलन रही आएको छ । उपत्यकामा चोभारपारि टौदह, नक्साल नागपोखरी, भचाखुसीस्थित घोडेनाग, गल्कोपाखा ठमेलको हरिनाग, टुँडिखेल सुन्धारा छेउको मीननाग, इटुम्बहालको जलनाग, टेकुको टेकुनाग, थानकोटको नागढुङ्गा, धापाखेलको नागदह, र चाँगुनारायण नगरपालिका वडा नं– ८, कलमसीस्थित कल्पेश्वर नाग मन्दिरमा विशेष पूजाअर्चना हुने गर्दछ ।
अन्तर्राष्ट्रिय उद्धार उडान रोकिएः विदेशमा अलपत्र नेपाली

अन्तर्राष्ट्रिय उद्धार उडान रोकिएः विदेशमा अलपत्र नेपाली

Uncategorized
जनादेश काठमाण्डौ, घोराही । विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउने उद्देश्यले सरकारले जेठ २९ देखि खुला गरेको उद्धार उडान तत्काललाई रोकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले पछिल्लो पटक देशभर बाढिपहिरो लगायत दैवी विपत्तिका कारण उद्धार उडानबाट काठमाडौं ओर्लिने सर्वसाधरणलाई प्रदेश र स्थानीय तहमा बनाइएका होल्डिङ सेन्टरमा लैजान समस्या देखिएपछि तत्काल उद्धार उडान रोकिएको हो । सीसीएमसीले जेठ २९ देखि थालेको उद्धार उडान पछिल्लोपटक साउन ८ सम्म खुला गरिएको थियो । अलपत्र नेपालीलाई उनीहरुकै खर्चमा उद्धार गर्ने भनिएको थियो । यो अवधिमा २५ वटा मुलुकबाट ३४ हजार ८ सय ३० नेपाली स्वदेश फर्किएका थिए । उद्धार उडानका लागि सीसीएमसीले स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीलाई अनुमति दिँदै आएको थियो ।सरकारले नियमित उडान भदौ १ गतेदेखि सुचारु गर्ने जनाएको छ । य
प्रधान्यायाधीशलाई महाभियोग लगाऔंः पूर्वप्रधानमन्त्री भट्टराई

प्रधान्यायाधीशलाई महाभियोग लगाऔंः पूर्वप्रधानमन्त्री भट्टराई

Uncategorized
जनादेश काठमाण्डौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाउनुपर्ने बताउनुभएको छ । भट्टराईले आज सामाजिक सञ्जालमा लेख्दै प्रधानन्यायाधीशले अपराधको संरक्षण गरेको भन्दै महाभियोग लगाएर हटाउनुपर्ने बताउनुभएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले जन्मकैदको सजाय पाएका रञ्जन कोइरालालाई दिएको सहुलियतले चौतर्फी प्रश्न उठाएको छ । खारेज भइसकेको कानुनको प्रयोग गरेर हालको कानुनी व्यवस्थाको मनोमानी व्याख्या गरेको भन्दै न्यायाधीशद्वयकै ‘कार्यक्षमता’ मै प्रश्न उठाइएको हो । जनता समाजबादी पार्टीका नेता समेत रहेका भट्टराईले देश संकटतिर गएकोभन्दै समाधानका लागि ५ वटा उपाय उल्लेख गर्नुभएको छ । उहाँले तत्काल संसद् अधिवेशन बोलाउनु पर्ने, केपी शर्मा ओलीको ठाउँमा नेकपाभित्रैबाट अर्को प्रधानमन्त्री चयन गर्
नेकपाका अध्यक्षद्वय संवादहीनताको अवस्थामा

नेकपाका अध्यक्षद्वय संवादहीनताको अवस्थामा

Uncategorized
जनादेश काठमाण्डौ । साउन सत्तारुढ नेकपामा स्थायी कमिटी बैठक आगामी १४ गतेसम्मका लागि स्थगित भएसंगै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पुनः संवादहीनताको अवस्था आएको छ । विवादित अधिकांश विषयमा छलफल गर्ने महत्वपुर्ण निकाय स्थायी कमिटीलाई बन्धक बनाएका दुई अध्यक्षबीच विभिन्न एजेण्डामा छलफल भएपनि सहमति हुन सकेको छैन । स्थायी कमिटी बैठक गत असार १० गते यता झण्डै दर्जन पटक स्थगित भईसकेको छ । मुलुकभरको बाढी पहिरोबाट परेको प्रभावमा सरकार र पार्टी केन्द्रीत हुन परेकाले अन्य विषय अहिले ओझेलमा परेको स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले बताउनुभयो । यद्यपी सहमतिका लागि आन्तरिक छलफल जारी रहेको उहाँको भनाई छ । कोरोनाले पारेको प्रभाव, भारतसंगको सीमा विवाद, एमसीसी लगायतका विषयमा छलफलका लागि बोलाईएको बैठक प्रधानमन्त्रीको राजिनामामा केन्द्रीत भएपछि पार्टी भित्रको विवाद अहिले उत्कर्षम
थप १३३ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु हुनेको संख्या ४४ पुग्यो

थप १३३ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु हुनेको संख्या ४४ पुग्यो

Uncategorized
जनादेश, काठमाडौँ । आज थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ८ हजार ३ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जनाएका छन् । यस्तै, आज थप १ सय ७ जना संक्रमित निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या १२ हजार ९ सय ४७ पुगेको छ । नेपालमा हालसम्म ४४ जना संक्रमितको मृत्यु भइसकेको छ।